Wednesday, December 30, 2015

येसु ख्रीस्ट संसारमा आउने बारे पहिलो भबिस्यबाणी उत्पत्ति 3:15 !!

महान प्रभु येसु ख्रीस्टको पहिलो भबिस्यबाणी गरिएको उत्पत्तिको पुस्तक उत्पत्ति 3:15 पद्य भएको कुरा आज मैले विभिन्न खोज अध्ययन बाट पत्ता लगाउन सकें । केही दिन अघि मलाई एक जना साथिले येसुको पहिलो भबिस्यबाणी बाइबल को कुन पुस्तकमा गरिएको छ ? भनी सोध्नुभयो मैले यसैया को पुस्तक भनें कि मलाई थाहा रहेनछ । लामो समयको प्रार्थना अध्ययन र खोज द्वारा आज मलाई यो कुरा प्रष्ट भयो कि उत्पति 3:15 पद्य पुरै बाइबल को मेरुदण्ड पो रहेछ । गहिरिएर यसलाई अध्ययन गर्ने हो भने पूरा बाइबल को अस्तित्व नैं यो पद्यमा अडिग रहेछ । हाम्रो महान परमेस्वरले उत्पत्ति मै आफ्नो पुत्रलाई दिने कुरा सांकेतिक रुपमा 3:15 गरिसक्नुभएको रहेछ । तर हामिले बाइबल को बचनहरुलाई गहिरिएर अध्ययन नगरेको कारण सुक्ष्म कुराहरु भने बुझिरहेको हुदैनौं रहेछ । आज ख्रीस्टमस को बारे या येसुको बारे मानिसहरूले असङ्ख्यौं लेख रचनाहरु गरेका छन तर अझैसम्म अपुरो नै छन ती लेख रचनाहरु किनकी परमेस्वर अदित्तिय हुनुहुन्छ । ( म तँ र त्यस स्त्रीमाझशत्रुता सृष्टि गर्नेछु।तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनिशत्रुता सृष्टि गर्नेछुजसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।” ) उत्पत्ति 3:15 यो पद्यमा त्यो स्त्री भन्नाले कन्ने मरियम सर्प सैतान भनेर बताइएको हामी बुझ्न सक्छौं भने स्त्री को सन्तान हामी र सर्प सैतानको बिचमा सत्रुता अनि हामिले सैतान को टाउकोमा कुल्चिनु भन्नाले येसु यश संसारमा आउनु भयो हाम्रो सारा पापको खातिर क्रुसमा बलि हुनुभयो त्यो सैतानको सिर कुच्याउनु हो अनि आफैलाई फेरि जिवित पारेर मृत्युलाइ सधैको निम्ति जित्नुभयो ताकी अब उसो उहामा बिस्वास मात्र गर्नेहरुले पनि मर्नु पर्दैन । यहाँ मर्नु पर्दैन भन्नाले आत्मिक कुराको चर्चा गरिएको छ । त्यसकारण आउनुहोस् आज नै कत्ती पनि ढिला नगरी येसुलाई बिस्वास गर्नुहोस र अनन्त जिवनको भागिदार बन्नुहोस । त्यो परमेस्वर तपाईं र मेरो निम्ति संसारमा आएर हाम्रो सारा पाप क्षमा को निम्ति एक पल्ट क्रुस मा मरि सक्नुभएको छ, र र हामिलाई अनन्त जीवन दिन तेस्रो दिनमा बौरी उठिसक्नु भएको छ । अब उसो हामिले कुनै धर्म कर्म गरेर मुक्तिको बाटो खोजिरहन पर्ने जरुरी छैन । मात्र येसु ख्रीस्टलाई आफ्नो ब्याक्तिगत जीवन को मुक्तिदाता हुनुहुन्छ भनी आफ्नो हृदयमा बिस्वास गरे हुन्छ । परमेस्वरले तपाईं र मलाई प्रेम गर्नुहुन्छ । उहाँ हाम्रो ढोका मै बसेर ढोका ढक्ढक्याइ रहनुभएको छ । त्यो ढोका तपाईंको घरको नभएर तपाईंको हृदय को हो । यसरी सृष्टिको सुरुवातमै सर्बसक्तिमान हाम्रो परमेस्वरले हामी प्रती गर्नुभएको प्रतिज्ञालाई ढिलो नगरी पूरा गर्नुभयो । किन कि उहाँ बिस्वास योग्य परमेस्वर हुनुहुन्छ । अन्त्यमा उत्पत्ति 3:15 ले सारा कुराको अस्तित्व बोकेको छ, यो बाइबल को मेरुदण्डको रुपमा रहेकोे छ भन्दा पनि फरक नपर्ला । यो छोटो लेख बाट केही कुरा बुझ्ने अवसर पाउनुभएको छ भन्ने बिश्वास को साथ भुल चुक माफी चाहान्छु । ( जोसन लिम्बू )

