Saturday, February 20, 2016

हाम्रो प्रेम सेलाएर गएकै हो ?

केही दिन अघि काठ्माण्डौ रंगशाला मा प्रभुको सेवक चेत ब. खरेल द्वारा येसुख्रीस्टको नाउँमा मानिसहरुले चंगाई पाएका समाचार पढ्न पाइयो । म पनि राम्ररी चिन्दछु उहालाई । यो बिसयलाई लिएर केही ब्याक्ती बिस्वासिहरुले आफ्नो फेसबुक वालमा बिरोधाभाष लेख पढ्न पाईयो । कुरा सहि पनि हो चेत ब. खरेल को फोटो धेरै प्रचार गरियो सहर सहर गल्ली गल्ली मा भन्ने । तर जे भएनी चंगाईकर्ता येसु हुनुहुन्छ ।
चेत ब. खरेल मार्फल त्यो सक्तिसाली काम प्रभुले गर्नुभएको हो । तर एति हजार उपस्थित हुने हल्ल थियो करिब 2 हजार उपस्थित भए भन्दै आफ्नै बिश्वास को खिल्ली उडाएको लेख पढ्न पाउँदा आफुले अरुलाई सिकाउन खोज्ने आफै चाहिँ नियम उल्लंघन गर्ने जस्तो मलाई लाग्यो । किनकि बाइबल ले भन्दछ अरुको न्याय नगर अनि तिम्रो पनि गरिने छैन ।
त्यसकारण अरुको खिल्ली उडाउने काम बन्द गरेर आफुले आफ्नै परिवर्तन गर्न तिर पो लाग्ने हो कि ? आफू ठिक छौँ भने अरुको किन खैरो खन्ने ? यी सबै खराव कामको लेखा प्रभु संग छ । गल्ती सबैको हुन सक्छ तर त्यो गल्ती लाई संबंधित मान्छेलाई भेटेरै पनि त यो कार्य गलत छ भन्न सक्छौं नि हैन र ? तं एस्तो उस्तो भनेर सामाजिक संजाल तिरै पोस्ट गर्नु अलि गैर जिम्मेवारी काम होला । यो मेरो नितान्त ब्याक्तिगत बिचार हो यश द्वारा कसैको दिल मा चोट पुगे म क्षमा चाहान्छु । ( यो संबंधित लेख पोस्ट गर्ने मानिस को नाम उल्लेख गर्न चाहिन )
#जोसन_लिम्बू

No comments:

Post a Comment