Tuesday, February 20, 2018

हिन्दु ग्रण्थ अनुसार मानिसको सृष्टि !



हिन्दु धर्म शास्त्र रिगबेदमा मानिसको उत्पत्ती बारेमा यस्तो लेखिएको छ ।
ब्रम्हाको मुखबाट ब्राम्हणको उत्पत्ती भयो।
ब्रम्हाको पाखुराबाट क्षत्रीयको उत्पत्ती भयो।
ब्रम्हाको तिघ्राबाट बैश्यको उत्पत्ती भयो ।
ब्रम्हाको पैतालाबाट शुद्रको उत्पत्ती भयो ।

।।९०।। अध्याय १० यहि रिगबेदको सिद्दान्तलाई सत्यरुप दिन हिन्दु धार्मिक कानुन मनुस्मृतिमा सन्सारको बिकासको लागि मुख,बाहु,तिघ्रा र पैतालाबाट क्रमश:
ब्राम्हण,क्षत्रीय,वैश्य र शुद्रको उत्पत्ती भएको हुदा ।।९३।। अध्याय १ मा भनेअनुसार मुखजस्तो उत्तम चिजबाट उत्पन्न भएर बेदलाई धारण गरेकाले धार्मिक रुपले सम्पुर्ण सन्सारको स्वामी ब्राम्हणनै हो भनी भन्दैछ । ।।९३।। अध्याय १:१ मा ।


#####################
१-अब मित्रहरु तपाईंहरु आफै भन्नुहोस त के मानिसहरु बेद र मनुस्मृतिले भने झै मुख,बाहु(पाखुरा),तिघ्रा र पैतालाबाट उत्पत्ती भएका हुन ?
२-के मानिसहरु मुख,बाहु,तिघ्रा र पैतालाबाटै उत्पत्ती हुदैछन त अहिले ?
३-मान्छेको मुख सबैभन्दा उत्तम अङ्ग हो त ? या होइन ?
४-के बेदले भनेझै यो सन्सारको पबित्र अनि शुद्द जाती ब्राम्हणमात्रै हो त ?
५-के बेदले भनेझै यश सन्सारको स्वामी ब्राम्हण नै हो त ?
६-बेदले भनेझै मानिसहरु अहिले मुखबाटै जन्मिएका छन त ?
या छैनन ?


#####################
अब रामलाई ईश्वर अथवा ईश्वरको अवतार कसरी मान्ने ?
यस प्रसङ्गमा " मुल सस्कृत हिन्दु ग्रण्थ वाल्मीकि रामायणको १०९ सर्ग" राम अवतार प्रमाणिक वर्णन गर्ने मुल ग्रन्थ वाल्मीकि रामायणमा अयोध्या काण्ड सर्ग १०८ र १०९ मा सबिस्तार बर्णित कुराहरुलाई हेर्ने हो भने :-
********
चित्रकुटमा राम- भरत मिलाप पश्चात् रामले गुरु वशिष्ठसङ्ग आफ्नो पिताको हाल खबर सोध्छन ।
गुरुले जब राजा दशरथको देहान्त ( मृत्यु ) भएको कुरा बताउछन तब राम तुरुन्तै छाती पिटी- पिटी आलाप बिलाप गर्न लागे !
त्यसपछी बनबासी तवरले किरीया श्राद्द तर्पण गर्दै त्यहा उपस्थित ब्राम्हणहरुसङ्ग भने " हे ब्राम्हणदेवताहरु हो " मेरा स्वर्गीय पिताकोलागी बिधिवत दान गर्न अहिले म बनबासी भएको हुदा असमर्थ छु तसर्थ तपाईहरुले मेरो पितालाई स्वर्गमा चाहिने यावत दैनिक उपभोग्य सामग्रीहरु आफ्नै तर्फबाट उपलब्ध गराइदिनुहोला ।
म बन बासाबाट फर्केपछी तपाईहरुको रिण एकमुष्ट चुक्ता गरिदिनेछु आदि कुराहरु हुदाहुदै रामको उपरोक्त कृयाकलाप त्यही रहेका दशरथकालिन प्रबक्ता मन्त्री जाबाली रिषिलाई मन परेनछ र जाबालीले तत्कालै रामलाई भनेका छन ।


हे राम पिताको मृत्युको खबर सुनेर तिमिले यहाँ जे- जे गर्यौ त्यो तिम्रो लायक छैन । किन भने तिमिलाई सबले ईश्वर अवतार मानेका छन र बेला- बेलामा त्यो कुरा तिमी स्वयमले पनि प्रकट गर्ने गरेका छौ ।
जब तिमी आफै ईश्वर हौ भने तिम्रा पिता जिबित छन या मरे भन्ने कुरा तिमी स्वयमलाई नै ज्ञान हुनु पर्छ, त्यस बारेमा तिमिले वशिष्ठसङ्ग सोध्नु ब्यर्थ थियो ।
गुरुबाट पिताको मृत्युको खबर सुन्न साथ साधारण मानिस झै जो बिलाप गर्यौ त्यो पनि उचित छैन ।
किनकी तिम्रालागी सन्सारका सबै प्राणी बराबर छन । ईश्वरको कोहि नाता हुदैन ।
पिताले स्वर्गमा राम्ररी खाउन पाउन भनेर यहाँ जे- जो श्राद्दकर्म र ब्राम्हणहरुलाई उधारो दान आदि गर्यौ ती सबै फजुल( ब्यर्थ ) काम हुन ।
किनकी मरेपछी कुनै पनि प्राणीले पदार्थहरु खान र पाउन सक्दैन र तिम्रा पिताले पनि ती चिजहरु कदापी भोग्न पाउदैनन ।


अत: श्राद्द दान आदि गर्नु भनेको ब्यर्थमा अन्न नास गर्नु हो र आफुले आफैलाई धोखामात्र दिनु हो ।
जस्तै:-
मरेको मान्छे र परदेश गएको मान्छेको गति एउटै हुन्छ अर्थात ती दुबै घर देखी टाढा हुन्छन अर्थात ती दुबैको बिछ फरक यतिमात्र हुन्छ कि परदेश गएको मान्छे फर्केर आउने निश्चित प्राय: हुन्छ, तर मरेर गएको मान्छे कहिल्यै फर्कन्न ।
यदी मरेको मान्छेको लागि घरमा श्राद्द गर्नाले र दैनिक उपभोग्य बस्तुहरु दान दछिणा गर्नाले मृतकले ती चिज-बिजहरु स्वर्गमा भोग( प्राप्त ) गर्न पाउछ भने परदेश जाने मानिसले पनि त्यसैगरी पाउनु पर्छ ।
किनकी गति त दुबैको एउटै हो । त्यसो भए परदेश जाने ब्यक्तिले आफुले खाने र दैनिक उपभोग्यका सामाग्रीहरु आफ्नो साथमा किन बोकेर लैजानु पर्यो ?
सामानहरु बोकेर हिड्न झण्झटिलो हुन्छ भने धन पैसा लुटिने र ज्यान समेत जान सक्ने खतरा भैरहन्छ ।
त्यस अर्थमा परदेश जाने मान्छे घरबाट रित्तै जाओस । उसलाई चाहिने धन पैसा र यावत सामग्रीहरु साझको लागि साझै र बिहानको लागि बिहानै घरैमा बस्ने मान्छेले दान गर्दै गए भैहाल्यो नि !?!
के त्यसो गर्दा ती बस्तुहरु परदेशीले पाउछ त ? निश्चय पाउदैन । उसले( परदेशीले ) नपाएको कुरा उ फर्केर आएपछी अथवा उसले खबर गरे पछि तुरुन्तै थाहा पाईन्छ तर मृतकले पाएको या नपाएको कुरा जान्ने स्रोत भने केही हुदैन अर्थात छैन ।
यस प्रमाणबाट ठोकुवा गर्न सकिन्छ कि जब घरमा गरेको दान दछिणाका बस्तुहरु परदेशमा गएको मान्छेले पाउन सक्दैन भने एउटै गतिमा रहेको मृतकले तिनै बस्तुहरु स्वर्ग अथवा नरकमा पाउने भन्ने सम्भबै छैन ।
यश अर्थमा हे राम ! तिमिले यहाँ गरेका श्राद्द र दान तिम्रा बाउले स्वर्गमा पाउने आशा गर्नु ब्यर्थ छ, पितृको नाममा श्राद्द दान आदि गर्नु फजुल कुरा हो ।
" जाबाली रामको सम्बाद "
##
स्रोत: "नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा मुल सस्कृत ग्रण्थको नेपालीमा अनुबादित वाल्मीकि रामायणको १०९ सर्ग बाट"##

अब भन्नुहोस मित्रहरु के रामलाई ईश्वर भन्नू ?

