Wednesday, July 27, 2016

आङ सान होङगको सिद्धान्त झुटा शिक्षा !!


•अन्धोलाई दृष्टि दिनुहुने प्रभुयेशु ख्रीस्ट आफू चै आखाको कमजोरिको कारण चस्मा लगाएर आङ सान होङ्गको रुपमा कोरियामा दोस्रोचोटी आउनु भएको होर?

•झुटा शिक्षाको बिसयमा हामिलाई पहिला नै सावाधान गराईएको थियो। हामीले झुटा शिक्षाको बिसयमा बाइबालमा धेरै ठाउँमा उल्लेख भएको पाउछौ जुन अहिले को समयमा पूरा भई रहेको छ।
२पत्रुस को दुई अध्यामा हामिले हेर्छौ भने त्यहा झुटा शिक्षाको बारेमा पाउछौ।
१ यूहन्ना ४:१ पदमा झुटा शिक्षाको पहिचान बारे केही चर्चा गरिएको छ।
[ झूटा शिक्षकहरूको विरुद्ध यूहन्नाको चेतावनी ] मेरा प्रिय मित्रहरू, अनेक झूटा अगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइनन्।

•म चै यो भन्छुकि जुन शिक्षा परमेसोरको जिबित वचन बिपररितको छ अनि जुन शिक्षा बाइबलका शिक्षा सङ्ग जुधिरहेको छ वा मिलेको छैन त्यो झुटो शिक्षा हो।
तसर्थ झुटो शिक्षा देखि होसियार र वच्नको लागि हामिमा बचनको ज्ञान अवश्या हुन जरुरी छ।तर पनि भेडाको भेसमा आएर ब्वासाले भेडा फहराएको झै झुटा शिक्षाले आफ्नो सिद्धान्त अनुरुप बचनको शिक्षालाई अर्थ लगाएर धेरै बिस्वासिहरुलाइ भ्रममा पारिरहेको अनि कतिलाइ सिकार बनाइरहेको अवस्था अहिले हाम्रै देश नेपालमा पनि ब्यापत छ।

•प्रभु येशुले आफ्नो जिवनकालमा सु-समचारको साथ साथै धेरै आस्चर्याकर्म गर्नुभएको कुरा हामी सु-समचारको पुस्तकहरुमा पाउछौ।उहाँले जन्मैदेखिको अन्धोलाई दृष्टि प्रदान गर्नु भएको कुरा पनि हामिलाइ थाहा छ।अब के उहाँ दोस्रो चोटि आउनुहुदा के शक्तिका साथ न आउनु भएर कम्जोर अनि दुर्बलताको साथ आउनु हुन्छ र ?के उहाँ आङ सान होङ्गको रुपमा आफ्नै आँखा कमजोर भएर पावर वाला चस्माको साहराले हेर्ने स्थिति सम्मको कम्जोर हुनुहुने थियो र ?

•यसरी परमेसोरको ठट्टा गर्ने हिसावले आफुलाई प्रतीज्ञा गरिएको येशु हो भन्ने आङ सान होङ्गको
झुटो सिद्धान्त एउटा नमिठो जोक्स लाग्छ मलाई।
•यस्ता झुटा शिक्षाहरुलाई शैतानले शक्तिका साथ प्रदशनमा ल्याईरहेको छ।जुन इसाई जगतलो निम्ति बाधा हो। हुनत यो यस्तै हुनेछ भनी गरिएको भबिस्यबाणी नै हो तर हामी होसियारी भएर झुटा शिक्षाको पहिचान गरि आफ्नो मंडली,आफ्नो देशलाई यसको प्रभाबमा पर्नबाट बचाउनु हामी सबै ख्रीस्टियनहरुको दाईत्वा वा काम नै हो।

•मेरा केही ब्याक्तिगत कुराहरु पोख्दै छु।
•काठमाडौ बाइबल ट्रेनिङ रहदाको दिनहरुमा (2012)
झुटा शिक्षाको बारेमा धेरै सुन्नमा आएको थियो।
Sunday मा सु-समचारको निम्ति ग्रुप बनाएर हिडिन्थ्यो।त्यसरि जाँदै गर्दा एक दिन झुटा शिक्षाको प्रचारकहरु सङ्ग भेट भो।
उनिहरुको हातमा पर्चा वा पत्रीका जस्तो केही थियो अनि हाम्रा हातहरुमा पनि सु-समचार पत्रीका।
अनि भेटपछी कुराकानी भयो। अनि उनिहरुले नजिकै आफ्नो अफिस भएको बताए अनि सबै जानकारिको लागि त्यही जानको लागि अनुरोध गर्न लाग्यो कारण हामि पनि बिद्यार्थी नै थियेउ ती दिनहरुमा अनि हामिले पनि प्रश्नमा प्रश्न थुपारेका थिएउ।
अनि झुटा शिक्षा भनेर थाहा थियो तरै पनि अझै कस्ता रहेछन त यिनिहरुको सिद्धान्त भनेर जान्नको लागि भएपनी गयेउ।
•अनि जब अफिस भनिने ठाउँ पुगियो दोस्रो तल्लामा रहेछ।मान्छेहरुको जमात देखिन्थ्यो।हेर्दा लाग्दै थियो कि सायद कुनै कार्यक्रम छ होला जस्तै।कारण त्याहा सबै एकदमै सान दार पहिरानमा देखिन्थ्यो।एक दम उच्च घरानाका धनी ब्याक्तिहरु जस्तै उनिहरुको पहिरान झल्किन्थ्यो।टाई सुट लगाएका युवाहरु देख्दा अचम्म लागिरहेको थियो।भितामा कुनै स्त्रीको तस्बिर जस्तै देखिन्थ्यो।यो गतिबिधी हेर्दै गरेको केही छिनमा एक जना ब्याक्ती आएर सोध पुछ गर्न थाल्यो।अनि हामिले पनि हामी ट्रेनिङका छात्रहरु हौ भनेर भनेम।अनि उस्ले कुरा कसरी सुरु गर्यो भने तपाईहरु एक दम ठिक समयमा आउनु भएछ.............
.......................
हामिलाई हाम्रो प्रभु येशु ख्रीस्टको सत्यता थाहा थियो त उनिहरुलाइ उनिहरुको सिद्धान्त।केही बेरको दोहोरो कुरा पछि कुरा ठ्याम्मै मिलेन।
किनकी मलाई वचनको उल्टो अर्थ लाग्नेकुरा मन पर्दैनथ्यो।त्यसैले म बोलिन।मेरो एउटा साथी चै बोलिरहेको थियो।अबुई के सकिन्थ्यो र हामिमा भर्खरै युवा जोस र ट्रेनिङले गर्दाको जागृति भै रहेको अवस्थामा पनि उनिहरु तटस्थ सङ्ग आफ्नो रायलाई हाम्रो सामु ठोस्दै थियो।अबुई उनिहरु त झन डेन्जर हुदो रहेछन।उनिहरुको सिद्दान्तमा उनिहरु पोख्त देखिन्थ्यो अनि बचनका पदहरु त खररर......... तर ती सबै सुगा रटन वा जति उनिहरुको तयारी थियो त्यतिको लागि रहेछ भन्ने कुरा धेरै पछि आएर बुझ्दा बल्ल थाहा पाए।
सुरुमै माताको कुरा गर्यो।
हामी मातालाई मान्छौ तपाईं पनि मान्नुहोस भन्न थाल्यो।
अनि सुरुमात माता भनेको मलाई थाहा थिएन अनि मैले कोहो माता भनेर सोधी हाले।अनि त बल्लपो निस्कियो त झुटा शिक्षाको कुरा उनिहरुकै मुखबाट।तयारी भन्दा धेरै र थोरै भन्ने कुरा हुदैन रहेछ।जति सिकाईयो त्यति नै बोल्ने र बताउने रहेछन।
•उनिहरु सङ्गको कुराकानी अहिले बिचार गर्दा स्कुलले जिवनका बक्तित्वाकलाको कार्यक्रम झै लाग्छ।
किनकी हामी हाम्रो तर्क दिन्थ्येउ भने उनिहरु आफ्नै सिद्धान्त।सायद त्यो बेला हामिलाइ उनिहरुको सिद्धान्तको बिसयमा थाहा हुन्थ्यो भने त्याहा माहोल अर्कै हुन्थ्यो तर हामिले त उनिहरु झुटा हो भनेर थाहा पाएका थियेउ तर वास्तबिकता र यसको सुरुवात अनि सिद्दान्तहरु के कस्ता छन भन्ने जानेका वा पढेका थिएनौ।
•पछी समय बित्तदै जादा बल्ल विभिन्न पत्रपत्रीका,Web site हरुबाट थाहा पाए।
•आज चै म यहि झुटा शिक्षाको बिसयमा लेख्दै छु।

