Monday, July 19, 2021

सबैले चिन्नुपर्ने झुटा सिक्षा - यहोवाका साक्षिहरु !!

 


"@यहोवाका साक्षीहरू" (Jehovah's Witnesses) नाम गरेको समूहका मानिसहरू भन्छन्, येशू ख्रीष्ट परमेश्वर होइनन्। तिनीहरूको शिक्षाअनुसार, येशू त यहोवा परमेश्वरद्वारा सृजित केवल एक सृष्टि मात्र हुन्। उक्त शिक्षामा बसालिएकाहरूको दृष्टिकोणमा यहोवा नाउँ परमेश्वरको सबैभन्दा पवित्र नाउँ हो। यो नाउँ एकमात्र साँचो परमेश्वरको सम्बन्धमा मात्र प्रयोग गरिन उचित छ भन्ने उनीहरूको मान्यता भए तापनि उनीहरू येशूको ईश्वरत्वलाई इन्कार गर्ने भएका हुनाले, यो ईश्वरीय नाउँ यहोवा कहिल्यै पनि येशूलाई जनाउन प्रयोग गरिएको छैन भन्ने उनीहरूको जोडदार दाबी रहेको छ। प्रभु येशूलाई यहोवा भन्नु त उनीहरूलाई असोचनीय हुन्छ किनकि उक्त नाउँ केवल परमेश्वरलाई मात्र प्रयोग गरिनुपर्छ (तर येशू परमेश्वर हुनुहुन्छ भनी उनीहरू विश्वास गर्दैनन्)।


यस अध्ययनमा हामी एउटा महत्त्वपूर्ण प्रश्न सोध्न गइरहेका छौं—"के यहोवा नाउँ येशू ख्रीष्टलाई जनाउनलाई उचित हुन्छ?" के बाइबलले यो ईश्वरीय नाउँलाई कतै येशू ख्रीष्टको सम्बन्धमा प्रयोग गरेको छ? हामी पवित्र शास्त्रलाई ध्यानपूर्वक केलाऔं र यसको जवाफ पत्ता लगाऔं।


सर्वप्रथम त हामी यहोवाका साक्षीहरूसित एउटा कुरामा सहमत छौं: यो नाउँ यहोवा (जसलाई नेपाली पुरानो नियममा "परमप्रभु" भनी जनाइएको छ) यस्तो नाउँ हो जुन नाउँ केवल परमेश्वरलाई बाहेक अरू कसैलाई प्रयोग गरिएको छैन। "यहोवा भनिने उपनाम परमेश्वरकै महान्, विशिष्ट र कसैलाई दिन नमिल्ने उहाँकै निजी नाउँ हो। यो नाउँ पवित्र शास्त्रमा सृष्टि गरिएको कुनै पनि प्राणीलाई प्रयोग गरिएको छैन न ता कुनै पनि तर्कले त्यसो गर्न नै सकिन्छ किनकि उक्त नाउँले सर्वोच्च परमेश्वरकै अस्तित्वको अनिवार्यता, स्वतन्त्रता र वास्तविकतालाई औंल्याउँदछ" (सर्ले)।


परमप्रभु स्वयम् उक्त नाउँको सम्बन्धमा ज्यादै डाही हुनुहुन्छ भन्ने कुरा यी खण्डहरूबाट प्रस्टै देखिन्छ:


१) भजन सङ्ग्रह ८३:१८ -- "र तपाईं, जसको नाम मात्र 'यहोवा' हो, सम्पूर्ण पृथ्वीमाथि परमप्रधान हुनुहुन्छ भनी मानिसहरूले जानून्।"


२) यशैया ४२:८ -- "म परमप्रभु [यहोवा] हुँ, मेरो नाउँ त्यही हो। मेरो महिमा अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।"


येशू ख्रीष्टलाई आधिकारिक रूपमा यहोवा भन्न मिल्छ भन्ने कुरा प्रमाणसहित प्रस्तुत गर्न सकियो भने, ख्रीष्टको ईश्वरत्वलाई प्रमाणित गर्नलाई योभन्दा ठूलो प्रमाण अर्को चाहिँदैन। अर्को शब्दमा भन्ने हो भने, यहोवा नाउँ कतिपय ठाउँमा ख्रीष्टलाई प्रयोग गरिएको छ भन्ने कुरा हामीले देखाउन सक्यौं भने, ख्रीष्ट स्वयम् परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रमाणित भएको ठहरिन्छ (किनकि परमेश्वरलाई बाहेक अरू कसैलाई पनि परमेश्वरको नाउँले जनाइँदैन!)।


निम्न खण्डहरूलाई विचार गरौं:


१. जकरिया १२ मा यहोवा बोल्दैहुनुहुन्छ (पद १ र ४)। पद १० मा यहोवा भन्नुहुन्छ, "तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्।" यो त ख्रीष्टबाहेक अरू कसैको विषयमा लेखिएको हुनै सक्दैन (तुलना गर्नुहोस् १९:३७ र प्रकाश १:७ सित)।


२. पुरानो नियममा यहोवाले आफू आदि र अन्त हुँ भनी घोषणा गर्नुभएको छ, "इस्राएलका महाराजा र उद्धारक र सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ। मबाहेक अरू परमेश्वर छैन" (यशैया ४४:६; साथै, ४१:४; ४८:११-१२)। नयाँ नियमका पन्नाहरूमा शुरू र अन्त, प्रथम र अन्तिम भनेर कसलाई जनाइएको छ (प्रकाश १:८,११,१७,१८; २२:१३ मा पढ्नुहोस्)?


३. यशैया ६:५ मा अगमवक्ताले भने, "मेरा आँखाले सेनाहरूका परमप्रभु [यहोवा] राजालाई देखेको छु!" पछिबाट प्रेरित यूहन्नाले उक्त घटनाको उल्लेख गर्दै यशैयाले देखेका व्यक्ति वास्तवमा येशू ख्रीष्ट नै हुनुहुन्थ्यो भन्ने कुरा प्रस्टै बताएका छन्--"उहाँ [ख्रीष्ट] को महिमा देखेर उहाँको विषयमा बोल्दाहुँदि यशैयाले यी कुराहरू भने" (यूहन्ना १२:४१।


४. भजन सङ्ग्रह २३:१ मा दाऊदले भेडाहरूका महान् गोठाला यहोवा हुनुहुन्छ भनेर घोषणा गरे। नयाँ नियमअनुसार भेडाहरूका महान् गोठाला को हुनुहुन्छ (यूहन्ना १०:११,१४; हिब्रू १३:२०)? साथै पुरानो नियममा यहोवालाई पटक-पटक इस्राएलका चट्टान भनिएको छ (व्यवस्था ३२:३,४,१८; भजन सङ्ग्रह १८:२; भजन सङ्ग्रह ६२:१-२ आदि)। नयाँ नियमले यस चट्टान येशू नै हुनुहुन्छ भनेर प्रस्टै बताएको छ (१ कोरिन्थी १०:४)।


५. प्रस्थान ३:१४-१५ मा यहोवाले "म हुँ" भन्नुभएको पाइन्छ। यूहन्नाको सुसमाचारअनुसार "म हुँ" भन्ने को हुनुहुन्छ (यूहन्ना ६:३५; ८:१२; ८:२४; ८:५८; १०:९; १०:११; ११:२५; १४:६; १८:५-६)?


६. यशैया ४३:१०-११ र ४५:२१ मा यहोवाले आफू स्वयम् नै एकमात्र मुक्तिदाता हुनुभएको घोषणा गर्नुभएको छ। उहाँबाहेक अन्य कुनै मुक्तिदाता छैन! नयाँ नियमअनुसार एकमात्र मुक्तिदाता को हुनुहुन्छ (प्रेरित ४:१०-१२)?


७. यशैया ४५:२१-२३ मा यहोवा भन्नुहुन्छ, "हरेक घुँडा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।" फिलिप्पी २:९-११ मा यशैयाको उक्त खण्ड ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएको छ जसकै सामु एक दिन सबैजना झुक्नेछन्!


८. यशैया २४:२३ र सपन्याह ३:१५-१७ मा हामी सिक्छौं, भावी राज्यमा यहोवा आफैंले यरूशलेममा राज्य गर्नुहुनेछ अनि उहाँ आफ्ना जनहरूका बीचमा हुनुहुनेछ। उक्त भावी हजार वर्षे राज्यको राजाको विषयमा नयाँ नियमले के बताएको छ (प्रकाश १९:११-१६; २०:४-६)?


९. यशैया ४०:३ मा बप्‍तिस्मा दिने यूहन्नाले आउनुहुने यहोवाको बाटो तयार पार्ने भविष्यवाणीको उल्लेख छ। मर्कूस १:१-३ मा यही खण्ड ख्रीष्टलाई प्रयोग गरिएको छ। बप्‍तिस्मा दिने यूहन्नाले ख्रीष्टका निम्ति बाटो तयार गरे।


१०. यशैया ८:१३-१४ को भविष्यवाणीअनुसार यहोवा "एउटा ढुङ्गा हुनुहुनेछ जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोष्टन लगाउँछ।" १ पत्रुस २:७-८ मा यी पदहरू येशू ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएका छन्।


११. योएल २:३२ लाई प्रेरित २:२१,३६ सित र रोमी १०:९,१३ सित दाँज्नुहोस्। पापीहरूले पुकारा गर्नुपर्ने परमप्रभु [यहोवा] को हुनुहुन्छ?


अन्तमा डा. लुइस् स्पेरी चेफर (Dr. Lewis Sperry Chafer) लाई उद्दरण गरौं:


"ख्रीष्ट नै यहोवा हुनुहुन्छ भन्ने कुराको प्रस्ट र बृहत प्रमाणस्वरूप नयाँ नियमले येशू ख्रीष्टलाई प्रभु भन्ने उपनामले एक हजार भन्दा बढी पटक जनाएको कुराबाट देखिन्छ। यहोवा त हिब्रू शब्द हो जुनचाहिँ नयाँ नियममा आगन्तुक शब्दको रूपमा ल्याइएको पाइँदैन। यसको बराबरीमा आउने ग्रीक शब्द हो कुरिअस् (प्रभु) जुन उपनामचाहिँ पिता र [पवित्र] आत्मालाई जनाउन पनि प्रयोग गरिएको छ। पुरानो नियमको यहोवा नाउँलाई यसको विशेष अर्थमा नयाँ नियममा आएर प्रभु (कुरिअस्) भन्ने उपनामले निरन्तरता दिएको भनेर लिनु न्यायोचित प्रक्रिया नै हो। थुप्रै उच्च घोषणाहरूको सोझो अर्थ यही हुनुपर्छ भन्ने देखिन्छ: 'सबैका प्रभु' (प्रेरित १०:३६); 'सबका प्रभु' (रोमी १०:१२); 'महिमाका प्रभु' (१ कोरिन्थी २:८), र 'राजाहरूका राजा, र प्रभुहरूका प्रभु' (प्रकाश १७:१४; १९:१६)।"


निष्कर्षमा यो भन्न सकिन्छ, एक दिन येशूलाई सबैले प्रभु भनेर स्वीकार गर्नेछन् -- फीलिप्पी २:११ मा पढ्नुहोस्। उहाँ यहोवा येशू हुनुहुन्छ भन्नु उचित नै हो!


पवित्र शास्त्रले छर्लङ्गसित ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर देखाएको हुनाले, हामीले अब उहाँमाथि विश्वास नगर्न, उहाँलाई प्रेम नगर्न, उहाँका आज्ञा नमान्न, उहाँको सेवा नगर्न र उहाँको आराधना नगर्न कसरी सक्छौं र? के थोमाले जस्तै तपाईंले पनि उहाँलाई यसरी सम्बोधन गर्न सक्नुहुन्छ, "मेरा प्रभु र मेरा परमेश्वर"? के यही एक मात्र जीवित परमेश्वर नै तपाईंको व्यक्तिगत परमेश्वर र मुक्तिदाता हुनुहुन्छ ?

Tuesday, July 6, 2021

चटपटे नेपाल !


चट्पटे भन्ने बित्तिक्कै सबैको मुख रसाउछ । नाम चट्पटे भए पनि त्यहाँ भित्र धेरै प्रकारको चिज हरुको मिश्रण छ । जस्तै पिरो, अ्इलो नुनिलो, गुलियो टर्‍ओ ईत्यादी । 


अनि यी सबै थोकहरु बाट तयार बनेको चिजलाई हामी चट्पटे भन्ने गर्छौं । एउटा चट्पटे बनाउनलाई धेरै थोक को आवस्यकता पर्छ अनि तिनै धेरै प्रकारका थोकहरु मिलेर नै मीठो चट्पटेको  सम्भभ भएको हो । 


त्यस्तै हाम्रो नेपाल मा पनि अहिले चलिरहेको बिबादास्पद कुराहरु चट्पटे जस्तै हुन । सबै कुरालाई समान रुपले मिलाउन सक्यो भने भोलि हाम्रो देस नेपाल पनि जसरी चट्पटे भन्ने बित्तिक्कै मुख मा  र्‍याल आउछ तेसरी नै नेपाल भन्ने बित्तिक्कै अरु देस को मस्तिष्क मा झड्का लाग्ने बन्न सक्छ ।


