Monday, February 29, 2016

हिन्दु धर्मको पृष्ठभूमि !!

 

आज हामी हिन्दु धर्मको उत्पत्ति र विस्तार कसरी भयो भन्ने बिषयमा चर्चा गर्ने छौं। त्यसो त धेरै नेपाली हिन्दुहरुले यो हाम्रो सनातन धर्म हो भनेर पनि भन्ने गरेका छन्। वास्तविकता के रहेछ, त्यो स्पष्ट रुपमा पुष्टि गर्ने कोसिस गर्नेछौं।

हिन्दु धर्मको सुरुवात भारतबाट भएको हो र यसले बहुईश्वरवादको अस्तित्वलाई स्वीकार गर्छ। हिन्दु धर्मको अनुयायीहरुले करिब तेत्तीस करोड देवी-देवताहरुको सेवा आराधना गर्ने गर्छन्। इसापूर्व पन्ध्रौँ शताब्दीतिर युरोपबाट आएका आर्यनहरुले भारतमाथि कब्जा गरेपछि हिन्दु धर्मको सुरुवात भयो। ती आर्यनहरु फारसी अर्थात अहिलेका इरानका बासिन्दाहरुका पुर्खा थिए। तिनीहरुले भारतमाथि आक्रमण गरे र त्यहाँका स्थानीय मूल बासिन्दाहरुलाई कब्जामा लिई दास बनाए। ती स्थानीय मानिसहरुमाथि शासन गर्न तिनीहरुले आफूलाई उच्च अनि स्वतन्त्र वर्गमा राखे।

तिनीहरुले मूर्तिहरुको सेवा गर्नुभन्दा पहिले सम्पूर्ण ब्रह्माण्डलाई एकतामा ल्याउने ब्रह्मा अर्थात आत्मा हो भन्ने दर्शनशास्त्रीय अवधारणाको विकास गरे। तर समय बित्दैजाँदा तिनीहरुले विभिन्न प्राकृतिक कुराहरुलाई ईश्वरको रुपमा स्वीकार गर्दै  ३,००० भन्दा बढी देवताहरुलाई पुज्न थाले; जस्तै: सूर्य, आकाश, पहाड, आँधी, वर्षा, हावा, आगो आदि। आफ्ना खाँचो पूरा गर्न र समस्या समाधान गर्न तिनीहरुले ती विभिन्न देवताहरु पुज्न बलिदानहरू चढाउन थाले। अन्तमा, इसापूर्व तेर्हौं शताब्दीतिर तिनीहरुले ब्रह्मावादको सिद्दान्त स्थापित गरे र त्यसैबाट हिन्दु धर्मको जग निर्माण भयो। बिस्तारै भारतमा मानव समाजको विकास हुन थाल्यो अनि ती स्वतन्त्र अनि उच्च वर्गका मानिसहरु तीन जातिहरुमा वर्गीकरण भए।
१. ब्राह्मण - पूजाहारी वर्गको उच्च जाति
२. क्षेत्री - राजनीति र सेना सम्हाल्ने ठूलो जाति
३. वैश्य - किशान र व्यापार वर्गको मध्यम जाति

यी तीन जातिका मानिसहरुले पहिलेदेखि बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई दास बनाएर सुद्र भन्ने तल्लो जातिमा राखे। अन्तमा तिनीहरुले दलित भन्ने अर्को अति सानो जात पनि बनाए र त्यस वर्गमा पर्ने मानिसहरुलाई अछुत भनि समाजमा तुच्छ वर्गमा राखियो। हिन्दु धर्ममा त्यसरी सुरु भएको जातीय प्रणालीले अहिलेको युगमा पनि निरन्तरता पाइरहेको छ। ब्राह्मणहरुले कर्म र संसार भन्ने नयाँ अवधारणाको आविष्कार गरे, र यसले मानिसको जीवन जन्म मृत्यु र पुनर्जन्मको चक्रमा घुमिरहन्छ भनेर बताउँछ। यो अवधारणाले जातीय प्रणालीलाई समर्थन गर्छ र यस वर्तमान जीवनमा मानिसले गर्ने काम अर्थात कर्मले अर्को जन्ममा ऊ कुन जातिमा जन्म लिनेछ भन्ने कुरा निर्धारण गर्छ भनि बताउँछ।