•कुरै कुरामा धेरै कुरा पहिले नै उल्लेख गरिसकेको रहेछु त्यसैले केही छोटकारिमा यस झुटा शिक्षाको बिसयमा लेख्दैछु।
आङ सान होङगको सिद्धान्त भन्न रुचाउछु म यो यस झुटा शिक्षालाई।आङ सान होङगलाई प्रभु येशुको दर्जा दिईएको छ उनिहरुको यो सिद्दान्तमा।
•आङ सान त मरिसक्यो अहिले उस्को श्रीमती जिबित नै छ जस्लाई माता भनिदो रहेछ।
यो माता परमेसोर भनेर उनिहरुको सिद्धान्त पछ्याउनेहरुले मान्छन।
यो वर्ल्ड मिसन सोसाईटी चर्छ अफ गड बाट सन्चालित भएको छ।जस्लाई माता परमेसोरको सिद्धान्त भन्छु म।
• “वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड” अर्थात् माता परमेश्वर
•सन् १९१८ मा कोरियाको एक बुद्धिष्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात् सन् १९४८ मा सेभेन्थ डे एडभेन्टिष्ट चर्चमा बप्तिस्मा लिएका एक जना कोरियन नागरिक आङ सान होंगलाई नै दोस्रोपटक आउनुभएका ख्रीष्ट भनेर मान्छन् । त्यस्तै उनकी अवैधानिक श्रीमती झाङ्ग गिल जाहलाई माता परमेश्वर भनेर मान्छन्, जबकी झाङ्ग पहिले अर्कै पुरुषसँग विवाह गरी विवाहबिच्छेद गरेर आङ सान होंगसँग अर्को विवाह गरेकी महिला हुन् । उनीहरू आफ्नो चर्चलाई सियोन भन्छन् अनि प्रार्थना गर्दा प्रार्थनाको अन्त्यमा स्वर्गीय पिता आङ सान होंगको नाममा आमेन भन्छन् । उनीहरूले पिता–यहोवे, पुत्र–येशू अनि पवित्र आत्मा भनिएका आङ सान होंगको नाममा बप्तिस्मा दिन्छन् । उनीहरू क्रिसमस मान्नुहुदैन भन्छन् तर आङ सान होंगको जन्मदिन चाँहि धुमधामका साथ मनाँउछन् । मण्डलीमा क्रुस राख्नु हुँदैन, यो मुतिर्पुजा हो भनेर घमण्ड गर्छन् तर आफ्नो सियोनको भित्तामा माता परमेश्वर भनिएकी महिला झाङ्ग गिल जाहको फोटो झुण्ड्याँउछन् । हामीलाई थाहा भए अनुसार उनीहरुले अहिलेसम्म ३ पटक सन् १९६७, १९८८ र २०१२ मा संसारको अन्त हुने झुटो भविष्यवाणी गरेका छन् ।अनि उनिहरुको यस्ता झुटा भबिस्यबाणीले गर्दा सम्पुर्ण इसाईजगतमा नकरात्मक असर परेको छ।म चै यस्ता झुटा शिक्षालाई किटाणु भन्छु जुन भित्र भित्रै इसाई जगतलाई खाई रहेको छ।
•आङ सान होम जो आफ्फैलाई ख्रीस्ट्को दोस्रो आगमन हु भनि पुष्टि गर्दै थियो उ आएर पनि मरिसक्यो तर खोइ त हामिले थाहा पाएको?खोइ त हामिले आएको देखेको?
बाइबल आधरित अनि परमेसोर पिताको तर्फबाट नै आएको थियो भने के बाइबलमा लेखिएको झै सबैले थाहा पाउनु पर्ने थिएन र ?
• यो कुरालाई हामी तुलनात्मक ढंगले हेर्नेछौं । बाइबलले भन्दछः “येशू जसरी जानुभएको थियो, त्यसरी नै आउनुहुनेछ ।” हामी एकपटक प्रेरित १:११ हेरौं । येशू आकाशमा उचालिनुभएर बादलमा तिनीहरूका दृष्टिबाट लोप हुनुभएपछि आकाशतिरै हेरेर बसेका गालीलका मानिसहरूलाई दुईजना स्वर्गदुतहरूले भनेका कुरा यो पदमा उल्लेख गरिएको छ । यहाँ यसरी लेखिएको छः “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यहि येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।”
यो खण्डबाट हामी जान्न सक्दछौं कि जुन येशू स्वर्गमा उचालिनुभएको थियो, त्यहि येशू नै आउनुहुनेछ । उहाँ जसरी स्वर्गतिर उचालिनुभएको थियो त्यसरी नै अर्थात आकाशको बादल हुदैं फेरि आउनुहुनेछ । मत्ती २४:२७ मा यसरी लेखिएको छः “किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ ।”
प्रकाश १:७ ले त झन् ख्रीष्टको दोश्रो आगमनमा उहाँ हरेक आँखाले देख्ने गरि आउनुहुनेछ भनेर भन्दछ ।
•अब हामिले एतिका समय पछि आङ सान होङ्गको आगमनको कुरा उस्कै कति औ चेलामा पर्ने उसैको पुच्छार बाट त्यही पनि उ मरिसकेपछी थाहा पाउछौ भने के यस्तो ब्याक्ती पनि दोस्रो आगमनको ख्रीस्ट हुन सम्भब छ र ?(एउटै उत्तर एक्कै स्वरमा भनौ) =कदापी छैन।
• सन् १९८५ मा ६७ बर्षको उमेरमा अर्थात बुढेसकालमा रोग लागेर मरेका कोरियन नागरिक आङ सान होंग ख्रीष्ट हुन सक्छन त ? जो कसैले पनि सहजै अनुमान लगाउन सक्छः पक्कै सक्दैनन् । स्मरण रहोस आङ सान होंगको मृत शरीर आज पनि चिहानमा नै छ । कोरियामा Khayen Buk Yansan City Suke Park-5, Block-42, Line No. 12 मा उनको चिहान आज पनि देख्न सकिन्छ ।
•एक चोटि त उहाँ हाम्रो पापको खातिर मर्नुभएको थियो।
•अब आङ सान होङ्ग नै ख्रीस्ट भएको भए के येशु ख्रीस्ट दोस्रो आगमनमा मर्नु पर्ने थियो।कदापि थिएन। पवित्र धर्मशास्त्र बाइबलको रोमी ६:९ मा यसरी लेखिएको छ, “हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन । अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन ।”
त्यसैगरी प्रकाश १:१७-१८ मा येशू प्रभु स्वयमले यसरी भन्नुभएको छः “नडराउ, आदि र अन्त्य म नै हुँ । म मरेको थिएँ । हेर, म सदा सर्बदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरु म सँग छन् ।”
ख्रीष्ट येशू एकपटक मर्नुभएपछी अब उप्रान्त कहिल्यै पनि मर्नुहुनेछैन भनेर बाइबल धर्मशास्त्रका माथि उल्लेखित खण्डहरुले स्पष्टसँग बताएका छन् ।
•के आङ सान होङ्ग ख्रीस्ट हुन सक्छन त त्यसो भए?=कदापी हुनै सक्दैन।
•आङ सान होङ्ग मनब शरिरमा जन्मिए।तर प्रतीक्षा गरिएको ख्रीस्ट त स्वर्ग बाट आउनुहुने कुरा छ।
अनि त्यो पनि स्वर्गीय सेनाका साथ,तुरहिको आवजमा।अनि आङ सान होङ्ग त्यसरी आकसमा देखा परेको भए चै हो रहेछ भन्ने एउटा त आधार पाउन सकिन्थ्यो।तर बिस्वास लाग्ने एउटा पक्षा पनि देख्दिन म।
•अब आङ सान होङ्गले बिवाह गरेको छ के येशु ख्रीस्ट दोस्रो आगमनमा उहाँले बिवाह गर्नुहुने छ र ?
कदापी गर्नुहुने छैन किनकी मत्ती २२:३० मा येशूले भन्नुहुन्छः किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न गरिदिन्छन् तर तिनीहरू स्वर्गका स्वर्गदुतहरु जस्ता हुन्छन।
•अब के आङ सान होङ्गको सिद्धान्त बाइबल सङ्ग मिल्दो जुल्दो छ र ?
=छैन।
•आङ सान होङ्गको जन्म एक कठोर बौदिस्ट घरनामा भएको थियो उनी २९ बर्सको उमेर सम्म बौदिस्ट नै थिए।अब यसको मतलब उनले मुर्तिपुजा २९ बर्सको उमेर सम्म गर्दै आएका थिए।अब के ख्रीस्ट जो पापलाई देखि सहनु हुन्न उहाँ आफ्फै यस्तो मुर्तिपुजा गर्न सक्नुहुन्छ होला र?
अब उस्ले अरुको श्रीमती बिहे गरेको छ के बाइबलमा मत्ति १९:९ पदमा प्रभु येशुले के भन्नू भएको छ ?
=जस्ले ब्यभिचारको कारण बाहेक अरु कारण सम्भन्द बिच्छेद गर्छ भने उस्ले ब्यभिचार गर्छ भन्नु भएको छैन र ?
•धेरै छन यस्ता त्रुटिहरु जुन बाइबलका हरेक वचन सङ्ग बाझिएको छ जुन झुटा शिक्षा भन्न मलाई कति पनि अफ्ठ्यारो लाग्दैन।

•अन्तत: आङ सान होङ्गको यो झुटा सिद्धान्तले बाइबाललाई झुटा अर्थ लगाउने प्रयास गरिरहेको छ।जुन शैतानको शक्तिमा सन्चालित भै रहेको छ 

भनेर म भन्छु।
अब यस सिद्धान्तमा हुनुहुने कसैलाई मेरा कुरा अपच्या लाग्ला तर मेरो भन्नू केही छैन।
अब मेरो काम भनेको नै मैले जे सत्य जाने त्यही बताउने हो अब बिस्वस गर्ने नगर्ने सबैको आ आफ्नै स्वतन्त्रताको कुरा हो।यसमा मैले जबर्जस्ति ठोस्ने भन्ने कुरा आउदैन।
•बचन पढ्नुहोस,मनन गर्नुहोस,झुटा शिक्षाको सामना गर्न तयारी रहनु होस।
किनकी झुटा शिक्षा ब्वासो झै भेडाहरुको भिडमा छिर्छ।जस्लाइ सजिलै पहिचान गर्न कठिन पर्न सक्छ।
•परमेसोरले सबैलाई सहि जान्ने ज्ञान र शक्ति दिनुभएको होस।आमेन।

Mr. Prasanna Tamang को फेसबुक बाट साभार गरिएको !

Monday, July 25, 2016

सिद्राको निहुँ तिहुं पसुपतिनाथको दर्सन !!