हाम्रो नेपाल भनेको बहु धार्मिक, बहु भाषिक, र बहु संस्कृतिक भएको एउटा आफैमा सुन्दर देस हो । यहाँ अब हामिले एक धर्मले अर्को को एक जातिले अर्को को बिरोध हैन जसरी चट्पटे बनाउदा एउटै भांडामा सबै किसिमको स्वाद मिलाए तयार गरिन्छ, त्यसरी नै हामी पनि सबै धर्म, जाती अनि संस्कृतका मानिसहरु मिलेर यो नेपाल देस लाई बिस्वसामु चट्पटे को रुप मा चिनाउन जरुरी छ ।


चट्पटे बनाउन आवस्यक सामाग्रीहरु हामी संग पर्याप्त  मात्रामा छन तर त्यस्लाई सन्तुलित तरिकाले समिस्रण गर्ने जिम्मा हाम्रै कांध मा आएको छ । हामी अब यो युग मा आएर पनि मानवताको परिचय दिन सकेनौ भने मानव भएर जन्म लिनुको कुनै अर्थ छैन ।


पुरानै सोच पुरानै भाकामा हैन अब नयाँ सोच र नयाँ उमंग नया जोस आज हाम्रो देस को आधारभुत आवस्यकता हो । जब सम्म हामी नेपालिहरु एक अर्का प्रती नम्र बन्न सिख्दैनौं जान्दैनौं अग्रसर हुन्नौ तब सम्म हाम्रो देस ले खासै ठूलो परिवर्तनको खुड्किलो उक्लन सक्दैन । 


एउटा आस्था को कुरा लाई लिएर देस मा अराजक मच्चाउने संकोच सोच लिएका हाम्रा नेता भनौदाहरुले बिकास को सट्टामा देसलाई बिनासतिर दिनदिनै धकेलिरहेका छन । अब कुरा बुझ्ने पालो तपाईं र मेरो हो । उनिहरुले हाम्रो समज सक्तिलाई मन्द बनाई दिएका छन । अब घर बाहिर निस्किनु होस कोठा बहिर दिउँसो भैसकेको छ । कति दिन अन्धकार को सिकार बन्ने हो हामी ?


नेताको ठूलो स्वर को पछि नलागौ हामी सबै नेपाली हौं । सबैलाई नेपाल को माया लाग्छ ।  बकम्फुसे नेताको कुराले हामी जनतामा कुनै फुट नाआओस । दिन भरी नेताको पछि नारा लाउदै हिड्नुहुन्छ राती आफ्नै घरको खोले खानु हुन्छ । खै तपाईंको दिउँसो भासण गर्ने नेताले तपाईको घरमा माना पाथी भरी दिएको ? त्यस बारेमा तपाईंले कहिले सोच्नु भएको छ ? 


अन्त्यमा :- अब सोच्ने बेला आएको छ, हामी आफुसंग भएका क्षमता, दक्षता लिएर अघि बढ्ने दिन आएको छ । हामी सबै नेपाली हौं । सबै भासा, धर्म संस्कृतिको सम्मान गर्दै एक ले अर्को संग हातेमालो गर्दै हामी नेपाली हौं भन्ने अहम भावना लिएर अब चट्पटे नेपाल निर्माणकार्य मा जुटौं । यो नै हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हुने छ । सबै धर्म भासा संस्कृती को सम्मान हुने नेपाल को नामङ्कन गरौं । धर्म नेरपेक्ष रास्ट्र नेपाललाई सबैले जोड दिऔं ।


#DRL

मानव शरिर सम्बन्धी १०० रोचक तथ्य !!



 १. जब तपाईं आफ्नो प्रियलाई हेर्नुहुन्छ, तपाईंको आँखाको नानी फैलन्छ र घृणा गर्ने व्यक्तिलाई हेर्दा आँखाको नानी खुम्चन्छ ।
२. जन्मदा मानिसको टाउको जम्मा उचाईको एक तिहाई हुन्छ । तर, जब मानिस वयस्क हुन्छ, टाउकोको उचाई शरीरको ८ भागको एक भागमात्र हुन्छ ।
३. निलो आँखा भएको मानिसको धेरै कपाल हुन्छ । सामान्य मानिसको १ लाख कपालको जरा हुन्छ, हरेक जरामा मानिसको जीवनभर २० वटा रौं निकाल्ने क्षमता हुन्छ । तर, निलो आँखा भएको मानिसको १ लाख ४६ हजार जरा हुन्छन् । काला कपाल भएका मानिसमा १ लाख १० हजार जरा हुन्छन् । रातो कपाल भएका मानिसको भने कम अर्थात् ८६ हजार मात्र जरा हुन्छन् ।
४. जीवनकालमा मानिसले २ वटा स्वीमिङ पुल भरिन सक्ने ¥याल निकाल्छ ।
 ५. मानिसको रक्त कोषिकालाई बिच्छयाउने हो भने ६० हजार माइल परसम्म पुग्न सक्छ ।
६. मुटले दैनिक २ हजार ग्यालेन रगत पम्प गर्छ ।
७. छातिमा रौं नभएको मानिसलाई कलेजोको सिरोसिस हुने सम्भावना बढी हुन्छ ।
८. मानवको दिमागमा इन्साइक्लोपिडिया ब्रिटानिकाभन्दा ५ गुण्ाँ बढी सूचना अटाउन सक्छ ।
९. मानिसको पेटमा भएको एसिडले रेजर ब्लेडसमेत पगाल्न सक्छ ।
१०. मानिसको नाकले ५० हजार फरक गन्ध थाहा पाउन सक्छ ।
११. सामान्यतः पुरुषभन्दा महिला ५ इन्च होचा हुन्छन् ।
१२. एक खुड्किलो चढ्न मानिसको २ सय वटा मांसपेशी प्रयोग हुन्छ
१३. मानव शरीरको ठूलो कोष महिलाको अण्ड हो भने सानो पुरुषको वीर्य हो । १४. मानिसमा जति बढी आइक्यु क्षमता हुन्छ, उति बढी सपना देख्छन् ।
१५. मानिसको शरीरको प्रतिवर्ग इन्चमा चिम्पाञ्जीको जस्तै थुप्रै रौं हुन्छन्, तर, सबैलाई हामी देख्न सक्दैनौं । 
१६. महिलाको मुटुको ढुकढुकी पुरुषको भन्दा छिटो हुन्छ ।
१७. धुमपान छाडेको तीनबर्ष पछि मानिसमा हृदयाघात हुने सम्भावना धुमपान कहिल्यै नगरेको मानिस जत्तिकै हुन्छ ।
१८. हातको साईलीऔंला लामो भएको पुरुषमा हृदयाघात हुने सम्भावना कम हुन्छ ।
१९. मानिसको देब्रे फोक्सोभन्दा दाहिने फोक्सो ठूलो हुन्छ । मुटुनजिकै रहेका यस्तो भएको हो ।
२०. एक समयमा मानिसको मुटु भावनाले नियन्त्रित हुन्छ भनेर सोचिन्थ्यो ।
२१. अमेरिकामा पुरुषभन्दा महिला दुई गुणा बढी डिप्रेसनबाट पीडित भइरहेका हुन्छन् ।
२२. मानिसले सासबाट लिएको अक्सिजनमध्ये २० प्रतिशत दिमागमा जान्छ ।
२३. मानिस ३५ बर्ष पुगेपछि दैनिक ७ हजारका दरले दिमागका कोशिका मर्न थाल्छन् र तिनीहरु कहिल्यै पलाउदैनन् पनि ।
२४. मानिस आफूले आफैंलाई काउकुती लगाउन सक्दैन, दिमागको सेरेबेलम भन्ने भागले बाँकी दिमागलाई काउकुती लगाउदैंछ है भनेर सन्देश दिन्छ । दिमागले थाहा पाइसकेपछि तपाईले काउकुतीको अनुभव गर्न सक्नुहुन्न ।
२५. चिन्ताले नै अमेरिकामा सबैभन्दा धेरै मानसिक रोग भएको पाइएको छ
२६. मानिसको दिमाग ८० प्रतिशत पानीले बनेको हुन्छ ।
२७. मानिसको दिमाग दिनमा भन्दा राति बढी सक्रिय हुन्छ ।
२८. क्याण्डी बिस्तारै खाँदा क्याभिटी हुने सम्भावना बढी हुन्छ ।
२९. बाहिरबाट हेर्दा कडा देखिएपनि मानिसको हाड भित्रपट्टी नरम हुन्छ र तिनीहरु ७५ प्रतिशत पानीबाट बनेका हुन्छन् ।
३०. स्वस्थ हड्डी विकास गर्न गार्डेनिङ सबैभन्दा राम्रो उपाय हो ।
३१. मानिसको थाईको हड्डी कंक्रिट भन्दा बलियो हुन्छ ।
३२. एक पिन्ट रगत दानले चार जना मानिस बचाउन सक्छ ।
३३. आदिवासी अमेरिकीहरु रगतलाई पेन्ट गर्न प्रयोग गर्छन् ।
३४. महिलाको शरीरमा ४.५ लिटर रगत हुन्छ, जबकि पुरुषको शरीरमा ५.६ लिटर हुन्छ ।
३५. पुरुषको तुलनामा महिलाले दोब्बर बढी आँखा झिम्क्याउछन् ।
३६. अमेरिकामा वयस्कहरुलाई अन्धोपन हुने मुख्य कारण मधुमेह हो ।
३७. मानिसले पत्रिकामा भन्दा कम्प्युटरमा २५ प्रतिशत ढिलो पढ्छन् ।
३८. बच्चा जन्मदा रंग चिन्न सक्ने हुदैनन् ।
३९. रुदा नाकबाट समेत सिंगान बग्ने कारण आँखाबाट बगेको आँसु नाकबाट झर्नु हो ।
४०. मानिसले हाच्छयु गर्दाको गति १६५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
४१. आँखा नचिम्लिई हाच्छयु गर्न असम्भवजस्तै हुन्छ ।
४२. रौं र नङ बन्ने तत्व एउटै हुन् ।
४३. मोबाइल प्रयोग गर्ने मानिसलाई दिमागमा क्यान्सर हुने सम्भावना साढे दुई गुणा बढी हुन्छ ।
४४. ९० प्रतिशत रोगहरु तनावका कारण हुन्छ, या जटिल बनाउछ ।
४५. मदिरा सेवनले महिलामा स्तन क्यान्सरको सम्भावना बढाउछ ।
४६. मोटोपनको समस्याबाट अमेरिकामा बर्सेनि ३ लाख मानिसको मृत्यु हुने गरेको छ ।
४७. धूमपान नगर्नेभन्दा गर्नेहरु ६ बर्षअघि मर्ने सम्भावना बढी हुन्छ । दैनिक एक प्याकेट चुरोट सेवन गर्ने मानिसका हरेक दश बर्षमा दुईवटा दाँत झर्छन् ।
४८. अनिद्राका कारण शरीरको रोग प्रतिरोधी प्रणालीमा समस्या आउछ ।
४९. ४ करोड अमेरिकीमा श्वास गन्हाउने समस्या 
५०. आगलागीको समयमा निस्कने धुवामा हुने कार्बनमोनोअक्साइडबाट मानिस १५ मिनेटभित्रै मर्छ ।
५१. हरेक दिन मानिसको पेटले २ लिटर हाइड्रोक्लोरिक एसिड उत्पादन गर्छ । ५२. हाँस्नु प्रभावकारी पेनकिलर हो ।
५३. पहिलोपटक इशापूर्व २००० तिर इजिप्सियनले गोहीको गोबरलाई गर्भनिरोधक औषधिको रुपमा प्रयोग गरेका थिए ।
५४. गर्भवती महिलाको दाँतको समस्याले गर्भमा रहेको बच्चालाई असर पर्न सक्छ ।
५५. चुम्बनले दाँत सड्नबाट बचाउछ । चुम्बनका क्रममा निस्कने थप ¥यालले मुख सफा राख्ने भएकाले दाँतको सडनबाट बच्न सकिन्छ ।
५६. कालो छाला भएको मानिस गोरो छाला भएको मानिसभन्दा ढिलो चाउरी पर्छ ।
५७. धुमपान नगर्नेभन्दा गर्ने मानिस १० गुणा बढी चाउरिन्छन् ।
५८. अमेरिकाका १० बर्ष उमेर पुगेका ८० प्रतिशत बालिकाहरु डाइट गर्छन् ।
५९. सामान्यतः एक मानिसले एक रातमा ७ पटक सपना देख्छ ।
६०. एक मानिस दिनमा कम्तीमा १५ पटक हाँस्छ ।
६१. महिनामा तीनपटक चकलेट खाने मानिस बढी चकलेट खाने मानिसभन्दा बढी बाँच्ने सम्भावना हुन्छ ।
६२. एउटा मानिससंग सामान्यतः ५ हजार देखि ६ हजार शब्दको भण्डार हुन्छ ।
६३. एउटा मानिस आफ्नो जीवनकालभर पृथ्वीलाई दुईपटक घुम्ने दुरीजति हिड्छ ।
६४. विश्वका १० प्रतिशत मानिस देब्रे हात प्रयोग गर्छन् ।
६५. मानिसको एउटा रौेंले ३ किलो वजन धान्न सक्छ ।
६६. ३० बर्षपछि मानिस विस्तारै कुप्रिन थाल्छ ।
६७. मानव हड्डी स्टीलभन्दा बलियो हुन्छ । तर, ५० गुणा हलुका हुन्छ ।
६८. मानव शरीरको कुल तौलको १४ प्रतिशत हड्डी हुन्छ ।
६९. मानिसको दिमाग सुपर कम्प्युटरभन्दा तीब्र हुन्छ, जसले एकै सेकेण्डमा अर्बौ संकेतहरु प्रशोधन गर्छ । भारतका विश्वनाथ आनन्दले चेस प्रतियोगितामा कम्प्युटरलाई समेत जितेका थिए ।
७०. खुट्टामा भएको हड्डीले शरीरको हड्डीको २५ प्रतिशत ओगट्छ ।
७१. मानिसको जन्मदेखि नै कहिल्यै नबढ्ने अंग कान हो ।
७२. एक मानिसको टाउकोमा सामान्यतः १ लाखदेखि डेढ लाखसम्म रौं हुन्छन् ।
७३. मानिसको जीवनकालमा मुटुले १० लाख ब्यारेल रगत पम्प गर्छ, जो तीन ट्यांकर भर्न काफी हुन्छ ।
७४. मानव ब्रेनको चौडाई १४० मिलिमिटर हुन्छ ।
७५.बर्षको ३६५ दिनमध्ये मानिस सालाखाला १२२ दिन सुत्छ ।
७६. मानिसको आत्मपहिचान गर्ने मानव ब्रेन दाहिनेपट्टीको हो ।
७७. पुरुषले दाहिनेपट्टीको ब्रेनमार्फत् सुन्छन् भने महिलाले दुवै पट्टीको ब्रेन प्रयोग गर्छन् ।
७८. गर्भमा रहदादेखि नै शिशुमा सुन्ने क्षमताको विकास हुन्छ ।
७९. मानिसको कानमा बन्ने कानेगुजी तेल र पसिनाबाट बनेको हुन्छ ।
८०. महिलाको शरीर आफ्नो जीवनकालमा ३५ बालबालिकालाई जन्मदिन सक्ने क्षमताको हुन्छ ।
८१. मानिसको स्पाइनल कर्डले १० अर्ब स्नायु काृषलाई नियन्त्रण गर्छ, तर, यो दुई फिट लामो मात्र हुन्छ ।
८२. मध्य दिनमा हाम्रोे आँखा बढी चम्किलो हुन्छ ।
८३. हाच्छयु आउदा नाकको धुलो सफा हुन्छ ।
८४. भर्खर जन्मेको शिशुमा २६ अर्ब सेल हुन्छ ।
८५. मानव बोली निस्कदा ७२ वटा मांशपेशी प्रयोग हुन्छ ।
८६. मानिसको दिमागले डरको स्मरणलाई भण्डार गरिराख्छ ।
८७. ठूलो स्वरले पढ्दा बालबालिकाको दिमागको विकास हुन्छ ।
८८. मानिसको रौं ०.३ देखि ०.५ मिलिमिटर दैनिक बढ्छ ।
८९. मानिसमा २० देखि ३० लाख पसिना ग्रन्थी हुन्छन्, जसले गर्मीको दिनमा १३ लिटरसम्म पसिना उत्पादन गर्छन् ।
९०. मानिसको टाउकोमा १०००००००००००० स्नायु सेल हुन्छन् ।
९१. मानिसको नङको सेतो भागलाई लुनुला भनिन्छ ।
९२. मानिसको दिमागले २० प्रतिशत रगत र अक्सिजन प्रयोग गर्छ ।
९३. स्वस्थ कलेजोले दैनिक ७२० लिटर रगत प्रशोधन गर्छ । ९४. ब्रस गरेको ६ घण्टापछि नै दाँतमा मैलो जम्मा हुन सुरु गर्छ ।
९५. मानव शरीरमा रक्त नलीहरुको लम्बाई ५९ हजार ९ सय ५१ माइल हुन्छ ।
९६. मानिसको नर्भस सिस्टमले ब्रेनलाई १८० माइल प्रतिघण्टाको गतिमा सन्चार गर्छ ।
९७. महिलाहरुको सुघने क्षमता पुरुषमा भन्दा बढी हुन्छ ।
९८. मानिसको आँखाले १० करोड रंग पहिचान गर्न सक्छ ।
९९. मानिसको शरीरमा एउटा किला बनाउन मिल्ने फलाम हुन्छ ।
१००. नवजात शिशुहरु जन्मेको तीन देखि ६ हप्तासम्म आँसु नझारिकन रुन्छन् ।

