प्रोफाइटर, द हाइल्याण्ड आर्ट 
ढाका कपडा व्यवसायी
सामाजिक सञ्जालमा धेरै नेपालीले ढाका टोपी लगाएको तस्विर पोष्ट गरेंको दृश्य देखियो । वर्षमा एक दिन ढाका टोपी लगाँउदै स्वदेशी उत्पादनको जगेर्ना होला ? प्रश्न,उठाउने ठाँउ यही छ । विगत पन्ध्र वर्ष देखि ढाका व्यवसाय गर्दै आएकी कल्पना योङहाङलाई यस्तै कुराले दिल दुख्छ ।
गरे के हुँदैन स्वदेशमा सुन फल्दो रहेछ ।  १५ हजार ऋण काँढेर ढाका टोपी व्यवसाय खोलेका उनले अहिले तीन करोड भन्दा बढी आम्दानी गरिसकेकी छिन् । यी सवै कुरा मानिसहरुलाई पत्याउन गाह्रो पर्छ । दश वर्ष अघि पन्ध्र हजारमा सुरु गरेकी हुन, ढाका टोपी व्यवसाय ।यो समयको अन्तरमा उनको व्यवसायले यसरी फड्को मारेको छ कि अहिले उनको हाइल्याण्ड आर्टमा करिव तीन करोड आम्दानी गरिसकेको छ । गरे स्वदेशमै के नहुँदो रहेछ र ?
उनी लाहुरेको छोरी,लाहुरेकै बुहारी । सिन्को नभाँची घरमा नोकर चाकर राखेर खान पुग्थ्यो । तर कल्पनाको मन मानेन ।
कहिले विराटनगरतिर किराना पसल चलाइन । कहिले काठमाडौं खाल्डोमा छिरेरयहाँ पनि दोकान चलाइन । तर,फापेन । तर हिम्मत हारिनन उनले । र, फर्किइन आफ्नो पुख्र्यौली पेशा ढाकाको व्यवसायमा ।


आफूसँग भएको सीपलाई उर्तान उनले पनि सुरु गरिन ढाकाटोपीको व्यवसाय । २०६२ सालमा सुरु गरेको ढाका टोपी व्यवसायको दर्ता भने २०६४ सालमा भयो । माओवादी सशस्त्र द्धन्दको कारणले कलकारखानाहरु विस्थापित भएका थिए । देशमा उद्योग तथा कलकारखानाहरु ठप्प थिए । स्थापना गर्न एकदमै गाह्रो थियो । जर्बजस्ती उद्योगको खोलियो । स्थापना गरेको दुईवर्ष जति त बजार नै पाइएन । चारैतिर सशस्त्र द्धन्दले अन्धकार छाएको थियो ।
उनी भन्छिन्–‘एक पटक त छोडौ कि जस्तोपनि लागेको थियो । तर,जुन काम गाह्रो त्यो काम सँग लड्नु पर्छ भन्ने सोचले अघि बढायो । साथीभाईहरुले यस्तो व्यवसायमा हामी लगानी गर्दैनौं भनेर हकारे पनि । तर पछाडि हटिन । एकदिन न एकदिन मेरो ढाका व्यवसायले बजार पाउछ भनेर लागे । तीन वर्ष सम्म त बजार नै पाइएन ।’

समय साँच्चीकै बलवान हुँदोरहेछ,अहिले यस व्यवसाय अपनाउँदै आएका १८० जनाले रोजगार पाएका छन् । ‘मैंले नै तालिम दिन्छु । उनी भन्छिन– कामको शिलशिलामा विदेशमा बेचिएर फर्केका चेलिहरु र श्रीमानबाट तिरस्कृत भएका महिलाहरुले रोजगारी पाएका छन् ।’
अहिले कल्पनाको हाइल्याण्ड आर्टमा महिला, पुरुष, बच्चा युवा, युवतीको उमेर समुहलाई हुने जुत्तादेखि टोपी सम्म र तन्दा खोल सबै नेपाली ढाकाबाटै उत्पादन हुँदै आएका छन ।
कल्पना चाहिन्छन झण्डै नब्बे हजारको हाराहारीमा रहेका सरकारी कर्मचारी सबैले ढाकाकै कपडा लगाउन पोशाकको रुपमा । सरकारले यस्तो नीति नियम बनाउने हो भने व्यवसायी पनि नमर्ने र राष्ट्रियता पनि बाच्ने कल्पनाको ठहर छ । तर यस्तो कुरा सुन्ने फुर्सद नै यहाँ कस्लाई छ र ?