Thursday, September 26, 2019

बाँध्ने र फुकाउने सिद्धान्त !!

हामी परमेश्वरका जनहरु विभिन्न चुनौतीहरु सामना गर्दै परमेश्वरमा उद्धेश्यपूर्ण जीवन जिउनु पर्दछ । जीवनमा विभिन्न प्रकारका संघर्षहरु अनि आत्मिक लडन्तहरु भईरहेको हुन्छ । शायद तपाईंको जीवनमा आत्मिक लडन्त गरीरहनु भएको छ होला । शरारिक, आत्मिक, भौतिक, आर्थिक अनेक प्रकारका चुनौती र समस्यासँग जुधेर आत्मिक लडन्तको अनुभव गर्नुभएको होला । तर ख्रीष्ट येशूमा हाम्रो लागि विजयको जीवन छ । ख्रीष्ट येशूमा हाम्रो लागि अधिकार र शक्ति प्रदान गरिएको छ । हामीसँग बाँध्ने अनि फुकाउने अधिकार छ । यस अर्थमा तपाईं र मैले के लाई बाँध्ने र के फुकाउने भन्ने कुरा स्पष्ट हुन सके अर्थात बाँध्ने र फुकाउने सिद्धान्त जीवनमा प्रयोग गर्न सके हामी हर प्रकारका आत्मिक लडन्त र समस्यामाथि विजय बन्न सक्दछौं । बलियो मानिस जो शैतान हो त्यसलाई बाँध्ने कुरा बताईएको छ । अनि हामीलाई बाँध्ने र फुकाउने सिद्धान्तका कुरा पनि बताईएको छ । यसैले हामीले ख्रीष्ट येशूमा उहाँको आदेश पालन गर्दै विजयी र आशिषमय जीवन जिउनु हरेक विश्वासीको दायित्व र कर्तव्य हो ।

“पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस वलियो मानिसलाई बाँधेपछि मात्र त्यसको धनमाल लुट्न सक्छ ।” मत्ती १२:२९

यहाँ येशूले बलियो मानिसलाई बाँध्नु पर्ने कुरा बताउनु भयो । वलियो मानिसलाई नबाँधीकन त्यसको धनमाल खोस्न सकिदैन भनेर येशूले भन्नु भयो । यहाँ येशूले वलियो मानिस भनेर कसलाई भन्नु भएको हो त? यो वलियो मानिस भनेर येशूले शैतानलाई उल्लेख गर्नुभएको हो । वास्तवमा येशूले भूतहरुलाई निकाल्ने सन्दर्भमा यो कुरा बताउनु भएको थियो । निश्चय पनि वलियो शैतानलाई हामीले बाँध्नु जरुरी छ । जब हामी शैतानलाई बाँध्दछौं तब त्यसले लगेका कुराहरु हामी खोस्न सक्षम हुन्छौं । हामी आफ्नो शक्ति र सामाथ्र्यको कारण होईन तर ख्रीष्टको शक्तिको कारण हामी त्यस वलियो मानिस शैतानलाई बाँध्न सक्षम हुन्छौं ।

हामीलाई थाह हुनुपर्छ कि आत्मिक क्षेत्रमा दुईवटा मात्र राज्य छन् । एउटा परमेश्वरको राज्य र अर्को शैतानको राज्य । कुनै पनि मानिस आत्मिक रूपमा तटस्थ रहन सक्दैन । कारण कि उ परमेश्वरको राज्यमा उभिन्छ कि उ शैतानको राज्यको बन्धनमा पर्दछ ।

यहाँ येशूले वलियो मानिसलाई बाँध्ने कुरा बताउनु भयो । त्यो वलियो मानिस भनेको शैतान हो । जो पतित स्वर्गदूहरुको समूह हुन् । अनि दुष्ट आत्माहरु पनि भनेर हामीले बुभ्mन जरुरी हुन्छ । जोहरु आत्मिक अन्धकारको राज्यमा बलिया हुन्छन् । जो वलियो मानिसको प्रतिनिधित्व गर्दछन् । यहाँ वलियो मानिसको घरमा गएर त्यसलाई बाँध्नु पर्ने कुराको उठान गरिएको छ ।

