Saturday, December 24, 2016

तपाईंको मोबाइल मा बाइबल छ ?

यदि आजसम्म पनि तपाइँको मोबाइलमा नेपाली बाइबल डाउनलोड गर्नुभएको छैन भने यो लिन्क मा
www.bible.youthcircle.org क्लिक गरि नेपाली बाइबल डाउनलोड गर्नुहोस ।

आफुले डाउनलोड गरिसकेपछी साथिलाई पनि खबर गर्नुहोस ! तपाइँ जहाँ गएपनी परमेस्वरको वचन साथैमा लानुहोस किनकी परमेस्वरको वचन नै सैतानलाई हराउने हाम्रो लागि साधन हो ।

तपाइँ यदि इसाई हुनुहुन्न भने पनि बाइबल पढ्नुहोस, सत्य के हो ? किन इसाईहरु येशुलाई बिश्वास गर्छन ? त्यो कुरा बाइबल पढे पश्चात् प्रष्ट हुनुहुनेछ !

बिश्वमा धेरै बाँडिने, पढिने, बिक्रि हुने आज सम्मकै उच्च स्थानमा रहिरहने त्यस्तो पुस्तक हो बाइबल जुन सत्य परमेस्वरको वचन हो ! यसमा कुनै दन्त्य कथा समाबेश नभएर स्वयं परमेस्वरले मानिसहरुलाई पबित्र आत्माद्वारा चलाई लेखिएको बरमेस्वरको जिवित वचन हो !

जो कसैले बाइबल अध्ययन गर्दछन अनि बाइबलमा लेखिएको परमेस्वरको बचनको होसियारिपुर्वक पालना गर्दछन तिनीहरु सबै कुरामा सफलता हाँसिल गर्दछन । बिस्वका जुनसुकै सक्तिसाली काम गर्ने ब्याक्तिहरु वा चर्चित वैज्ञानिकहरुको जिवनी हेर्नुभयो भने उनिहरुले येसुलाई बिश्वास गरेको पाउनुहुन्छ !


किनको बाइबल आफैं पुर्ण परमेस्वरको सत्य वचन हो ! यसलाई कसैले आज सम्म कुनै आध्यात्मिक वा भौतिक प्रमाण जुटाएर झुटो साबित गर्न सकेका छैनन । जसले बाइबल को बिरोध गरे अन्ततः उनिहरुले येसु ख्रीस्टलाई नै आफ्नो ब्याक्तिगत मुक्तिदाताको रुपमा आफ्नो हृदयले बिश्वास गरि मरे !

*जोशन लिम्बू

Wednesday, December 21, 2016

निस्तार चाडको विषयमा माताबादिहरू के बताउँछन ?

निस्तार चाडको सम्बन्धमा
उनीहरू दावी गर्छन् कि हिब्रु क्यालेन्डर अनुसार निसान महिनाको चौधौं दिन (लेवी २३:५) मा निस्तार चाड नमनाउने कसैले पनि उद्धार मुक्ति प्राप्त गर्दैनन् । तर पुरानो नियममा उल्लेखित यस चाड यहुदीहरूको निम्ति मात्रै हो भनेर पुरानो नियमका साथसाथै नयाँ नियमले पनि स्पष्ट बताँउदछ (यूहन्ना ६:४) ।
निस्तार चाड नमान्दासम्म मुक्ति पाउन असम्भव छ भन्ने उनीहरूको तर्क सम्पूर्ण हिसावले अबाइबलिय छ । ख्रीष्ट येशूले क्रूसको अति दर्दनाक पीडा सहेर उहाँमाथि विश्वास गर्नेहरूलाई कसैले हरण गर्न नसक्ने उद्धार-मुक्तिको प्रबन्ध गरिसक्नुभएको छ भनेर धर्मशास्त्रका विभिन्न खण्डहरूमा उल्लेख गरिएको छ ।