अब सोचौ है ?
१- राम नाम लिखाहुवा पत्थर पानी मे तैरता था और जिन्के नस नस मे राम बैठा था वो रामका शैनिक पानी मे डुब्ता था, इसलिए राम सेतु बनाया गया..............................एसा बिन कामका भक्तोको परेशान कर्नेवाला भगवान किस कामका ??????
२- शंकरको तिसरी आख होतेहुए भी अपने बच्चेको नहि पहेचान पाया, और उसका सर धड से अलग कर बैठा ..
................फिर वो श्रद्दालुओ के मनका भाव कैसे सम्झेगा ???
बच्चेका शिर रहते हुए भगवान ने हाथिका शिर क्यु लगाया ?????
३- श्री कृष्ण ने गीता सिर्फ अर्जुन को हि सुनाइ थी, फिर गीता लिख्नेवाले लेखकको किसने बताई ????

# त्यसैले मित्र हो म त भन्छु गीता, रामायण, महाभारत अनि बेद पढेर स्वर्ग जान्छ भन्नू र घोटाला गरेर डिग्री गर्नु एउटै हो । #

बिदा लिदा लिदै सानो टिप्स दिउ ल !
क्या करोगे तुम आखिर मन्दिर मे जाकर ? थोडा शिर झुकाओगे और लुटाकर घर वापिस आ जाओगे ।

पत्थरो पर धन लुटाकर तुम सोचो क्या पाओगे ? सब कुछ लुटाकर भी तुम हाथ मलते रहेजाओगे ।

इन्हो ने आज तक किसीको क्या दिया है ? जो तुम इन से कुछ पाओगे ।

इन कि धुर्तताको तुम आखिर कब समझ पाओगे ? अगर एसी हि तुम्हारे कर्म रहे तो फिर मनुस्मृतिका शासन तुम पाओगे ।
गले मे हड्डी और पिछवाडे झाड फिर लटकाओगे ।
प्यासे तुम तुम मरजाओगे, लेकिन पानी नहि पाओगे ।
पशुओसे बत्तर तुम इनाममे पाओगे , शिक्षा सम्पत्ती अधिकार बिहिन जीवन तुम बिताओगे ।

#!! आखिर यस्तो नीति नियमहरु धर्म शाश्त्रहरु दर्ज गर्ने ब्यक्ती को थिए ?!!#

Friday, February 9, 2018

परमेस्वरको महानता !



1-पर्मेस्वर सयेमा एउटा हुनुहुन्न वा एउटामा सयेपनि हुनुहुन्न तर उहाँ आदि देखि सदाकालसम्मलाई एकनाश एक पर्मेस्वर हुनुहुन्छ यो संसार परिबर्तनसिल छ तर उहामा अलिकती पनि हेरफेर छैन उहाँ शक्तिमान होइन तर शक्तिसाली,सर्बब्यापी,सर्बग्यानी पबित्र र प्रेमीलो हुनुहुन्छ उहाद्वारा नै सबै कुराको रचना भयो।

2-मानिस मरणसिल छ उ भित्र मन,इच्छा,भावाना र आत्मा छ आत्मा पर्मेस्वरको सास हो यसकारण हाम्रो शरीर एक दिन मर्छ तर आत्मा कहिले मर्दैन मानिस एकै पल्ट जन्मन्छ र एकै पल्ट मर्छ फेरि उस्ले अर्को जन्म पाउने वाला छैन यो भ्रममात्र हो।

3-पाप सानो ठुलो हुँदैन पाप पापनै हो हत्या गर्नु लुट्नु मात्र पाप होइन तर झुट,छ्ल,चोरी,ईष्र्या,क्रोध,ब्यभीचार मतवालीपन,फोहोर बोली,निन्दा इत्यादि सबै नराम्रो कुराहरु पाप हो पाप यस्तो रोग हो जस्ले गर्न र मर्न बाध्य बनाउछ र यस्ले सानो,ठूलो पनि भन्दैन।

4-सैतान भन्ने बितिकै हामी फिल्ममा देखाइने डरलाग्दो कुनै दृश्यलाई सम्झिन्छो होला तर वास्तविक मा त्यो डरलाग्दो छैन तर डरलाग्दो रुप चै लिन सक्छ त्यस्लाइ पनि पर्मेस्वरलेनै रचना गर्नु भएको एक सुन्दर स्वर्ग दुत हो त्यो पनि एक समय पर्मेस्वरलाई भक्ती गर्दथ्यो तर एकदिन आफ्नै घमण्डको कारण सैतान बन्न पुग्यो र पर्मेस्वरको बिरोध गर्न सुरु गर्यो त्यस्को मुख्य उदेस्य भनेको मानिसहरुले कहिले पनि पर्मेस्वरलाई नदेखुन बिस्वास नगरुन भनी मानिसहरुको भित्री आखामा कालो पट्टि बाधिदिनु र पर्मेस्वर देखि टाढा बनाउनु हो।