Thursday, December 17, 2015

नचिनिएको तर अदित्तिय ब्याक्ती !!

सबै कुरा आउँछन जान्छन, मलाई मतलब छैन,
तर मलाई मेरै उमेर ले किन पर्खिरा छैन ?
सबै कुरा त्याग्न सक्छु, पक्रेर हुने नै के छ र ? अफसोस लाग्छ सोच्दा नि, मरि लानु के नै छ र ?
सास रहुन्जेल आस भन्छन, एक मुठ्ठी सासले साथ दिएकै छ ! शरीर दुर्बल छ आत्मा तयार छ, संसारले जहर पिएकै छ ! फटाउनेहरु फटाइरहेछन सिउनेहरुले सिएकै छन ! सहनेहरु सहिरहन्छन, सताउनेहरुले दु:ख दिएकै छन !
संसार फस्यो भङ्गालोमा, डुङ्गा अब खियाउनै छ ! बादल पारी सान्ती छ रे, सबलाई त्यहाँ छिराउनैछ ! खै के हो माया प्रेम ? कता गयो मानवता ? स्वार्थी भए सारा संसार, बाँकी रह्यो दानबता !
चारै तिर घुमी हेरें सान्ती कहाँ छ ? खोजिहेरें उसलाई पो थाहा छ कि ? सोधिहेरें भौतारिंदै दौडिरहें, दलदले हिलोभरी पौडिरहें येसुमा रहेछ सबै मेरा अभिलाषा अब दुबो झैं मौलिरहें ।।
#जोसन_लिम्बू

