Wednesday, December 30, 2015

येसु ख्रीस्ट संसारमा आउने बारे पहिलो भबिस्यबाणी उत्पत्ति 3:15 !!

महान प्रभु येसु ख्रीस्टको पहिलो भबिस्यबाणी गरिएको उत्पत्तिको पुस्तक उत्पत्ति 3:15 पद्य भएको कुरा आज मैले विभिन्न खोज अध्ययन बाट पत्ता लगाउन सकें । केही दिन अघि मलाई एक जना साथिले येसुको पहिलो भबिस्यबाणी बाइबल को कुन पुस्तकमा गरिएको छ ? भनी सोध्नुभयो मैले यसैया को पुस्तक भनें कि मलाई थाहा रहेनछ । लामो समयको प्रार्थना अध्ययन र खोज द्वारा आज मलाई यो कुरा प्रष्ट भयो कि उत्पति 3:15 पद्य पुरै बाइबल को मेरुदण्ड पो रहेछ । गहिरिएर यसलाई अध्ययन गर्ने हो भने पूरा बाइबल को अस्तित्व नैं यो पद्यमा अडिग रहेछ । हाम्रो महान परमेस्वरले उत्पत्ति मै आफ्नो पुत्रलाई दिने कुरा सांकेतिक रुपमा 3:15 गरिसक्नुभएको रहेछ । तर हामिले बाइबल को बचनहरुलाई गहिरिएर अध्ययन नगरेको कारण सुक्ष्म कुराहरु भने बुझिरहेको हुदैनौं रहेछ । आज ख्रीस्टमस को बारे या येसुको बारे मानिसहरूले असङ्ख्यौं लेख रचनाहरु गरेका छन तर अझैसम्म अपुरो नै छन ती लेख रचनाहरु किनकी परमेस्वर अदित्तिय हुनुहुन्छ । ( म तँ र त्यस स्त्रीमाझशत्रुता सृष्टि गर्नेछु।तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनिशत्रुता सृष्टि गर्नेछुजसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।” ) उत्पत्ति 3:15 यो पद्यमा त्यो स्त्री भन्नाले कन्ने मरियम सर्प सैतान भनेर बताइएको हामी बुझ्न सक्छौं भने स्त्री को सन्तान हामी र सर्प सैतानको बिचमा सत्रुता अनि हामिले सैतान को टाउकोमा कुल्चिनु भन्नाले येसु यश संसारमा आउनु भयो हाम्रो सारा पापको खातिर क्रुसमा बलि हुनुभयो त्यो सैतानको सिर कुच्याउनु हो अनि आफैलाई फेरि जिवित पारेर मृत्युलाइ सधैको निम्ति जित्नुभयो ताकी अब उसो उहामा बिस्वास मात्र गर्नेहरुले पनि मर्नु पर्दैन । यहाँ मर्नु पर्दैन भन्नाले आत्मिक कुराको चर्चा गरिएको छ । त्यसकारण आउनुहोस् आज नै कत्ती पनि ढिला नगरी येसुलाई बिस्वास गर्नुहोस र अनन्त जिवनको भागिदार बन्नुहोस । त्यो परमेस्वर तपाईं र मेरो निम्ति संसारमा आएर हाम्रो सारा पाप क्षमा को निम्ति एक पल्ट क्रुस मा मरि सक्नुभएको छ, र र हामिलाई अनन्त जीवन दिन तेस्रो दिनमा बौरी उठिसक्नु भएको छ । अब उसो हामिले कुनै धर्म कर्म गरेर मुक्तिको बाटो खोजिरहन पर्ने जरुरी छैन । मात्र येसु ख्रीस्टलाई आफ्नो ब्याक्तिगत जीवन को मुक्तिदाता हुनुहुन्छ भनी आफ्नो हृदयमा बिस्वास गरे हुन्छ । परमेस्वरले तपाईं र मलाई प्रेम गर्नुहुन्छ । उहाँ हाम्रो ढोका मै बसेर ढोका ढक्ढक्याइ रहनुभएको छ । त्यो ढोका तपाईंको घरको नभएर तपाईंको हृदय को हो । यसरी सृष्टिको सुरुवातमै सर्बसक्तिमान हाम्रो परमेस्वरले हामी प्रती गर्नुभएको प्रतिज्ञालाई ढिलो नगरी पूरा गर्नुभयो । किन कि उहाँ बिस्वास योग्य परमेस्वर हुनुहुन्छ । अन्त्यमा उत्पत्ति 3:15 ले सारा कुराको अस्तित्व बोकेको छ, यो बाइबल को मेरुदण्डको रुपमा रहेकोे छ भन्दा पनि फरक नपर्ला । यो छोटो लेख बाट केही कुरा बुझ्ने अवसर पाउनुभएको छ भन्ने बिश्वास को साथ भुल चुक माफी चाहान्छु । ( जोसन लिम्बू )

Thursday, December 17, 2015

नचिनिएको तर अदित्तिय ब्याक्ती !!

सबै कुरा आउँछन जान्छन, मलाई मतलब छैन,
तर मलाई मेरै उमेर ले किन पर्खिरा छैन ?
सबै कुरा त्याग्न सक्छु, पक्रेर हुने नै के छ र ? अफसोस लाग्छ सोच्दा नि, मरि लानु के नै छ र ?
सास रहुन्जेल आस भन्छन, एक मुठ्ठी सासले साथ दिएकै छ ! शरीर दुर्बल छ आत्मा तयार छ, संसारले जहर पिएकै छ ! फटाउनेहरु फटाइरहेछन सिउनेहरुले सिएकै छन ! सहनेहरु सहिरहन्छन, सताउनेहरुले दु:ख दिएकै छन !
संसार फस्यो भङ्गालोमा, डुङ्गा अब खियाउनै छ ! बादल पारी सान्ती छ रे, सबलाई त्यहाँ छिराउनैछ ! खै के हो माया प्रेम ? कता गयो मानवता ? स्वार्थी भए सारा संसार, बाँकी रह्यो दानबता !
चारै तिर घुमी हेरें सान्ती कहाँ छ ? खोजिहेरें उसलाई पो थाहा छ कि ? सोधिहेरें भौतारिंदै दौडिरहें, दलदले हिलोभरी पौडिरहें येसुमा रहेछ सबै मेरा अभिलाषा अब दुबो झैं मौलिरहें ।।
#जोसन_लिम्बू

Saturday, December 12, 2015

ग्यास्ट्रिक समस्याका लागि घरेलु उपचार

अनियमित र दुषित खानपानका कारण अहिले ग्याष्ट्रिकको समस्या सामान्य झै भइसकेको छ । लगातार कब्जियतका कारण ग्यास्ट्रिकको समस्या हुन्छ र यो ग्यास्ट्रिक अन्य अनेक समस्याको कारण बन्छ । ग्यास्ट्रिकबाट पीडित व्यक्तिलाई टाउको दुख्ने, कम्मर दुख्ने, पेट दुख्ने, छाती दुख्ने जस्ता अनेक समस्या हुन्छन् । खैर, ग्यास्ट्रिकको मूल कारण केही बानी र अनियमितता दिनचर्या हो । ग्यासको समस्याका केही सामान्य लक्षणहरु यसप्रकार छन्
क. वान्ता आउनु ख. लगातार हिक्क हिक्क आउनु ग. पेट दुख्नु
यहाँ ग्यास्ट्रिकबाट बच्ने केही सजिलो उपायहरु बताइएको छन् ।
प्रसस्त पानी पिउनुहोस् :थोरै पिउनु पनि यस समस्याको एउटा ठूलो कारण हो । ग्यासको समस्या भए पनि नभए पनि दिनमा आठ गिलास पानी अवश्य पिउनुस् । अदुवा: ग्यासको समस्यामा अदुवा सबभन्दा राम्रो औषधि हो । अलिकति सुकेको अदुवा चियामा हालेर पिउनाले ग्यासमा तत्काल राहत पुग्छ । अदुवामा एन्टी बैक्टिरियल र एन्टी इन्स्लामेट्री तत्व पाइन्छ । अदुवा खानाले ग्यासको समस्या उत्पन्न गर्ने जिवाणु समाप्त हुन्छ । अदुवाको एक टुकडा घ्यूमा तताएर बीरे नूनसँग खाँदा ग्यासबाट छुटकारा पाइन्छ । पाइनएपल : पाइनएपलमा पाचक एन्जाइम्स पाइन्छ । पाइनएपल पाकेको मात्र खानुपर्छ । काचो पाइनएपलले पेटलाई झन नोक्सान नै पुर्‍याउछ । मही: अलिकति मेथी दाना, बेसार, हिंग, जिरा मिलाएर पिनेर राख्नुस् । बिहान खाना खाएपछि महीमा यो पाउडर मिलाएर पिउनुस् । ग्यास र एसिडीटीको समस्या समाप्त हुन्छ । जीरा: जीरा खानाले पनि डायजेस्टिव सिस्टमको समस्या समाधान हुन्छ । त्यसैले ग्यासको समस्या हुँदा एक चम्चा जीरा पाउडर चीसो पानीमा घोलेर पिउनुस् । बेसार: बेसार एन्टी इन्स्लामेन्ट्री र एन्टी फगल तत्व पाइन्छ । यो अनेक विमारीमा औषधिको काम गर्छ । अलिकति बेसार पाउडर चिसो पानीसँग लिनुस् र यसपछि केरा वा दही खानुस् । नरिवल पानी: नरिवल पानीमा भिटामीन ए पोषक तत्व भरपुर हुन्छ तर साथै यसले ग्यासको समस्यामा औषधिको काम गर्छ । तुलसी: तुलसीले अनेक विमारीमा औषधिको काम गर्छ । प्रत्येक दिन पाँच तुलसीको पात खानाले ग्यासको समस्याका साथ साथ पेटको अनेक समस्याहरुको पनि समाधान गर्छ । तुलसीको चिया बनाएर वा त्यसको रस पिउनाले पनि तत्काल फाइदा हुन्छ । ल्वांग: ल्वांग चुस्दा वा ल्वांग पाउडर महकासाथ लिनाले पनि ग्यास समस्यामा राहत पुग्छ । मेवा: मेवामा बीटा केरोटीन भरपुर मात्रामा पाइन्छ । यसमा खाना चाडै पचाउने तत्वहरु पाइन्छ । यसमा पेपिन नामको एन्जाइम पनि पाइन्छ । यो शरीरको लागि अत्यन्तै लाभदायक हुन्छ । ग्यासको समस्या भए खाना थोरै खानुस् र खाना पछि अलिकति बिरे नूनका साथ मेवा खानुस् । कब्जियत र ग्यास दुवै समस्याबाट छुटकारा पाइन्छ । पुदिना स् पुदिनाको पात चपाउनुस् वा पुदिनाको चिया बनाएर पिउनुस् ग्यासको समस्याबाट छुटकारा पाइन्छ । मरिच: अलिकति मरिचको धुलोमा मह मिलाएर लिदा ग्यासमा राहत मिल्छ ।