5-स्वर्ग काल्पनिक होइन तर एउटा निस्चित ठाउँ हो यो ठाउँ धर्मी मानिसहरुको लागि बनाइएको हो जस्ले संसार मा छदै उहालाई बिस्वास गरेको हुन्छ यहाँ फेरि कुनै बेदना,रोग,मृत्यु एक्लोपन हुने छैन तर सधै हर्समयदिन र पर्मेस्वरको साथ रहनेछ

6-नर्क पनि निस्चित ठाउँ हो र यो मानिसको लागि होइन तर सैतान र सैतानको दूध को कुरामाथी बिस्वास गर्नेहरु,अधर्मी,पापी र पस्चताप नगर्नेहरुको लागि बनाइएको हो यहा बेदना,रुवाइ,दाह्राकिटाइ र सधै कस्टकर जीवन हुनेछ ।

7-येसु पर्मेस्वरको पुत्र बनी मानिसको चोला लिएर यो संसार मा आउनु भो तर हामिले बुज्नु पर्ने कुरा उहाँ शरीरमा 2000Ad बर्स अगि आउनु भएता पनि उहाँ आत्मामा आदि देखिनै अस्तित्वमा हुनुहुन्छ किनभने उहाँनै हामी सबैका रचनाकार हुनुहुन्छ र पर्मेस्वर आत्मा हुनुहुन्छ अर्को कुरा उहाको आगमन सङै संसारको मिति अथवा तारिक पनि बद्लियो जस्तो पहिला Bcभनिन्थ्यो before christ अर्थात ख्रीस्ट पुर्ब उहाँ आउनु अगिको कुरा लाई देखाउछ तर उहाँ आउनु भएपछिAd मा बद्लियो anno domini अर्थात इस्वि सम्बत इस्वरिय दिनहरु जस्लाइ हामी अनुग्रह को समय भन्नेपनि बुजिन्छ उहा आउनु को मुख्य उदेश्य भनेको धर्म परिबर्तन गर्न,भेदभाब गर्न,डरत्रास मा पार्न होइन तर यी सबै कुरालाई मिलाउन र मानिसहरुले साचो पर्मेस्वरलाई चिनुन र सैतान को बन्धन र पाप बाट मुक्त भै अनन्त को जीवन पाउन भन्ने हो हामी सबै पापी छोउ र पाप को कारण नर्क तिर जाँदै थियोउ तर पर्मेस्वरले पाप लाई तिरस्कार र पापिलाइ प्रेम गर्नु हुन्छ यसकारण उहाँ हाम्रो पापको खतिर मर्नुभयो र फेरि 3दिन पछि जिबित हुनुभएर 40दिन पछि स्वर्ग तिर उचालिनु भो यिनै येसु फेरि एक एकदिन आउनुहुन्छ त्यसबेला पापीलाई बचाउन होइन तर उहामाथी बिस्वास गर्ने र आशा राख्नेहरुलाई उठाइलान र अबिस्वासीहरुलाई अन्तिम दण्ड दिनलाई यो उहाको अन्तिम प्रतिग्या हो किनकि हरेक कुरको समय छ यस कारण अब संसारको रमझममा भुली नरहनुहोस यहा भएको हरेक थोक जो तपाइले देखिरहनु भएकोछ यी सबै थोक एकदिन अचानक आगोले जलेर खरानी हुनेछ त्यसैले आजै आफ्नो भित्री आखा खोल्नुहोस किनकि जीवन छोटो छ यो बितिजाने शरीरको लागि जसरि दिन रात फिक्री गर्नुहुन्छ तर के आत्मा को लागि कहिले पनि केही सोच्नु भएकोछ ? खान,पिउन त जनावरले पनि जाने को हुन्छ तर हामी त मानिस जाति होउ त्यसकारण एकछिन सोच्नु होस नत्र ढिलो होला भोलि कोदिन नआउन पनि सक्छ हरेक आत्मा पर्मेस्वरको निम्ति बहुमुल्य छ र यो आत्मा नास नहोस तर बाचोस अनि आत्मा बचाउने एउटै बटो येसु प्रभु हुनुहुन्छ उहाँ भन्नू हुन्छ "बाटो सत्य र जीवन म नै हु म द्वाराबाहेक कोहिपनी पिता कहा आउन सक्दैन " धन्यवाद! धन्यवाद! धन्यवाद।

*यो पढिसकेपछि अरुलाई पनि सेयर गर्नुहोला पर्मेस्वरले तपाईंलाई प्रस्सत आशिष् दिनु भएको होस

Thursday, February 8, 2018

महान परमेस्वरका वचन के हो ?