Saturday, December 12, 2015

ग्यास्ट्रिक समस्याका लागि घरेलु उपचार

अनियमित र दुषित खानपानका कारण अहिले ग्याष्ट्रिकको समस्या सामान्य झै भइसकेको छ । लगातार कब्जियतका कारण ग्यास्ट्रिकको समस्या हुन्छ र यो ग्यास्ट्रिक अन्य अनेक समस्याको कारण बन्छ । ग्यास्ट्रिकबाट पीडित व्यक्तिलाई टाउको दुख्ने, कम्मर दुख्ने, पेट दुख्ने, छाती दुख्ने जस्ता अनेक समस्या हुन्छन् । खैर, ग्यास्ट्रिकको मूल कारण केही बानी र अनियमितता दिनचर्या हो । ग्यासको समस्याका केही सामान्य लक्षणहरु यसप्रकार छन्
क. वान्ता आउनु ख. लगातार हिक्क हिक्क आउनु ग. पेट दुख्नु
यहाँ ग्यास्ट्रिकबाट बच्ने केही सजिलो उपायहरु बताइएको छन् ।
प्रसस्त पानी पिउनुहोस् :थोरै पिउनु पनि यस समस्याको एउटा ठूलो कारण हो । ग्यासको समस्या भए पनि नभए पनि दिनमा आठ गिलास पानी अवश्य पिउनुस् । अदुवा: ग्यासको समस्यामा अदुवा सबभन्दा राम्रो औषधि हो । अलिकति सुकेको अदुवा चियामा हालेर पिउनाले ग्यासमा तत्काल राहत पुग्छ । अदुवामा एन्टी बैक्टिरियल र एन्टी इन्स्लामेट्री तत्व पाइन्छ । अदुवा खानाले ग्यासको समस्या उत्पन्न गर्ने जिवाणु समाप्त हुन्छ । अदुवाको एक टुकडा घ्यूमा तताएर बीरे नूनसँग खाँदा ग्यासबाट छुटकारा पाइन्छ । पाइनएपल : पाइनएपलमा पाचक एन्जाइम्स पाइन्छ । पाइनएपल पाकेको मात्र खानुपर्छ । काचो पाइनएपलले पेटलाई झन नोक्सान नै पुर्‍याउछ । मही: अलिकति मेथी दाना, बेसार, हिंग, जिरा मिलाएर पिनेर राख्नुस् । बिहान खाना खाएपछि महीमा यो पाउडर मिलाएर पिउनुस् । ग्यास र एसिडीटीको समस्या समाप्त हुन्छ । जीरा: जीरा खानाले पनि डायजेस्टिव सिस्टमको समस्या समाधान हुन्छ । त्यसैले ग्यासको समस्या हुँदा एक चम्चा जीरा पाउडर चीसो पानीमा घोलेर पिउनुस् । बेसार: बेसार एन्टी इन्स्लामेन्ट्री र एन्टी फगल तत्व पाइन्छ । यो अनेक विमारीमा औषधिको काम गर्छ । अलिकति बेसार पाउडर चिसो पानीसँग लिनुस् र यसपछि केरा वा दही खानुस् । नरिवल पानी: नरिवल पानीमा भिटामीन ए पोषक तत्व भरपुर हुन्छ तर साथै यसले ग्यासको समस्यामा औषधिको काम गर्छ । तुलसी: तुलसीले अनेक विमारीमा औषधिको काम गर्छ । प्रत्येक दिन पाँच तुलसीको पात खानाले ग्यासको समस्याका साथ साथ पेटको अनेक समस्याहरुको पनि समाधान गर्छ । तुलसीको चिया बनाएर वा त्यसको रस पिउनाले पनि तत्काल फाइदा हुन्छ । ल्वांग: ल्वांग चुस्दा वा ल्वांग पाउडर महकासाथ लिनाले पनि ग्यास समस्यामा राहत पुग्छ । मेवा: मेवामा बीटा केरोटीन भरपुर मात्रामा पाइन्छ । यसमा खाना चाडै पचाउने तत्वहरु पाइन्छ । यसमा पेपिन नामको एन्जाइम पनि पाइन्छ । यो शरीरको लागि अत्यन्तै लाभदायक हुन्छ । ग्यासको समस्या भए खाना थोरै खानुस् र खाना पछि अलिकति बिरे नूनका साथ मेवा खानुस् । कब्जियत र ग्यास दुवै समस्याबाट छुटकारा पाइन्छ । पुदिना स् पुदिनाको पात चपाउनुस् वा पुदिनाको चिया बनाएर पिउनुस् ग्यासको समस्याबाट छुटकारा पाइन्छ । मरिच: अलिकति मरिचको धुलोमा मह मिलाएर लिदा ग्यासमा राहत मिल्छ ।

