Wednesday, February 24, 2016

"हिन्दु धर्म" बारे !!

महात्मा गांधीले "हिन्दु" धर्म होइन यो त सँस्कृतीहरूको पुन्ज हो ।" भनेका रहेछन् ।

के हो "हिन्दु"?

ऐतिहासिक रुपमा "सिन्ध" नदी वरिपरि मानिस बस्थे । मुसलमानहरूको शब्द उच्चारण प्रवृत्तीमा शब्दको पहिलो अक्षर (Initial position) मा "स" आए त्यसलाई "ह" उच्चारण गर्दा रहेछन् । त्यही उच्चारण प्रवृत्ती नेपालको जुम्लामा पनि छ । जस्तै जुम्लामा अहिले पनि "सक्दिन"लाई "हक्दिन", "सल्ला गरौँ"लाई "हल्ला गरौँ", "सुब्बा साप"लाई "हुब्बा साप" भन्छन् ।

अर्थात सिन्ध नदी वा घाटीमा बसोबास गर्नेहरूलाई "सिन्धु" भनिन्थ्यो जसलाई मुसलमानहरूको उच्चारण अनुसार "हिन्दु" भने । अर्थात "हिन्दु" धर्म होईन । यो त पोखराको मानिसलाई "पोखरेली", पल्पाको मानिसलाई "पल्पाली", सिन्जाको मानिसलाई "सिन्जाली", स्याङजाको मानिसलाई "स्याङजाली", पहाडको मानिसलाई "पहाडे", डोटीको मानिसलाई "डोट्याली", लमजुङको मानिसलाई "लमजुङे", गोरखाको मानिसलाई "गोर्खाली" भनेजस्तो एउटा विशेषण मात्र हो ।

त्यसैले एउटा विशेषणमा "धर्म" जोडेर धर्म बन्छ र? तेसो हो भने त "गोर्खाली धर्म", "पाल्पाली धर्म" पनि भन्ने त? यो त मिल्दैन । अर्थात "हिन्दु धर्म" भन्ने कुरा मिल्दैन ।

"धर्म" त एउटा कुनै प्रणेताले सुरु गरेको हुनु पर्ने हुन्छ । जस्तै: कन्फ्युसियस धर्म कन्फ्युसियसले सुरु गरे, वुद्द धर्म वुद्धले सुरु गरे, मोहम्डन धर्म मोहमदले सुरु गरे, ख्रिश्चियन धर्म ख्राईष्टले सुरु गरे ।

"हिन्दु धर्म" कसले सुरु गरे? केही पत्तो छैन । बरु अहिले पछिल्लो चरणमा "हिन्दु धर्म" होइन यो उहिलेदेखि चलिआएकोले "सनातन धर्म" भन्न थालिएको छ । यो कुरा बरु केही तर्कसँगत लाग्छ । तेसैले भन्न मिल्ने कुरा "सनातन धर्म" हुन सक्छ, "हिन्दु धर्म" त भन्नै मिल्दैन ।

No comments:

Post a Comment