ख्रीष्टमसको ईतिहास

येशूको ऐतिहासिकतामाथि शंका गर्दै दार्शनिक बेट्राण्ड रस्सेलले लेखे, “ऐतिहासिक रूपमा ख्रीष्ट अस्तित्वमा हुनुहुन्थ्यो भन्ने कुरा शंकास्पद छ, यदि हुनुहुन्थ्यो भने पनि हामी उहाँको विषयमा केही पनि जान्दैनौं ।” ऐतिहासिक साक्षीहरूलाई जाँच गरेर हेर्दा रस्सेलको यस्तो भनाइ वास्तवमै हाँस्यास्पद देखिन्छ । नयाँ नियमका सत्ताइस ओटा पुस्तकहरू मात्र होइन यहूदी सर्न्दर्भहरू र सेकुलर (गैर-यहूदी र गैर-ख्रीष्टियान) सर्न्दर्भहरूले पनि येशूको ऐतिहासिकताबारे प्रचुर मात्रामा स्रोतहरू जुटाएका छन् । रोमी इतिहासकार कर्नेलियस टासिटस, यहूदी इतिहासकार योसिफस, ग्रीक व्यङ्ग्यकार लुसियन, सुटोनियस, प्लिनी द योङ्गर, थल्लुस, फ्लेगन, मारा बार सेरापिओन सेकुलर स्रोतहरूका केही उदाहरणहरू हुन् । ब्रिटानिका विश्वकोशको १९७४ ख्रीष्टाब्दको संस्करणमा येशूको जीवनी बयान गर्नलाई बीस हजार शब्दहरू प्रयोग गरिएका छन् । अरिस्टोटल, सिसेरो, अलेक्ज्याण्डर, जुलियस कैसर, बुद्ध, कन्फ्युसियस, मोहम्मद र नेपोलियन बोनापार्टलाई दिइएको ठाउँभन्दा बढी हो यो । प्राचीन समयमा ख्रीष्टिय-मतका प्रतिद्वन्द्वीहरूले पनि येशूको ऐतिहासिकतामाथि कहिल्यै शंका गरेनन् । ख्रीष्टिय-मतका संस्थापक वास्तवमै अस्तित्वमा थिए भनी स्वीकार नगरी ख्रीष्टियान मण्डलीको उदय, सुसमाचारीय विवरणहरू र यसका पछाडि रहेका परम्पराको प्रवाहलाई व्याख्या गर्न कठिन मात्रै होइन असम्भव पनि छ । कुनै पनि प्रतिष्ठित विद्वान्ले ऐतिहासिक येशूको अस्तित्वलाई इन्कार गर्ने साहस कहिल्यै गरेका छैनन् । येशूको ऐतिहासिकतालाई इन्कार गर्नु वास्तवमै मर्ख बन्नु हो ।
येशूको ऐतिहासिकतामाथि शंका गर्नु अस्वभाविक भए पनि उहाँको जन्मदिनबारे शंका गर्नुचाहिँ स्वाभाविक नै हो । मत्ती र लूकाको सुसमाचारमा उहाँको जन्मको विवरण दिइएको भए तापनि नयाँ नियमको कुनै पनि पुस्तकमा उहाँको जन्मदिन उल्लेख नभएकोले उहाँको जन्मको वास्तविक मिति कसैलाई पनि थाहा छैन । ख्रीष्टमस (Christmas) शब्द अंग्रेजी भाषाको नेपाली लिप्यन्तरण हो । येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने पर्व नै ख्रीष्टमस हो । बाइबल धर्मशास्त्रमा उहाँको जन्ममिति उल्लेख नभएकोले प्रारम्भिक ख्रीष्टियानहरूको बीचमा कुनै निर्धारित मिति थिएन । चौथो शताब्दीको उत्तर्रार्द्धतिर ख्रीष्टमस भिन्नाभिन्नै स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो मण्डलीमा मनाइन थालिएको थियो । उहा“को जन्मदिन निर्धारण गर्नको लागि विभिन्न विधिहरू अप्नाइए । परिणामतः प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, अप्रिल १९, मे २०, र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए । तर डिसेम्बर २५ (पौष १०) नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । डिसेम्बर २५ लाई नै येशूको जन्मदिनको रूपमा मनाइनुको खास कारण प्रष्ट छैन, एद्यपि केही मतहरू अघि नसारिएका भने होइनन् । सम्भवतः त्यस समयमा मनाइने गैर-ख्रीष्टियान पर्वले गर्दा उक्त मितिमा ख्रीष्टमस मनाउनलाई प्रभाव पारेको थियो । नयाँ नियमले यसको विषयमा कुनै संकेत दिंदैन । विश्वव्यापी कालानुक्रमलाई उत्पादन गर्ने पहिलो ज्ञात ख्रीष्टियान इतिहासकार सेक्टस जुलियस अप्रिmकानसले ख्रीष्टाब्द २२१ मा पहिलो पटक डिसेम्बर २५ लाई येशूको जन्मदिनको रूपमा परिचित गराएका थिए ।
चौथो शताब्दीमा ख्रीष्टिय-मत रोमी साम्राज्यको सरकारी धर्म भइसकेको थियो । बार्‍हौँ शताब्दीमा आइपुग्दा ख्रीष्टमस यूरोपमा सबैभन्दा महत्वपुर्ण धार्मिक पर्व भएको थियो । सुधारवादको युगसम्म ख्रीष्टमसको लोकप्रियता ज्यादै बढ्यो । ख्रीष्टमसमा गैर-ख्रीष्टियानका मनग्गे चलनहरू समावेश भएकाले सुधारवादको समयमा धेरै ख्रीष्टियानहरूले ख्रीष्टमसलाई गैर-ख्रीष्टियान पर्वको रूपमा विचार गर्न थाले । कति ठाउँहरूमा यसको असर परेको भए पनि मानिसहरूले ख्रीष्टमस मनाउन जारी राखे । बीसौँ शताब्दीमा विभिन्न किसिमका व्यवसायहरूको लागि ख्रीष्टमसको पर्व ज्यादै महत्वपुर्ण हुन थाल्यो । बीसौँ शताब्दीको मध्यदेखि ख्रीष्टमस झण्डै विश्वव्यापी रूपमा मनाइन थालिएको छ । संसारभरि नै करडौं ख्रीष्टियानहरू र गैर-ख्रीष्टियानहरूको लागि ख्रीष्टमस सबैभन्दा खुशीको क्षण र सबैभन्दा व्यस्त समय हो ।
ख्रीष्टमससँग गाँसिएका थुप्रै चलनहरू विभिन्न देशबाट विभिन्न समयमा आएका छन् । ख्रीष्टमसको समयमा उपहारहरू साटासाट गर्ने चलन प्राचीन रोमबाट आएको हो । अठारौँ शताब्दीको अन्त्यसम्ममा परिवारका सदस्यहरूबीच उपहारहरू साटासाट गर्ने अभ्यास राम्ररी नै स्थापित भइसकेको थियो । उपहार लेनदेनले हामीलाई परमेश्वरले आफ्नो एकलौटे पुत्र दिनुभएको तथ्यको सम्झना गराउ“छ । “बुद्धिमान् मानिसहरू” (ग्रीकमा Maggi नेपाली बाइबलमा “ज्योतिषीहरू” भनी अनूदित) द्वारा येशूलाई गरिएको भेटमा उपहारहरू चढाइएका छन् । ख्रीष्टमस वृक्ष (Christmas Tree) को परम्परा जर्मनीले ल्याएको हो । पुनर्जागरणकालीन मानवअधिकारवादी लेखक सेवास्टियन ब्राण्टले ख्रीष्टाब्द १४९४ मा लेखेको सबैभन्दा महत्वपुर्ण जर्मन साहित्य “मुर्खहरूको जहाज” नामक कृतिमा घरहरूमा देवदारु वृक्षका हाँगाहरू राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमस वृक्षको परम्पराको सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चयता भए पनि स्याउहरूसँग सजाइएका देवदारु रूखहरू पहिलो पटक ख्रीष्टाब्द १६०५ मा स्ट्रार्स्वर्गमा जानकारीमा आएजस्तो देखिन्छ । यस्ता रूखहरूमा प्रयोग गरिएका मैनबत्तीहरू ख्रीष्टाब्द १६११ मा साएलसिएनद्वारा अभिलिखित गरिएका छन् । ख्रीष्टाब्द १८४३ मा पहिलो ख्रीष्टमस कार्ड ब्रिटिश नागरिक जे. सी. हर्सद्वारा रचना गरिएका थिए । यो आधुनिक पोस्टकार्डजस्तै थियो र यसमा लेखिएका शब्दहरू यस्ता थिए, ”Merry Christmas and a Happy New Year to You”। क्यारल (Carol) भन्ने शब्द प्राचीन फ्रेन्च शब्दबाट आएको हो । वर्तमान समयमा क्यारलमा गाइने थुप्रै भजनहरू अठारौँ र उन्नाइसौँ शताब्दीमा रचना गरिएका थिए, जसमध्ये केही नेपाली भजनमा अनूदित छन् । चर्चित ख्रीष्टमस भजनहरूमा चार्ल्स वेस्लीद्वारा लिखित नेपालीमा अनूदित “सुन र्स्वर्गदूतको गान” (भजन नं. २२), ख्रीष्टमसको सन्ध्यामा ख्रीष्टाब्द १८१८ मा जोसेफ मोहरद्वारा लिखित नेपालीमा अनूदित “शान्तमय रात” (भजन नं. ३१), आदि पर्दछन् । यसका अतिरिक्त ख्रीष्टमस भोज, घर/मण्डली भवनको सजावट आदि चलनहरू पनि ख्रीष्टमससँगै गाँसिएर आएका छन् ।
ख्रीष्टमस पर्वको विरुद्धमा आवाज उठाउनेहरूको समूह विगतमा पनि थियो र वर्तमान पनि छ । उनीहरूले अघि सार्ने पहिलो र महत्वपुर्ण तर्क हो – ख्रीष्टमसबारे बाइबल मौन छ । यो भनाइ सत्य हो । तर मण्डलीमा अभ्यास गरिने अन्य थुप्रै क्षेत्रहरूमा पनि बाइबल मौन छ । बुधबारको प्रार्थना संगति -झण्डै विश्वव्यापी छ), भजनपुस्तक, मण्डली भवन, ख्रीष्टियान पत्रपत्रिका आदिबारे बाइबल मौन छ । “प्रेरित पावलले मोटरबाइक चढेको थियो र हामीले चढ्ने?” भन्ने प्रश्न कहिलेकाही“ केही ख्रीष्टियान पटमुर्ख अगुवाहरूले मुखबाट ओकल्ने गर्छन् । म विश्वास गर्छु पावल अहिले बाँचेको भए, पावललाई परमेश्वरले हेलिकप्टरमा चढाएर सुसमाचार प्रचारमा लैजानुहुन्थ्यो । पावल बाँचेको समय र वर्तमान समयबीचको भिन्नतालाई बुझ्ने बाइबल विद्यार्थीले कहिल्यै त्यस्तो प्रश्न गर्ने साहस गर्दैन । यस्ता अनगिन्ति कुराहरू छन्, जसको विषयमा बाइबल मौन छ, एद्यपि मण्डलीमा ती अभ्यास गरिंदै आएका छन् । दोस्रो तर्क हो – ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन । यो भनाइ पनि झण्डै पुर्णतः सत्य छ । तर ख्रीष्ट ऐतिहासिक मानिस हुनुहुन्छ भन्ने तथ्य विश्वले स्वीकारेको छ भन्ने पर्याप्त प्रमाण पहिलो अनुच्छेदमा नै हेरिसकिएको छ । त्यसो हो भने ख्रीष्ट एक न एक दिन पक्कै जन्मनुभएको हो । डिसेम्बर २५ को विरोध गर्नेहरूले विकल्पको रूपमा अर्को दिन निर्धारण गर्न नसक्ने भएकोले, उहाँको ऐतिहासिकता शंकारहित भएकोले ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन भन्नु पनि र्व्यर्थ छ । अधिक वर्षको फेब्रुअरी २९ मा जन्मेको बालिकाको जन्मदिन चार वर्षमा एकचोटि मात्र मनाउने हो र – कतिपय अवस्थामा मिति होइन विषय महत्वपुर्ण हुन्छ । तेस्रो तर्क हो – ख्रीष्टमसको चलन गैर ख्रीष्टियानबाट र यो रोमन क्याथोलिक उद्भव हो । तर हाम्रो प्रचलनमा रहेका अनगिन्ति नाउ“हरूको उद्भव गैर-ख्रीष्टियान नै छन् । जस्तै, जनवरी भन्ने महिनाको नाम रोमी देवता जेनसबाट लिइएको हो । हामीले प्रयोग गर्ने बारका नाउँहरू देवी देवताका नामहरूस“ग सम्बन्धित छन् । सण्डे -आइतबार) सुर्य देवताको नाउँ भएकोले आइतबारको दिनमा आराधना गर्नुहुँदैन भन्ने तर्क सेभेन्थ डे आडभेन्टिष्टहरूको रहेको छ । तर तिनीहरूलाई शनिबारको उत्पत्ति शनि देवताबाट आएको हो भन्ने कुरा थाहा छैन कि क्या हो – चौथो तर्क हो – ख्रीष्टमसमा पियक्कडपन र अनैतिकता बढी हुन्छ । आइतबारमा अनैतिकता वा दुर्घटना बढी भयो भन्दैमा आराधनाको दिन सार्न मिल्छ र – हवाइजहाजको दुर्घटनाले हवाइ विज्ञानलाई असफल तुल्याउँछ र – दुर्घटना हुन्छ भनेर काठमाडौंदेखि झापासम्म हिंडेर जाने व्यक्ति कोही छ र?