ख्रीष्टमसको ईतिहास

येशूको ऐतिहासिकतामाथि शंका गर्दै दार्शनिक बेट्राण्ड रस्सेलले लेखे, “ऐतिहासिक रूपमा ख्रीष्ट अस्तित्वमा हुनुहुन्थ्यो भन्ने कुरा शंकास्पद छ, यदि हुनुहुन्थ्यो भने पनि हामी उहाँको विषयमा केही पनि जान्दैनौं ।” ऐतिहासिक साक्षीहरूलाई जाँच गरेर हेर्दा रस्सेलको यस्तो भनाइ वास्तवमै हाँस्यास्पद देखिन्छ । नयाँ नियमका सत्ताइस ओटा पुस्तकहरू मात्र होइन यहूदी सर्न्दर्भहरू र सेकुलर (गैर-यहूदी र गैर-ख्रीष्टियान) सर्न्दर्भहरूले पनि येशूको ऐतिहासिकताबारे प्रचुर मात्रामा स्रोतहरू जुटाएका छन् । रोमी इतिहासकार कर्नेलियस टासिटस, यहूदी इतिहासकार योसिफस, ग्रीक व्यङ्ग्यकार लुसियन, सुटोनियस, प्लिनी द योङ्गर, थल्लुस, फ्लेगन, मारा बार सेरापिओन सेकुलर स्रोतहरूका केही उदाहरणहरू हुन् । ब्रिटानिका विश्वकोशको १९७४ ख्रीष्टाब्दको संस्करणमा येशूको जीवनी बयान गर्नलाई बीस हजार शब्दहरू प्रयोग गरिएका छन् । अरिस्टोटल, सिसेरो, अलेक्ज्याण्डर, जुलियस कैसर, बुद्ध, कन्फ्युसियस, मोहम्मद र नेपोलियन बोनापार्टलाई दिइएको ठाउँभन्दा बढी हो यो । प्राचीन समयमा ख्रीष्टिय-मतका प्रतिद्वन्द्वीहरूले पनि येशूको ऐतिहासिकतामाथि कहिल्यै शंका गरेनन् । ख्रीष्टिय-मतका संस्थापक वास्तवमै अस्तित्वमा थिए भनी स्वीकार नगरी ख्रीष्टियान मण्डलीको उदय, सुसमाचारीय विवरणहरू र यसका पछाडि रहेका परम्पराको प्रवाहलाई व्याख्या गर्न कठिन मात्रै होइन असम्भव पनि छ । कुनै पनि प्रतिष्ठित विद्वान्ले ऐतिहासिक येशूको अस्तित्वलाई इन्कार गर्ने साहस कहिल्यै गरेका छैनन् । येशूको ऐतिहासिकतालाई इन्कार गर्नु वास्तवमै मर्ख बन्नु हो ।
येशूको ऐतिहासिकतामाथि शंका गर्नु अस्वभाविक भए पनि उहाँको जन्मदिनबारे शंका गर्नुचाहिँ स्वाभाविक नै हो । मत्ती र लूकाको सुसमाचारमा उहाँको जन्मको विवरण दिइएको भए तापनि नयाँ नियमको कुनै पनि पुस्तकमा उहाँको जन्मदिन उल्लेख नभएकोले उहाँको जन्मको वास्तविक मिति कसैलाई पनि थाहा छैन । ख्रीष्टमस (Christmas) शब्द अंग्रेजी भाषाको नेपाली लिप्यन्तरण हो । येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने पर्व नै ख्रीष्टमस हो । बाइबल धर्मशास्त्रमा उहाँको जन्ममिति उल्लेख नभएकोले प्रारम्भिक ख्रीष्टियानहरूको बीचमा कुनै निर्धारित मिति थिएन । चौथो शताब्दीको उत्तर्रार्द्धतिर ख्रीष्टमस भिन्नाभिन्नै स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो मण्डलीमा मनाइन थालिएको थियो । उहा“को जन्मदिन निर्धारण गर्नको लागि विभिन्न विधिहरू अप्नाइए । परिणामतः प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, अप्रिल १९, मे २०, र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए । तर डिसेम्बर २५ (पौष १०) नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । डिसेम्बर २५ लाई नै येशूको जन्मदिनको रूपमा मनाइनुको खास कारण प्रष्ट छैन, एद्यपि केही मतहरू अघि नसारिएका भने होइनन् । सम्भवतः त्यस समयमा मनाइने गैर-ख्रीष्टियान पर्वले गर्दा उक्त मितिमा ख्रीष्टमस मनाउनलाई प्रभाव पारेको थियो । नयाँ नियमले यसको विषयमा कुनै संकेत दिंदैन । विश्वव्यापी कालानुक्रमलाई उत्पादन गर्ने पहिलो ज्ञात ख्रीष्टियान इतिहासकार सेक्टस जुलियस अप्रिmकानसले ख्रीष्टाब्द २२१ मा पहिलो पटक डिसेम्बर २५ लाई येशूको जन्मदिनको रूपमा परिचित गराएका थिए ।