इसापूर्व पाँचौ शताब्दीतिर जातीय प्रणालीको प्रतिकार गर्दै बौद्ध धर्मको प्रादुर्भाव भयो र ब्राह्मणहरुले बनाएको नीति-नियम र शासनलाई त्यसले संकटमा पार्न थाल्यो। त्यसको परिणामस्वरुप तत्कालिन ब्राह्मणहरुले स्थानीय मानिसहरुले मान्ने लोक धर्महरुलाई अंगाल्न थाले। सुरुमा अर्थात ती आर्यनहरु भारतको सिन्धु उपत्यकामा आई बसोबास गर्नुभन्दा पहिले त्यहाँका बासिन्दाहरुले देवीको आराधना गर्दथे र त्यति मात्र होइन, तिनीहरुले सर्प र विभिन्न आत्माहरुलाई पनि पुज्ने गर्दथे। ब्राह्मणवादको प्रभाव हुँदाहुँदै पनि त्यसलाई वास्ता नगरी तिनीहरुले आफ्नै स्थानीय लोक धर्महरु निरन्तर अभ्यास गरिरहे। केही समयपछि ब्राह्मणवाद र ती स्थानीय धर्महरुको मिश्रण भयो, अनि विष्णु र शिवजस्ता व्यक्तिहरु देवताको रुपमा प्रकट भए। तिनीहरू हिन्दु धर्मको सुरुवातमा देखा परेका थिएनन्। त्यसपछि हिन्दु धर्मको संरचना निर्माण भयो।

अहिले हिन्दु धर्मको जातीय प्रणाली भित्र करिब ६,४०० जातहरु छन्। यसमा अचम्म लाग्दो कुरा के छ भने यो जीवनमा कुनै पनि व्यक्ति एउटा जातबाट अर्को जातमा जान्न सक्दैन। तल्लो जातमा पर्ने मानिसहरुले दु:ख- कष्ट पाउनु स्वाभाविकै हो किनभने त्यो तिनीहरुले पूर्व जन्ममा गरेको कर्महरुको परिणाम हो भनि हिन्दुहरुले विचार गर्छन्। त्यसकारण अछुत र दलितहरुलाई दया र सहायता गर्न आवश्यक छैन किनभने तिनीहरु त्यसको लागि योग्य छैनन् भनि तिनीहरु भन्ने गर्छन्।

भारत नेपालको छिमेकि राष्ट्र भएको हुनाले त्यहाँको प्रभाव नेपालमा समेत सजिलै हुन थाल्यो। अझ व्यापारिक तथा विभिन्न सन्धिले गर्दा भारतको अगाडी नेपाल मौन रहन बाध्य हुन थाल्यो। अन्तत: ती आर्यनहरु खुल्ला सिमाना पार गरी नेपालमा पनि भित्रिन थाले, र यहाँका स्थानीय मानिसहरुका धर्महरुमाथि हस्तक्षेप गरी आफ्नो धर्म जबर्जस्ति लाड्न थालियो। फलस्वरूप तिनीहरुले भारतमा जस्तै नेपालमा पनि धार्मिक अधिकार कब्जा गर्न सफल भए। हिन्दु धर्ममा ६,४०० जातिहरुमध्ये अहिलेसम्म करिब १०० भन्दा बढी जातिहरुका माझमा येशू ख्रीष्टको संदेश अथवा स्वर्गीय सुसमाचार पुगिसकेको छ। र तिनीहरु प्राय: पहिलेदेखि बसोबास गर्ने स्थानीय बासिन्दाहरु पर्दछन्।

स्रोत: धर्महरूको सुरूवात

1 comment:

  1. Jay masiha, jeewanka laagee prerana, yo tapaiko lekhlaai hami aawajma pariwortan garna chahanchhau.

    ReplyDelete