Thursday, December 3, 2015

तपाईंलाई काम लाग्न सक्छ !!

तपाईंका कोहि फेसबुक साथीहरुलाई सदैब टाउको दुख्ने समस्या छ भने यो पोष्टमा tag गरिदिनुहोस्l Migraine Headache का लक्षणहरु : --खप्नै नसकिने खालको टाउको दुख्ने l प्राय टाउकाको एक पट्टिको भाग मात्र दुख्ने -- बिस्तारै आँखा, कन्चट, घाँटी, कान आदि पनि दुख्ने -- चल्न, हिंड्न वा सामान्य काम गर्न खोज्दा, वा चर्को आवाज र प्रकाशले दुखाई झन् बढ्ने -- बान्ता होला जस्तो वाक्वाक्ति हुने, कहिले काहीं बान्ता पनि हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ) -- रिंगटा लाग्ला जस्तो हुने, आँखामा बादल लागेजस्तो गरी केहीबेर दृष्टिमा समस्या हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ) -- थकित हुने, शरीर गल्ने र अंध्यारो र एकान्त ठाउँमा सुत्न मन लाग्ने -- दुखाई केहि घण्टा देखि केहि दिनसम्म रहने र बेला बेलामा यी लक्षणहरु फर्किने र बर्षौंसम्म रहने (यहाँ लेखिएका प्राय लक्षणका उदाहरणहरु मलाई मेरा बिरामीहरुले भनेको आधारमा लेखेको हुँ l यदि तपाईंमा हुने समस्याहरु यहाँ दिइएको छैन भन्दैमा Migraine भएको छैन भन्न मिल्दैनl) ------------------------------- **यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला** ------------------------------ कसै-कसैमा मुख्य Migraine Headache का लक्षणहरु देखिनु ठिक केहि मिनेट (वा केहि घण्टा) अगाडी Aura (अर्थात्: पुर्वलक्षणहरु) देखा पर्छन् l ती पुर्वलक्षणहरु व्यक्ति अनुसार फरक हुन्छन् l केहि लक्षणहरु यस प्रकारका छन्: -- दृष्टिमा समस्या : आँखाले हेर्दा आँफु अगाडिको ठिक बिचको केहि भाग देख्न गार्हो पर्ने वा आधा भाग नै देख्न नसकिने वा पुरै आँखा तिरमिर हुने वा केहिबेर सब अँध्यारो हुने l -- हात खुट्टा निकै गरुङ्गो भएको जस्तो वा निकै कम्जोर भएको जस्तो महशुस हुने -- बोल्न अक्मक्कीने, स्मरण शक्ति गुमेको जस्तो लाग्ने, अत्तालिने आदि Migraine Headache का Triggers हरु: Migraine Headache आउने र जाने जिन्दगी भर भैराख्छ l केहि समय हराएको Migraine Headache कहिले काँही कुनै कुराले बिउँताउने गर्छ l याद गर्नुहोस् Triggers (बिउँताउने कुरा) र Cause (रोगको कारण) फरक कुरा हुन् l सबै व्यक्तिमा triggers हरु हुँदैनन् र हुनेमा पनि सबैका एकै किसिमका हुँदैनन् र Triggers हरु जे पनि जस्तो पनि हुन सक्छन् l यस्ता Triggers पत्ता लगाउन व्यक्ति आँफैले खाएको, भोगेको, वा गरेको दैनिकी (खासगरी Migraine Headache भएको दिनको) डायरी तयार पार्नुपर्छl Triggers हरु प्राय यस प्रकारका हुन्छन्: -- खानेकुरा = सुख्खा नुनिला खानेकुरा, चिया, कफी, रक्सि आदि -- कुनै पनि किसिमका गन्ध वा सुगन्ध -- कामको थकान वा तनाब, र अन्य जीवनका दैनिकी चिन्तित तुल्याउने समस्याहरु -- तापक्रम = चिसो, तातो, ओस्सिलो/मक्किएको बाताबरण -- र अन्य धेरै उपचार: यसको उपचार व्यक्तिको उमेर, लक्षणहरु, संगसंगै भएको अन्य रोगहरु (comorbidity) आदिमा भर पर्छ -- कसै कसैमा अँध्यारो र आवाज नआउने ठाउँमा गएर केहीबेर आराम गरेर बसिदिंदा त्यतिकैमा निको हुन्छ -- कोहीलाई सामान्य खालको नदुख्ने औषधि खाँदा पनि पुग्छ -- अन्यलाई डाक्टरकोमा नै गएर prescription लिएर मात्र पाइने औषधि चाहिन्छ नोट: यो समस्या केहि समय थामिने र पून बल्झीराख्ने खालको हुन्छ l पूर्ण सन्चो हुन दसौं-बीसौं बर्ष लाग्न सक्छ l उपचारको उदेश्य भनेको भएको समस्या बल्झन नदिन र अर्को migrane attack झट्टै हुन नदिनु हो l --------------------- **यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला**

Tuesday, November 24, 2015

म हुँ भन्ने अधिकार येसुलाई मात्र छ ! यदि तपाईं र मैले म हुँ भन्छौं भने हामी घमण्ड गर्दछौं ।

आजकल सामाजिक संजालमा होस या जुनसुकै ठाउँमा पनि धेरै भन्दा धेरै बिस्वासी जनहरुले परमेस्वरको सुसमाचार प्रचार कार्यमा लगनशीलता देखाएको हामी पाउदछौं । यो असाध्यै राम्रो कुरा हो । तर हामीले यो महान कार्यमा आफुले जानेको परमेस्वरको बारेमा एक ले अर्कालाई सिकाउदै अनि आफू पनि सिक्दै अगाडि बढ्नु पर्दछ । जब हामी आफ्नो ज्ञान को निम्ति म हुँ भन्दछौं भने हामी घमण्ड गर्दछौं ।


हामिलाई राम्रोसँग थाहा छ कि सैतान स्वर्गबाट फ्याकिनु भन्दा पहिला परमेस्वरको महिमा प्रसंशा गर्ने र परमेस्वरको सबैभन्दा नजिक को स्वर्गदुत थियो । तर त्यो स्वर्गदुत मा जब म हुँ भन्ने घमण्ड पस्यो तब त्यसले स्वर्ग बाट पाताल सम्मै फ्याकिनु पर्यो । किनकी उस्ले आफ्नो सुन्दरता को घमण्ड साथै म हुँ भन्न थाल्यो ।


यसैया १४:१२-१५ सम्म मा हामी पाउदछौं कि सैतान ले आफुलाई पटक म हुँ भनी आफुलाई परमेस्वर सामु घमण्डी प्रस्तुत गर्द छ ।
१, म स्वर्गमा उक्लने छु ।
२, म मेरो सिंहासन उच्च पार्नेछु ।
३, म उत्तरको पल्लो छेउसम्म सभामण्डलको पर्बतमा बिराजमान हुनेछु ।
४. म बादलको उचाई भन्दा माथी उक्लनेछु ।
म परमेस्वर जत्तिकै हुनेछु ।

हेर्नुहोस यसरी सैतानले म हुँ भनी आफुलाई परमेस्वर सामु घमण्ड गरेको पाउदछौं । यहि उस्को घमण्ड को कारण आखिरमा यसैया १४:१५ पद्य मा सैतान पातालको तल्लो छेउसम्मै होच्याईन्छ । यो कुरा ईजिकिएल २८:१२-१५, १७ पद्य मा पनि पाउदछौं ।


त्यसकारण हामिले आफुले आफैलाई नम्र बनाएर प्रभुको राज्यबिस्तारमा लागि पर्नु पर्दछ । किनकी हाम्रो बिस्वास काम द्वारा पनि सिद्द हुन जरुरी छ । ( याकुब २:२६ )। हामी कोहि पनि सर्बज्ञानी छैनौं हामिलाई ज्ञान दिनुहुने परमेस्वर नै हुनुहुन्छ । याकुब १:५ ले भन्दछ यदि तिमीहरु मध्ये कसैलाई बुद्दिको कमि छ भने उद्दार चित्त संग नझर्की दिनुहुने परमेस्वर संग त्यस्ले मागोस र त्यस्लाई सो दिइनेछ ।
अब उसो हामिले याकुब ४:१० अनुसार आफैलाई परमप्रभु को सामने विनम्र तुल्याऔं र उहाँले हामिलाई उच्च पार्नुहुने छ ।


सर्बसक्तिमान परमप्रभु परमेस्वरलाई मात्रै म हुँ भन्ने पुर्ण अधिकार छ । जब मिश्र देशमा ४०० बर्स सम्म करिब ६,००,००० इज्राएलीहरु दासत्वमा थिए तब परमेस्वरले मोसालाई ती ४०० बर्स सम्म मिश्र देशमा दासत्वमा परेका ६,००,००० इज्राएलीहरुलाई छुटाउन भनी पठाउन लागे त्यस बेला मोसाले परमेस्वर लाई सोध्छन हेर्नुहोस अब म इज्राएलीहरु कहाँ गएर तिनीहरुलाई भन्नेछु तिमीहरुका पिता पुर्खाका परमेस्वरले मलाई पठाउनुभएको हो, तब इज्राएलीहरुले उहाँको नाउँ के हो त ? भनि सोधे भने मैले तिनीहले सोधे भने मैले के जवाफ दिउ ?