चौथो शताब्दीमा ख्रीष्टिय-मत रोमी साम्राज्यको सरकारी धर्म भइसकेको थियो । बार्‍हौँ शताब्दीमा आइपुग्दा ख्रीष्टमस यूरोपमा सबैभन्दा महत्वपुर्ण धार्मिक पर्व भएको थियो । सुधारवादको युगसम्म ख्रीष्टमसको लोकप्रियता ज्यादै बढ्यो । ख्रीष्टमसमा गैर-ख्रीष्टियानका मनग्गे चलनहरू समावेश भएकाले सुधारवादको समयमा धेरै ख्रीष्टियानहरूले ख्रीष्टमसलाई गैर-ख्रीष्टियान पर्वको रूपमा विचार गर्न थाले । कति ठाउँहरूमा यसको असर परेको भए पनि मानिसहरूले ख्रीष्टमस मनाउन जारी राखे । बीसौँ शताब्दीमा विभिन्न किसिमका व्यवसायहरूको लागि ख्रीष्टमसको पर्व ज्यादै महत्वपुर्ण हुन थाल्यो । बीसौँ शताब्दीको मध्यदेखि ख्रीष्टमस झण्डै विश्वव्यापी रूपमा मनाइन थालिएको छ । संसारभरि नै करडौं ख्रीष्टियानहरू र गैर-ख्रीष्टियानहरूको लागि ख्रीष्टमस सबैभन्दा खुशीको क्षण र सबैभन्दा व्यस्त समय हो ।
ख्रीष्टमससँग गाँसिएका थुप्रै चलनहरू विभिन्न देशबाट विभिन्न समयमा आएका छन् । ख्रीष्टमसको समयमा उपहारहरू साटासाट गर्ने चलन प्राचीन रोमबाट आएको हो । अठारौँ शताब्दीको अन्त्यसम्ममा परिवारका सदस्यहरूबीच उपहारहरू साटासाट गर्ने अभ्यास राम्ररी नै स्थापित भइसकेको थियो । उपहार लेनदेनले हामीलाई परमेश्वरले आफ्नो एकलौटे पुत्र दिनुभएको तथ्यको सम्झना गराउ“छ । “बुद्धिमान् मानिसहरू” (ग्रीकमा Maggi नेपाली बाइबलमा “ज्योतिषीहरू” भनी अनूदित) द्वारा येशूलाई गरिएको भेटमा उपहारहरू चढाइएका छन् । ख्रीष्टमस वृक्ष (Christmas Tree) को परम्परा जर्मनीले ल्याएको हो । पुनर्जागरणकालीन मानवअधिकारवादी लेखक सेवास्टियन ब्राण्टले ख्रीष्टाब्द १४९४ मा लेखेको सबैभन्दा महत्वपुर्ण जर्मन साहित्य “मुर्खहरूको जहाज” नामक कृतिमा घरहरूमा देवदारु वृक्षका हाँगाहरू राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमस वृक्षको परम्पराको सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चयता भए पनि स्याउहरूसँग सजाइएका देवदारु रूखहरू पहिलो पटक ख्रीष्टाब्द १६०५ मा स्ट्रार्स्वर्गमा जानकारीमा आएजस्तो देखिन्छ । यस्ता रूखहरूमा प्रयोग गरिएका मैनबत्तीहरू ख्रीष्टाब्द १६११ मा साएलसिएनद्वारा अभिलिखित गरिएका छन् । ख्रीष्टाब्द १८४३ मा पहिलो ख्रीष्टमस कार्ड ब्रिटिश नागरिक जे. सी. हर्सद्वारा रचना गरिएका थिए । यो आधुनिक पोस्टकार्डजस्तै थियो र यसमा लेखिएका शब्दहरू यस्ता थिए, ”Merry Christmas and a Happy New Year to You”। क्यारल (Carol) भन्ने शब्द प्राचीन फ्रेन्च शब्दबाट आएको हो । वर्तमान समयमा क्यारलमा गाइने थुप्रै भजनहरू अठारौँ र उन्नाइसौँ शताब्दीमा रचना गरिएका थिए, जसमध्ये केही नेपाली भजनमा अनूदित छन् । चर्चित ख्रीष्टमस भजनहरूमा चार्ल्स वेस्लीद्वारा लिखित नेपालीमा अनूदित “सुन र्स्वर्गदूतको गान” (भजन नं. २२), ख्रीष्टमसको सन्ध्यामा ख्रीष्टाब्द १८१८ मा जोसेफ मोहरद्वारा लिखित नेपालीमा अनूदित “शान्तमय रात” (भजन नं. ३१), आदि पर्दछन् । यसका अतिरिक्त ख्रीष्टमस भोज, घर/मण्डली भवनको सजावट आदि चलनहरू पनि ख्रीष्टमससँगै गाँसिएर आएका छन् ।