हिन्दू रास्ट्र कयम गर अरु धर्म बन्द गर! यो देस कस्को हिन्दुको हिन्दु कस्को : सामान्तबाद,निरङकुसताबाद,अधिनायकवाद ,प्रतिक्रियावाद, हेपुवाबाद,पेलुवाबाद,दमान्बाद,सोसनबाद,अत्याचारीबाद,नौटङ्कीबाद र भ्रष्टाचारबाद् अनि र्हिन्दुधर्मको नामलाई कालङ्कीत पार्दै धर्ममा राजनीति गर्नेहरुको हो ।तर तर नेपाल र आम नेपालिको स्वाभिमानलाई सिरमा राखेर आम जनताको समान हअक हितमा लागेर लोकतान्त्रिक पद्धतिको सुरुवात स्थापन र स्थाइत्वको लागि हरपल संघर्षशिल परिवर्तन प्रेमीहरु भने हिन्दु धर्मको अहंकार घमण्ड र महत्त्वकाङ्क्ष एक रति पनि छैन ।जो सबै धर्म जाती र बर्गको हक अधिकार सुनिस्चित गर्न लागिरहेका छ्न।

वास्तविक रुपमा धर्मको कुरा गर्दा धर्ममा एकल स्वार्थ लुकेको हुदैन जुन अहिले हाम्रो देसमा भैरहेको छ। नेपालमा हिन्दुबाद होइन यथास्थितिवाद लाद्न खोज्दै छ ,यो हिन्दु दाजुभाइ दिदिबहिनीको काम नभई धार्मिक र जातीय द्वन्द्व निम्त्याएर हिन्दु धर्म सङ्ग अरु धर्मको अस्थित्वमा दाग लगाउने नियतले गरिएको गैरलोकतान्त्रिक र गैरजिम्मेवार ब्यक्तिहरुको हर्कत मात्रा हो।
अनेथा हरेक देस बिदेस आफ्नो गाउँ समाजमा जातीय र धार्मिक भेतभाब रहित एकाअपसमा दाजुभाइ दिदिबहिनीको रुपमा बसेका हामी नेपाली जनतालाई धर्मनिरपेक्ष हुँदा अस्विकार गर्ने कोहि हुनेछैन ।

जनतालाई धार्मिक द्वन्द होइन धार्मिक र जातीय  एकता चहिएको छ।आमजनता सानोठुलो होइना समान भएर एउटै अङ्गालोमा बाधन चहान्छ,एक अर्कामा लढेर होइना। अरु धर्मले पनि आफ्नु धर्मको मात्र अवाज उथाएको छैन तेसैले सबैलाइ समेट्ने धर्मनिरपेक्षमा अशल हिन्दु प्रेमी हरुको पनि कुनै बिरोध हुदैन र हुनुपनी हुदैन।।

 यो हिन्दुस्तनले परिचित भारत बाट समेत पाठ सिक्नुस ।भारत स्वए हिन्दुस्तान भएर पनि दुर्दशा भारत हिन्दु राज्य भनेर लेखेको छैन ।तेसैले हाम्रो जस्तो बहुजाती, बहुभाषि, र बहुधर्मले सुशोभित सुन्दर नेपाललाई एकल धर्म र एकल जातिको देस बनाउनु के दुरदर्शिता र हाम्रो महानता हो ।यो त केबाल हिजोको निरङ्कुस र सामन्ती सरकार र राज्याले स्थापना गरेको अलोकतान्त्रिक ब्यबस्था हो ।

के हामी लोकतान्त्रिक पद्धति को भासण दिएर हिजोको निरङ्कुस र सामन्ती ब्यबस्थालाइ नै निरन्तरता दिनु लोकतान्त्रीकरण हुन्छ? हिजो को शोषक शासक हरुले   नेवार,मदेशी,राई,लिम्बू,र दलित लाई हिन्दु धर्मको नाम मात्रा दिएर छुद्र तुच्छ,अभद्र,र छुवाछूतको व्यबहार गाउँ देखि शहर स्थानीय देखि अढ्ढ अदालत र स्व राज्यले समेत राज्यको हरेक अङ्गमा निशेध   र बहिष्कार गरि अन्याय गर्यो। होइन भने अर्को तथ्य के छ भने नेपाली लाई चार बर्ण ब्राह्मण ,क्षेत्री,वैश्य र सुद्रमा  बिभाजन गरि बाहुन क्षेत्रीलाइ ठुलो बनाइ नेवारलाई वैश्य र अरु जातिलाई सुद्र बनाइ जनावर झैं गरि बाच्न बाध्य बनायो।

तेसैले आजसम्म जनजाति हरु राज्यको हरेक अङ्गमा नगन्य मात्रमा छ्न भने ९०%जनजाती अति गरिब र निम्न स्तरको जिबन निर्बाह गरीरहेका छन।के यो पनि धर्म हुनसक्छ ?  यो हिजोको अहंकारबादी र अत्याचारबादी हिटलरहरुको क्रूर शासन हो ,आजको लोकतान्त्री ब्यबस्थाको सर्जकहरुको होइन।तेसैले यी ब्यबस्थाको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्र प्रेमी आम जनताको हितानुरुप आमूल परिबर्तन गर्नु पर्दछ।
--- धर्मनिरपेक्ष रास्ट्र नेपाल जिन्दावाद ---

#कुरा #बुझ्नुभो ?

Friday, July 22, 2016

इसाइकरणको डर देखाएर हिन्दू राष्ट्रको वकालत गर्ने मित्रहरुका नाममा खुल्ला पत्र !

 बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्यमा, राजनीति र धर्म सँगसँगै हिंड्न सक्दैन । यदि राज्य र धर्म सँगै भयो भने राज्यले मान्यता दिएको धर्मइतरका धार्मिक समुदायमाथि दमन हुने र जबरजस्ती एकल धार्मिक निर्णयहरु लादिने निश्चित छ । त्यसले समाजमा विद्यमान वैमनस्यता र द्वन्द्वलाई झन् बढावा दिने छ जसको कारण शान्ति, स्थिरता र विकास असम्भव हुनेछ ।

धर्मनिरपेक्षताको अर्थ राज्यले कुनै धर्मप्रति अनास्था राख्ने भन्ने होइन, राज्यको नजरमा सबै धर्म बराबर हुन्छ भन्नु हो । तर यहाँ धर्मभिरुहरुबाट यसरी प्रचार गरियो कि, धर्मनिरपेक्षता भनेको हिन्दु धर्मको विरुद्धमा इसाई बाहुल्य राष्ट्रले जबरजस्ती लादेको नीति हो, नेपालमा धर्मनिरपेक्षता कायम भयो भने हिन्दुहरु सबै इसाई हुन्छन् ।

तर यी धर्मभिरुहरुलाई किन इसाई बाहुल्य राष्ट्रहरुमा हिन्दू धर्मको प्रचार गर्न र धर्मअनुरुपको सांस्कृतिक पर्व-उत्सव मनाउन स्वतन्त्रता छ भन्ने हेक्का छैन ? अमेरिका, क्यानडा, बेलायत लगायतका स्थानमा सयौं हिन्दु मन्दिरहरु बनेका छन्, ती मन्दिरहरु बनाउन राज्यको तर्फबाट कुनै असहयोग भएको छैन । बरु आफ्नो देशमा बिस्तार भएको सांस्कृतिक विविधताले उनीहरुमा आत्मगौरव बढेको छ ।

साना र निर्धाहरुलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता मानव मात्रमा छ । मानवलाई आघात पुर्‍याउने विषालु सर्पका बच्चा मार्न त हाम्रो हात काँप्छ । तर धर्मको नाममा बहुमतको आधार देखाएर अरु धर्मप्रति आस्था राख्नेहरुको स्वतन्त्रतालाई कुण्ठित गर्न खोज्नु कहाँको धार्मिक नियम हो ?

देशलाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन खोज्नुको कारण यो देश हिन्दूहरुको मात्र हो, राज्यले हिन्दूहरुलाई मात्र संरक्षण गर्नुपर्छ, हिन्दु धर्मभन्दा बाहिरका धर्मावलम्बीहरुले पनि हिन्दु कानुन मान्नुपर्छ भन्न खोजिएको होइन ?

अहिलेको तथ्याङ्क जेसुकै होस्, तर नेपालमा हिन्दुहरुको आगमन हुनुभन्दा पहिलाबाट प्रकृतिवादी मान्यता राख्ने किरातहरुले आफ्नो मौलिक धार्मिक मान्यता हालसम्म जिवित राख्दै आएका छन् । हिन्दु-आर्य कुलमा नेपालमै जन्मेर विश्वलाई नयाँ दृष्टि दिन सफल बुद्धको दर्शनलाई (धर्म) मान्ने नेपालीहरुको संख्या सानो छैन । इस्लाम र जैन धर्मावलम्बीहरु पनि यथेष्ट छन् । परापूर्व कालदेखि हिन्दु धार्मिक सम्प्रदायसँग नङ र मासुको सम्बन्ध राखेर नेपालमा रहँदै आएका यी धार्मिक समुदायलाई अहिले इसाईको हाउगुजी देखाएर हिन्दु सापेक्ष राज्यको वकालत गर्नु कति जायज हो ?

इसाईकरणको समस्या हिन्दूमा मात्र छैन बौद्ध र किरातमा पनि उतिकै छ । नेपालमा इसाईको संख्या बढ्नुमा हिन्दुभित्रको छुवाछूत, बुद्ध धर्मावलम्बीहरुमा (खासगरी तामाङ) विद्यमान गरिबी, किरातभित्रको जँड्याहा संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले आफूभित्रको कमजोरी नदेखी अरुलाई गाली गर्नुको कुनै तुक छैन । हिन्दू, बुद्ध र किरातहरु इसाई बन्नुमा थोरै आर्थिक प्रलोभन र अवसरको खोजी पनि जोडिएको छ तर मुख्य कुरो यी धर्मभित्रको धार्मिक अन्धविश्वास, कुरीति र कुसंस्कार नै हो । त्यसैले आफूभित्रको गलत पक्षलाई सुधार्नु यतिबेलाको आवश्यकता हो, धर्म सापेक्ष राज्यको माग वा धर्म सापेक्षताले इसाईकरण रोकिनेवाला छैन ।

अन्त्यमा हिन्दू धर्म सापेक्ष राज्यका माग गर्ने मित्रहरुलाई यही भन्न चाहान्छु- आफूभित्रको कमजोरी सुधार्ने कि, अरुलाई धारे हात लगाएर गाली गर्ने ?

Thursday, July 21, 2016

हिन्दु धर्म नेपालीको धर्म होईन रहेछ !!