Thursday, July 1, 2021

नयाँ नेपालमा आदिवासी महिलाको भुमिका ''नयाँ नेपाल र आदिवासी महिलाहरु''

           ✍️  कल्पना योङ्गहाङ्ग (लिम्बु )



           हाम्रो समाजको वर्तमान अवस्था अर्धसामन्ती चरित्रको छ । यो अवस्थाबाट पूँजीवादतर्फ संक्रमणको परिस्थिति अहिलेको यथार्थता हो । यस्तो अवस्थामा महिलाइरूको स्थिति पहिलाको तुलनामा केही सुधार भएका महिलाहरू केवल पुरुषको सहयोगी, विज्ञापनका साधन र पुरूषप्रधान समाजको कठपुतलीकै अवस्थामा रहनु यो चरणको चरित्र हो । नेपाल एक बहुसाँस्कृतिक, बहुभाषिक एवं बहुधार्मिक मुलुक भएकोले यहाँ विभिन्न जाति तथा समुदायका मानिसहरू आपसमा सहकार्य र अन्तर्क्रिया गरी बस्दै आएका छन् । सामाजिक रूपमा जातीय विभाजनको असर छ । यसले समाजमा असमानताका खाडलहरू सिर्जना गरिरहेको छ । साँस्कृतिक रूपमा देशभित्र कथित उच्च संस्कृति र बाहिरबाट आयातित पश्चिमी संस्कृतिको प्रभाव रहेको छ । यद्यपि यहाँको आदिवासी जनजातिहरू हरतरहले आफ्नो संस्कृतिलाई जोगाउन कसरत गरिरहेका छन् । यसमा आजको विश्वव्यापीकरणको प्रभावले आफ्नो साँस्कृतिक अस्तित्व बचाउन धेरै कठिनाइ परिरहेको छ । भाषिक रूपमा नेपाली भाषाको वर्चश्व छ । अन्तरिम संविधानमा देशलाई धर्मनिरपेक्ष राज्य घोषणा गरिए तापनि व्यवहारमा पूरानै धर्मसापेक्ष राज्यको प्रभाव कायमै रहेको छ 