ख्रीष्टमस पर्वको विरुद्धमा आवाज उठाउनेहरूको समूह विगतमा पनि थियो र वर्तमान पनि छ । उनीहरूले अघि सार्ने पहिलो र महत्वपुर्ण तर्क हो – ख्रीष्टमसबारे बाइबल मौन छ । यो भनाइ सत्य हो । तर मण्डलीमा अभ्यास गरिने अन्य थुप्रै क्षेत्रहरूमा पनि बाइबल मौन छ । बुधबारको प्रार्थना संगति -झण्डै विश्वव्यापी छ), भजनपुस्तक, मण्डली भवन, ख्रीष्टियान पत्रपत्रिका आदिबारे बाइबल मौन छ । “प्रेरित पावलले मोटरबाइक चढेको थियो र हामीले चढ्ने?” भन्ने प्रश्न कहिलेकाही“ केही ख्रीष्टियान पटमुर्ख अगुवाहरूले मुखबाट ओकल्ने गर्छन् । म विश्वास गर्छु पावल अहिले बाँचेको भए, पावललाई परमेश्वरले हेलिकप्टरमा चढाएर सुसमाचार प्रचारमा लैजानुहुन्थ्यो । पावल बाँचेको समय र वर्तमान समयबीचको भिन्नतालाई बुझ्ने बाइबल विद्यार्थीले कहिल्यै त्यस्तो प्रश्न गर्ने साहस गर्दैन । यस्ता अनगिन्ति कुराहरू छन्, जसको विषयमा बाइबल मौन छ, एद्यपि मण्डलीमा ती अभ्यास गरिंदै आएका छन् । दोस्रो तर्क हो – ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन । यो भनाइ पनि झण्डै पुर्णतः सत्य छ । तर ख्रीष्ट ऐतिहासिक मानिस हुनुहुन्छ भन्ने तथ्य विश्वले स्वीकारेको छ भन्ने पर्याप्त प्रमाण पहिलो अनुच्छेदमा नै हेरिसकिएको छ । त्यसो हो भने ख्रीष्ट एक न एक दिन पक्कै जन्मनुभएको हो । डिसेम्बर २५ को विरोध गर्नेहरूले विकल्पको रूपमा अर्को दिन निर्धारण गर्न नसक्ने भएकोले, उहाँको ऐतिहासिकता शंकारहित भएकोले ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन भन्नु पनि र्व्यर्थ छ । अधिक वर्षको फेब्रुअरी २९ मा जन्मेको बालिकाको जन्मदिन चार वर्षमा एकचोटि मात्र मनाउने हो र – कतिपय अवस्थामा मिति होइन विषय महत्वपुर्ण हुन्छ । तेस्रो तर्क हो – ख्रीष्टमसको चलन गैर ख्रीष्टियानबाट र यो रोमन क्याथोलिक उद्भव हो । तर हाम्रो प्रचलनमा रहेका अनगिन्ति नाउ“हरूको उद्भव गैर-ख्रीष्टियान नै छन् । जस्तै, जनवरी भन्ने महिनाको नाम रोमी देवता जेनसबाट लिइएको हो । हामीले प्रयोग गर्ने बारका नाउँहरू देवी देवताका नामहरूस“ग सम्बन्धित छन् । सण्डे -आइतबार) सुर्य देवताको नाउँ भएकोले आइतबारको दिनमा आराधना गर्नुहुँदैन भन्ने तर्क सेभेन्थ डे आडभेन्टिष्टहरूको रहेको छ । तर तिनीहरूलाई शनिबारको उत्पत्ति शनि देवताबाट आएको हो भन्ने कुरा थाहा छैन कि क्या हो – चौथो तर्क हो – ख्रीष्टमसमा पियक्कडपन र अनैतिकता बढी हुन्छ । आइतबारमा अनैतिकता वा दुर्घटना बढी भयो भन्दैमा आराधनाको दिन सार्न मिल्छ र – हवाइजहाजको दुर्घटनाले हवाइ विज्ञानलाई असफल तुल्याउँछ र – दुर्घटना हुन्छ भनेर काठमाडौंदेखि झापासम्म हिंडेर जाने व्यक्ति कोही छ र?