हिन्दु धर्मनै नेपालको इमान भए अनि यो नेपालिको सस्कृती भए त कुरो ठिकै हो भन्ने लाग्ला तर हिन्दुको इतिहास त हालको पाकिस्तानमा रहेको सिन्ध सभ्यतामा आधारित छ , त्यही भुमी थियो जहाँ इरानी हरु सिन्ध प्रान्तमा आएर बसोबास गरेका  थिए ! इरान बाट आएकोले त्यही शब्द अपभ्रन्श भएर आर्यन हुन गएको हो ! अनि सिन्ध प्रान्तमा बस्ने भएकाले यो समुहलाई सिन्ध बासी भन्न थालियो र फारसी हरुले पनि सिन्धु नामकरण गरे , पछि यहि शब्द पनि अपभ्रन्श भएर हिन्दु हुन पुगेको हो ! पछि यो समुदाय बढदै बढदै गयो र भारत तिर बसाई सर्न थालेको हो , जसले गर्दा भारतको नामनै हिन्दुस्तान रहन गयो अर्थात हिन्दु बस्ने स्थान ! अनि यो समूह आफ्नै रितिरिवाज र सस्कृतिमा वृद्धि हुँदै गयो , त्यसैले हिन्दुका कल्पना गरिएका देवि देवताका पोसाकहरु भातरिय सस्कृती झल्कने धोती , साडि , कछाड मा चित्रण गरिएका छन , यदि हिन्दुत्व pure नेपाली सस्कृती हुँदो हो त हिन्दुका देविदेवताका पोशाक हरुपनी नेपाली ढाका टोपी , दौरा सुरुवाल अनि गुन्यु चोलिमा चित्रण गरिनुपर्ने थियो , पछि मात्रै हिन्दुहरु भारत हुँदै नेपाल प्रवेश गरेका थिए , यस अर्थमा हिन्दु पनि नेपालको हकमा बिदेशी धर्म नै हो , अरु भन्दा केही अघि मात्रै नेपाल भित्रिएकोले मात्रै केही पुरानो हो , अन्धविश्वास र कुरितिको कारणले नेपाल र भारत बाहिर यो सम्प्रदाय खासै बढन भने सकेन !

www.prerananepal.blogspot.com

"नेपाली क्रिश्चियन इतिहासलाई नियाल्दा"

तिमीहरू हिजो आएर आज यो देशमाथि हुकुम चलाउन खोज्ने? धेरैपटक मैले यस प्रश्नको सामना गर्नुपरेको छ। नबुझेकाहरूको त बेग्लै कुरा, यहाँ जानेबुझेका मानिनेहरूले पनि पटक पटक क्रिश्चियनहरूमाथि यसरी नै ऐतिहासिकताको प्रश्न उठाउने गर्छन्। उनीहरू भन्छन् कि ५०-६० वर्ष अघि आएका क्रिश्चियनहरूले अरुहरूलेझैं यो देशमा आफ्ना गतिविधिहरू गर्न मिल्दैन। उनीहरूको बुझाइमा हिन्दुलगायत अरु कतिवटा धर्महरू नेपालका पुराना धर्म भएका कारण उनीहरूसँग बिशेष अधिकार छ। जुन क्रिश्चियनहरूसँग छैन।

यतिबेला नेपाल देश र यहाँको धार्मिक विविधतालाई एउटा संयुक्त परिवारसँग तुलना गर्नु उचित लाग्यो। परिवारमा ८० बर्ष नाघेका बुढा मानिसहरू पनि छन्, र भर्खर २-३ बर्षका बालबालिकाहरू पनि छन्। यस्तो अवस्थामा ८० बर्ष नाघेका बुढा मानिसले- म यो घरको पुरानो व्यक्ति हुँ, मैले दशकौं अघिदेखि यस घरको निम्ति दु:ख गरेको छु, त्यसैले भर्खर जन्मेका बालबालिकाहरूको बाँच्न पाउने अधिकार र मेरो बाँच्न पाउने अधिकारको कुनै तुलना नै हुन सक्दैन। यिनीहरू त हिजो जन्मेका न हुन्, यिनीहरूको त्यति बढी हेरविचार वा वास्ता गरिनु आवश्यक छैन भनेर भन्यो भने के होला ? के यो कुनै सुहाउने कुरा हो र?

चाहे ८० बर्ष अघि जन्मेको मानिस होस् या १ दिन अघि जन्मेको नै किन नहोस्, दुबैको बाँच्न पाउने अधिकार बराबर हुन्छ। चाहे नयाँ होस् वा पुरानो मान्छे - मान्छे नै हुन्छ। त्यसरी नै चाहे हजारौं बर्षदेखि यस देशमा चल्दै आएको आस्था होस्, वा केहि बर्ष अघि मात्रै भित्रिएको आस्था होस्; आस्था - आस्था नै हुन्छ। नयाँ भित्रिएको हुँदैमा कम मूल्यको मान्न मिल्दैन।

यसरि हामी बुझ्न सक्दछौं कि नेपालमा क्रिश्चियनहरूको प्रवेश यदि ५०-६० बर्ष अघि मात्रै भएको थियो भने पनि देशमाथिको उनीहरूको अधिकारमा प्रश्न उठाउन मिल्दैनथ्यो। आफ्नो आस्था मान्ने, जगेर्ना र प्रवर्द्धन गर्ने अधिकार जति एउटा हिन्दु धर्मावलम्बीलाई छ, उतिनै एउटा क्रिश्चियनलाई पनि छ। मुस्लिम, बुद्धिष्ट वा बाँकी अरु सबै धर्मावलम्बीहरूलाई छ।

नेपालका क्रिश्चियनहरूलाई कमजोर गराउनका निम्ति हिजो आएको धर्म भनेर चित्रण गर्ने गरिए तापनि यसबारेको वास्तविकताचाहिँ बिल्कुल भिन्न छ। नेपालका क्रिश्चियनहरूको पनि आफ्नै छुट्टै अनि पुरानो इतिहास छ। शीर उच्च गरेर गर्व गर्न लायक एउटा इतिहास!

नेपालमा सर्बप्रथम क्रिश्चियन मिसिनेरीहरूको प्रवेश सन् १६२८ मा भएको थियो। तात्कालिन राजा लक्ष्मीनरसिंह मल्लले पोर्चुगलका मिसिनेरी जेसुइट फादर जुआन काब्रललाई हार्दिकताका साथ् स्वागत गरेका थिए। राजाले फादरलाई एउटा ताम्रपत्र दिएर पुरस्कृत समेत गरेका थिए, जुन ताम्रपत्रमा इसाईमतको प्रचार गर्न अनुमति दिइएको थियो। त्यसपछी सन् १६६१ मा बेल्जियमका मिसिनेरी अल्बर्ट र अष्ट्रियाका मिसिनेरी जोहानले नेपाल भ्रमण गरे, तर उनीहरू लामो समय नेपालमा बसोबास गरेनन्।

यसको धेरै बर्षपछी सन् १७०३ मार्च १४ का दिन ६ जना केपुचिन फादरहरू इटालीको रोमबाट नेपालतर्फ हिंडे। आधुनिक खालका यातायातका साधनहरू नभएको तात्कालिन समयमा उनीहरूलाई काठमाडौं आइपुग्न झन्डै ४ बर्ष लाग्यो। सन् १७०७ फेब्रुअरी २१ का दिन काठमाडौं आइपुगेका उनीहरू ब्यवस्थित हिसावले चाहिं सन् १७१५ बाट नेपालको भूमिमा बसोबास गर्न लागे। नेपाल आएको झन्डै ५३ बर्षपछी सन् १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले काठमाडौंमा द एजम्प्सन अफ आवर लेडी नामको चर्च सुरु गरे।

परमेश्वरको अनुग्रह र ती मिसिनेरीहरूको कठोर मेहनतको फलस्वरूप उपत्यकाका नेवार समुदायका दर्जनौं मानिसहरूले प्रभु येशूमा बिश्वास गरे। पछी गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरेपछि सन् १७६९ मा बिदेशी केपुचिन फादरहरूका साथमा ५७ जना नेपाली इसाईहरूलाई पनि देशनिकाला गरेर भारतको बेतियातर्फ पठाइदिए। आज पनि भारतको बेतियामा नेवार समुदायका इसाईहरू भेट्न सकिन्छ। सन् १७६९ मा नेपाली क्रिश्चियनहरूलाई प्रवाश पठाइएपछीको झन्डै १८० बर्ष इसाईमतको निम्ति नेपालको ढोका बन्द नै रह्यो। त्यसपछि सन् १९५० सम्म कोहि पनि नेपाल आउन र प्रचार गर्न पाएनन्। यहाँसम्म कि नेपालकै भूमिमा जन्मेका नेवार इसाईहरूले समेत आफ्नो देशमा रहन पाएनन्। यसरी नेपाल देशको इतिहासले क्रिश्चियनहरूमाथि बर्बर दमन गरेको देखिन्छ।

नेपाली इतिहासको यो पाटोले स्पष्ट गर्दछ कि नेपालका क्रिश्चियनहरू भर्खर छिरेकाहरू होइनन्। राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु अघि नै काठमाडौं उपत्यकाका थुप्रै नेवारहरू क्रिश्चियन भइसकेका थिए। आधुनिक नेपालको एकीकरणको इतिहासभन्दा नेपालका क्रिश्चियनहरूको इतिहास पुरानो छ। छोटकरीमा भन्नुपर्दा, एकीकरणबाट नेपाल भन्ने देश बन्नु अघि नै यहि भूमिमा जन्मेका थुप्रै मानिसहरूले इसाईमत ग्रहण गरिसकेका थिए। हिन्दु धर्मलाई राज्य-धर्मको रुपमा स्वीकार गरिनुभन्दा कयौं बर्ष अघि नै नेपालमा क्रिश्चियनहरू थिए। तात्कालिन नेपाल उपत्यकामा पृथ्वीनारायण शाहको प्रवेश हुनु अघि देखि नै यहाँ क्रिश्चियनहरू थिए। के इतिहासको यो पाटोलाई बिर्सेर क्रिश्चियनहरूलाई घरीघरी ऐतिहासिकताको प्रश्न उठाउनु जायज होला र?