परमेस्वरले भन्नुभयो " म हुँ जो म हुँ । " फेरि उहाँले भन्नुभयो इज्राएलीहरुलाई तैले यसो भन्नू म हुँ भन्नेले तिमीहरु कहाँ मलाई पठाएको हो । यहाँ परमेस्वरले पहिलो पटक म हुँ भन्नुभएको थियो । त्यही म हुँ भन्ने परमेस्वर नै पछि तपाईं र मेरो पापको लेखी मर्नलाई यश संसारमा आउनुहुदा येसु ख्रीस्ट कहलाइनु भयो । र तिनै अब्राहम, इसाहक र याकुबका परमेस्वर आज तपाईं र मेरो पनि परमेस्वर उद्दार्कर्ता, मुक्तिदाता हुनुहुन्छ ।


अनि उहाँले फेरि यश संसारमा आउँदा पनि म हुँ भनी आफ्नो परिचय दिनुभयो । येसु ख्रीस्ट ले प्रष्ट रुपमा म नैं परमेस्वर हुँ भनी दाबी गर्नुभयो । यसैया, यर्मिया आगमबक्ताले गरेका आगमबाणिहरु एक एक गरि पूरा भए । अनि येसुले आफैंलाई ७ पटक सम्म म हुँ भनी परमेस्वर भएको प्रमाणित गर्नुभयो ।


१, युहन्ना ६:३५ ( जिवनको रोटि म हुँ ) ।
२, युहन्ना ८:१२ ( संसारको ज्योती म हुँ ) ।
३, युहन्ना १०:११ ( असल गोठालो म हुँ ) ।
४, युहन्ना १०:९ ( जिवनको ढोका म हुँ ) ।
५, युहन्ना ११:२५ ( पुनरुथ्थान र जीवन म हुँ ) ।
६, युहन्ना १४:६ ( बाटो, सत्य र जीवन म हुँ ) ।
७, युहन्ना १५:१ ( साँचो दाखको बोट म हुँ ) ।

यसरी येसु ख्रीस्ट ले परमेस्वर बाट पुर्ण अधिकार पाएर आफैलाई म हुँ भनी सत्य साबित गर्नुभयो । अनि हाम्रो सारा पापको निम्ति उहाँ क्रुस मा बलि हुनुभयो । अब उसो हामिले मोसालाई परमेस्वरले दिनुभएको ब्यावस्थामा अल्झिरहन आवस्यक छैन । हिब्रु ८:१३ अनुसार यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहरयाउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ भन्नुभयो ।

तर गलत अर्थ नलागोस कि येसु संसारमा ब्यावस्था भंग गर्नलाई आउनु भएन तर ब्यावस्था पूरा गर्नलाई आउनुभयो । मत्ती ५:१७
‘म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ।


किन भने ब्यावस्था मोसा बाट दिइयो, अनुग्रह र सत्यता चाहिँ येसु ख्रीस्ट बाट आयो । युहुन्ना १:१७ । त्यसै गरि गलाती ५:१८ । रोमि ३:२१ ले भन्दछ तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्।


अन्त्यमा अब हामिले कुरा बुझौं र सिक्ने सिक्ने कुरामा सधै एक अर्काको निम्ति प्रार्थना गर्दै अगाडि बढौं । प्रभुले हामिद्वारा यी नै कुरा चाहानुहुन्छ । १ पत्रुस ३:१५ तर तिमीहरुको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिनीहरु प्रत्येकलाई व्याख्या दिन संधै तैयार बस जसले तिमीहरुसंग भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ ।


अब हामी म हुँ भन्ने अहम भावना बाट अलग भएर एक ले अर्कोलाई संगतिमा प्रोत्साहित गर्दै अगाडि बढौं । हिब्रु १०:२५ अनुसार । किनकी हामिले बुझ्यौं म हुँ भन्ने अहम घमण्डले गर्दा परमेस्वरले सबैभन्दा आफ्नो ठूलो र नजिकैको स्वर्दुतलाई पत्ताल सम्मै फ्याँक्नुभएको थियो । र त्यसले सैतान को रुप धारण गरेको थियोे भने तपाईं र म आफ्नो ज्ञान को घमण्ड गर्ने को हौं र ? म हुँ भन्ने पुर्ण अधिकार येसु ख्रीस्ट जो परमेस्वरको पुत्र हुनुहुन्छ उहाँलाई मात्र छ । जो हुनुहुन्थ्यो, हुनुहुन्छ र रहिरहनुहुनेछ । हामी सबैलाई यो वचन बढाइ मा प्रभुले आशिष् दिनुभएको होस । आमेन । ( भुल चुक माफ पाउ तपाईहरुकै हितैसी आत्मिक मित्र #जोसन_लिम्बू )

Saturday, November 21, 2015

"पबित्र बाइबल" बारे छोटो जानकारी !!

पबित्र बाइबल मा जम्मा दुई वटा नियमहरु छन ।
१/ नयाँ नियम ।
२/ पुरानो नियम ।
यी दुई नियमहरु गरि पबित्र बाइबल मा ६६ वटा पुस्तकहरू छन । ती मध्ये पुरानो करारमा ३९ वटा पुस्तकहरू छन, भने नयाँ करारमा २७ ओटा पुस्तकहरू समाबेश छन । पुरानो नियममा ९२९ वटा अध्यायहरु छन भने, नयाँ नियममा २६० वटा अध्यायहरु गरि पुरै बाइबल मा १,१८९ वटा अध्यायहरु रहेका छन । यसको शुचि यसप्रकार रहेको छ :-
पुरानो करार:-
पुस्तकहरु :- अध्यायहरु :- ====================== १, उत्पती ५० २, प्रस्थान ४० ३, लेवि २७ ४, गन्ती ३६ ५, ब्यावस्था ३४ ६, यहोसु २४ ७, न्यायकर्ता २१ ८, रुथ ४ ९, १ समुएल ३१ १०, २ समुएल २४ ११, १ राजा २२ १२, २ राजा २५ १३, १ इतिहास २९ १४, २ इतिहास ३६ १५, एज्रा १० १६, नहेम्याह १३ १७, एस्तर १० १८, अय्युब ४२ १९, भजनसंग्रह १५० २०, हितोपदेस ३१ २१, उपदेशक १२ २२, श्रेष्ठ गित ८ २३, यसैया ६६ २४, यर्मिया ५२ २५, बिलाप ५ २६, इजिकिएल ४८ २७, दानियल १२ २८, होसे १४ २९, योएल ३ ३०, आमोस ९ ३१, ओबदिया १ ३२, योना ४ ३३, मिका ७ ३४, नहुम ३ ३५, हबकुक ३ ३६, सपन्याह ३ ३७, हाग्गै २ ३८, जाकरिया १४ ३९, मलाकी ४ =================== जम्मा = ९२९
नयाँ करार :-
पुस्तकहरु :- अध्यायहरु :- ====================== १, मत्ती २८ २, मर्कुस १६ ३, लुका २४ ४, युहन्ना २१ ५, प्रेरित २८ ६, रोमि १६ ७, १ कोरिन्थी १६ ८, २ कोरिन्थी १३ ९, गलाती ६ १०, एफिसी ६ ११, फिलिप्पी ४ १२, कलस्सी ४ १३, १ थेस्लोनिकी ५ १४, २ थेस्लोनिकी ३ १५, १ तिमोथी ६ १६, २ तिमिथी ४ १७, तितस 3 १८, फिलेमोन १ १९, हिब्रु १३ २०, याकुब ५ २१, १ पत्रुस ५ २२, २ पत्रुस ३ २३, १ युहन्ना ५ २४, २ युहन्ना १ २५, ३ युहन्ना १ २६, यहुदा १ २७, प्रकाश २२ ======================= जम्मा = २६०
पुरानो करार + नयाँ करार
९२९ +२६० ====== जम्मा = १,१८९ अध्यायहरु पुरै बाइबलमा रहेका छन । भने :-
३५,६६,४८० वटा अक्षरहरु छन । ८,१०,६९७ वटा सब्दहरु छन । ३१,१७५ वटा पद्यहरु छन ।
#बाइबल मा सबैभन्दा लामो अध्याय भजनसंग्रह ११९ हो भने, सबैभन्दा छोटो वा बिचको अध्याय भजनसंग्रह ११७ हो ।
#बाइबल मा सबैभन्दा बिचमा पर्ने अध्याय भजनसंग्रह ११८ को ८ औं पद्य हो ।
#बाइबल मा ४६,६७२ पटक "र" को प्रयोग गरिएको छ ।
#बाइबल मा सबैभन्दा लामो पद्य एस्तर ८:९ हो ।
#बाइबल मा सबैभन्दा छोटो पद्य युहन्ना ११:३५ हो ।
* पुरानो करारमा " परमेस्वर " या यसको बराबर सब्द " यहोवा " ७,६९८ पटक लेखिएको छ । अथवा "परमेस्वर" १,८५३ पटक लेखिएको छ ।
#एस्तर को पुस्तकमा "परमेस्वर" शब्दको प्रयोग गरिएको छैन । तर सम्पुर्ण पुस्तकको अध्यायहरुमा बुद्दी , ज्ञान, पबित्रता र प्रेम उल्लेख गरिएको छ ।
तर सौभाग्य को कुरा आज हामिले आफ्नै सरल नेपाली भासामा बाइबललाई पढ्न पाएका छौँ । हामिले आफैलाई भाग्यमानी सम्झौं । कि बाइबल यो अवस्था सम्म आईपुग्न कति मानिसहरुले आफ्नो प्राण गुमाएका छन जेल चलान गरिएको छ, बनिबास भएका छन, अनएकौं दु:ख कस्ट भोगेका छन । तर तपाईं र मैले कुनै सतावट बिना नै बाइबल पढ्न पाइरहेका छौं
तपाईले कहिले सोच्नुभएको छ ? कि बाइबल पहिलो ३ भासामा लेखिएको थियोे । १, ग्रिक २, आरमाइक ३, हिब्रु
# पुरानो करार ग्रिक आरमाइक भासामा लेखिएको थियो भने,
# नयाँ करार हिब्रु भासामा लेखिएको थियोे ।
अनि पुरानो करार र नयाँ करार बिचको अवधी ४०० बर्स रहेको छ । जमा ४० जना लेखकहरु द्वारा लेखिएको बाइबल पूरा लेखिसक्नु लाई १६०० बर्स लागेको थियोे । बाइबल को लेखक हरु कोहि मछुवा कोहि गोठालो त कोहि डाक्टर आदि थिए । बाइबल पबित्र आत्माको सक्तिले मानिस द्वारा लेखिएको थियोे ।
अर्को कुरा ती तीन भासालाई अंग्रेजी मा अनुबाद गर्नलाई हिब्रु भासा पुरै अनि अंग्रेजी पनि पुरै, आरमाइक भासालाई अंग्रेजी मा अनुबाद गर्न आरमाइक र अंग्रेजी दुबै भासा जानेको त्यस्तै गरि हिब्रु भासालाई अंग्रेजी मा अनुबाद गर्न हिब्रु भासा र अंग्रेजी दुबै भासाको ज्ञान भएको मानिस हुन पर्थ्यो । अनि अंग्रेजी लाई नेपालिमा अनुबाद गर्न त्यो मानिसले अंग्रेजी र नेपाली भासा पुरै जानेको हुन पर्थ्यो । अनि बल्ल अंग्रेजी भासाको बाइबल लाई नेपालिमा अनुबाद गर्न सक्षम हुन्थ्यो ।
हेर्नुहोस, सोच्नुहोस बाइबल त्यति सजिलै हाम्रो हात सम्म आइपुगेको छैन । त्यसको लागि धेरै त्याग र तपस्या हाम्रो अग्रज हरुले गरेका छन । बाइबल लाई नस्ट गर्न खोज्नेहरु आफै पतन भएका छन । कतिले अन्त्यमा येसु सत्य हुन भनी पस्चताप गरेर मरेका छन । तर आज तपाइँ र मैले बिना सतावट नैं स्वतन्त्र रुपमा बाइबल अध्ययन गर्न पाईराखेका छौँ । प्रभुलाई धन्यवाद होस । यो सौभाग्य को निम्ति !!
अन्त्यमा - यि सब बाइबल को बिवरणहरु गुगल बाट मैले लिएको हुँ । हामी बिस्वासिहरुको बाइबल अध्ययन को उत्साहको निम्ति । आसा छ यहाँ बाट तपाईले केही ज्ञान प्राप्त गर्नु भएको छ । भुल चुक माफ पाउँ । जयमसिह !!