अब हामीहरू बाइबलबाट केहि यस्ता खण्डहरू हेर्नेछौं, जुन खण्डहरूले बताँउदछन् कि येशूले क्रूसको मृत्युद्वारा सबै पुराना बिधिबिधानहरू रद्द तुल्याउनुभएको कारण उहाँमाथि विश्वास गर्ने हरेकले निस्तार चाड बिना नै पनि उद्धारमुक्ति प्राप्त गर्न सक्दछन् ।
प्रेरित १६:३१
अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईंले उद्धार पाउनुहुनेछ– तपाईं र तपाईंका परिवारले ।”
झ्यालखानाको हाकिमले पावल र सिलाससँग उद्धार पाउने उपायबारे सोध्दा उनीहरूले निस्तार चाड मान्नुस् अनि उद्धार पाउनुहुनेछ भनेर भन्दैनन् तर प्रभु येशूमा विश्वास गर्न सल्लाह दिन्छन् । यदि माता मान्नेहरूले दावी गरेजस्तै उद्धार मुक्ति प्राप्त गर्नलाई निस्तार चाड मान्नु अनिवार्य नै भएको भए पवित्र आत्माको प्रेरणाद्वारा बाइबल लेख्ने महान अबशर प्राप्त गरेका पावलले त्यसै अनुरुपको सल्लाह दिंदैनथे र? तल उल्लेखित खण्डहरू पनि हेर्नुहोलाः
गलाती ४:१०-११/कलस्सी२:१४-१६/हिब्रु ९:१२/एफिसी २:८-९/यूहन्ना ५:२४/यूहन्ना ६:४०/यूहन्ना ६:४७ यसरी हामी प्रष्ट हुन सक्दछौं कि मुक्ति पाउनलाई निस्तार चाड मान्नैपर्ने उनीहरूको दाबी इश्वरीय दाबी होइन ।


१) प्रभुको मृत्युको सम्झनाको भोज अर्थात प्रभु भोजमा बर्षमा एकपटक सहभागी हुने कि पटक पटक?
उनीहरुले दावी गर्छन्ः पुरानो नियमको आधारमा बर्षमा एकपटक हिब्रु क्यालेन्डर अनुसार निसान महिनाको १४ औं दिनमा मात्र प्रभुको मृत्युको सम्झनामा रोटी भाँच्ने र कचौराबाट पिउने काम गरिनुपर्छ, पटक पटक सहभागी हुनुहुंदैन ।
तर बाइबल धर्मशास्त्रको १ कोरिन्थी ११:२५ मा यसरी लेखिएको छ: ................जहिले जहिले तिमीहरु यो पिंउछौ मेरो सम्झनामा यो अक्सर गर ।
यो अक्सर शब्दको अर्थ बिश्वबिख्यात विक्सनेरीले “प्रायः” वा “धेरैजसो” भनेर लगाएको छ । यसबाट हामी प्रष्ट हुन सक्दछौं कि बर्षमा एकपटक मात्रै सहभागी हुनपर्ने भन्ने उनीहरुको दावी बाइबल बिपरित छ ।


२) प्रकाश २२:१७ मा उल्लेखित “दुलही” ले कसलाई जनाँउछ ?
उनीहरु दावी गर्दछन् कि प्रकाश २२:१७ मा भएको “दुलही” ले परमेश्वरको श्रीमतीलाई जनाँउछ । यो पनि दावी गर्दछन् परमेश्वरकी श्रीमती अहिले कोरियामा जीवित रहेकी झाङग गिल जाह हुन्, जो ख्रीष्ट भनिएका आङ सान होंगकी अबैधानिक श्रीमती थिइन् ।
तर बाइबलले स्पष्ट अर्थमा बताँउछ की ख्रीष्टकी दुलही चाँहि कोहि एक महिला नभएर मण्डली हो ।      पढ्नुहोसः २ कोरिन्थी ११:२-४

३) क्रिसमस वा इष्टर मान्न मिल्ने की नमिल्ने ?
उनीहरुले भन्छन्ः क्रिसमस वा इष्टर मान्नु बाइबल बिपरित छ, यो मान्नु मूर्तिपूजा गर्नुजस्तै हो ।           मर्कुस ९:३८–४० लाई छलफल गर्ने हो भने हामी बुझ्न सक्दछौं की येशूको शिक्षाको बिरोध नगर्ने कुराहरूलाई येशूले कहिल्यै पनि रोक्नुहुन्न । त्यसप्रकारका कुराहरूलाई उहाँले सहजै स्वीकार गर्नुहुन्छ । येशूले अह्राउदै नअह्राउनुभएको ब्यक्तिले येशूको नाममा भुत धपाँउदा उहाँले त्यसलाई नरोक्न भन्नुभयो किनकि त्यस कामबाट पनि प्रभुको नै महिमा हुनेवाला थियो । त्यसरी नै  बाइबलमा स्पष्ट नलेखिएकै भए पनि सारा मानवलाई पापमुक्त गराउने परमेश्वरको अद्भुत र प्रेमपूर्ण योजनाको सम्झनामा हामीहरु उहाँकै महिमाको निम्ति क्रिसमस वा इष्टर मनाउछौं । हामीले मुक्ति पाउनको निम्ति नभएर परमेश्वरको महिमाको निम्ति मात्रै यी उत्सवहरू मनाँउछौ । मुक्ति पाउने आधार क्रिसमस वा इष्टर मान्नु नभएर हाम्रो विश्वास र परमेश्वरको अनुग्रह हो भन्ने कुरामा पनि हामी स्पष्ट छौं ।
#जगदिश_पोख्रेल

Monday, December 19, 2016

को थिइन् ती महान छोरी ?