कतिपयले क्रिश्चियनहरूको आस्थाको नभई क्रिश्चियनहरूको कामको मात्र बिरोध गरेको भनेर पनि दावी गर्दछन्। क्रिश्चियनहरूमाथि जबर्जस्ती धर्मपरिवर्तनको आरोप बग्रेल्ती लाग्ने गरेको छ। यो सतप्रतिशत सत्य कुरा हो कि जबर्जस्ती वा प्रलोभनमा पारेर कसैले कसैको धर्मपरिवर्तन गराउन पाइँदैन। तर, केलाई भन्ने जबर्जस्ती धर्मपरिवर्तन ? केलाई भन्ने प्रलोभन ? खान नपाउनेहरूलाई खान दिनु, लगाउन नपाएकाहरूलाई एकसरो लगाउन दिनु, अनाथलाई आश्रय दिनु पाप होइन। चाहे यसलाई पाप भनियोस् वा प्रलोभन; क्रिश्चियनहरूले कुनैपनि अवस्थामा यी कामहरू गर्न छाड्ने छैनन्।

यो देशमा गृहमन्त्रालय हाँकेकाहरू, एकसमय राष्ट्रकै शक्तिशाली मानिएकाहरूले भष्ट्राचारको आरोपमा कारवाही भोगीसके। बिगत एक दशकभित्र सयौं घुसखोर र तस्करहरू पक्राउ परे। तर क्रिश्चियन बनेबापत पैसा दिनेहरू किन भेटिएनन्? किन उभ्याइएन तिनीहरूलाई कानुनको कठघरामा? पैसा दिएर हिन्दुहरूलाई क्रिश्चियन बनाइन्छ भन्नेमध्येका कोहि त बताइदिनोस् कि हामीलाई क्रिश्चियन बनाएबापतको पैसाचाहिँ कसले खाएछ ? किनकि हामीकहाँ त कहिल्यै त्यस्तो कुनै पैसा आएन। यी दिनहरूमा जबर्जस्ति धर्मपरिवर्तन नामको बेमौसमी बाजा बजाएर स्वेच्छाले आफ्नो आस्था बदल्न पाउने व्यक्तिगत स्वतन्त्रताको हनन गर्ने काम भईराखेको छ।

पछिल्लो समय नेपाली जनमानसमा धर्मपरिवर्तनको मुद्दा साँच्चिकै पेचिलो बन्दै गइराखेको छ। धर्मपरिवर्तनको बिपक्षमा थुप्रै आवाजहरू गुन्जिन थालेका छन्। यदाकदा यसको समर्थनका आवाजहरू पनि नसुनिएका भने होइनन्।

अहिले हल्ला गरीएझैं गरि; धर्मपरिवर्तन गर्नु साँच्चै अपराध नै हो त ? के एक्काईसौं शताव्दीको मान्छेलाई आफ्नै आस्था निर्क्यौल गर्ने अधिकार पनि छैन र ? के एउटा वयस्क व्यक्तिले आफ्नो निर्णय आफैले गर्न सक्दैन र ? के कोहि व्यक्ति कुनै बिशेष धर्मको नाम निधारमा लेखेर जन्मेको हुन्छ र ? धर्मपरिवर्तन गर्न नहुने हो भने देश परिवर्तन गर्न पनि त हुँदैन होला, आफ्नो भाषा बिर्सेर छोराछोरीहरूलाई अंग्रेजी स्कूलमा पठाउन पनि त हुँदैन होला। होइन र ? कसैलाई गुलियो मन पर्छ भने गुलियो खाओस्, मन पर्दैन भने अमिलो, पीरो वा नुनिलो खाओस्, यो त अरूहरूले टाउको दुखाइको विषय नहुनुपर्ने होइन र ? यी तमाम प्रश्नको जवाफ कसले दिने ?

बिक्रम सम्बत २०४८ साल बैसाख ३१ गते तदानुसार मे, १४ १९९१ का दिन नेपालले हस्ताक्षर गरेको मानवाधिकारसम्बन्धि अन्तराष्ट्रिय घोषणापत्र - १९४८ को धारा १८ ले स्पष्ट रुपमा व्यक्तिको धर्मपरिवर्तन गर्न पाउने अधिकारको सुनिश्चितता गरेको छ। साथमा यस धाराले एक्लै वा सामुहिक रुपमा, गोप्य वा खुल्ला रुपमा आफ्नो आस्था/विश्वासको प्रचारप्रसार गर्न पाउने हक हरेक व्यक्तिमा रहने स्पष्ट गरेको छ ।

Sunday, July 17, 2016

अन्य भाषाहरूको वरदान के हो ?

हामी सर्वप्रथम आजकल हुने गरेको अन्य भाषाहरूको अभ्यासलाई विचार गरौं। त्यहाँ वास्तवमा के बोलिन्छन्? साँच्चीकै भाषा कि अर्थहीन बकबक?

"क्यारिज्म्याटिक व्यक्तिहरूले आफ्नो अन्य भाषालाई प्रार्थना गर्नका लागि परमेश्वरद्वारा दिइएको,  सम्भवत: स्वर्गदूतको भाषाको रूपमा लिन्छन्। तर केवल बुझ्ने भाषामा परमेश्वरलाई सम्बोधन गर्नेहरूका निम्ति र भाषाविदहरू (जोहरू यस विषयमा एकमत छन्) को जानकारी अनुसार अन्य भाषामा भाषाको कत्ति पनि चरित्र नरहेको पाइन्छ" ("क्यारिज्म्याटिक रिनुवल", मार्च ७, १९८० को क्रिश्चियानिटी टुडेको पृष्ठ १६-१७ मा जे आइ प्याकरको लेखबाट)।

"विलियम समारिन, टोरोन्टो युनिभर्सिटीका भाषाविज्ञानका प्राध्यापक लेख्‍नुहुन्छ:

'पाँच वर्षको अवधि लगाएर मैले इटाली, हल्याण्ड, जमाइका, क्यानडा र संयुक्त राज्य अमेरिकाका सभाहरूमा भाग लिएको छु। मैले पुरानो खाले पेन्टेकोस्टलहरू र नयाँ खाले पेन्टेकोस्टलहरूको अवलोकन गरेको छु। म निजी घरहरूमा हुने साना जमघटहरूमा पुगेको छु साथै बडेमाका सार्वजनिक सभाहरूमा पुगेको छु। मैले [न्यूयोर्कस्थित] ब्रङ्क्सका प्वेर्टो-रिकनहरू, आपलेचियनहरूका सर्प खेलाउनेहरू र लस-एन्जलसका रूसी मलाकन्सहरू जस्ता फरक-फरक संस्कृतिहरूका बीचमा पुगेको छु...मैले अन्य भाषा बोल्नेहरूसित अन्तर्वार्ता लिएको छु र अन्य भाषाको असंख्य नमुनाहरू रेकर्ड गरेको छु र तिनका विश्लेषण गरेको छु। हरेकमै ग्लोसोलेलिया [अन्य भाषा] भाषा विज्ञानको दृष्टिकोणमा अर्थहीन भेटियो। सतहमा मिल्दोजुल्दो रूप भए तापनि ग्लोसोलेलिया वास्तवमा भाषा होइन।'" (द क्यारिज्म्याटिक्स्,पृष्ठ १६२ मा जन म्याकआर्थरद्वारा उद्धृत)।

अर्को शब्दमा भन्ने हो भने, तपाईं क्यारिज्म्याटिक सभामा जानुहोस् जहाँ मानिसहरू अन्य भाषाहरूमा बोलिरहेका छन्, टेप रिकर्डरमा अन्य भाषाका बोलिहरूलाई रिकर्ड गर्नुहोस् र टेप रिकर्डरलाई सर्वोत्कृष्ट भाषाविदहरूकहाँ लगेर उनीहरूलाई अन्य भाषाका ती उच्चारणहरू अध्ययन गर्न दिनुहोस्। तब उनीहरूको निष्कर्ष के हुनेछ? उनीहरूको निष्कर्ष यो हुनेछ, यी उच्चारणहरू अर्थहीन छन्, यी कुनै भाषा होइनन्।

यी कथित "अन्य भाषाहरू" त बाइबलका पन्नाहरूमा वर्णित अन्य भाषाहरू भन्दा ज्यादै फरक छन्। यस बारेमा चाबी खण्डचाहिँ प्रेरित अध्याय २ मा पाइन्छ जहाँ अन्य भाषाहरूको वरदानको पहिलो ऐतिहासिक प्रयोगको बयान छ। पेन्टेकोस्टको त्यस दिनमा के बोलिएका थिए त? यो निर्विवाद छ, त्यस दिन वास्तविक भाषाहरू नै बोलिएका थिए:

"तर जब त्यो आवाज भयो, तब एउटा भीड भेला भयो, र ती छक्कै परे; किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो...अनि कसरी हामीमध्ये हरेकले जुन भाषामा हामी जन्म्यौं, त्यसैमा बोलेको सुन्दैछौं ता?" (प्रेरित २:६,८)।

यस खण्डबाट हामी बाइबलीय अन्य भाषाको वरदानको परिभाषा नियमपूर्वक स्थापित गर्न सक्दछौं। अन्य भाषाको वरदान भनेको आफूले कहिल्यै नसिकेको भाषालाई बोल्न सक्ने अलौकिक क्षमता हो। यो अलौकिक थियो किनभने "आत्माले तिनीहरूलाई बोली दिनुभएअनुसार" (पद ४) थियो यो र उहाँबेगर यो हुन नै सक्दैनथ्यो। यो वास्तविक भाषा थियो "किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो" (पद ६)। ती वक्ताहरू आफूले कहिल्यै नसिकेका भाषाहरूमा बोल्दैथिए:

"अनि तिनीहरू सबै छक्कै परेर आपसमा यसो भन्दै अचम्म माने: "हेर, के यी बोल्नेहरू सबै गालीली होइनन् र?" (पद ७)।