Sunday, November 1, 2015

निरन्तर को बाइबल अध्ययन ले आफुमा परिवर्तन को महसुस गर्नुहोस !!

यहाँ फोटोमा तपाईं देख्दै हुनुहुन्छ । म र रेस्लर रोमन रिङ्ग लाई, मेरो बडि हेरि रोमनको बडि धेरै ज्याङ्गो यानिकी ठुलठुला छन । कारण थाहा छ तपाईहरुलाई ? आखिर हाम्रो शरीरमा नसाहरु उति नै छन, र हाम्रो सरिरको हड्डीहरु को संख्या पनि बराबर त्यही २०६ ओटा नै छन ।
तर फरक यति हो कि किन रोमन को बडि निकै सकृय र ठुलो देखिन्छ ? मेरो भने निष्क्रिय र सानो देखिन्छ ? किनकी रोमनले आफ्नो बडि ठूलो बनाउन को लागि डाइट गर्छन प्रत्येक दिन आफ्नो बडिको निम्ति समय समयमा सारिरिक ब्यायाम पनि गर्छन त्यसकारण उहाँको बडि सक्रिय र ठुला भएका छन ।
अर्को तिर म मेरो बडिको ख्याल राख्दिन समय समयमा ब्यायाम अनि प्रोटिन युक्त खानाहरु खादिन अन्ततः मेरो बडि निष्क्रिय र सानो भएको छ । आखिर हाम्रो शरीरमा नसा र मांसपेशी अनि हड्डीहरु भने बराबर नै छन तर जस्ले आफ्नो स्वास्थको ख्याल गरि दैनिक सरिरको ख्याल गर्छन तिनीहरु हेर्दै लोभ लाग्दा र सक्रिय देखिन्छन् र हुन्छन पनि ।
यहाँ मैले तपाईहरुलाई बताउन खोजेको प्रसङ्ग अर्कै छ कि परमेस्वरले पनि तपाईं र मलाई उहाँकै स्वरुपमा उहाँकै प्रतिरुपमा सृष्टि गर्नु भएको छ । तपाईं र मेरो सरिरमा उतिनै नसा मांसपेशी र हड्डिहरु अनि दिमाग छ । हामी अरु प्रभुका जनहरुलाई हेरेर यो त कत्ती बाइबल को बारे जान्ने छ मलाई त बाइबल को बारे केही आउदैन म केही जान्दिन भनेर आफैलाई आफ्नो आत्मबल कमजोरी नबनाउँ तर जसरी निरन्तरको को सारिरिक ब्यायामले रेस्लर खेलाडीहरुको शरीर सक्रिय र ठुलठुला हुन्छन । त्यसरी नै हामी पनि दैनिक बाइबल अध्ययन र खोज अनुसन्धान बाट अरु बाइबल बिदहरु जस्तै बन्न सक्छौं ।
तर हामिमा निरन्तर लगनशीलता भने हुन जरुरी छ । सबैले एकै पल्ट जानेर आएका छैनन । ती हाम्रा अग्रजहरु ले पनि धेरै बाइबल अध्ययन खोज अनुसन्धान बाट नै ती सब ज्ञान हाँसिल गरेका हुन । हामी पनि बाइबल पढौं सकेसम्म सेवा संगतिमा जाने कोसिस गरौं हाम्रो आत्मिक वृद्धिमा परिवर्तन आफै आउँछ । जस्तै निरन्तर को ब्यायाम ले शरीर मा परिवर्तन आउँछ ।
किन भने परमेस्वरले तपाईं र मलाई उतिनै सरिरको अंगहरु दिनुभएको छ । अब ती अंगहरुलाई कसरी चलाउने त ? त्यो तपाईं र मेरो जिम्मामा छ । त्यसकारण प्रभुको राज्यको खोज हामी निरन्तर गरौं आत्मिक युद्दको निरन्तर अभ्यास गरौं । निरन्तरको आत्मिक अभ्यासले हाम्रो आत्मिक जिवनमा अवस्थ परिवर्तन आउने छ । अनि पहिलाको जीवन भन्दा बिस्वास र निरन्तर बाइबल अध्ययन खोज अनुसन्धान पछिको जीवन मा पक्का हामी ठूलो परिवर्तन को अनुभव गर्नेछौं ।
जब हामी शरीरमा भन्दा बाहिर आत्मामा मन लगाउछौं नि तब हामिले अर्कै दु:ख अनि आनन्द को महसुस गर्छौं । किनकी हामी सारिरिक कुराको चिन्ता र फिकृले आफ्नो आत्मालाई भने पल पल तड्पाई रहेका हुन्छौं । परमेस्वरको बचनले भन्छ शरीरमा मन लगाउनु मृत्यु हो भने आत्मामा मन लगाउनु चाहिँ जीवन हो ।
अन्त्यमा : आउनुहो हामी धार्मिकताको खोजी गरौं जसरी निरन्तर को सारिरिक ब्यायाम ले हाम्रो सरिरको ढाँचा बदलिन्छ त्यसरी नै निरन्तरको बाइबल अध्ययन र ईस्वरको तिर्खाले हाम्रो आत्मिक जीवनलाई पल पल सृष्टि कर्ताको सामु लगिरहेको हुन्छ । साँगुरो बाटोमा डोर्याइरहेको हुन्छ । अनि हामी पनि आत्मिक जीवन प्रती उत्सुक र ज्ञानी बन्छौं ।धन्यवाद ! जयमसिह !!
( यो मेरो ब्याक्तिगत बिचार हो, भुल चुक माफ पाउँ )

Wednesday, October 28, 2015

कुन धर्मका मानिसहरुले बढी आफ्नो धर्मको प्रचार गरे ? इतिहास र वर्तमान दिउँसो १२ बजेको घाम जतिकै छर्लङ्ग छ !!