वलियो मानिसको घरमा त्यसलाई बाँध्नु पर्ने कुरा गरिएको छ । वलियो मानिसको घर भनेको परिवार, साथी, अनि संसार हुन सक्दछ । जहाँ त्यसले घर बनाएको हुँदछ । किनकि त्यसको आप्mनो शरीर हुँदैन । दुष्ट आत्मा अनि शैतानको आप्mनो भौतिक शरीर नभएकोले त्यसले शरीर भएको प्राणीलाई प्रयोग गर्न चाहन्छ । त्यस वलियो मानिसलाई बाँध्नु जरुरी छ । त्यसको शक्तिलाई परास्त गर्नु जरुरी छ । त्यो वलियो मानिसलाई बाँध्नलाई हामी विश्वासी तयार रहनु पनि आवश्यक छ । हामीले त्यो बलियो मानिस जो शैतान, दुष्ट आत्मा हो, त्यसलाई बाँधेर अनि उसले लगेका सबै कुरा खोस्नु आवश्यक हुन्छ । कति मानिसको जीवनको स्वस्थ्य, कतिको आर्थिक आशिष, कतिको मनको शान्ति, कतिको मेलमिलापको कुरा लगायत धेरै कुरा त्यसले मानिसबाट लगेको हुनाले त्यसबाट यी सबै कुरा खोस्नु आवश्यक छ । जसरी हामी कोरस गाउँछौं, “शैतानको शिविरमा जाओं र खोसौं, त्यसले जे लग्यो त्यो, खुट्टा मुनि, शैतान खुट्टा मुनि” निश्चय पनि शैतानले हामीसँग लगेको कुरा सबै खोस्नु जरुरी छ । कतिचोटी हामी विश्वासी भएर पनि त्यो बलियो शैतानलाई बाँध्न नसकेको अनि शैतानको बन्धनमा रहेको अवस्थामा भेट्टाउन सकिन्छ । यो एउटा विश्वासीको लागि नराम्रो संकेत हो । येशूले हामीलाई बाँध्ने र फुकाउने अधिकार पनि दिनुभएको छ । यो अधिकार प्रयोग गर्नु पनि जरुरी छ ।
“म तिमीहरुलाई स्वर्ग राज्यको साँचाहरु दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔंला, सो स्वर्गमा फुकाईनेछ ।” मत्ती १६:१९ ।
यहाँ परमेश्वरका जनहरुलाई स्वर्गका साँचाहरु दिईएको छ । यो साँचोहरु भनेको अधिकार अनि शक्तिको कुरा हो । जसको साँचो हो त्यसले मात्रै खोल्ने अधिकार हुन्छ । यो अधिकार विश्वासी जनलाई दिईएको छ । परमेश्वरको शक्ति विश्वासीजनलाई दिईएको छ । यो साँचोले जे हामीले पृथ्वीमा बाँध्छौं, त्यो स्वर्गमा पनि बाँधिने र जे पृथ्वीमा हामीले फुकाउँछौ त्यो स्वर्गमा पनि फुकाईनेछ भनेर भनिएको छ । हामीले बाँध्ने र फुकाउने सिद्धान्तलाई आत्मिक जीवनमा प्रयोग गर्नु अति आवश्यक छ ।


येशूले दुष्टआत्माहरुलाई निकाल्ने सम्बन्धमा पनि कुरा गर्नु भएको छ । उहाँले बाँध्ने र फुकाउने सिद्धान्तको विषयमा पनि चेलाहरुलाई विशेष जोड दिएको कुरा पाइन्छ । तपाईंले दुष्टको शक्तिलाई बाँध्नु पर्दछ । शैतानको शक्तिलाई बाँध्नु पर्दछ । किनभने दुष्ट शैतानले तपाईंको जीवनमा अनि तपाईंको परिवार, अनि तपाईंको घर, समुदायलाई उसले अधीनमा राख्ने अनि बन्धनमा राख्ने काम गर्न सक्दछ । हामीले यो बलियो मानिस जो दुष्ट शैतानको प्रतिनिधित्व गर्दछ त्यसलाई बाँध्नु आवश्यक हुन्छ । त्यसैले पनि हाम्रो निम्ति बाँध्ने फुकाउने कुरा जान्नु आवश्यक छ । जस्तो एउटा ठूलो कुकुरलाई साङ्लोमा बाँधेर राखिन्छ । किनकि यदि त्यो ठूलो अनि भोटे कुकुरलाई नबाँधी छोडियो भने उसको अगाडि आउने सबैलाई टोकी दिन्छ । त्यसै कारण यदि त्यस कुकुरलाई बाँधेर राखेको खण्डमा त्यसको प्रभाव पार्ने क्षेत्रहरु सीमित हुँदछ । जति साङ्लो लामो छ त्यति क्षेत्रभित्र मात्रै उसको प्रभाव हुन सक्दछ । उसैको छेउमा जानेलाई मात्रै उसलाई टोक्दछ । उसको छेउमा नजानेलाई टोक्न सक्दैन । यस अर्थमा हामीले पनि शैतानको क्षेत्रलाई सीमित तुल्याउनु पर्दछ । त्यसको प्रभाव क्षेत्रलाई सीमित तुल्याउनु आवश्यक छ । त्यसैकारण पनि दुष्ट शैतानलाई येशूको नाममा हामीले बाँध्नु पर्दछ । येशूको रगतले त्यसको शक्तिलाई बाँध्नु पर्दछ । किनकि हामीलाई शैतानलाई बाँध्ने अधिकार साँचोहरु दिनु भएको छ ।


अनि फुकाउने सिद्धान्तमा जो मानिसहरु पापको बन्धनमा छन् तिनीहरुको पापको बन्धनबाट फुकाउनु पर्दछ । दुष्टको तनाव, अनि निराशाको बन्धनबाट पनि हामीले तिनीहरुलाई फुकाउनु पर्दछ । हरेक परिस्थितिमा, हरेक समस्यामा, हरेक चुनौतीहरुमा हामीलाई साँचोहरु दिईएको छ कि हामीले त्यस साँचो अधिकार प्रयोग गरेर दुष्टको बन्धनबाट मानिसहरुलाई छुटकारा दिलाउने, त्यसको बन्धन फुकाउने कार्यमा तीब्र रूपमा लाग्नु आवश्यक छ ।
हरेक विश्वसीजनहरुसँग बाँध्ने र फुकाउने अधिकार दिईएको छ । तथापि यसप्रति सम्बेदनशील हुनु आवश्यक छ । किनकि अधिकार नभएको व्यक्तिले दुष्टको कामलाई बाँध्न सक्दैन । अनि त्यसको बन्धनबाट मानिसहरुलाई फुकाउनु पनि सक्दैन । जस्तो एउटा ट्राफिकले दश रुपैयाँको सिठ्ठी फुकेर लाखौं पर्नेहरु गाडीहरु रोक्दछ । किन त? यदि हामीहरु कोही कुनै सडकको चोकमा उभिएर सिठ्ठी फुकेर के सबै चालकले गाडी रोक्छन् त? के सोच्लान त गाडी चालक र दर्शकहरुले? निश्चय पनि यो मानिसको तार खुस्केको रहेछ भनेर सोच्लान् । कसैले पनि जो पायो त्यसले सिठ्ठी फुक्दा गाडी रोक्दैनन् । तर एउटा ट्राफिकले सिठ्ठी फुक्दा मन्त्रीको गाडी पनि रोकिनु पर्दछ । किनकि उसले अधिकार पाएकोले उसको आदेशमा रोकिनु पर्ने हुन्छ । आज परमेश्वरले पनि हामीलाई अधिकार दिनु भएको छ । हामीले जब त्यो अधिकार प्रयोग गरेर दुष्टलाई बाँध्छौं । त्यसको क्षेत्र र शक्तिको प्रभाव खुम्चिएर जान्छ ।
हामीले बलियो मानिस जो दुष्ट आत्मा शैतान हो । त्यसलाई बाँध्नलाई आफू पनि तयारी अवस्थामा रहनु पर्दछ । हामी प्रभुमा बलियो बन्नु पर्दछ । आत्मामा प्रभुको नजीक हुनु जरुरी छ । परमेश्वरको बचन अनुसारको जीवन व्यतित गर्नु आवश्यक छ । प्रेरित १९:१३–१६ मा हामीले हेर्ने हो भने यहुदी प्रधान पुजहारी स्केवासको सात जना छोराले दुष्ट आत्मा शैतानको बन्धनमा परेकालाई पावलले प्रचार गरेका येशूको नामद्धारा म तँलाई निस्कने आज्ञा दिदँछु भनेर भनेका थिए । तर भुतात्माले भन्यो, पावललाई म चिन्छु । येशूलाई पनि चिन्छु । तर तिमीचाहिं को हौ ? त्यो भुतात्मा लागेको मानिस उफ्रदै तिनीहरुमाथि जाई लाग्यो र तिनीहरुलाई वशमा पारेर पछारेयो र तिनीहरु त्यस घरबाट नाङ्गो र घाईते भएर भागे । निश्चय पनि दुष्टात्मा शैतान वलियो छ । त्यसले परमेश्वरको जनलाई पनि चिन्छ । त्यसले येशूलाई पनि चिन्छ । तर येशूमा नभएका, परमेश्वरको वचन अनुसार नजिउने, पापमा जिउने, नामधारी विश्वासीलाई पनि चिन्छ । तपाईं कस्तो प्रकारको मानिस हो भनेर त्यसले जान्दछ । के तपाईं त्यो वलियो मानिसलाई बाँध्नलाई सक्षम हुनुहुन्छ? आज हामीले आफुलाई जाँच बुझ गर्नु आवश्यक छ ।


 हामीले शैतान दुष्टलाई बाँध्न र बन्धनमा परेका मानिसलाई फुकाउनलाई तयारी भएर लाग्नु जरुरी छ । अन्यथा त्यो वलियो शैतान दुष्टले तपाईंलाई पछार्न सक्छ । त्यसले तपाईंलाई उसको अधीनमा राख्न सक्दछ । घाईते र नाङ्गो पार्न सक्दछ । आदम र हब्बाले जब परमेश्वरको नजरमा पाप गरे अनि शैतानको अधीन र बन्धनमा परे । तिनीहरु नाङ्गै बने । उनीहरुले नेभाराको पातहरु लगाए । उनीहरुले परमेश्वरले दिनुभएको अधिकार गुमाए । निश्चय पनि दुष्ट आत्मा शैतानले तपाईं को हो भनेर चिन्दछ । उसले पावललाई पनि चिन्दथ्यो । उसले येशूलाई पनि चिन्दछ । उसले येशूमा नभएको मानिसलाई पनि चिन्दछ । याकुब २:१९ मा याकुबले भन्दछन्, “तिमीहरु विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ । त्यो असल हो । भुतात्माहरु पनि विश्वास गर्दछन् र थरथर काम्दछन् ।” यहाँ भुतात्माहरु, दुष्ट शैतानले पनि परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दछन् मात्रै होईन तिनीहरु थरथर काम्दछन् भनेर भनिएको छ । हामीले परमेश्वरको सुरक्षाको घेरामा बसेर उहाँले दिनु भएको आत्मिक हात हतियारले सुसज्जित भएर आत्मिक लडन्तमा विजय बन्नै पर्दछ ।
हामी आत्मिक रूपमा तयारी भएर शैतानलाई बाँध्नु पर्दछ । हामीले शैतानका चाल र छललाई बाँध्नु पर्दछ । त्यसको दुष्ट र सेनामेनालाई येशूको रगतको शक्तिमा, उहाँको बचनको शक्तिमा र येशूको नामको शक्तिमा बाँध्नु आवश्यक छ । किनकि हरेक विश्वासीहरुलाई यो अधिकार र शक्ति दिईएको छ । कहिले कहिं हाम्रो पापको कारण हाम्रो अधर्मको कारण पनि शैतानले समस्या ल्याउने मौका पाउँदछ । हामी शैतानको बन्धनमा पर्न सक्दछौं । त्यसप्रति सजग भएर हामी पश्चताप गरी प्रभुमा फर्कनु आवश्यक हुन्छ ।


प्रायजसो दुष्ट आत्मा अनि शैतान मानिसलाई बन्धनमा पार्न, निराशा तुल्याउन, नाश पार्न अनि चोर्न आउँदछ । यूहन्ना १०:१० मा शैतानलाई चोर भनिएको छ । जसले चोर्न, मार्न र नाश पार्न आउँछ तर ख्रीष्ट येशूचाहिं जीवन दिन अनि त्यो पनि प्रशस्तताको जीवन दिनलाई उहाँ आउनु भयो भनेर भनिएको छ । यस अर्थमा अन्धकारको शक्तिलाई बाँध्नु आवश्यक छ । परमेश्वरले बाँध्ने फुकाउनलाई हामीलाई उहाँको नाउँमा अधिकार दिनु भएको छ । यस अधिकारलाई प्रयोग हामी दुष्टतालाई बाँध्ने र बन्धनमा परेका हर मानव जाति र क्षेत्र अवस्थाहरुलाई फुकाउनु पर्दछ । परिवार, देश र व्यक्तिगत जीवनका हर बन्धनका कुरालाई येशूमा हामीले फुकाउनु पर्दछ । यसरी ख्रीष्टमा हामी सबैले विजयी जिउन सक्नेछौं । बाँध्ने र फुकाउने सिद्धान्तलाई हामी सबै विश्वासीले जानौं र हामी जीवनमा यसलाई लगाएर प्रभुमा आशिषित जीवन यापन गरौं ।

Tuesday, September 24, 2019

दाउदले शाउलको ज्यान छोडिदिए !

दाउदले शाउलको ज्यान छोडिदिए  !

परमप्रभुको अभिषिक्त जनमाथि हात उठाउनु पाप हो ।

१ शमुएल २४:१-२२

बल्ल बल्ल आफ्नो शत्रु माथि बदला लिन पाएको मौकालाई कसले छोड्छ ? मानिसहरु त आफ्नो शत्रुसँग बदला लिने मौका पर्खिरहेका हुन्छन् । तर दाउदले त्यस्तो मौका कहिल्यै खोजेनन् । पाएको मौकालाई प्रयोग गर्नु पनि उनले अपराध ठाने । त्यसैले आफ्नै प्राण लिन खोज्ने शत्रुले पनि दाउदको प्रशंसा गरे र भने, “तिमी म भन्दा धर्मी मानिस रहेछौ । …अब मलाई यो थाहा भयो कि तिमी निश्चय नै राजा हुनेछौ । इस्राएलका राज्यले तिम्रो शासनमा उन्नती गर्नेछ (१७-२० पद) ।”

शत्रुको ब्यवहार देख्दा हामीलाई अवस्य रिस उठ्छ । तर के हामी शत्रुमाथि बदला लिएर आफै पतित हुने ? कि परमेश्वरलाई आफ्नो काम गर्न दिने ? पावल लेख्दछन्, “प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनभने, लेखिएको छ, ‘बदला लिने काम मेरो हो, म नै बदला लिनेछु’ परमप्रभु भन्नुहुन्छ । बरु, ‘तिम्रो शत्रु भोकाएको छ भने त्यस्लाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ (रोमी १२:१९-२०) ।’” ब्यवस्था ३२:३५ र हितोपदेश २५:२१-२२ को यस वचनलाई दाउदले बुझेका थिए । त्यसै अनुसार उनले काम गरे र धर्मी ठहरिए । हाम्रा शत्रुहरुका आँखामा धर्मी ठहरिन आज हामीले कस्तो ब्यवहार गर्नुपर्ला ? धेरै विश्वासीहरुले यो कुरा बिचार  गर्दैनन् । उनिहरु आफ्ना शत्रुहरुसित झगडा गर्छन् र बदनाम हुन्छन् । हामी त्यस्ता नहोउँ ।

तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ। यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ । यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ । (हितोपदेश २५:२१-२२)

प्रार्थना: प्रभु येशू, मेरा शत्रुहरुसित झगडा गर्ने होइन तर तिनिहरुलाई क्षमा दिएर मित्रवत व्यवहार गर्न सिकाउनुहोस् ।

Sunday, September 22, 2019

अचम्म छ प्रभुको लिला !



एउटा आमाको गर्भ भित्र भएको बालक ले कसरी खान्थ्यो कसरी श्वास फेर्दथ्यो कसरी हेर्थ्यो कसरी चहल पहल गर्थ्यो उसलाई थाहा हुदैन जब आमाको गर्भ बाट बाहिर आउछ उस्ले आफ्नो आमा देख्छ बुवा देख्छ।संसार देख्छ।हास्छ रुन्छ खान्छ अनि बोल्न शुरू गर्छ।बामे सर्छ टुकु टुकु हिडन शुरू गर्छ समय बित्दै गए पछि उ परिपक्व हुन्छ र सबै कुरा गर्न थाल्छ।

  त्यसरी नै अंधकारको राज्यको गर्भमा हुदा हामीले गरेको हजारौ पापहरु को चेतना थिएन किन भने शैतानले समझलाई अन्धो पारेर नदेख्ने बनाएको थियो।तर आज पबित्र आत्मा बाट नयाँ जन्म पाए पछि पाप के हो,असल के हो खराब के हो,जीबन के हो मृत्यु के हो,परमेश्वर को हुनुहुन्छ,शैतान को हो भन्ने कुरा थाहा भएको छ।

  जसरी आमाको गर्भमा भएको अन्जान बच्चालाई परमेश्वरले बाहिर ल्याएर संसार देखाउनु हुन्छ त्यसै गरि ख्रीष्ट येशूले हामीलाई पबित्र आत्मा बाट नयाँ जन्म दिनु भएर अन्धकारको राज्य बाट हामीलाई ज्योतिको राज्यमा सार्नु भएको छ।अब हामी अन्धकारमा छैनौ ज्योतिको प्रकास उज्यालो बाटो मा छौ।हामी ज्योतीका सन्तानहरु हौ।
-----------------------------------------------------
✝ *प्रभुलाई प्रेम गर्नुहुने उहाको महिमा गर्नुहुने र उहाकै प्रशंसा गर्दै प्रभुको नाऊलाई महिमित पार्नुहुने सम्पूर्ण प्रभुको जनहरुलाई येशु ख्रिस्ट को नाऊ मा जयमसीह🙏