Thursday, December 3, 2015

तपाईंलाई काम लाग्न सक्छ !!

तपाईंका कोहि फेसबुक साथीहरुलाई सदैब टाउको दुख्ने समस्या छ भने यो पोष्टमा tag गरिदिनुहोस्l Migraine Headache का लक्षणहरु : --खप्नै नसकिने खालको टाउको दुख्ने l प्राय टाउकाको एक पट्टिको भाग मात्र दुख्ने -- बिस्तारै आँखा, कन्चट, घाँटी, कान आदि पनि दुख्ने -- चल्न, हिंड्न वा सामान्य काम गर्न खोज्दा, वा चर्को आवाज र प्रकाशले दुखाई झन् बढ्ने -- बान्ता होला जस्तो वाक्वाक्ति हुने, कहिले काहीं बान्ता पनि हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ) -- रिंगटा लाग्ला जस्तो हुने, आँखामा बादल लागेजस्तो गरी केहीबेर दृष्टिमा समस्या हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ) -- थकित हुने, शरीर गल्ने र अंध्यारो र एकान्त ठाउँमा सुत्न मन लाग्ने -- दुखाई केहि घण्टा देखि केहि दिनसम्म रहने र बेला बेलामा यी लक्षणहरु फर्किने र बर्षौंसम्म रहने (यहाँ लेखिएका प्राय लक्षणका उदाहरणहरु मलाई मेरा बिरामीहरुले भनेको आधारमा लेखेको हुँ l यदि तपाईंमा हुने समस्याहरु यहाँ दिइएको छैन भन्दैमा Migraine भएको छैन भन्न मिल्दैनl) ------------------------------- **यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला** ------------------------------ कसै-कसैमा मुख्य Migraine Headache का लक्षणहरु देखिनु ठिक केहि मिनेट (वा केहि घण्टा) अगाडी Aura (अर्थात्: पुर्वलक्षणहरु) देखा पर्छन् l ती पुर्वलक्षणहरु व्यक्ति अनुसार फरक हुन्छन् l केहि लक्षणहरु यस प्रकारका छन्: -- दृष्टिमा समस्या : आँखाले हेर्दा आँफु अगाडिको ठिक बिचको केहि भाग देख्न गार्हो पर्ने वा आधा भाग नै देख्न नसकिने वा पुरै आँखा तिरमिर हुने वा केहिबेर सब अँध्यारो हुने l -- हात खुट्टा निकै गरुङ्गो भएको जस्तो वा निकै कम्जोर भएको जस्तो महशुस हुने -- बोल्न अक्मक्कीने, स्मरण शक्ति गुमेको जस्तो लाग्ने, अत्तालिने आदि Migraine Headache का Triggers हरु: Migraine Headache आउने र जाने जिन्दगी भर भैराख्छ l केहि समय हराएको Migraine Headache कहिले काँही कुनै कुराले बिउँताउने गर्छ l याद गर्नुहोस् Triggers (बिउँताउने कुरा) र Cause (रोगको कारण) फरक कुरा हुन् l सबै व्यक्तिमा triggers हरु हुँदैनन् र हुनेमा पनि सबैका एकै किसिमका हुँदैनन् र Triggers हरु जे पनि जस्तो पनि हुन सक्छन् l यस्ता Triggers पत्ता लगाउन व्यक्ति आँफैले खाएको, भोगेको, वा गरेको दैनिकी (खासगरी Migraine Headache भएको दिनको) डायरी तयार पार्नुपर्छl Triggers हरु प्राय यस प्रकारका हुन्छन्: -- खानेकुरा = सुख्खा नुनिला खानेकुरा, चिया, कफी, रक्सि आदि -- कुनै पनि किसिमका गन्ध वा सुगन्ध -- कामको थकान वा तनाब, र अन्य जीवनका दैनिकी चिन्तित तुल्याउने समस्याहरु -- तापक्रम = चिसो, तातो, ओस्सिलो/मक्किएको बाताबरण -- र अन्य धेरै उपचार: यसको उपचार व्यक्तिको उमेर, लक्षणहरु, संगसंगै भएको अन्य रोगहरु (comorbidity) आदिमा भर पर्छ -- कसै कसैमा अँध्यारो र आवाज नआउने ठाउँमा गएर केहीबेर आराम गरेर बसिदिंदा त्यतिकैमा निको हुन्छ -- कोहीलाई सामान्य खालको नदुख्ने औषधि खाँदा पनि पुग्छ -- अन्यलाई डाक्टरकोमा नै गएर prescription लिएर मात्र पाइने औषधि चाहिन्छ नोट: यो समस्या केहि समय थामिने र पून बल्झीराख्ने खालको हुन्छ l पूर्ण सन्चो हुन दसौं-बीसौं बर्ष लाग्न सक्छ l उपचारको उदेश्य भनेको भएको समस्या बल्झन नदिन र अर्को migrane attack झट्टै हुन नदिनु हो l --------------------- **यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला**