Wednesday, August 31, 2016

आफ्नो आखामा भएको मुढा पहिला हटाउ अनि अरुको आखामा भएको कसिङ्गर निकाल्न बल्ल सक्षम हुनेछौ ।

आज भन्दा धेरै समय अघिदेखि नेपाली ख्रीस्टियनहरुलाई लाग्दै आईरहेको अर्थहीन, प्रमाणहिन आरोपहरु बिदेशी धर्म, र डलर को प्रलोभन मा धर्म परिवर्तन । यहाँ मलाई चित्त नबुझेको कुरा, एउटा मानिसले अंलालेको आस्था कसरी स्वदेशी र बिदेशी हुन्छ ? यदि ईश्वर पनि स्वदेशी, बिदेशी हुन्छन् भने के सारा मानव जातिहरुको सृष्टिकर्ता बेग्लाबेग्लै थिए ?

किन नेपाल मा मात्रै ख्रीस्टियनहरुलाई बिदेशी धर्म मानिन्छ ? म अरु कसैको आस्थालाई समाबेश गरेर लेख्न चाहान्न तर हामी नेपालिहरुको सोच आज को यो एक्काइसौं सताब्दी सम्म आईपुग्दा पनि किन परिवर्तन हुन सकेन ? ख्रीस्टियनहरुलाई बिदेशी धर्म भन्ने हरुले आफैले उपभोग गरिएको हर चिजहरु को निरीक्षण गरेको छन कि छैनन ? किनकी आज हामिले जति पनि चिजबिजहरुको उपभोग गरिरहेका छौं ती सबै बिदेशी हुन ।

अहिले तपाईले यो मेरो लेख पढिरहनुभएको मोबाइल अथवा ल्यापटप, कम्प्युटर ईत्यादी सबै बिदेशी प्रोडक्स होइनन् र ? आफुलाई लायक पार्ने सबै चिज स्वदेशी अनि आफुलाई मन नपर्ने कुरा सबै बिदेशी ? ख्रीस्टियन लाई बिदेशी भनिरहदा तपाईले चियामा लगाएको नुन पनि बिदेशी नै हो हजुर अरुको त के कुरा । तपाइहरुको शरीर मात्र नेपाली होला तर तपाईको सोचाइ पनि बिदेशी हो । कमसेकम ख्रीस्टियनहरुले आफ्नो स्वभिमान त बेचेका छैनन ।

डलरको कुरा गरिरहदा लाज लाग्नुपर्छ हामी कोहि पनि डलर बाट अछुतो छैनौं । आज जति नेपाली बिदेशीएका छन तिनीहरु डलर कमाउन गाका हुन अब के ती सबै नेपालीहरुलाई डलरे भन्दै देश निकाला गर्ने कसैको हिम्मत छ होला ? नेपाल मा भएको जतिपनी प्रोडक्सन हरु छन तिनीहरु मा कुनै पनि तरिकाले डलरको समाबेश भएको छ । अर्को कुरा कसैले पनि ख्रीस्टियन बने बापत डलर पाका छैनन तर लाखौं करोडौं डलरले पनि किन्न असमर्थ मुक्ति तिनिहरुले मात्र पाएका छन ।

हिजोसम्म दासत्वको बन्धनले टनटन बाधिएकाहरु आज खुल्ला भएका छन । मानिस मानिस बिच भएको जातीय प्रथा येसुमा समान भएका छन । गन्तव्य बिहिन जीवन गुजारिरहेका हरुले जीवन के हो बुझेका छन ।  कुनै पनि ख्रीस्टियनलाई सोध्नुहोस जवाफ मा पाउनुहुनेछ सत्य येसुमा पाएं पाप क्षमा, उद्दार मुक्ति अनन्त जीवन र अरु थुप्रै कुराहरु जुन हामी संसारिक धन दौलत ले किन्न र प्राप्त्गर्न असमर्थ छौं ।

अबको यो सताब्दिका मानिसहरु लाटो छैनन कि अरुले जे फोर्स गर्छन त्यही मान्नलाई । तर उनिहरु बुझ्ने भैसकेको छन सत्य के हो र असत्य के हो ? आज किन यति धेरै मानिसहरू त्यो पनि धेरै पढेलेखेका बैज्ञानिक सम्मका मानिसहरूले येसुलाई बिश्वास गरिरहेका छन त ? के तिनीहरुको निम्ति येसु बाहेक अरु भगवानहरु थिएनन ? थिए तर यतिमात्र फरक थियो कि येसु बाहेक अरुले उनिहरुलाइ उद्दार मुक्ति दिन सक्दैन थे ।

अन्त्यमा मलाई एउटा फ्रान्सेली बैज्ञानिक पास्कल को भनाईलाई यहाँ उदृत गर्न मन लाग्यो । उनले भनेका थिए :- मानिसको हृदयमा एउटा खाली ठाउँ छ, त्यो खाली ठाउँ सृष्टि गरिएको कुनैपनी थोक ले हैन तर स्वेम सृष्टि कर्ता परमेस्वरको उपस्थितिले मात्र पूरा हुन्छ । त्यसकारण सोच्ने बेला यहि हो आज हामिले अंगालिरहेको आस्थाले भोलि हामिलाई मुक्ति दिन सक्ला कि सक्दैन ? हाम्रो जीवन अमुल्य छ । मान्छे जन्मिनु हुर्कनु बिहे गर्नु छोराछोरी जन्माउनु पैसा कमाउनु ऐस आराम मा जीवन जिउनु मात्र जीवन होइन । जीवन को रहस्यमय तत्व बेग्लै छ त्यो हामी एक्लैले मात्र बुझ्न असम्भव छ त्यहाँ एक जनाको आवश्यकता पर्छ जस्ले तपाईलाई सृष्टि गर्नुभएको थियो ।

उसो अब उप्रान्त अरुलाई दोस लाउने भन्दा आफ्नो दोस पत्ता लाउने तिर पो सोच्ने होकि ? सत्यताको खोजी गर्ने हो कि ? पुरानै सोच र चिन्तन मै रुमालिएर बस्ने ? यो जीवन तपाईंको हो र यसलाई कता डोर्‍याउने त्यो पनि तपाईंको अधिकार हो । येसुले भन्नुभएको छ :- बाटो, सत्य र जीवन म नै हुं म द्वारा बाहेक अरु कोहि द्वारा पनि मानिस स्वर्ग जान सक्दैन ।

युहुन्ना 14:6

#जोसन #लिम्बु

Sunday, August 28, 2016

आफ्नो संस्कृति के हो ? थाहा नहुनेले अरुको आस्थाको किन वकालत गर्ने ?

मैले मेरो आस्था फेरें, मलाई ख्रीस्टियन आस्था सत्य लाग्यो, मन पर्यो अनि मलाई मंगोलहरुले नैं आफ्नो संस्कृति भुल्यौ, डलरमा बिक्यौ भने

तर आज तिनै मंगोलियन भनौदा दिदी बहिनिहरुले तिजको रौनक भन्दै रातो सारी र रातो टीका लाएर गल्ली अनि सहर रंगाउंदा अफसोस लागेर आउँछ, खै त तिमिले चैं तिम्रो मौलिकता झल्काएको ?? खै त तिम्रो पहिचान ? खै त तिम्रो संस्कृति ? त्यसैले त बाइबल मा लेखिएको छ - अरुको शरीरमा भएको मुडा देख्नलाई पहिला तिम्रो आँखाको छेस्कोलाई हटाउ !

यहाँ मलाई धर्म भन्दा आस्था महान लाग्छ ! मैले ख्रीस्टियन भएर संस्कृतिलाई कुल्चेको होइन तर तिनै दासतामा झेलिरहन बाध्य तुल्याउने बन्धन बाट उम्केको मात्रै हो । सारा मानिसहरुको धर्म कर्म गर्नुको मुख्य सार भनेको आफ्नो मृत्यु पश्चात् पुण्य कमाउनु अथवा स्वर्ग जानू भन्ने हो ! तर हामिले काठमाण्डौ बाट अमेरिका जानू छ अब प्लेन टिकट चैं जापानको काट्यौं भने अवस्य हामी जापन पुग्छौं तर अमेरिका होइन ।


यो सामान्य कुराहरुको राम्रो संग ज्ञान भएका हामी चेतनसिल मानव इस्वरिय प्राणी ले यो किन बुझ्न सकिरहेका छैनौं कि स्वर्ग जानलाई बाटो सत्य र जीवन येसु ख्रीस्ट मात्रै हुनुहुन्छ । हामी किन अरुको लहैलहैमा लागेर आफ्नै जीवन बर्बाद गर्न तिर लागिरहने ? यो पुस्ताले त कमसेकम पढ्न र लेख्न मज्जाले जानेका छौँ  । के हो त सत्य ? बाबू बाजेले गरि आएको भन्दैमा हामिले पनि त्यसैलाई नै निरंतरता दिइरहन पर्छ भन्ने पक्षमा म पटक्कै छैन ।

बैज्ञानिकहरु पनि गलत हुँदछन, हाम्रो पुर्खाहरुले पनि नबुझी हचुवाको भरमा या त कसैको दबाबमा ती कुसंस्कारलाई अंगालेको हुनुपर्छ । त्यसकारण यो समयमा पनि म मेरो दमालको साथीहरू या त मानिसहरुले एउटा कुनै चिजको आकृतिको सामु आफ्नो सिर झुक्याएर वर माग्दा मलाई कता कता आफैलाई आत्मग्लानी भएर आउँछ ! अनि सम्झन्छु हे प्रभु कहिले होला हामी मानिसहरुको दिमागको बिर्को खोलिने ?


कसरी मानिसहरूले एउटा कसैको आकृतिलाई पुज्न सुरु गरे ? कसरी धर्मको सुरुवात भयो ? कुन धर्मसास्त्रले के बताइरहेको छ ? के सबै धर्मसास्त्रले मुक्ती कसरी पाइन्छ त्यो बारे स्पस्ट बताएका छन त ? मुक्ती भनेको के हो ? के एउटा हामिलाई सृष्टि गर्ने परमेस्वर कुनै मानिसले वनाएको मुर्ती अथवा जंगल मंगलमा बास गर्नुहुन्छ होला ? यो कदापी हुन सक्दैन । सावनमा हरियो बनेर भाद्र मा रातो बाह्र महिनामा बाह्रै वटा फरकफरक संस्कृति मान्ने अनि एउटा सत्य अंगालेको ख्रीस्टियन लाई चोर औंला ठड्याउने हामी कति सम्म निच सोचाइको पराकाष्ठामा जिइरहेका छौँ ? यो आफुले आफैलाइ जाँचेर हेरौं ।


अन्त्यमा एकले अर्कालाई आरोप प्रत्यारोप गर्दै यो अमुल्य अनुग्रहको समयलाई बर्बाद गरि अनन्तको पीडामा झेलिनु भन्दा आजै एक मात्रै सत्य येसु ख्रीस्ट को बचनलाई अनुसरण गरि अनन्त जीवन मा प्रवेश गर्ने पो हो कि ? यी सबै बिचारहरु मेरो नितान्त ब्याक्तिगत बिचारहरु हुन यदि यो लेख बाट कसैलाई चोट पुगे म हृदयदेखि नै क्षमा प्रार्थी छु ।


#जोशन_लिम्बू