वचनद्वारा सारा सृष्टि बनिए । वचनद्वारा हाम्रो उद्धारकर्ता पैदा हुनु भो। वचन सब थोक भए बाबुजुत पनि आज विस्वासीको पास वचन "पढ"नु को लागि समय छैन, याद राख यदि तपाईं वचनबाट दूर हुनु हुन्छ भने त एकदिन यही वचन हो जो तपाइको न्याय पनि गर्ने छ यसकारण हर समय दिनरात वचन पढ्नुहोस्,वचनमा चिन्तन मनन गर्नुहोस्,वचन विस्वासीको साथसाथ बाट्नुहोस् अनि वचन जस्तो छ त्यही अनुसार नै आफ्नो जीवन बिताउनुहोस् ताकि प्रभु मसिह जब बादलमा तपाईंलाई लिन आउनु हुदा प्रभुको आगमनको तयारीमा एकसाथ मिल्नु हुनेछ र उहाको साथमा उठाइलगिनु हुनेछ।

वचन परमेश्वर स्वयम् हुनुहुन्छ । (यूहन्ना 1:1)

वचन आत्मा हो। (यूहन्ना6:63)

वचन देहधारी हो । (यूहन्ना 1:14)

वचन भोजन हो। (हिब्रु 5:12-14)

वचन तलवार हो। (एफिसी 6:17,हिब्रु 4:12)

वचन बति र उज्यालो हो। (भजनसंग्रह 119:105)

वचन दर्पण/एना हो। (याकूब 1:23-24)

वचन बिउ हो। (1पत्रुस1:23)

वचन आगो हो। (यर्मिया 23:29)

वचन घन हो। (यर्मिया 23:29)

👉 वचनको सामर्थलाई सम्झिनु/बुझ्नु होस्।

प्रभु येशू मसिहले भन्नू भो कि," तिमीहरु भ्रममा परेको छौ,किनकि तिमीहरु वचन अनि परमेश्वरको शक्ति जान्दैनौ।"
(मत्ती 22:29)

वचनद्वारा नै हामीलाई अनन्त जीवन मिल्छ ।
(यूहन्ना 20:31)

वचन हामीलाई पवित्र पार्दछ।
(यूहन्ना 17:17,पत्रुस1:15,16)

वचन हामीलाई सुदृढ पार्दछ।
(प्रेरित 20:32)

वचन मन र हृदयलाई आनन्द गराउछ। (भजनसंग्रह 19:8)

वचन पापबाट टाढा राख्दछ।
(भजनसंग्रह 119:11)

वचन हृदयलाई आत्मिक गीतले भरिदिन्छ।
(कलस्सी 3:16)

वचन भविष्यको लागि चेतावनी देखाउछ।
(1कोरिन्थी 10:11-12)

वचनद्वारा नै दुष्ट सैतानमाथि जय पाउन सकिन्छ।
(1यूहन्ना 2:14)

वचनले चँगाई दिन्छ । (मत्ती 8:16)

वचन पुर्ण उद्धार प्राप्त गर्नका लागि बुद्धिमान
बनाउछ। है । (2तिमोथी 3:15)

वचन प्रभावशाली हुन्छ ।
(1थेसलोनिकी 2:13)

वचन हाम्रो प्राणका उद्धार गर्छ ।
(याकूब 1:21)

वचन अनन्त जीवनका लागि पक्का विश्वास
दिलाउछ । (1यूहन्ना 5:13)

वचन कहिले टल्दैन। (मत्ती 24:35)

वचनलाई प्रमेस्वरले आफ्नो नाम भन्दा अधिक महत्व दिनु भएको छ। (भजनसंग्रह 138:2)



परमेश्वर यस वचनद्वारा तपाईंको स्वर्गीय अनि आत्मिक आशिष दिनु भएको होस। प्रभु येशू ख्रीष्ट र पर्मेश्वरलाई महिमा मिलोस्।
{आमेन }