Wednesday, August 2, 2017

म एउटा ख्रीस्टियन हुँ, मेरो केही भन्नू छ !



आजकल कति मिडियाहरुमा, समाचारपत्रपत्रिकाहरुमा प्रकासित भईरहेको अनि कति आफ्नै साथीहरू बाट पनि सुनिदै आईएको क्रीस्चियन प्रतिको खेद अनि जघन्य आरोप ( डलर को कुरा ) प्रती मेरो घोर बिरोध छ ।  अनि जबर्जस्ति धर्म परिवर्तनको कुरा छ ।

अहिलेको यो सताब्दिसम्म आईपुग्दा पनि को लाटो होला र ? सजिलोसँग अरुको कुरा मान्ने जस्ले जे गर भन्छ त्यही गर्ने ? यहाँ गहन कुरा पहिला बुझ्न जरुरी छ कि नेपाल का मानिसहरुले मात्र नभई बिस्वको ईतिहासलाई नियाल्दा अहिले सम्म किन मानिसहरुले christianity अंगालिरहेका छन ? यसको मुख्य कारण के डलर पाएरै हो त ?

यदि क्रीस्चियन हुँदा डलर पाउने फ्री मा बिल्डिङ्ग बनाईदिने भए नेपाल को को चैं होला क्रीस्चियन नबन्ने ? होला कतिपयले डलर पाए होला म क्रीस्चियनहरु गलत छैन पटक्कै भन्दिन । कति क्रीस्चियनहरु मैले देखेको छु कि पैसाको नाउमा धर्म गरिरहेको छन जस्तो अहिले धर्मको नाउमा कमल थापाले राजनीति गरिरहेका छन ।

तर एउटा कुरा बुझ्न जरुरी छ गैर क्रीस्चियनहरुले कि एक दुई जनाले कुमार्ग रोजेको देख्दैमा सिंगो इसाई समुदायलाई नैं दोसि चाहिँ भन्न, देख्न पाईन्न । जसले सत्यलाई बुझेका छन जो परिवर्तन चाहान्छन जो समाजमा सबैलाई सम्मान ब्यावहार गर्ने आधार खोजिरहेका छन तिनीहरु नैं हुन christianity अंगाल्नेहरु । अनि जसले अरुलाई पनि त्यही सत्य र सहि बाटोमा डोर्‍याउन चाहान्छन ।


 यहाँ कोहि पनि जबर्जस्त रुपमा क्रीस्चियन बनेका छैनन प्राय: होलान कति दबाबमा परेका तर अधिकतम क्रीस्चियनहरु स्वेच्छाले क्रीस्चियन बनेका छन जस्तै म स्वयम् पनि । अरुको परिवर्तन भएको देखेर डाह गर्ने भन्दा किन यिनिहरुले यो बाटो अंगालिरहेका छन त ? भन्ने तिर सोच गए पक्कै आफुमा परिवर्तन आउँछ । अनि क्रीस्चियनहरु आफुले जानेको सत्यताको बारे र आफुले पाएको मुक्ति को बारे अरुलाई सुनाउन आतुर हुन्छन किनकी आफुके जानेको कुरा अरुलाई पनि सिकाउने आफू हिडिरहेको सत्यताको बाटो मा अरुलाई पनि डोर्‍याउने उनिहरुको राम्रो पक्ष हो ।

किनकी सत्य पाउन र बुझ्न धेरै गाह्रो छ जति अरुलाई बुझाउन गाह्रो छ । तर जसले सत्यताको बारे कुरा गर्दा पैसा अथवा कुनै पनि लोभ लालच को कुरा गर्छ भने कुरा बुझ्नुहोस त्यो सच्चा क्रीस्चियन हुँदै होईन । क्रीस्चियन हुनु भनेको परमेस्वर संग टुटेको सम्बन्धलाई फेरि स्थापित गर्नु हो । बतासे परेवा घर फर्कनु जस्तै हो ।

आउनुहोस तपाईको मनमा लागेको कुरालाई खुल्ला राख्नुहोस छलफल गरौं बाइबल पढ्नुहोस एकपल्ट, तपाई क्रीस्चियन नै बन्नु पर्छ भन्ने छैन तर तपाईले बाइबल को बारे जान्न बुझ्न सक्नुहुन्छ । त्यहा तपाईलाई कसैले तानेर घिसारेर लगेर पानीको बप्तिस्मा दिने कुरा हुन्न । न त तपाईले क्रीस्चियन बने बापत पैसा पाउनुहुनेछ । क्रीस्चियन बने मात्र मुक्ति पाउने कुरा पनि छैन, पहिलाको जीवन भन्दा अझ गह्रौ छ क्रीस्चियन जीवन जिउन त्यो कुरा तपाईहरुले पहिला नैं बुझे हुन्छ । डलर पाउने कुरा त मस्तिष्क बाटै हटाई दिनुहोस ।

अन्त्यमा क्रीस्चियन बन्नु सम्पती कमाउनु धनी बन्नु कुसंस्कार अंगाल्ल्नु नभएर साचो तपाईं र मेरो सृष्टिकर्तालाई भेट्टाउनू हो संसारका सारा कुमार्ग हरु त्यागेर येसुको क्रुस बोकेर उहालाई पच्याउनु हो । क्रुस भन्दा यहाँ भित्र धेरै कुराहरु पर्द छन दु:ख कस्ट अपहेलना ईत्यादी । परमेस्वरले भन्नुभएको छ मैले संसारलाई यति धेरै प्रेम गरें कि आफ्नो एक मात्र पुत्रलाई दिएं ताकी उसलाई बिस्वास गर्ने प्रत्येककले उद्दार पाउन । तर बिश्वास नगर्ने दोसि ठहरिने छ । त्यसकारण यहाँनेर बुझ्नु पर्ने कुरा के छ भने " एक मात्र पुत्र को कुरा छ जो येसु ख्रीस्ट हुनुहुन्छ कि उहाँ बाहेक अरु कसैमा मुक्ति छैन । बाइबल मा युहुन्ना 3:16
www.prerananepal.blogspot.com

2 comments: