Thursday, February 8, 2018

महान परमेस्वरका वचन के हो ?


वचनद्वारा सारा सृष्टि बनिए । वचनद्वारा हाम्रो उद्धारकर्ता पैदा हुनु भो। वचन सब थोक भए बाबुजुत पनि आज विस्वासीको पास वचन "पढ"नु को लागि समय छैन, याद राख यदि तपाईं वचनबाट दूर हुनु हुन्छ भने त एकदिन यही वचन हो जो तपाइको न्याय पनि गर्ने छ यसकारण हर समय दिनरात वचन पढ्नुहोस्,वचनमा चिन्तन मनन गर्नुहोस्,वचन विस्वासीको साथसाथ बाट्नुहोस् अनि वचन जस्तो छ त्यही अनुसार नै आफ्नो जीवन बिताउनुहोस् ताकि प्रभु मसिह जब बादलमा तपाईंलाई लिन आउनु हुदा प्रभुको आगमनको तयारीमा एकसाथ मिल्नु हुनेछ र उहाको साथमा उठाइलगिनु हुनेछ।

वचन परमेश्वर स्वयम् हुनुहुन्छ । (यूहन्ना 1:1)

वचन आत्मा हो। (यूहन्ना6:63)

वचन देहधारी हो । (यूहन्ना 1:14)

वचन भोजन हो। (हिब्रु 5:12-14)

वचन तलवार हो। (एफिसी 6:17,हिब्रु 4:12)

वचन बति र उज्यालो हो। (भजनसंग्रह 119:105)

वचन दर्पण/एना हो। (याकूब 1:23-24)

वचन बिउ हो। (1पत्रुस1:23)

वचन आगो हो। (यर्मिया 23:29)

वचन घन हो। (यर्मिया 23:29)

👉 वचनको सामर्थलाई सम्झिनु/बुझ्नु होस्।

प्रभु येशू मसिहले भन्नू भो कि," तिमीहरु भ्रममा परेको छौ,किनकि तिमीहरु वचन अनि परमेश्वरको शक्ति जान्दैनौ।"
(मत्ती 22:29)

वचनद्वारा नै हामीलाई अनन्त जीवन मिल्छ ।
(यूहन्ना 20:31)

वचन हामीलाई पवित्र पार्दछ।
(यूहन्ना 17:17,पत्रुस1:15,16)

वचन हामीलाई सुदृढ पार्दछ।
(प्रेरित 20:32)

वचन मन र हृदयलाई आनन्द गराउछ। (भजनसंग्रह 19:8)

वचन पापबाट टाढा राख्दछ।
(भजनसंग्रह 119:11)

वचन हृदयलाई आत्मिक गीतले भरिदिन्छ।
(कलस्सी 3:16)

वचन भविष्यको लागि चेतावनी देखाउछ।
(1कोरिन्थी 10:11-12)

वचनद्वारा नै दुष्ट सैतानमाथि जय पाउन सकिन्छ।
(1यूहन्ना 2:14)

वचनले चँगाई दिन्छ । (मत्ती 8:16)

वचन पुर्ण उद्धार प्राप्त गर्नका लागि बुद्धिमान
बनाउछ। है । (2तिमोथी 3:15)

वचन प्रभावशाली हुन्छ ।
(1थेसलोनिकी 2:13)

वचन हाम्रो प्राणका उद्धार गर्छ ।
(याकूब 1:21)

वचन अनन्त जीवनका लागि पक्का विश्वास
दिलाउछ । (1यूहन्ना 5:13)

वचन कहिले टल्दैन। (मत्ती 24:35)

वचनलाई प्रमेस्वरले आफ्नो नाम भन्दा अधिक महत्व दिनु भएको छ। (भजनसंग्रह 138:2)



परमेश्वर यस वचनद्वारा तपाईंको स्वर्गीय अनि आत्मिक आशिष दिनु भएको होस। प्रभु येशू ख्रीष्ट र पर्मेश्वरलाई महिमा मिलोस्।
{आमेन }

No comments:

Post a Comment