म धेरै पढ्न र लेख्न रुचाउने मान्छे हुँ । चाहे त्यो बिज्ञान सम्बन्धित होस या धार्मिक सम्बन्धित होस सबै कुराहरुको जानकारी राख्न मलाई मन पर्छ । कतिपय हामी मानिसहरू संसारिक जिवनको मात्र वास्ता फिक्री गरिराखेका हुन्छौं । तर हाम्रो मृत्यु पश्चात् पनि हाम्रो अस्तित्व छ भन्ने कुरालाई भुलिरहेका हुन्छौं कि त त्यस्ता कुरालाई सिधै नकारी दिन्छौं ।
यहाँ हामिले बुझ्नुपर्ने कुराहरु धेरै छन कि यो हाम्रो जीवन भनेको रहस्यमय तरिकाले सृष्टि गरिएको छ । हामी जन्म लिन्छौं हुर्कन्छौं बिवाह गर्छौं सन्तान जन्माउछौं आफ्नो संसारिक जिवनको लागि केही गर्छौं बुढेसकालले छुन्छ अन्त्यमा मर्छौं । यसरी हाम्रो जीवन चक्र घुमिरहेको छ । तर हामिले भुलेका भनौं या त नबुझेको या त वास्ता नगरेको हाम्रो अर्कै आत्मिक जीवन पनि छ ।
हामी जन्मेदेखी बाँचुन्जेल नमरेसम्म विभिन्न धर्म कर्म देखि लिएर पाठ पुजाहरु गर्छौं । ती सब आखिर के का लागि त ? यहाँ बाट हामिलाई प्रष्ट हुन्छ कि ती सबै कार्यहरु हामिले संसार छोडेर गएपछिको अर्को आत्मिक जिवनको लागि हो । संसारमा रहुन्जेल दिनभरी काम गर्यो रातभर सुत्यो फेरि भोलिपल्ट उठ्यो त्यही काम दोहोर्‍याए भइगो नि । बाँच्नुको लागि काम गर्ने खाना खाने, किन धर्म कर्म गर्नु पर्यो ? तर मानिस जाती मात्र त्यस्तो प्राणी हो जो संग आत्मा छ ।
ख्रीस्टियनहरुको मुख्य उदेस्य भनेको जहिले पनि उद्दार, मुक्ती नपाइ संसारिक थोक संसारिक मोज मज्जामा भौतारिरहेका आत्माहरुलाई सुसमाचार द्वारा आफ्नो सृष्टि कर्ता परमेस्वर संग टुटेको सम्बन्धलाई पुनस्थापित गराउनु हो । यो महान कार्यमा आज भन्दा हजारौं बर्स अघिदेखि हाम्रा अग्रजहरु लागिपरेका थिए, आज हामी पनि त्यही महान कार्यलाई निरन्तरता दिंदै यो अवस्था सम्म आईपुगेका छौँ ।
यहाँ सम्म आईपुग्दा ख्रीस्टियनहरुले धेरै बाधा अवरोधहरुको सामना गर्नु परेको छ । आफ्नै देस मा सरणार्थी को जीवन जिउनु परेको छ । कति झुटा आरोप प्रत्यारोपहरुको सामना गर्दा गर्दै कति ख्रीस्ट का अनुयायीहरुले आफ्नो ज्यान गुमाउनु परेको छ । हाम्रै नेपालमा आफ्नै दाजुभाइहरु द्वारा धर्म प्रचारको आरोप खेपिरहनु परेको छ । के साँच्चिकै ख्रीस्टियनहरुले मात्रै नेपालमा आफ्नो धर्मको प्रचार गरेका छन त ? इतिहास र बर्तमान दिउँसो १२ बजेको घाम जस्तै छर्लङ्ग छ । कि नेपालको सन्दर्भमा ख्रीस्टियनहरुले भन्दा अन्य धर्मका मानिसहरूले पनि आफ्नो धमको कम प्रचार गरेका छैनन् । क
ख्रीस्टियनहरु वास्तवमा धर्मको होइन तर मुक्तिको प्रचार गर्दछौं । धार्मिकता र सत्यताको प्रचार गर्दछौं । तर ख्रीस्टियनहरुलाई मात्रै धर्मको प्रचार गर्यो भनेर भन्ने अन्य धर्मलवम्बिहरुलाई म अवगत गराउन चाहान्छु कि पशुपतिनाथ जस्ता ठुलठुला मन्दीरहरु नेपालकै ठूलो सहर काठ्माण्डौको बिच बिचमा खडा गरिएका छन त्यो धर्म प्रचार होइन ? ठुला ठुला आवाज निकाली, शहरै थर्किने गरि पुरान वाचन गरेको धर्म प्रचार होइन ? बस, ट्रक हरुमा " पशुपतिनाथ कि जय " " कनकाई माइ कि जय " दक्षिण काली कि जय " लेखेर पुर्व मेचीदेखि पश्चिम् महाकालीसम्म घुमाइएको धर्म प्रचार होइन ? नाग पन्चमिको नाउँमा गाउँ गाउँ घुमेर दुई चार मन्त्र फलाक्दै साँपको फोटो सबैको घर घरमा टाँस्दै हिंड्नु के धर्म प्रचार होइन ? शंख बजाएर रातभरी घुम्नु धर्म प्रचार होइन ? संचार माध्यमहरु बाट स्वस्थानी लगायत विभिन्न हिन्दु सम्बन्धी प्रवचन प्रसारण गर्नु के धर्मको प्रचार होइन ? रेडियो नेपालबाट बिहान-बिहान ५ बजे गायत्री स्तुति भन्दै प्रसारण गर्नु धर्म प्रचार होईन ?
यदि यी सब धर्मकै प्रचार हो भने तपाईलाई प्रस्टै थाहा भैसकेको छ कि आजसम्म कुन धर्मको मानिसहरुले धेरै आफ्नो धर्मको प्रचार गरेका रहेछन् ? वास्तविक कुरा, सत्य सबैलाई तितो लाग्छ । ख्रीस्टियनहरु येसु सत्य हुन भन्छौं येसु बाहेक अरु कसै द्वारा उद्दार मुक्ती छैन भनी दाबी गर्छौ । कि कुनै पनि धर्मको प्रबक्ताले म उद्दार दिन्छु मुक्ती म द्वारा छ भनी दाबी गरेको कुनै पबि धर्मको धर्मग्रन्थमा पढ्न पाइदैन । तर ख्रीस्टियन मत अदित्तिय छ ।
त्यसकारण हामी धर्मको हैन धार्मिकता, वास्तविकता, उद्दारकर्ता को सत्यतालाई प्रचार गर्छौं । धर्म परिवर्तन गर्ने नैसर्गिक अधिकार सनैलाई छ । मलाई कुन धर्मको आस्था सत्य लाग्छ म त्यो धर्म अंगाल्न पाउँछु । कति पल्ट ख्रीस्टियनहरुलाई डलरको आरोप लाग्यो तर वास्तविक तथ्य हेर्ने हो भने ख्रीस्टियनहरु नैं गरिब छन । होला त्यस्ता धर्मको नाउँमा कलंक मच्चाउनेहरु, डलर को खेती गर्नेहरु म मेरो गोरुको बाह्रै टक्का भन्दिन । तर एक दुई जनाको गैर जिम्मेवारीपुर्ण कार्यले गर्दा सिंगो इसाई जगत लाई नै आरोप मा मुछ्नु उनिहरुले गरेको असल कार्यको ढाकछोप गर्नु हो ।
नेपालमा ख्रीस्टियनहरुले अनाथ आश्रम खोले त्यहीँ धर्म परिवर्तन को आरोप लाग्यो । ग्रामीण भेगमा स्कुल बनाइए त्यहीँ धर्म परिवर्तन को आरोप छ । भोकालाई भोजन दिए, नाङ्गालाई बस्त्र दिए, गरिबहरुलाई सहयोग गरे अन्त्यमा धर्म परिवर्तन कै आरोप खेप्नु परेको छ । कतिपय त्यस्ता खोलिएको इसाई संथाहरु छन जहाँ अन्य धर्मको मानिसहरुले लाभ पाइरहेका छन ।
ख्रीस्टियनहरुले गरेको लाखौं राम्रा काम नेदेख्ने जहिले गल्ती पर्खेर बस्ने हाम्रा अन्य धर्मलवम्बिहरुलाई मेरो अनुरोध छ । सक्नुहुन्छ गर्नुहोस् सक्नुहुन्न गर्नेलाई अवरोध नपुर्यानुहोस । घर्मकै नाउँमा बखेडा झिकेर आरोप प्रत्यारोप मै अल्झी राख्नु भन्दा सत्य के हो बुझ्ने तिर पो लाग्ने हो कि ? धर्मको पछि हामी धेरै कुद्यौं, अब धार्मिकतालाई अंगाल्ने कि ? किन भने धर्मले होइन धार्मिकताले देश लाई माथी उचाल्छ । मनमा कुरा धेरै छन समय थोरै छ आजलाई यती नैं । येसु सत्य थिए, सत्य छन, र सत्य नै रहिरहने छन । किनकी उहाँले भन्नुभएको छ बाटो, सत्य र जीवन म नै हुँ । म द्वारा बाहेक अरु कोहि द्वारा मानिस स्वर्ग जान सक्दैन । पबित्र बाइबल युहुन्ना १४:६ /
आउनुहोस् पापमय संसारबाट फर्कनुहोस येसुलाई बिस्वास गर्नुहोस् । तपाइले कुनै मूल्य तिर्नु जरुरी छैन मात्र येसुलाई आफ्नो ब्याक्तिगत मुक्तिदाता धनी आफ्नो हृदयले स्वीकार गर्नुहोस् । परमेस्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ । उहाँ आफुसंग भएको १०० ओटा भेडाहरु मध्ये ९९ ओटा भेडाहरु संग भन्दा हराएर फेरि भेटिएको एउटा भेडा संग धेरै खुसी हुनुहुन्छ । आमेन
( यो सब मेरो बाइबलमा आधारित ब्याक्तिगत बिचारहरु हुन, कसैलाई चित्त दुखे माफी चाहान्छु ) धन्यवाद !!

Monday, October 26, 2015

यो अनुग्रह को समय हो, पाप गर्नको निम्ति लाइसेन्स होईन !!

बाइबल मा रोमि ३:२३ पदले भन्दछ, सबैले पाप गरेका छन र परमेस्वरको महिमा सम्म पुग्न बाट चुकेका छन । यहाँ बाट हामी के थाहा पाउन सक्छौं भने हामी सबै पापी छौँ । अनि अर्को पद रोमि ६:२३ मा जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।
यहाँ हामिले बुझ्नु पर्ने कुरा के छ भने हामी जन्मदै पापी छौं । हामी पापीहरुको पाप क्षमा कुनै सांडे बोकाहरुको रगत ले असम्भव छ । त्यसकारण हाम्रो अथवा मानिसहरूको पाप क्षमा गर्न मानिस को बलिनै चाहिथ्यो, त्यो मानिस तपाई र म जस्तो नभएर कन्ने केटिको गर्भ बाट जन्मेको जीवन मा कुनै पाप कर्म नगरेको हुनु पर्दथ्यो । त्यही भएको कारण परमेस्वरले तपाइँ र मेरो पाप क्षमा को निम्ति येसु ख्रीस्ट लाई कन्ने मरियमको गर्भको माध्यम बाट बलि हुन यश संसारमा पठाउनु भयो ।
युहुन्ना ३:१६ ।अब यहाँ भनिएको छ कि परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई संसारको निम्ति दिनु भयो। ताकी उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश नहोस, तर त्यसले अनन्त जीवन पाओस ।
हामी सबै पापी हुँदाहुँदै पनि परमेस्वरले हामिलाई यति धेरै प्रेम गरेर आफ्नो एउटा मात्र पुत्र लाई पनि तपाईं र मेरो पाप क्षमा गर्न को निम्ति क्रुस मा टाँग्नलाई दिनुभयो कि उहाँको रगतले हाम्रो पाप क्षमा भएको छ, उहाँको चोटले हामी निको भएका छौं, उहाको मृत्युले आज हामिले अनन्त जीवन त्यो पनि सित्तैमा पाएका छौ । तर एउटा मात्र कुरा छ त्यो हो येसुमा बिश्वास गर्नु । जब हामी येसुलाई हाम्रो ब्याक्तिगत मुक्तिदाताको रुपमा आफ्नो हृदय मा स्वीकार गर्छौ तब उहाँको नाउ द्वारा परमेस्वरले हाम्रा सारा पाप क्षमा गरिदिनुहुन्छ ।
अनि अर्को कुरा कुनै पनि धर्मसास्त्रमा नलेखिएको कुनै पनि धर्मको प्रबक्ताले म यस्तो प्रकारको पाप क्षमा दिन सक्छु भनेर दाबी गर्न नसकेको कुरा बाइबल मा परमेस्वरले तपाईर मलाई भन्दै हुनुहुन्छ, त्यो हो परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिउँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू उन जस्तो सेतो हुन सक्छौ। यसैया १:१८ ।
यहाँनेर परमेस्वर स्वंम ले भन्नुहुन्छ आउ तिमीहरूको पाप को बारे छलफल गरौं । तपाईं र मलाई उहाले बोलाउनु हुन्छ कि आउ संगै बसौं तिमीहरूको पाप को बारे छलफल गरौ भन्नुहुन्छ यहाँ बाट के थाहा पाउन सक्छौं भने परमेस्वरले मात्र हाम्रो पाप क्षमा गर्न सक्नुहुन्छ ।
कुनै पनि धर्मको धर्म गुरुलाई सोध्नुभयो भने वा धर्म सास्त्रको अध्ययन गर्नुभयो भने पनि त्यहाँ उद्दार को बारेमा स्पस्ट बताइएको पाउनुहुन्न । तर बाइबल मात्र त्यस्तो सत्य परमेस्वरको जिवित वचन हो त्यहाँ तपाइँले उद्दार मुक्ती, मानिसहरुको र सारा ब्रह्माण्ड को उत्पतिको बारेमा छर्लङ्ग हुने गरि सरल भासामा पढ्न जान्न पाउनुहुन्छ । अनि सोही समयमा येसु ख्रीस्ट ले हामिलाई भन्नू हुन्छ कसैले गर्न भन्न नसकेको कुरा दाबी गर्नु हुन्छ कि बाटो, सत्य र जीवन म नै हुँ । म द्वारा बाहेक कोहि द्वारा पनि मानिस स्वर्ग जान सक्दैन । युहुन्ना १४:६ ।
आउनुहोस् सोच्नुहोस जीवन तपाइँको हो, यो जिवनको निर्णय पनि तपाईकै हुनुपर्छ । कि आज हामी कहाँ जान लागेका मानिस हौं तर कुन बाटो बाट यात्रा गरिरहेका छौं ? आज हामिले पछ्याउँदै गरेको बाटोले अन्त्यमा अनन्त जीवन मा पुर्याने हो या अनन्त मृत मा ? यो परमेस्वरले दिनुभएको अनुग्रह को समयमै निर्णय गर्नुहोस् । अनुग्रह को समयलाई पाप गर्ने लाइसेन्स नबनाउनुहोस । ? सबैलाई प्रभुले आशिष् दिउन । आमेन
#जोसन_लिम्बु

सबैले भन्छन पापी ख्रीस्टियनहरु !!