          राजनीतिक रूपमा देशको राज्यसत्ता तिनै कथित उच्च जातिहरूमा सीमित रहेको छ । राजनीति जसको हातमा रहन्छ, कर्मचारी वा सरकारी प्रशासन पनि तिनै जाति तथा समुदायको मुठ्ठीमा रहनु स्वभाविक हो। त्यसैगरी लैडङ्गि दृष्टिकोणले हेर्दा देशको नीति निर्माणदेखि विकास र कार्यान्वयनमा अझै पनि पुरूषकै एकछत्र हालीमुहाली छ। यसो हुनु यहाँको सबै चरित्र समावेशी नभई एकात्मक र एकाधिकारवादी हुनुले नै हो। 

          अहिले आएर जतिसुकै समावेशी चरित्र, र समानता वा समताको कुरा गरिए पनि व्यवहारिक चरित्रको संकेत त्यस्तो देखिँदैन । अझै पनि शोषित-पीडित पक्षले आफ्नो हकअधिकारको लागि आफै सचेत भएर आफ्नो मुक्तिकोलागि आफै अधि नसर्ने हो भने युगौँ बिते पनि अरूले पीडित वा बहिष्कृत पक्षको लागि केवल भाषण र कागजी व्यवस्थाबाहेक व्यवहारमा केही गरीदिने सम्भावना देखिदैन।

          यो समग्र देशको अवस्थालाई सही मार्गमा रूपान्तरण गर्न आदिवासी जनजाति महिलाहरूको कस्तो भूमिका रहनसक्छ ? यसबारेमा गैर-जनजाति  महिला र जनजाति महिलाबीचमा रहेको साँस्कृतिक वा सामाजिक भिन्नताबाट केही कुरा निक्यौल गर्न सकिन्छ । अझै पनि गैर-जनजाति महिलाभन्दा जनजाति महिलाहरू सामाजिक र साँस्कृतिक रूपमा केही स्वतन्त्र र जिम्मेवार  नै भएको पाइन्छ । गैर-जनजाति पुरूषहरूमा आफूहरू शासक, प्रशासक र नीतिनिर्माता वा हिन्दु दर्शनले निर्देशन गरेअनुसार आफू माथिल्लो तहमा रहने जातको भएको मानसिकता रहनु एक हो। यही प्रवृत्तिको प्रभाव गैर-जनजाति महिलामा पनि देखिन्छ । एकातिर, जनजाति समुदायमा भने प्रायः सामाजिक र साँस्कृतिक मूल्य-मान्यताहरूले महिला र पुरूषमा वा जातजातिबीचमा विभेद गर्ने खालको नभएकोले सम्पूर्ण विद्यमान समस्याको सही र स्थायी समाधानको लागि जनजाति महिलाहरूको भूमिका महत्वपूर्ण छ । यसमा केही जनजाति समुदाय वा महिलाहरूमा पनि त्यही हिन्दू संस्कृतिको प्रभावले ग्रसित छैनन् । तर यो न्यून मात्र छ र रूपान्तरणको क्रममा पनि छ ।


           देशको सबै क्षेत्र र निकायहरूम आदिवासी जनजाति महिलाहरूको पहुँच कम मात्र छ। यसको कारण देशको एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्था र केही त त्यही समुदायको कमजोर चेतनास्तर एवं आर्थिक अवस्थाको कारणले हो । आजसम्म शासक वर्गलाई आदिवासी महिला त के समस्त जनजाति समुदायलाई नै आफै पछाडि परेको पछौटे समुदायको आरोप लगाएर शासन व्यवस्थामा आउन अयोग्य ठानी उनीहरूमाथि सधै शासन मात्र गरिरहनुले हो ।अर्को कुरा आफ्नो देशको शासनब्यवस्थाबाट एक नागरिकले पाउनु पर्ने साधारण सेवा सुविधासम्म पनि नपाएपछि आदिवासी जनजाति समुदायहरू विदेशिनु बाध्य हुनुपर्यो । सचेत आदिवासी जनजाति धेरैजसो युवाहरू शैक्षिक क्षेत्रमा नलागी विदेशिनु थालेपछि झनै उनीहरूको सोचबाट राजनीतिक चेतनानै मरेर गयो । जुन अहिले आएर ब्युझने क्रममा छ, यो आशालाग्दो संकेत हो । कुनै बेला अग्रेजविरोधी आन्दोलनका भारतीय अगुवा महात्मा गान्धीले चर्खा आन्दोलन चलाएका थिए । घरघरमा आफूलाई चाहिने कपडा आफै उत्पादन गराई स्वावलम्बनको पाठ भारतीय जनताले महात्मा गान्धीबाट प्राप्त गरे र भारत विकासको बाटोमा अग्रसर हुँदै गयो। नेपाली समाजमा किरात लिम्बू समुदायको पनि आफ्नै विशिष्ट खालको कला र संस्कृति छ । त्यसैले विसं १९८८ सालमा महागुरू फाल्गुनन्दको नेतृत्वमा लिम्बुवानमा एक चुम्लुङ गरी अब उप्रान्त सबैले आफ्नै घरेलु तानबाट बुनेको कपडा लगाउने भन्ने निर्णय गरिएको थियो, जसलाई 'सत्यधर्म मुचुल्का' को एउटा बुँदा पनि भनिन्छ । लिम्बू जातिहरूमा तान लगाई खाँडी कपडा र छिट तयार गर्नु र ढाका कपडाको पुरूष महिलाले लगाउने सुन्दर वस्त्र बनाउने परम्परा छ । यो परम्परालाई राज्यले सम्बर्द्धन गरेन। अबको परिवर्तनपछि के महात्मा गान्धीको जस्तै स्वावलम्वनको नीति राज्यले ल्याउन सक्छ ? मलाई लाग्छ, यो हुनुपर्छ । लिम्बू समुदायका कलाजस्तै अनेकौ समुदायको आ-आफ्ना परम्परागत सीप र कला छन् । ती सीप र कलालाई राज्यले संरक्षण, सम्बर्द्धन गर्नुपर्छ। यसो गरे मात्र मुलुक विकासको मार्गमा अघि बढ्नसक्छ ।