एउटा यस्तो तस्विर जसलाई बुझ्न संसारलाई धेरै समय लाग्यो । विश्लेषकहरु पनि यति दोधारमा परे कि जबसम्म चित्रकार स्वयंले यो तस्विर पछाडिको रहस्य खोलेनन् । कारण तँपाईं हामी सजिलै देख्छौं कि यो तस्विरको कलामा नग्नता छ , छाडापन छ । तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे ? जब यो तस्विरको वास्तविकता बुझ्नु हुनेछ तब पक्कै पनि तँपाईंहरुको आँखाबाट दुई थोपा आँसु तँपाईहरुलाई थाहै नदिई बग्नेछ । तलको तस्विर युरोपका एक प्रख्यात चित्रकार ( मोनरो ) ले बनाएका थिए । उक्त तस्विरमा यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायलयले सुनाएको थियो । जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने थियो ।


 एक दिन उक्त बृद्धकी छोरीले न्यायलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । माग भए अनुसार न्यायलयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो । जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरिर , झोला सबैको खानतलासी हुन्थ्यो कारण झोला या शरिरमा कुनै खानेकुरा लुकाएर उनकी छोरीले आफ्नो बृद्ध बाबुलाई लगेर नदिउन् भन्ने थियो । उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन् । कैंयौं दिन , महिना बिते तर ति बृद्ध भोकले मरेनन् । यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए ।


यसरी चियो गर्दा ति छोरीले आफ्नो दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो । फैसलामा उक्त देशको न्यायलयले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो । भनिन्छ माथीको तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो ।  साभार

Saturday, December 17, 2016

जानेर पनि नचिनिएको तर अदित्तिय ब्याक्ती येसू ख्रीस्ट !

सबै कुरा आउँछन जान्छन, मलाई मतलब छैन, तर मलाई मेरै उमेर ले किन पर्खिरा छैन ?
सबै कुरा त्याग्न सक्छु, पक्रेर हुने नै के छ र ?
अफसोस लाग्छ सोच्दा नि, मरि लानु के नै छ र ?

सास रहुन्जेल आस भन्छन, एक मुठ्ठी सासले साथ दिएकै छ !
शरीर दुर्बल छ आत्मा तयार छ, संसारले जहर पिएकै छ !
फटाउनेहरु फटाइरहेछन सिउनेहरुले सिएकै छन !
सहनेहरु सहिरहन्छन, सताउनेहरुले दु:ख दिएकै छन !

संसार फस्यो भङ्गालोमा, डुङ्गा अब खियाउनै छ !
बादल पारी सान्ती छ रे, सबलाई त्यहाँ छिराउनैछ !
खै के हो माया प्रेम ? कता गयो मानवता ?
स्वार्थी भए सारा संसार, बाँकी रह्यो दानबता !

चारै तिर घुमी हेरें सान्ती कहाँ छ ? खोजिहेरें
उसलाई पो थाहा छ कि ? सोधिहेरें
भौतारिंदै दौडिरहें, दलदले हिलोभरी पौडिरहें
येसुमा रहेछ सबै मेरा अभिलाषा अब दुबो झैं मौलिरहें ।।

#जोसन_लिम्बू

Tuesday, December 6, 2016

ख्रीस्टमसको इतिहास !

 

येशूको ऐतिहासिकतामाथि शंका गर्दै दार्शनिक बेट्राण्ड रस्सेलले लेखे, “ऐतिहासिक रूपमा ख्रीष्ट अस्तित्वमा हुनुहुन्थ्यो भन्ने कुरा शंकास्पद छ, यदि हुनुहुन्थ्यो भने पनि हामी उहाँको विषयमा केही पनि जान्दैनौं ।” ऐतिहासिक साक्षीहरूलाई जाँच गरेर हेर्दा रस्सेलको यस्तो भनाइ वास्तवमै हाँस्यास्पद देखिन्छ । नयाँ नियमका सत्ताइस ओटा पुस्तकहरू मात्र होइन यहूदी सर्न्दर्भहरू र सेकुलर (गैर-यहूदी र गैर-ख्रीष्टियान)  सर्न्दर्भहरूले पनि येशूको ऐतिहासिकताबारे प्रचुर मात्रामा स्रोतहरू जुटाएका छन् । रोमी इतिहासकार कर्नेलियस टासिटस, यहूदी इतिहासकार योसिफस, ग्रीक व्यङ्ग्यकार लुसियन, सुटोनियस, प्लिनी द योङ्गर, थल्लुस, फ्लेगन, मारा बार सेरापिओन सेकुलर स्रोतहरूका केही उदाहरणहरू हुन् । ब्रिटानिका विश्वकोशको १९७४ ख्रीष्टाब्दको संस्करणमा येशूको जीवनी बयान गर्नलाई बीस हजार शब्दहरू प्रयोग गरिएका छन् । अरिस्टोटल, सिसेरो, अलेक्ज्याण्डर, जुलियस कैसर, बुद्ध, कन्फ्युसियस, मोहम्मद र नेपोलियन बोनापार्टलाई दिइएको ठाउँभन्दा बढी हो यो । प्राचीन समयमा ख्रीष्टिय-मतका प्रतिद्वन्द्वीहरूले पनि येशूको ऐतिहासिकतामाथि कहिल्यै शंका गरेनन् । ख्रीष्टिय-मतका संस्थापक वास्तवमै अस्तित्वमा थिए भनी स्वीकार नगरी ख्रीष्टियान मण्डलीको उदय, सुसमाचारीय विवरणहरू र यसका पछाडि रहेका परम्पराको प्रवाहलाई व्याख्या गर्न कठिन मात्रै होइन असम्भव पनि छ । कुनै पनि प्रतिष्ठित विद्वान्ले ऐतिहासिक येशूको अस्तित्वलाई इन्कार गर्ने साहस कहिल्यै गरेका छैनन् । येशूको ऐतिहासिकतालाई इन्कार गर्नु वास्तवमै मर्ख बन्नु हो ।