अध्यारोमा हिड्नेहरुलाई ज्योतिमा हिंड्न सिकायौ
फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु पाप कर्मलाई छोडायौ, धार्मिकताको बाटोमा डोर्यायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
उद्दार नपाइ तड्पिरहेका आत्माहरुलाई सुसमाचार सुनायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु कुप्रथा र जातिय प्रथाले सदियौं देखि दबाइएकाहरुलाई माथी उठ्न सिकायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
परमेस्वर संग तोडिएको नातालाई पुनस्थापना गरायौ
फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु संसारको बन्धनले बाँधिएकाहरुलाई आत्मिक रहस्य खुलाई दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
आँखा नदेख्नेहरुलाई येसुको नाउँमा आँखा खोली दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु बैराहरुलाई येसुको नाउँमा कान खोली दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
लङ्गडाहरुलाई येसुको नाउँमा हिड्न प्रार्थना गरि चंगाइ गरायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु अनाथहरुको निम्ति अनाथ आश्रम खोली दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
अनपढ र पिछडिएकाहरुलाई स्कुल को स्थापना गरिदियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु देशमा दिगो सान्तिको निम्ति भोकभोकै उपबास प्रार्थना गर्छौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
पिन्जडा भित्रको चरी झैं जीवन जिईरहेकाहरुलाई खुल्ला आकाशमा उड्न सिकायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु ढुङ्गा अनि मुडाहरुमा ईश्वर खोज्नेहरुलाई सत्य परमेस्वर चिनाइ दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
#JoshanLimbu

Monday, October 12, 2015

यो प्रसस्त अनुग्रह को समयलाई भरपुर उपयोग गरौं !!

आदरणीय प्रभुका जनहरुमा मेरो जयमसिह साथै विनम्र अनुरोध छ !
हामी कतातिर लम्किरहेछौं ? यो समय भनेको आफैंले आफैंलाई जांच्ने समय हो जस्तो लाग्छ मलाई ! त्यसकारण कसैको पोस्ट मा कमेन्ट गर्नुपरे हामी सकेसम्म सभ्य भासामा प्रतिबाद गरौं । हामी संग त्यो ज्ञान हुनुपर्छ, कि अरुको सिको गर्ने होइन ।
अरुले गरेको गल्ती देखाउनु राम्रो कुरा हो ताकी त्यो ब्याक्तिले फेरि अर्को गल्ती गरेर पाप मा नफर्कोस । तर गल्ती देखाउने तरिका पुर्याइएन भने त्यहाँ समस्या उत्पन्न हुन्छ । तपाईं हामी जस्तै बुझ्ने हुन्नन सबै त्यसकारण हामी जति सक्दो अरु भन्दा सानो भएर तेसो होइन एसो पो त भन्ने तिर लाग्नु जरुरी छ ।
अर्को कुरा हामी मध्ये कतिले नानाथरीका संसारिक मोज मस्तिका ब्याभिचारी जन्य पेजहरुको लाईक गरेर यो अमुल्य प्रभुको अनुग्रह को समयलाई बर्बाद गरिरहेका छौं । मैले कतिपय साथिहरुले त्यस्ता किसिमको पेजहरु लाईक गरेको भेट्टाएको छु । तर अब उप्रान्त त्यसो होईन प्रभुको राज्य बिस्तार को निम्ति रातदिन डटेर लेख्ने प्रभुको जनहरुको सुसमाचारिय पेजहरु लाई लाइक र सेयर गरौं, जसले कसैको तड्पिरहेको आत्मालाई अनन्त जीवन को बाटो तिर डोर्याउन हमेसा प्रयासरत छन ।
हामी जान्दछौं फसल पाकिसकेको छ । अब यो पाकेको फसललाई काटेर फल ढिकुटी मा र काम नलाग्ने डांठलाई मालिकले आगोमा जलाउने बेला आउदैछ । संसारको हालचाल ले प्रष्ट पार्दैछ कि हामी आखिरी दिनमा हिडिरहेका छौं । त्यसकारण शरीरमा भन्दा आत्मामा मन लगाउने बेला आएको छ । एकले अर्कोलाई सम्यमता पुर्बक सम्झाउदै बिश्वासमा दरिलो पार्दै अघि बढाउं । प्रभुमा प्रोत्साहन दिऔं ।
एउटा बिस्वासिले नबुझेको बाइबल को कुरालाई होशियारपूर्वक बुझाउं ताकी उ बिश्वास बाट पछि नहटोस तर अझ आफ्नो बिश्वासमा दरिलो भएर प्रभुको राज्य बिस्तारमा एउटा खुड्किलो बन्न सकोस् । प्रत्येक कुराको सृष्टि गर्नुको कुनै उदेस्य हुन्छ, बिना उदेश्य कुनै कुराको पनि सृष्टि गरिंदैन । तेस्तै प्रभुले तपाईं र मलाई सृष्टि गर्नुको मुख्य उदेश्य उहाको राज्य बिस्तार गर्न हराएको आफ्नो भेडाहरुलाई खोजेर उहाँको जिम्मा लगाउनु हो ।
आज के हामी आफ्नै खुसिले संसारिक अभिलाषा पूरा गर्न मात्रै लागिपरेका छौँ कि आत्मिक संसार को कल्पना संगै त्यो सुन्दर स्वर्गीय स्थानको लागि पनि दौड धुप गरिरहेका छौं ? प्रस्न गम्भीर छ । तपाइँ र मैले येसुलाई बिश्वास गर्दैमा अनि पानीको बप्तिस्मा लिदैमा मात्र हामी स्वर्गमा स्थान प्राप्त गर्न सक्दैनौं । तर उहाँको आज्ञा को पनि पुर्ण रुपमा पालना गर्न जरुरी छ । (मत्ती ७:२१)
अन्त्यमा संसारिक थोकलाई भन्दा आत्मिक कुराहरुलाई प्राथमिकता मा राखौं । कि यश संसारमा हामी पाहुना जस्तो मात्र हौं । हामी मानव भनेको आत्मिक प्राणी हौं जस्ले हामिलाई प्राण र आत्मा दिनुभयो उहाँलाई एक दिन हामिले आफुले गरेको कामको लेखा सहित आफ्नो प्राण र आत्मा फिर्ता गर्नुछ । हामिले गरेको प्रत्येक राम्रा नराम्रा कामहरुको एक एक लेखा उहाले राख्नुभएको छ । जो राजाहरुको महाराजा प्रभुहरुको महा प्रभु सिंहासनमा बिराजमान हुनुहुन्छ । उहाँ ले जे प्रतिज्ञा तपाइँ र मेरो लागि गर्नुभएको छ त्यो पूरा गर्नुहुने नैं छ । यसैया ४६:१०
( यो मेरो ब्याक्तिगत पेज मा मेरो ब्याक्तिगत बिचार तपाइँहरु समक्ष पेस गरेको छु । म बाट गल्ती त्रुटी भए क्षमा चाहान्छु । )
जोसन लिम्बू

Wednesday, October 7, 2015

गाइको मुत अमृत, मान्छेले छोएको पानी किन बीस ?

हिन्दु धर्म मा 4 किसिम का ब्याक्ती हरु हुन्छन जो बर्ण ब्याबस्था मा उल्लेख गरिएको छ ब्राह्मण क्षेत्री वैश्य र सुद्र अनि यो पनि भनिएको छ ब्राह्मण सिर बाट पैदा भएको क्षेत्री पाखुरा बाट वैश्य भुँडी बाट र सुद्र पाउ बाट अनि ती बर्ण हरु को बारेमा एसरी व्याख्या गरिएको छ
ब्राह्मण :-उच्च विचार, संस्कार र विवेकद्वारा माथि उठेकाहरु मात्र ब्राह्मण हुन् जसले एउटा शरीरका क्षेत्रीय, वैश्य र शुद्र भागहरुको विवेकपुर्ण निगरानी गर्दछ, र मोक्षको द्वार खोल्न सघाउंदछ त्यो ब्राह्मण हो । त्यसैले, ब्राह्मण सधैं सर्वोपरी छ ! ठूलो छ ! विवेकशील छ!
सुद्र:- धूर्त छ, फटाहा छ, ढोंगी- पाखण्डी छ र शुद्रहरु यौन र यौनिक क्रियाकलापमा हराऊंछन, निर्लिप्त भएर सकिन्छन ! भोगविलासमा निर्लिप्त छ भने त्यो शुद्र हो
वैश्य:-! भुंडिचिन्तामा लिर्लिप्त छ भने त्यो वैश्य हो ! शुद्रबाट अलि माथि उठेकाहरु बैश्यहरु हुन् जो भुंडि र पेट चिन्तामा आफुलाई सक्छन ! नस्ट गर्छन ! स्वाद र वासना उनीहरुका प्रिय बिषय हुन् !
क्षेत्री:- अहङ्कारले चुलिएको छभने त्यो क्षेत्रीय हो ! वैश्यबाट अलि माथि उठेकाहरु क्षेत्रियहरु हुन् ! जसले सधैं- सधैं अहङ्कारको विस्तारका लागि श्रम मात्र भन्दछन ! श्रम, श्रम, श्रम अनि श्रम ! सदा श्रमरत रहने क्षेत्रियपनि श्रमकै चंगुलमा त्यसै सकिञ्छन् !
अब प्रश्न यहाँ उठछ कि यहाँ ब्यख्या गरिए जस्तो नै छौ हामि एस्तो अबैज्ञनिक र तथ्यहिन अपमानित बिल्ला सुद्र भिरेर हिन्दु धर्मै कै वर्ण ब्याबस्था नियम मा बाधिएर बस्ने वा एसको बिकल्प खोज्ने सुधार तर्फ त यहाँ कसैको ध्यान।गएकै छैन र जानेवाला पनि छैन।वर्ण ब्याबस्था को खारेजी को कुरा कहि बाट उठाएको पाईदैन अब एत्रो भिभेद हुदा हुँदै एसरी अपमानित बिल्ला सुद्र भिराउदा भिराउदै हामी ले हिन्दु धर्म नै अनुसरण गर्ने हो?? या धर्म भित्र सुधार हुन पर्यो हैन भने । #हिन्दुत्व_त्यागौ_स्वतन्त्र_बनौ।

Sunday, October 4, 2015

Practice makes a man Perfect ! अभ्यासले मानिसलाई भरिपुर्ण बनाउछ ।

१. खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने । २. ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने । ३. कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने । ४. वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने । ५. सानैमा चोरी गर्दै हिँड्ने विकाशानन्द धार्मिक गुरू बने । ६. साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने । ७. सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने । ८. भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने । ९. चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने । १०. दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे । ११. कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने । १२. कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने । १३. सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने । १४. लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने । १५. लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने । १६. मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने । १७. घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने । १८. पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने । १९. खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन । २०. अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे । २१. कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले । २२. गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने । २३. एसएलसी पास रेखा थापा चर्चित नायिका बनिन् । २४. तिन पटक SLC फेल हरीवंश आचार्य नामी कलाकार बने । २५. पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने । २६. कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने । २७. स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने । २८. झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने । २९. थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्व नेता बने । ३०. तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके । ३१. हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने । ३२. दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपती बने । ३३. कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने । ३४. मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

Wednesday, September 30, 2015

"प्रेम" के हो ? what is the love ?