          म आफू पनि एक लिम्बू महिला भएकोले मेरो अनुभवमा यस तान बुन्ने पेशाको माध्यमबाट पनि जीवन निर्वाह गर्न सकिन्छ । यो सीप आमाहरूले छोरीहरूलाई सिकाउने चलन छ । भन्नैपर्दा, म आफै पनि आफ्नै आमाबाट गाउँघरमा सानै उमेरमा तान बुन्न सिकेर यही पेशाबाट दुःख-सुख जीवन निर्वाह गर्ने एक जनजाति लिम्बू महिला हूँ। परम्परागत घरेलु तानबाट उत्पादित ढाकाका अनेकौं वस्त्रहरू तयार गरी मुलुकभित्र र बाहिरका देशहरूमा जस्तै अमेरिका, हङकङ, दक्षिण अफ्रिका, बेलायत, फ्रान्स र जापान लगायतका मुलुकहरूमा बिक्री-वितरण गरी नेपालका आदिवासी जनजातिहरुको परम्परागत सीप र कलाको प्रचारका साथै आयआर्जन पनि गर्न सकिदोरहेछ भन्ने अनुभव आफैले पनि संगालेको छु । यो कामबाट चार दर्जनभन्दा बढी गरीब, असहाय र निमुखा महिलाहरूको रोजीरोटीको गर्जो टरेको छ । यो एउटा उदाहरण मात्र हुनसक्छ । हामी आदिवासी जनजाति, मधेसी र दलित समुदायका अनेकौ परम्परागत सीप र कलाहरू छन् । यी कला र सीपहरूले नेपाल र नेपालीहरुलाई आर्थिक रूपमा स्वावलम्बी बनाउनुका साथै आर्थिक उन्नतिमा टेवा पुन्याउँदछ। यसो गर्दा स्वदेशमा मात्र नमई विदेशमा पनि राम्रो प्रचार-प्रसार हुन्छ । त्यसैले हामीले आफ्नो ठाउँमा निरन्तर प्रयत्न गरिरहनु पर्छ । यसमा राज्यले पनि सोही प्रकारको नीति र कार्यक्रम बनाउनु पर्छ । यतिका समयसम्म राज्य यस विषयमा अदेखा रह्यो र हामी कुण्ठित रह्यौ । र हाम्रो परम्परागत सीप र कला प्रायः समाप्त भयो । अब हामीले सही पाठ सिकेर अगाडि बढ्नु हाम्रो कर्तव्य भएको छ ।


          आदिवासी जनजाती महिलाहरूमा लिम्बू समुदायका महिलाहरूको इतिहास हेर्दा उनीहरूले आय आर्जनमा पुरूषहरूलाई पनि सहयोग गर्ने किसिमको सीपमूलक कार्यहरू गर्दथे । घरमै तान बुनेर, व्यापार गरेर र पशुपालन गरेर यो समस्याको समाधान गरिन्थ्यो । उनीहरूले सही नियत र पवित्र आत्माले जाँड रक्सीको व्यापार गरी पैकार गरिन्थ्यो । त्यसैले परिवार चलाउन पुरूषहरूलाई महत्वपूर्ण सहयोग पुग्दर्यो । यस्तो पेशा अपनाई अर्थआर्जन गरेर सुनचाँदी किनी अविवाहित महिलाहरूले आफ्नो भविष्यको लागि आफै आर्थिक जोहो गर्दथे । उनीहरूमा आफै स्वावलम्बी बनी अरूको आशा गर्नुहुन्न वा अरूसँग मात्र भर पर्नुहुन्न भन्ने बुझाइ हुन्थ्यो । तर अहिले यी क्रियाकलापलाई आधुनिकीकरण, पश्चिमीकरण र विश्वव्यापीकरणले गर्दा आफ्नो मौलिकपनमा सङ्कट आएको छ। त्यसैले यसतर्फ बेलैमा नसोचे हाम्रो भावी सन्तानमा यसको नराम्रो असर पर्दै जाने निश्चित छ । यसैले हामीले राज्यलाई आफ्नो सम्पूर्ण हक अधिकारको निमित्त दबावमूलक कार्यक्रमका साथ अहिलेको संविधानसभालाई सार्थक रूपमा सम्पन्न गराई यसको सदुपयोग गर्न आवश्यक छ। यसमा जनजाति महिलाहरूको अभूतपूर्व योगदान छ र रहनुपर्छ।

          आम महिलाहरूले ०६२/०६३ को जनआन्दोलनको एक पाटोको रूपमा ऐतिहासिक आन्दोलन सिर्जना गरे। यो अत्यन्तै गौरवको विषय हो । महिलाहरू किन लागे भने अबका नेपाली महिलाहरू आफ्नो हक अधिकारप्रति सचेत छन् । उनीहरू अधिकारको लडाइँ र राजनीतिक परिवर्तनप्रति एकदम जागरूक छन् । बरू पुरूषहरू ननिदाए पनि निदाएका बहानामा सुतिरहन्छन् तर महिलाहरू केवल एक पटकमात्र सचेत र जागरूक हुन पाए भने उनीहरू सधैभरिलाई जागै रहन सक्छन् । महिलाहरूलाई केवल पूजापठ र पुरूषको भक्ति तथा ब्रतमा भुलाएर राखिन्छ । तर उनीहरूलाई सचेतना र जागरूकताका पाठहरू कमै मात्र सिकाइन्छ । महिला र पुरूषहरू समान तबरले अघि बढ़न सकियो भने सफलताका सिढीहरू चढ्न सर्किदो रहेछ भन्ने पाठ विगतका आन्दोलनहरूले सिकाएको छ ।

          हिजोआज धेरैजसो आफ्ना सम्पूर्ण आवश्यक पूर्वाधारहरू आफ्नै घरमा तयार वा उत्पादन गरेर जीवन निर्वाह गर्ने आदिवासी जनजाति महिलाहरू आज आएर विभिन्न सामाजिक तथा साँस्कृतिक संघ संगठनहरूमा लाग्दै गरेको देखिन्छ । यसको कारणमा एक त घरेलु पेशा वा उत्पादनका साधनहरूको बजार विदेशी आयातीत साधनले लिनु हो । अर्को कारण आफ्नो मानवीय तथा सामाजिक, साँस्कृतिक सम्पत्तिहरू भाषा, संस्कृति र धर्म आदि लोप हुने अवस्थामा पुग्नुले हो। ढिलो भए पनि आखिरीमा आएर यो चेतना आई आफ्नो