अर्को चाबी खण्ड हो १ कोरिन्थी १४। अन्य भाषाहरू वास्तविक भाषाहरू थिए भन्ने तथ्यलाई समर्थन गर्ने दुइटा मजबुत तर्कहरू यस अध्यायमा भेटिन्छन्:

तर्क #१ – अन्य भाषाहरूलाई अनुवाद गर्न सकिन्थ्यो भन्ने तथ्य

१ कोरिन्थी १४:५,१३,२७,२८ मा हेर्नुहोस्। कुनै पनि विदेशी बोलीको अर्थ यदि बुझिने हो भने त्यसलाई अनुवाद गरिनुपर्दछ। त्यसैले त संयुक्त राष्ट्र संघका अधिवेशनहरूमा दोभाषेहरू (interpreters) प्रयोग गरिन्छन्। यी निपुण अनुवादकहरूले भाषाको रूपान्तर गरिदिएर विभिन्न राष्ट्रका प्रतिनिधिहरूलाई निजहरूले नबुझ्ने भाषामा बोलिएका कुरा बुझ्नलाई सेवा पुर्‍याउँछन्। मत्ती १:२३ मा "अर्थ"  (interpretation) को माने "अनुवाद" हो भनेर देख्‍न सकिन्छ (हिब्रूमा "इम्मानुएल" लाई नेपालीमा "परमेश्वर हामीसित" भनेर अनुवाद गरिन्छ)।

हाम्रो तर्क यत्ति हो: वास्तविक भाषाको मात्र अर्थ हुन्छ अर्थात् त्यसलाई अनुवाद गर्न सकिन्छ। उत्तेजित उच्चारणहरू वा अर्थहीन ध्वनीहरू वा अर्थ नभएका बकबकलाई अनुवाद गर्न सकिन्न। उदाहरणको लागि "अमेजिङ्ग ग्रेस"  शीर्षक भएको आत्मिक गीत नेपालीमा अनुवाद गरिन सकियो किनकि उक्त गीत एउटा वास्तविक भाषा (अङ्ग्रेजि) मा रचना गरिएको थियो। तर "फा ला ला ला ला ला ला ला ला" भनेर गाइने एउटा ख्रीष्टमस गीत भने अनुवाद गर्न सकिन्न किनकि यी स्वरहरू अर्थहीन छन्, सायद यीचाहिँ एक रमाइलो मानिरहेको व्यक्तिको भावुक अभिव्यक्ति भने होलान्।

निष्कर्ष: वास्तविक भाषाहरूको मात्र अर्थ बताउन सकिन्छ वा अनुवाद गर्न सकिन्छ। १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू अनुवाद गर्न सकिन्थे। तसर्थ १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू वास्तविक भाषाहरू थिए।

तर्क #२ – अन्य भाषाहरूमा शब्दहरू थिए भन्ने तथ्य

१ कोरिन्थी १४:१९ मा पढ्नुहोस् — "तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले पाँचओटा शब्द बोल्नु नै म चाहन्छु।" यस पदले ज्यादै स्पष्ट देखाउँछ कि अन्य भाषाहरूको वरदानमा "शब्द" हुन्थे। शब्द के हुन् त? अर्थ बोकेका स्वर हुन् ती। ती अर्थ बोक्ने माध्यम हुन् जसद्वारा हामी एक-अर्कासँग संवाद गर्दछौं। बाइबलमा अन्य भाषाहरू कुनै उत्तेजित उच्चारणहरू थिएनन्, ती तशब्दहरू थिए। अर्थहीन आवाज थिएनन् ती, ती त शब्दहरू थिए। अर्थ नभएक बकबक थिएनन् ती, ती त शब्दहरू थिए। उत्तेजित उच्चारणहरू थिएनन् ती, ती त अर्थपूर्ण उच्चारणहरू थिए।

अन्य भाषाहरूको वरदान विश्वमा बोलिने वास्तविक भाषाहरू थिए भन्ने कुरालाई समर्थन गर्ने थप तर्कहरूका लागि अङ्ग्रेजी पाठकलेबाइबलीय अन्य भाषाहरू वास्तविक भाषाहरू थिए – १२ ओटा कारणहरू (Twelve Reasons Why Biblical Tongues Were Real Languages) भन्ने लेखलाई अध्ययन गर्न सक्नुहुन्छ।

८) के नयाँ नियमका समयमा हरेक विश्वासीले अन्य भाषाहरूमा बोल्नैपर्छ भन्ने धारणा थियो?

के अन्य भाषाहरूको वरदान हरेक विश्वासीलाई दिइन्थ्यो? के अन्य भाषाहरू हरेक विश्वासीले बोल्नुपर्छ भनेर अपेक्षा गरिन्थ्यो?

१ कोरिन्थी १२:४-११ बाट हामी यो सिक्छौं हरेक विश्वासी जनसित एक न एक आत्मिक वरदान हुन्छ तर हरेक विश्वासीको वरदान एउटै हुँदैन। केही विश्वासीहरूसित अन्य भाषाहरूको दान थियो (पद १०) तर सबैसित होइन। १ कोरिन्थी १२:३० मा प्रश्‍न गरिएको छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन्?" यो यस्तो खाले प्रश्‍न हो जसले नकारात्मक जवाफको माग गर्दछ। यसलाई नेपालीमा यसरी अनुवाद गर्न सकिन्छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन् र?" यसको जवाफ हुन्छ, "बोल्दैनन्!" सबैले नै अन्य भाषाहरूमा बोल्दैनन्। यो दान कतिसित थियो तर सबैसित थिएन। यसर्थ नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कतिपयलाई दिइन्थ्यो तर सबैलाई होइन।

त्यसो भए क्यारिज्म्याटिक समूहहरूमा किन सबैलाई नै अन्य भाषाहरूमा बोल्न अर्ती दिइन्छ र कर लगाइन्छ? यो सबैलाई दिइने वरदान होइन भने किन सबैलाई यसै गर्नुपर्छ भन्ने सल्लाह दिइन्छ?

९) अन्य भाषाहरूमा बोल्नुपर्छ भनेर विश्वासीलाई आज्ञा दिइएको भए सो कहाँ उल्लेख छ त?

त्यस्तो आज्ञा कतै छ त? "पवित्र आत्माले भरपूर होओ" (एफेसी ५:१८) भन्ने आज्ञा त छ। "आत्मामा हिँड" (गलाती ५:१६) भन्ने आज्ञा त छ। तर अन्य भाषाहरूमा बोल्नका लागि भने कतै आज्ञा दिइएको पाइँदैन। त्यस्तो आज्ञा कतै भेटिएला भन्ने आशा गर्न पनि मिल्दैन। किनभने जुन काम गर्न सकोस् भनेर परमेश्वरले कसै-कसैलाई मात्र क्षमता दिनुभयो, त्यही काम गरोस् भनेर उहाँले सबै विश्वासीहरूलाई कसरी आज्ञा गर्नुहुन्थ्यो र?

हाम्रा क्यारिज्म्याटिक मित्रहरूलाई एउटा चुनौती दिन चाहन्छौं: "यदि तपाईंहरूले मैले अन्य भाषामा बोल्नुपर्छ भन्ने एउटै मात्र आज्ञा परमेश्वरको वचनबाट प्रस्तुत गर्न सक्नुहुन्छ भने म खुसीसित अन्य भाषामा बोल्नलाई इच्छुक बन्नेछु।"

अन्य भाषाहरूमा बोल्न सिक्न मदत गर्ने प्रयासमा क्यारिज्म्याटिक अगुवाहरूले मानिसहरूलाई के-कस्ता निर्देशन दिने गर्छन्? एउटा उदाहरण यस प्रकार छ:

"[आफ्नो मातृभाषा] को एक शब्द पनि नबोल्ने अठोट गर्नुहोस् (किनभने एकैचोटि दुइटा भाषामा बोल्न सकिन्न)। आफ्नो स्वरको आवाज उठाउनुहोस् अनि पवित्र आत्माले तपाईंलाई नयाँ भाषाको उच्चारण अलौकिक तवरले दिनुहुनेछ। 'के भन्ने होला' भनेर फिक्री नगर्नुहोस् किनकि यो भाषा अलौकिक तवरले बोलिन्छ र यो भाषा मन वा मस्तिष्कबाट आउने कुरो होइन तर पवित्र आत्माद्वारा चलाइएर तपाईंको आत्माबाट आउने कुरो हो। विश्वासमा बोली-संयन्त्र (स्वर यन्त्र, जिभ्रो, ओठहरू) लाई क्रियाशील बनाउनुहोस् जसरी कुनै भाषामा बोल्दा ती क्रियाशील गरिन्छन् अनि पवित्र आत्माले, तपाईंभित्र अब रहनुभई, तपाईंलाई बोली दिनुहुनेछ।" [From a tract published by Dr. Hobart Freeman, Faith Ministries and Publications (Warsaw, Indiana)]

प्राचीन मण्डली इतिहासको पन्नामा पाइने अर्को उदाहरण यस प्रकार छ:

मार्कस: "'आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।' यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दु:साहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ।" [Irenaeus Against Heresies]

आफूले बोल्नुपर्ने के हो, त्यसको विचारै नगर्नू अरे? आफ्नो मन-मस्तिष्क प्रयोग नगर्नु अरे? के यस्तो सल्लाह पनि बुद्धिमानी हुन सक्छ?

१०) नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कत्तिको महत्त्वपूर्ण थियो?

"म मेरा परमेश्‍वरलाई धन्यवाद चढाउँछु — तिमीहरू सबैभन्दा बढी म भाषाहरू बोल्दछु; तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले पाँचओटा शब्द बोल्न नै म चाहन्छु" (१ कोरिन्थी १४:१८-१९)।

गजबको तुलना गरिएको छ यहाँ! बुझ्न सकिने पाँचओटा शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा उत्तम हुन्छन्! प्रवचनलाई पाँच शब्दमा सीमित गर्न भनी कुनै प्रचारकलाई अनुरोध गर्नु कस्तो होला! (१) एकदम (२) थोरै (३) मात्र (४) भन्न (५) सकिन्छ! तर ती पाँच शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा बढी लाभदायक हुन्छन्।

दस हजार शब्द बोल्न करिब डेढ घण्टा समय लाग्छ। पाँच शब्द बोल्न दुई सेकेन्ड मात्र लाग्छ। दुई घण्टा लगाएर नबुझिने शब्दमा बोल्नु भन्दा दुई सेकेन्डमा "ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो" (१ कोरिन्थी १५:३) भनेर बताउन नै पावल रोज्दछन्। जब त्यो बुझ्न सकिँदैनथ्यो त्यस बेला अन्य भाषाको कुनै महत्त्व रहँदैनथ्यो। यसैकारण अन्य भाषाको अनुवाद अनिवार्य गरिनुपर्थ्यो।

१ कोरिन्थी १४ मा पावलले अन्य भाषाको वरदान भन्दा भविष्यवाणीको वरदान बढी मूल्यवान रहेको बताउँछन् (१-५ पदहरू पढ्नुहोस्)। पावलले १ कोरिन्थी १२:२८ मा केही वरदानहरूलाई तिनका तुलनात्मक महत्त्वको आधारमा सूचीत गरेको देखिन्छ: "अनि परमरेश्वरले मण्डलीमा कतिलाई नियुक्त गर्नुभएको छ: पहिलो प्रेरितहरू, दोस्रो भविष्यवक्ताहरू, तेश्रो शिक्षकहरू; त्यसपछि सामर्थ्यका कामहरू, तब निको पार्ने वरदानहरू, सहायताहरू, अगुवाइ गर्ने कामहरू र किसिम-किसिमका भाषाहरू।" अन्य भाषा सबभन्दा पुछारमा उल्लेख गरिएको छ।

११) के कुनै वरदानहरू अस्थायी थिए?

के त्यस्ता कुनै वरदानहरू थिए जसलाई परमेश्वरले आज दिने गर्नुहुन्न?  निम्न उल्लेखित दुइटा वरदानहरू अस्थायी वरदानका उदाहरण हुन्:

१) प्रेरितको वरदान

आज मण्डलीमा कोही पनि प्रेरित छैनन्। यस तथ्यलाई प्रायः सबैले स्वीकार्छन्, धेरै पेन्टेकोस्टल अध्येताहरूले समेत। मर्मनहरू (Mormons) ले र साथै अन्य केही समूहहरूले आज पनि प्रेरितहरू छन् भनेर विश्वास गरे तापनि अधिकांशले भने प्रेरितहरू पहिलो शताब्दीका चुनिएका र दानयुक्त व्यक्तिहरूको एक विशिष्ट र ज्यादै भिन्न समूह थियो भनी स्वीकार्छन्। १ कोरिन्थी ९:१ मा एउटा साँचो प्रेरित भनेको बौरिउठ्नुभएको ख्रीष्टलाई आफ्नै आँखाले देख्‍ने व्यक्ति हुनुपर्छ भन्ने सङ्केत दिइएको पाइन्छ। आजका विश्वासीहरूको सवालमा यो साँचो हुने कुरै भएन (यूहन्ना १६:१०; १ पत्रुस १:८)।

२) भविष्यवाणीको वरदान

आज मण्डलीमा परमेश्वरद्वारा दानयुक्त भविष्यवक्ता (अगमवक्ता) हरू छैनन् यद्यपि त्यहाँ थुप्रै झूटा भविष्यवक्ताहरू भने छन्। प्रायः सबै क्यारिज्म्याटिक व्यक्तिहरू भविष्यवाणीको वरदान आजको लागि पनि हो भनेर विश्वास गर्दछन्। यस विषयमा #१३ मा चर्चा गरिनेछ। [धेरै वरदानहरूका अस्थायी चरित्रको बारेमा जर्ज जेलरद्वारा लिखित God's Gift of Tongues, pages 113-116हेर्नुहोस्]

अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?
तपाईंलाई यो बारेमा बुझ्न चाहान्नुहुन्छ भने यो लिन्कमा हेर्नू होला । http://wordoftruth.com.np/index.php?page=tongues-ceased
लेख पा. प्रदेश श्रेष्ठ

Sunday, July 10, 2016

एउटा ब्याक्तिले किन आफ्नो धर्म परिवर्तन गर्छ ?

आजकल  बजारमा ‘धार्मिक स्वतन्त्रता’ कि ‘धर्मनिरपेक्षता’ भन्ने विषयमा बहस चल्दैछ ।  चल्दैछ त के भनौं, नेपालको राज्य फेरि पनि हिन्दु धर्म सापेक्ष हुनुपर्छ भनेर तर्क गरिँदैछ । केही हिन्दु धर्मका टपरे भारतिय ठेकेदारहरूले धर्मको खोल ओढेर नेपालमा उडन्त मच्चाउन खप्पिस छन । त्यसै सवालमा एक जना साथीको तर्क थियो, ‘धर्मको विषयलाई संविधानमा राखेर किन विवाद गर्ने ? आखिर धर्म व्यक्तिको स्वतन्त्रताको कुरा हो भने संविधानमा धर्मको बारेमा कुनै कुरा उल्लेख नगरे हुन्न ?’

कुरो ठीक हो । धर्म व्यक्तिगत आस्था र स्वतन्त्रताको कुरा नै हो । त्यही भएर राज्यको मूल कानुन संविधानले कुनै एक अमूक धर्मको पक्षपोषण गर्नु हुँदैन भनेरै हिजोसम्म हिन्दूधर्म सापेक्ष रहेको मुलुकलाई धर्मनिरपेक्ष मुलुक बनाइएको हो । आखिर धर्मनिरपेक्षताले पनि त्यही धार्मिक स्वतन्त्रताको प्रत्याभूति गर्ने न हो । अनि फेरि धर्मकै नाउँमा किन राजनीति गरिँदैछ ? किन विद्वेष फैलाउन खोजिँदैछ ? किन धार्मिक लफडा निकालिँदैछ ? प्रश्न स्वभाविक रुपमा जन्मिन्छन् ।

अनि एकथरी धार्मिक अतिवादीहरु त्यही धर्म निरपेक्षताको विरोध गरिरहेका छन् । जुलुस गरिरहेका छन् । तिनको केन्द्रमा राप्रपा नेपाल रहेको छ । अनि राप्रपा नेपालले अगुवाइ गरिरहेको हिन्दु राष्ट्र आन्दोलनमा नेपाली कांग्रेसको एउटा तप्का पनि समावेश छ । अनि नजानिँदो तरिकाले अन्य वामपन्थी भनिने दलभित्रका खस आर्य समुदायका कतिपय मान्छे पनि प्रभावित भएका छन् । उनीहरुले बाहिरी रुपमा नभए पनि भित्री रुपमा यसको पक्षपोषण नै गरेका कतिपय प्रसंग फाट्टफुट्ट आइरहेका छन् । सन्दर्भ कतिपय व्यक्त होलान्, कतिपय अव्यक्त पनि ।

नेपाललाई बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृतिको साझा फूलबारी मानिएको छ । यस्तो परिस्थितिमा कसरी एउटा वर्ग र समुदायका मानिसका धर्म, परम्परा र संस्कृतिलाई संविधानमा मात्रै उल्लेख गर्न सकिन्छ ?
अनि अहिले सहरमा मस्यौदा संविधानमा छलफल हुँदै गर्दा त्यसैको तमासा चलिरहेको छ । मूलतः राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा यो तमासा चलेको हो । उनले नेपाललाई हिन्दु राष्ट्र कायम राख्नुपर्ने भन्दै आएका छन् । यसका लागि उनले पटकपटक अनेक धार्मिक सभा पनि सम्पन्न गरे । मेची महाकाली धार्मिक रथयात्रा पनि गरे । अब फेरि धर्मनिरपेक्षताविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

त्यसो त संघीय गणतन्त्र नेपालमा पनि संवैधानिक राजतन्त्रको मुद्दा उठाएर चुनावमा उत्रिएको दलले हिन्दु धर्मको वकालत गर्नु कुनै अनौठो कुरा होइन । उनको राजनीतिक लाइन नै अहिलेको परिवर्तनलाई सकेसम्म उल्ट्याउनु नभए पनि यसलाई संस्थागत हुन नदिनु नै हो । अनि त्यस समूहले उठाएका मागप्रति अन्य परिवर्तन पक्षधर दलका नेताहरु पनि बेलाबेला बहकिएको देख्दा भने अचम्म लाग्छ ।

आखिर अहिलेको लोकतान्त्रिक व्यवस्थाका सबैभन्दा सुन्दर पक्ष भनेकै यही हो, जहाँ कमल थापाहरु निर्धक्क भएर आफ्ना एजेण्डा उठाइरहेका छन् । उनी संसदमा उच्च आवाजका साथ लोकतन्त्रको प्रवचन दिइरहेका भेटिन्छन् । यसो भन्दै गर्दा उनले उठाएका एजेण्डा कतिसम्म अग्रगामी हुन् वा तिनले पुरानै परम्परा र संस्कारको निरन्तरता हो ? यो भने छुट्याउनुपर्छ नै ।

निश्चित रुपमा हिजो मुलुक एउटा फरक स्वरुपमा थियो । हिजो मुलुक एकात्मक हिन्दु अधिराज्य थियो जहाँ वंशका आधारमा शासन गर्ने प्रणाली विद्यमान थियो । अनि एउटा कुलले शासन गर्दथ्यो । अनि बलपूर्वक त्यही एउटा वंश र कुलले मानिआएको धर्म, संस्कार र परम्परालाई राज्यको धर्म बनाइयो ।

आखिर व्यक्तिले मान्दै आएको धर्म र संस्कृतिले उसलाई पहिचान दिन सकेनन् भने ऊ त्यो परिवर्तन गर्न स्वतन्त्र हुन्छ नै । धर्मका चर्का कुरा गर्नेहरुले यसलाई बुझेको खोई ?
त्यो अवधिमा कतिपय रैथाने रीतिरिवाज, संस्कार, परम्परा, संस्कृति र धर्मलाई पूर्णतया निषेध गरियो । अनि संविधानमै त्यही खस आर्य समुदायले मान्ने गरेको हिन्दु धर्मलाई राजधर्म बनाइयो । अहँ, धर्म व्यक्तिगत स्वतन्त्रताको कुरा हो भनेर कहिल्यै स्वीकार गरिएन । धर्ममा राजनीति गर्नुहुँदैन भनेर कहिल्यै महसुस गरिएन । बरु धर्मलाई राज्यको सम्पत्तिजस्तै पो मानियो । ससाना बालबालिकालाई त्यही धर्ममा आधारित स्तुतिहरु सिकाइयो । र, यो एउटा सांस्कृतिक विरासत नै बन्न पुग्यो ।

