Friday, February 9, 2018

परमेस्वरको महानता !



1-पर्मेस्वर सयेमा एउटा हुनुहुन्न वा एउटामा सयेपनि हुनुहुन्न तर उहाँ आदि देखि सदाकालसम्मलाई एकनाश एक पर्मेस्वर हुनुहुन्छ यो संसार परिबर्तनसिल छ तर उहामा अलिकती पनि हेरफेर छैन उहाँ शक्तिमान होइन तर शक्तिसाली,सर्बब्यापी,सर्बग्यानी पबित्र र प्रेमीलो हुनुहुन्छ उहाद्वारा नै सबै कुराको रचना भयो।

2-मानिस मरणसिल छ उ भित्र मन,इच्छा,भावाना र आत्मा छ आत्मा पर्मेस्वरको सास हो यसकारण हाम्रो शरीर एक दिन मर्छ तर आत्मा कहिले मर्दैन मानिस एकै पल्ट जन्मन्छ र एकै पल्ट मर्छ फेरि उस्ले अर्को जन्म पाउने वाला छैन यो भ्रममात्र हो।

3-पाप सानो ठुलो हुँदैन पाप पापनै हो हत्या गर्नु लुट्नु मात्र पाप होइन तर झुट,छ्ल,चोरी,ईष्र्या,क्रोध,ब्यभीचार मतवालीपन,फोहोर बोली,निन्दा इत्यादि सबै नराम्रो कुराहरु पाप हो पाप यस्तो रोग हो जस्ले गर्न र मर्न बाध्य बनाउछ र यस्ले सानो,ठूलो पनि भन्दैन।

4-सैतान भन्ने बितिकै हामी फिल्ममा देखाइने डरलाग्दो कुनै दृश्यलाई सम्झिन्छो होला तर वास्तविक मा त्यो डरलाग्दो छैन तर डरलाग्दो रुप चै लिन सक्छ त्यस्लाइ पनि पर्मेस्वरलेनै रचना गर्नु भएको एक सुन्दर स्वर्ग दुत हो त्यो पनि एक समय पर्मेस्वरलाई भक्ती गर्दथ्यो तर एकदिन आफ्नै घमण्डको कारण सैतान बन्न पुग्यो र पर्मेस्वरको बिरोध गर्न सुरु गर्यो त्यस्को मुख्य उदेस्य भनेको मानिसहरुले कहिले पनि पर्मेस्वरलाई नदेखुन बिस्वास नगरुन भनी मानिसहरुको भित्री आखामा कालो पट्टि बाधिदिनु र पर्मेस्वर देखि टाढा बनाउनु हो।

5-स्वर्ग काल्पनिक होइन तर एउटा निस्चित ठाउँ हो यो ठाउँ धर्मी मानिसहरुको लागि बनाइएको हो जस्ले संसार मा छदै उहालाई बिस्वास गरेको हुन्छ यहाँ फेरि कुनै बेदना,रोग,मृत्यु एक्लोपन हुने छैन तर सधै हर्समयदिन र पर्मेस्वरको साथ रहनेछ

6-नर्क पनि निस्चित ठाउँ हो र यो मानिसको लागि होइन तर सैतान र सैतानको दूध को कुरामाथी बिस्वास गर्नेहरु,अधर्मी,पापी र पस्चताप नगर्नेहरुको लागि बनाइएको हो यहा बेदना,रुवाइ,दाह्राकिटाइ र सधै कस्टकर जीवन हुनेछ ।

7-येसु पर्मेस्वरको पुत्र बनी मानिसको चोला लिएर यो संसार मा आउनु भो तर हामिले बुज्नु पर्ने कुरा उहाँ शरीरमा 2000Ad बर्स अगि आउनु भएता पनि उहाँ आत्मामा आदि देखिनै अस्तित्वमा हुनुहुन्छ किनभने उहाँनै हामी सबैका रचनाकार हुनुहुन्छ र पर्मेस्वर आत्मा हुनुहुन्छ अर्को कुरा उहाको आगमन सङै संसारको मिति अथवा तारिक पनि बद्लियो जस्तो पहिला Bcभनिन्थ्यो before christ अर्थात ख्रीस्ट पुर्ब उहाँ आउनु अगिको कुरा लाई देखाउछ तर उहाँ आउनु भएपछिAd मा बद्लियो anno domini अर्थात इस्वि सम्बत इस्वरिय दिनहरु जस्लाइ हामी अनुग्रह को समय भन्नेपनि बुजिन्छ उहा आउनु को मुख्य उदेश्य भनेको धर्म परिबर्तन गर्न,भेदभाब गर्न,डरत्रास मा पार्न होइन तर यी सबै कुरालाई मिलाउन र मानिसहरुले साचो पर्मेस्वरलाई चिनुन र सैतान को बन्धन र पाप बाट मुक्त भै अनन्त को जीवन पाउन भन्ने हो हामी सबै पापी छोउ र पाप को कारण नर्क तिर जाँदै थियोउ तर पर्मेस्वरले पाप लाई तिरस्कार र पापिलाइ प्रेम गर्नु हुन्छ यसकारण उहाँ हाम्रो पापको खतिर मर्नुभयो र फेरि 3दिन पछि जिबित हुनुभएर 40दिन पछि स्वर्ग तिर उचालिनु भो यिनै येसु फेरि एक एकदिन आउनुहुन्छ त्यसबेला पापीलाई बचाउन होइन तर उहामाथी बिस्वास गर्ने र आशा राख्नेहरुलाई उठाइलान र अबिस्वासीहरुलाई अन्तिम दण्ड दिनलाई यो उहाको अन्तिम प्रतिग्या हो किनकि हरेक कुरको समय छ यस कारण अब संसारको रमझममा भुली नरहनुहोस यहा भएको हरेक थोक जो तपाइले देखिरहनु भएकोछ यी सबै थोक एकदिन अचानक आगोले जलेर खरानी हुनेछ त्यसैले आजै आफ्नो भित्री आखा खोल्नुहोस किनकि जीवन छोटो छ यो बितिजाने शरीरको लागि जसरि दिन रात फिक्री गर्नुहुन्छ तर के आत्मा को लागि कहिले पनि केही सोच्नु भएकोछ ? खान,पिउन त जनावरले पनि जाने को हुन्छ तर हामी त मानिस जाति होउ त्यसकारण एकछिन सोच्नु होस नत्र ढिलो होला भोलि कोदिन नआउन पनि सक्छ हरेक आत्मा पर्मेस्वरको निम्ति बहुमुल्य छ र यो आत्मा नास नहोस तर बाचोस अनि आत्मा बचाउने एउटै बटो येसु प्रभु हुनुहुन्छ उहाँ भन्नू हुन्छ "बाटो सत्य र जीवन म नै हु म द्वाराबाहेक कोहिपनी पिता कहा आउन सक्दैन " धन्यवाद! धन्यवाद! धन्यवाद।

*यो पढिसकेपछि अरुलाई पनि सेयर गर्नुहोला पर्मेस्वरले तपाईंलाई प्रस्सत आशिष् दिनु भएको होस

No comments:

Post a Comment