धेरै अग्रज दाईहरुको फेसबुक वालमा मैले पढें "प्रेम" को बिसयमा लेख्नु भएको । अनि मलाई पनि यो "प्रेम" को बिसय मा लेख्न मन लाग्यो ।
हुन त सबैले "प्रेम" लाई आआफ्नो तरिकाले परिभाषित गरेका छन । अनि यसलाई परिभासित गर्ने तरिका पनि आआफ्नै छन । "प्रेम" शब्द सुन्ने बितिक्कै हाम्रो मस्तिष्कमा आईहाल्छ कि "प्रेम" भनेको एकले अर्का प्रती गरिने रेखदेख वा माया हो । तर हामीले पहिलो कुरा बुझ्न जरुरी छ कि "प्रेम" को सुरु कहाँ बाट कसरी सुरु भयो ? अनि "प्रेम" कति किसिमका छन ? र कुन "प्रेम" को संग गरिन्छ ?
यश बारेमा म तपाईहरु सामु छोटो जानकारी बांड्न चाहान्छु । कृपया गल्ती भए माफ पाउं । सबै भन्दा पहिला त म इसाई भएको कारण बाईबलिय "प्रेम" को बारेमा नै चर्चा गर्न रुचाउछु ।
त्यसकारण हामी "प्रेम" लाई बाईबलिय तरिकाले हेर्ने हो भने त्यहा हामी चार (४) प्रकारको "प्रेम" लाई भेट्टाउन सक्छौं ।
१/ अगापे ( परमेस्वर को प्रेम )
२/ स्टर्ज ( परिवार्को प्रेम )
३/ फिलियो ( भातृ प्रेम )
४/ इरोस ( स्त्री र पुरुष बिच को प्रेम )
तर दु:खको कुरा संसारले इरोस लाई पहिलो स्थान मा राख्ने गर्दछ । र अगापे "प्रेम" थोरैले मात्र गरेको पाईन्छ । संसारको तरिकाले पर्मेस्वरको तरिका भन्दा बिपरित तरिकाले काम गर्दछ । पर्मेस्वरले हामिलाई उहाँको स्वरुपमा सृष्टि गर्नुभयो, उहाँ त्रीएक परमेस्वर हुनुहुन्छ । ( पिता, पुत्र र पबित्र आत्मा ) । अनि हामिलाई पनि उहांले उहाँ कै स्वरुप प्रतिरुप मा सृष्टि गर्नु भयो । ( आत्मा, प्राण र शरीर )
अन्त्यमा अब हामिलाई थाहा भयो होलाकी हामिले कुन खालको "प्रेम" लाई पहिलो प्राथमिकतामा राख्ने ? भनेर । हामिले सबै भन्दा पहिलो १ नम्बर को "प्रेम" लाई नै अंगाल्ने प्रयत्न गर्नु पर्छ । कि "प्रेम" परमेस्वर बाट आएको हो । उहाँ "प्रेम" हुनुहुन्छ । अनि उहाले तपाईं र मलाई "प्रेम" गर्नुहुन्छ । संसारको "प्रेम" ले धोका दिन्छ तर परमेस्वरको "प्रेम" ले अनन्त जीवन दिदछ ।

Thursday, September 24, 2015

दशै तपाईको चाड हो वा होईन बुझेर मात्र मनाउनु होला !

  • (1) दशै भारतबाट आयत गरेको चाड हो । नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ?
    (2) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र खस भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।
    (3) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्डाएर हत्या गरेको थियो । यसप्रकारका त्रास फैलाए राईहरुलाई दशै मान्न र टिका लगाउन बाध्य बनाए ।
    (4) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउामा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।
    (5) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
    (6) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउाका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाा र बााया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
    (7) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।
    (8) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लागएर शान्तिपूर्ण वार्त गर्न विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउामा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
    (9) दशैबारे हाम्रा मागहरु :- * सबै नेपालीले दशै नमान्ने भएको र भारत लगायत अन्य देशका हिन्दुहरुले पनि दशै मान्ने भएकोले दशैलाई नेपालीहरुको चाड होईन हिन्दुहरुको चाड भनियोस ।
    * राज्यको ढुकुटीबाट करोडौ रुपैया खर्चेर, सेना प्रहरी लगाएर वर्षको ३५ दिन सार्वजनिक विदा दिएर हिन्दुको चाड पर्व दशै, तिहार, जनै पूर्णिमा, तिज, बसन्त पञ्चमी मनाउने कार्यहरु बन्द गरियोस वा आदिवासी जनजातिका चाडहरु सकेला, भुमे पूजा, चोनाम पर्व, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघीमा पनि सैनिक मञ्चमा सेना प्रहरीले हर्ष बढाईका साथ मानइयोस ।
    * हिन्दुधर्मका समाचारलाई मात्र प्राथमिक्ताका दिएर सरकारी तथा अतिहिन्दुवादी सञ्चार माध्यमाहरुले आाख फुटने गरेर देखाउने कान नै बन्द हुने गरेर सुनाउने पक्षपातीपूर्ण व्यवहार बन्द गरियोस र सबै धर्मका चाडपर्वबारे समावेशी समाचार सम्प्रेषण गरियोस ।
    * नेपालको राष्ट्रियता र राष्ट्रिय एकता आधार हिन्दुको चाड दशै, तीज, जनै पूर्णीमा, खस भाषा र दौरा सुरुवाल टोपी मात्र हुन सक्दैन । नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको आधार सकेला, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, भूमे पूजा, महपूजा, माघी, ईद पनि हुनुपर्छ, शेर्पा, राई, गुरुङ, मगर, तामाङ, लिम्बु, थारु, नेवार, मुश्लीम लगायत अन्य जातजातीको भाषामा हुनुपर्छ र हिमाल, पहाडमा र तराईमा लगाईने पोशाकहरुलाई बनाइयोस ।
    (10) सस्तो राजनीतिक लोकप्रियता हासिल गर्न, साम्प्रदायिक सदभाव विथोल्न वा देश खण्डीत गर्ने हाम्रो आवजको उद्वेश्य किमार्थ होईन । हाम्रो आवज न्यायको लागि हो, समनताको लागि हो, भाषा, धर्म, संस्कृति, आर्थिक, राजनीतिक र समाजिक विभेदहरु समाप्त गर्दै समतामूलक समाज र समृद्धिशाली नयाँ नेपाल निमार्ण गर्ने नै हो ।
    (11) प्रधानमन्त्रीको कुर्सीको पाउनका लागि पहाडे शासक वाहुन नेताहरुले आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनबारे कुरा उठाउदा देश टुक्र्याउने र सामाजिक सदभाव विथोल्ने आरोप नलाग्ने । तर आदिवासी, मधेशी, दलित, मुश्लीम, महिलाले आफ्ना उत्पीडनका कथा र व्याथहरुबारे आफैले आवज उठायो भने देश टुक्रिने, सामाजिक सदभाव विथोलिने आरोप लाग्ने, यो कस्तो बिडम्बना हो ? के यो न्यायोचित छ ?
    (12) आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनका कथा व्यथाहरु विक्री गरेर राजा महाराजा, निरंकुश निर्दलिय पञ्चायती व्यवस्था, वहुदलवादी दल र गणतन्त्रवादी दलहरुले नोट, भोट बटुले, सिहदरवारको सिंहासनमा कोईराला, खनाल, नेपाल, दहाल, भट्टराईलाई पु–याएर शासन गरे तर हाम्रो कथा व्याथहरुमा कुनै परिवर्तन आएन ।
    (13) अब हाम्रा लागि हामी आफै उठनु पर्छ भन्ने चेतनाको विकाश हामीमा भएकोछ । जस्को सवाल उस्को अगुवाई भन्ने भनाईबाट हामी प्रेरित भएको छौ । अब हाम्रा लागि कसैले बोल्नु पर्दैन, हामी आफै बोल्छौ, हामी आफै संठीत हुन्छौ । अब मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाको उत्पीडनका कथा व्यथा विक्री गर्ने अधिकार कसैलाई हुनै छैन । सर्वाधिकार हामी आफैमा सुरक्षित हुनेछ । हेक्का रहोस !
    (14) देशको ढुकुटी रित्याउने शासक पहाडे वाहुनहरु अनि नेपालको नदीनाला, वनजंगल बेचेर खरबौ डलर झ्वांम बनाउने शासक पहाडे वाहुन । आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गा, कमैया कमलरीको आर्थिक, राजनैतिक, शैक्षिक सशक्तिकरणका लागि खोलिएका ५,२२७ संघसंस्थाहरु मध्ये ८० प्रतिशत संघसंस्थाहरु शासक पहाडे वाहुनहरु कै छन् । यदि विश्वास लाग्दैन भने गैह्र सरकारी संस्था महासंघ (फेडेरेसन अफ नन गर्भमेन्टल अर्गनाईजेसन अफ नेपाल) को वेभ साईडमा गएर सदस्यहरुको नामवाली हेरियोस । उर्मिला आर्याल, आरजु देउवा, भिम रावल, के पी ओली, गगन थापा, योगेश भट्टराई, टोपवहादुर रायमाझीका संघसंस्थाले वार्षिक खरबौ डलर झवाँम बनाउछन् । अब भन्नोस डलर कस्ले पाउने रहेछ ? शासक पहाडे वाहुनले की आदिवासी, मधेशी, मुश्लीमले ? धान खाने मुसा चोट पाउने भ्यागुता ! विदेशी डलर र राज्यको ढुकुटी रित्याउने शासक पहाडे वाहुन अनि आरोप लगाउछ आदिवासी, मधशी, दलित र मुश्लीमलाई ?
    (15) न्याय र समानताका लागि उठेको अवाज कुनै विदेशी डलरको उपज होईन चेतना अभिबृद्धिको उपज हो । हेक्का रहोस ! अतिहिन्दुवादीहरु स्वदेशी तथा विदेशी शक्तिहरु !!