तर, आज हामी फरक सन्दर्भमा छौं । आज त्यो मनुस्मृतिबाट निर्देशित एकात्मक हिन्दु वर्णाश्रममा आधारित राजतन्त्रात्मक शासन व्यवस्था ढलेको छ । अनि गणतन्त्रात्मक शासन व्यवस्थाले विद्यमान जातीय, धार्मिक, सांस्कृतिक, भाषिक र क्षेत्रीय विविधतालाई स्वीकार गरिसकेको छ । नेपाललाई बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृतिको साझा फूलबारी मानिएको छ । यस्तो परिस्थितिमा कसरी एउटा वर्ग र समुदायका मानिसका धर्म, परम्परा र संस्कृतिलाई संविधानमा मात्रै उल्लेख गर्न सकिन्छ ? किमार्थ सकिँदैन र हुँदैन पनि ।

अहिले मुलुकमा गणतान्त्रिक संघात्मक शासनको युग प्रारम्भ भएको छ । अनि राज्यले पहिलेझै कुनै एउटा धर्म, संस्कृति र परम्परालाई मात्रै संरक्षण गर्न मिल्छ ? कदापि मिल्दैन । अनि के आरोप लगाइँदैछ भने धर्मनिरपेक्ष भएसँगै मुलुकमा अन्य धर्मको प्रभाव र विस्तार बढ्यो भनेर । ठीक छ, अन्य धर्मले प्रभाव विस्तारका लागि आर्थिक प्रलोभन देखाएको कुरा पनि आएको छ । यो एकहदसम्म ठीकै पनि होला ।

अनि गरिब जनतालाई आर्थिक प्रलोभनमा पारी धर्म परिवर्तन गराउने प्रचलन फगत धर्मनिरपेक्ष भएपछि मात्र सुरु भएको होइन । हिजो मुलुक कथित हिन्दु राज्य हुँदा पनि यो भएकै थियो । यसलाई रोक्न चेतना जगाउनु पर्‍यो । आखिर व्यक्तिले मान्दै आएको धर्म र संस्कृतिले उसलाई पहिचान दिन सकेनन् भने ऊ त्यो परिवर्तन गर्न स्वतन्त्र हुन्छ नै । धर्मका चर्का कुरा गर्नेहरुले यसलाई बुझेको खोई ?

अरुको पहिचानलाई नामेट पारेर एकपक्षीय ढंगबाट आफ्नै धर्मअनुसार राज्यको परिभाषा खोज्नेहरु विखण्डनकारी हुन्छन् कि विभेद र उत्पीडनको शिकार भई आफ्नो पहिचान माग गर्नेहरु ?
अनि व्यक्तिले किन धर्म परिवर्तन गर्छ ? यसको अध्ययन हुनुपर्‍यो  । फगत धर्मनिरपेक्ष भएकै कारण धर्म परिवर्तन भएको निष्कर्ष निकाल्न मिल्दैन । फेरि धर्म भनेको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । अनि उसले फेरबदल गर्न किन नपाउने ? कसैलाई धर्म मान्न जत्तिको स्वतन्त्रता हुन्छ, धर्म नमान्न पनि त पाउनुपर्‍यो नि । अनि बहुधर्म मान्ने देशका नागरिकको मुलुकले कसरी एउटा धर्मको मात्रै पक्षपोषण गर्न सक्छ ? अनि कसरी गर्न मिल्छ ? निश्चय पनि हिजो के थियो होइन, अब के गर्दा राम्रो हुन्छ, त्यतातिर सोच्नुपर्छ ।

अनि एकथरी मानिसहरु धर्मनिरपेक्षताको वकालत गर्नेहरुलाई राष्ट्रघाती देखाउने कुचेष्टा गरिरहेका छन् । उनीहरुले देशलाई विखण्डन गर्न लागेको हास्यास्पद कुतर्क गर्दैछन् । ती बकम्फुसे कुरा गर्नेहरुलाई मेरो प्रश्न छ, अरुको पहिचानलाई नामेट पारेर एकपक्षीय ढंगबाट आफ्नै धर्मअनुसार राज्यको परिभाषा खोज्नेहरु विखण्डनकारी हुन्छन् कि विभेद र उत्पीडनको शिकार भई आफ्नो पहिचान माग गर्नेहरु ? बरु ती धार्मिक अतिवादीहरु विखण्डनकारी हुन्, जसले धर्मको नाउँमा बलमिच्याइँ गर्न खोज्दैछन् । । किनकि तिनले धर्मको नाउँमा विभेद कायम राख्ने कसरत गर्दैछन् र तिनले अरुको अस्तित्वलाई अस्वीकार गरिरहेका छन् ।

यसर्थ, पहिचान माग्नेहरु होइन अरुको पहिचान निषेध गर्न खोज्नेहरु विखण्डनकारी हुन् । अरुको अस्तित्व खोस्नेहरु विखण्डनकारी हुन् । अनि यति प्रतिशत र उति प्रतिशत हिन्दु छन् भन्दै सडकमा तमासा देखाउँदैमा तथ्य तोडिँदैन र छोपिँदैन पनि । धर्मको नाउँमा राजनीति गर्नेहरुले बेलैमा बुझे हुन्छ, धर्मको नाउँमा गरिने राजनीति निकै पुरानो हो । अब यो चल्नेवाला छैन ।

चाहेर पनि गर्न नसकिएको आत्महत्या !!


आजकल सानै उमेर देखि लिएर बुढेसकाल सम्मका मानिसहरूलाई म देख्छु उनिहरु प्राय: सामाजिक सन्जाल मै धेरै जसो समय बिताई रहेका हुन्छन । यसमा म पनि समाबेश छु । आजभोलि फेसबुक को त कुरै नगरौं एउटै मान्छेले धेरै ओटा आईडी चलाएको पनि मैले देखेको छु ।

पहिलाको जमानामा पत्र लेख्ने चलन थियो । एताबाट एउटा पत्र पठायो अनि बल्ल कतिदिनमा उस्ले पाउथ्यो अनि लगभग एक महिनाको बादमा उत्तर आईपुग्थ्यो । पत्रमा एक अर्कालाइ गरिने सम्मन पनि राम्रो हुन्थ्यो । यी सबै सामाजिक सन्जालको आगमन संगै आजकाल का मानिसहरुले एकर्कालाई कसरी सम्बोधन गर्ने हो त्यो नै भुलिसकेको मलाई महसुस हुन थालेको छ ।

समयको परिवर्तन संगै आएको ईन्टरनेटले हामीहरुलाई पृथ्वीको जुनसुकै कुनामा भएता पनि एकदमै नजिक बनाईदिएको छ । तर यसको गलत प्रयोगले कति मानिसहरुलाई आजिवन दु:खि पनि नबनाएको हैन । आजकल उपलब्ध फेसबुक, वाट्सएप, ईमो, ट्विटर ईत्यादी चिज हरुले मानिसहरुलाई कुलतसरह नचलाई बस्न नसक्ने अवस्थामा पुर्याईदिएको छ ।

मानिसहरु चाहेर पनि यी सबै थोक चलाउन बाट अलग रहन सकेका छैनन । त्यसकारण यहाँ मैले भन्न खोजेको "आत्महत्या" पनि धेरै खालको हुदा रहेछन । मनिस पासो लगाएर मर्नु मात्र आत्महत्या होईन रहेछ, मेरो बुझाईमा । आत्महत्या भनेको आफुले आत्माबाटै चाहेको कुरालाई जबर्जस्ति छोड्न खोज्नु, जस्तै फेसबुक चलाउन मन लाग्दा लाग्दै आफ्नो एकाउन्ट बन्द गर्नु, केही चिज आफुलाई खाउं लागेर नखानु पनि आत्महत्या नैं हुन ।

मैले कति साथिहरु भेट्टाएं आज बाट म फेसबुक चलाउदिन भनेर आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गर्यो । फेरि केही दिन पछि चलाउन सुरु गर्यो यो पनि एउटा चाहेर पनि गर्न नसकेको आत्महत्या हो । म स्वयं पनि कहिले काहीँ त ह्या फेसबुक सबै बन्द गर्दिम कि जस्तो लाग्छ तर केही दिन सम्म लग आउट गर्छु फेरि मनमा खुल्दुली हुन थाल्छ के नयाँ खबर आयोहोला कस्ले कति लाईक कमेन्ट गरेहोला 😄😄 अनि फेरि सुरु हुन्छ ।

अन्त्यमा पुरानो जमानाबाट हामी नया युग मा प्रबेस गरिसकेको अवस्थामा आफ्नो आफ्नो तरिकाले आफ्नो सामाजिक सन्जालको उपयोग गर्दै जाउं । समाजिक संजाल लाई बिकृती को रुप मा हैन यो हामिलाई आवश्यकता थियो भन्ने धारणाको साथ यसलाई सहि सधुपयोग गरौ । हामी सबै यसको एडिक भएका छौं तर स्मरण रहोस यसको एडिक्सन ले हाम्रो जीवन मा नकारात्मक प्रभाव नपारोस । हामी अब यसलाई चाहेर पनि बन्द गरेर बस्न सक्दैनौं यो कुरा सबैलाई थाहा छ । त्यस्कारण चलाउं सहि तरिकाले चलाउने मन हुदा हुँदै पनि केही दिनको लागि बन्द गरेर आत्महत्या नगरौं । थाहा छ यो हामी सबैलाई लागेको रोग हो चाहेर पनि गर्न नसककिएको आत्महत्या ।।

#जोसन #लिम्बु