अस्तित्व र हक अधिकारको लागि अगाडि बढ्नु खुसीलाग्दो कुरा हो । राजनीतिक रूपमा निरङकुश राजतन्त्रात्मक व्यवस्थाको विरूद्धको २०६२/२०६३ को लोकतान्त्रिक आन्दोलनमा महिलाहरूको अभूतपूर्व सहभागिता रहेको थियो । यस आन्दोलनमा सेतु वि.क. जस्ता विराङ्गनाहरूले बलिदानीपूर्ण शहादत र हजारौ महिलाहरूको आन्दोलनमा भएको सहभागिताले महिलाहरूको राजनीतिक र सामाजिक चेतनाको स्तर बढेको स्पष्ट हुन्छ। जनजाति महिलाहरूको सामाजिक, आर्थिक र राजनीतिक उन्नतिका लागि समतामूलक किसिमको, भेदभावरहित किसिमको नीतिनियम वा कानूनी प्राकधानहरूको व्यवस्था हुनुपर्दछ । महिलाहरूलाई विभेदमा पार्ने र बहिष्करण तथा सीमान्तीकृत गर्ने खालका सम्पूर्ण परम्परागत मूल्य, मान्यता र कानूनहरूलाई पूर्णरूपमा परिवर्तन गर्नुपर्दछ ।   नेपाल सरकारले महिला सम्बन्धी सम्पन्न भएको विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सम्झौता, निर्णय र घोषणाहरूमा सहमति जनाई हस्ताक्षर गरे पनि त्यसको सही कार्यान्वयन हुनसकेको छैन । यो बिडम्बना हो । अहिले आएर जनआन्दोलन-२ ले निर्देशित गरेको मार्गचित्र अनुसार सार्थक र सफल संविधानसभाको निर्वाचन गरी चाडै युग, परिस्थिति र देशको चरित्र सुहाउँदो संविधानको निर्माण गर्नु राज्यको प्रमुख दायित्व रहेको छ । यूगौदेखि विद्यमान एकात्मक शासन र केन्द्रीकृत राज्यलाई परिवर्तन गरी संधीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना हुनु नयाँ नेपालको सूत्रपात हुनु हो। हाल नयाँ नेपाल र राज्यको पुनर्संरचनाको प्रसंग आउने वित्तिकै आर्थिक आधारको कुरा गरिन्छ । राज्यको पुनरसंरचना गर्दा त्यहाँका जाति तथा राष्ट्रलाई ओझेलमा पार्न क्षेत्रीय र भौगोलिक आधारको कुरा भइसकेको छ ।यसले सही संघात्मकताको परिभाषा देला भन्न सकिन्न।


          कुनै पनि देशको आर्थिक अवस्था भनेको त्यहाँको मानिसहरूको जाँगर, ज्ञान र सीपमा भरपर्ने कुरा हो । त्यसैगरी त्यस क्षेत्रको प्राकृतिक स्रोत साधनहरूको भूमिका पनि महत्वपूर्ण रहन्छ ।। नेपालको आर्थिक उन्नतिका प्रमुख आधार भनेको यहाँको आदिवासी जनजाति समुदायहरूको परम्परागत वा आदिवासी ज्ञान, सीप, जोसजाँगर वा परिश्रममा भर पने कुरा हो । नेपालकै आदिवासीमध्ये पूर्वी भेगमा आदिमकालदेखि नै बस्दै आएका लिम्बू जातिहरूले हिजो अस्तिसम्म आफ्नो आवश्यकताको करिब ७५ प्रतिशत अंश आफ्नै घरेलू तान, पशुपालन र पैकारको माध्यमबाट पूरा गर्दथे । लिम्बू जातिहरूको भावनात्मक र साँस्कृतिक पक्षसँग अन्योन्याश्रित रूपमा जोडिएको यो तान बुन्ने पेशा वा प्रचलन आज आएर गाउँघरबाट लोप भएर कतै कतै सहर बजारमा मात्र सीमित रहनपुगेको छ । त्यसमा पनि आदिवासी महिलाहरूलाई मजदूरको रूपमा प्रयोग गरेर सीमित वर्गको अकुत सम्पत्ति कमाउने माध्यमको रूपमा रहेको छ। यस पेशालाई सरकारी तबरबाटै पहिचान, प्रवर्द्धन र विकास गरेर लैजान सके यसले देशकै आर्थिक उन्नतिमा ठूलो योगदान दिनसक्ने सम्भावना छ। आदिवासी जनजाति महिलाले परम्परागत रूपमा गर्दै आएको पैकार पेशालाई आज बहुराष्ट्रिय कम्पनीका विभिन्न पेय पदार्थहरूले विस्थापित गरेको छ। यसलाई पनि हामीले सही रूपले प्रवर्द्धन र विकास गर्न सक्दा विदेशको पेय पदार्थ आयात गर्नुको सट्टा आफैले निर्यात गर्न सकिन्थ्यो । त्यस्तै वन अतिक्रमण र अनधिकृत फडानीले पशुपालन व्यवसाय धरासायी बनेको छ ।

यसतर्फ पनि अवको नयाँ नेपालको निर्माण कार्यका लागि ध्यान जान र कार्य गर्न आवश्यक छ। यी सबै कार्यहरू सहकारिताको माध्यमबाट पनि गर्न सकिन्छ। यो आजको विश्वमा देखिएको नयाँ आयाम पनि हो।  सबै सामाजिक तथा राजनीतिक कार्यकर्ताहरूमा सही सास्कृतिक वा राजनीतिक संस्कारको अवलम्बन र विकास हुनु जरूरी छ । राज्य पक्षले सर्वसत्तावादी सोचमा बहिरो हुनु र पीडित पक्षले बन्द र चक्काजाम जस्ता विरोधका क्रुर शैलीहरू अपनाउन बाध्य हुनु बिडम्बना हो । सबै पक्षबाट खास समस्याको पहिचान गरी सही समाधानको बाटो अपनाएर समावेशी र समतामूलक समाज तथा संस्कृतिको विकास गर्न सके स्थायी शान्ति र दिगो दिकासको बाटो तय हुने थियो । 

          अन्त्यमा हाम्रो देश र हाम्रो समाज धेरै अल्पसंख्यक जातजातिहरु समेत भएको मुलुक हो । जहाँ धेरै प्रकारको भाषा, संस्कृति, धर्म र परम्परा छ। शाहवंशीय राजा र तिनका कारिन्दा शासक वर्गले अत्यन्तै लामो समयदेखि एक भाषा, एक धर्मको हवाला दिएर अन्य धेरै भाषा, जाति र धर्ममाथि निरंकुश दमन गरी आएको र राज्य सत्ताको पहुँचबाट टाढा राखी जनजाति, दलित र महिला समुदायलाई अधिकार र कर्तव्यबाट बञ्चित गरेको हुनाले आज यो आवाज उठिरहेको छ। सारमा वर्गीय, जातीय, भाषिक, धार्मिक, साँस्कृतिक, भौगोलिक र लैङ्गिक समस्याहरूलाई सही किसिमले राज्य र राजनीतिक दलहरूले अब बन्ने नयाँ सेविधानमा समावेश एवं संशोधन गर्नुपर्दछ । नत्र फेरि अर्कोपल्ट फेरबदल हुने जनआन्दोलन सिर्जना हुनसक्छ । तसर्थ हामी जसले अहिले न्यायपूर्ण मागहरू उठाइरहेका छौ । उक्त मागहरू हाम्रा अधिकार हुन । अधिकार प्राप्तिका निमित्त हामीले हाम्रो कर्तव्य नभुलीकन आफ्नो ठाउँ, तोकिएको मितिमा संविधानसभाको चुनाव सम्पन्न गर्न लागि परौ । लागि पर्नेको विजय अवश्य हुन्छ ।