येशूको ऐतिहासिकतामाथि शंका गर्नु अस्वभाविक भए पनि उहाँको जन्मदिनबारे शंका गर्नुचाहिँ स्वाभाविक नै हो । मत्ती र लूकाको सुसमाचारमा उहाँको जन्मको विवरण दिइएको भए तापनि नयाँ नियमको कुनै पनि पुस्तकमा उहाँको जन्मदिन उल्लेख नभएकोले उहाँको जन्मको वास्तविक मिति कसैलाई पनि थाहा छैन । ख्रीष्टमस (Christmas)  शब्द अंग्रेजी भाषाको नेपाली लिप्यन्तरण हो । येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने पर्व नै ख्रीष्टमस हो । बाइबल धर्मशास्त्रमा उहाँको जन्ममिति उल्लेख नभएकोले प्रारम्भिक ख्रीष्टियानहरूको बीचमा कुनै निर्धारित मिति थिएन । चौथो शताब्दीको उत्तर्रार्द्धतिर ख्रीष्टमस भिन्नाभिन्नै स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो मण्डलीमा मनाइन थालिएको थियो । उहा“को जन्मदिन निर्धारण गर्नको लागि विभिन्न विधिहरू अप्नाइए । परिणामतः प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, अप्रिल १९, मे २०, र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए । तर डिसेम्बर २५ (पौष १०) नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । डिसेम्बर २५ लाई नै येशूको जन्मदिनको रूपमा मनाइनुको खास कारण प्रष्ट छैन, एद्यपि केही मतहरू अघि नसारिएका भने होइनन् । सम्भवतः त्यस समयमा मनाइने गैर-ख्रीष्टियान पर्वले गर्दा उक्त मितिमा ख्रीष्टमस मनाउनलाई प्रभाव पारेको थियो । नयाँ नियमले यसको विषयमा कुनै संकेत दिंदैन । विश्वव्यापी कालानुक्रमलाई उत्पादन गर्ने पहिलो ज्ञात ख्रीष्टियान इतिहासकार सेक्टस जुलियस अप्रिmकानसले  ख्रीष्टाब्द २२१ मा पहिलो पटक डिसेम्बर २५ लाई येशूको जन्मदिनको रूपमा परिचित गराएका थिए ।



चौथो शताब्दीमा ख्रीष्टिय-मत रोमी साम्राज्यको सरकारी धर्म भइसकेको थियो । बार्‍हौँ शताब्दीमा आइपुग्दा ख्रीष्टमस यूरोपमा सबैभन्दा महत्वपुर्ण धार्मिक पर्व भएको थियो । सुधारवादको युगसम्म ख्रीष्टमसको लोकप्रियता ज्यादै बढ्यो । ख्रीष्टमसमा गैर-ख्रीष्टियानका मनग्गे चलनहरू समावेश भएकाले सुधारवादको समयमा धेरै ख्रीष्टियानहरूले ख्रीष्टमसलाई गैर-ख्रीष्टियान पर्वको रूपमा विचार गर्न थाले । कति ठाउँहरूमा यसको असर परेको भए पनि मानिसहरूले ख्रीष्टमस मनाउन जारी राखे । बीसौँ शताब्दीमा विभिन्न किसिमका व्यवसायहरूको लागि ख्रीष्टमसको पर्व ज्यादै महत्वपुर्ण हुन थाल्यो । बीसौँ शताब्दीको मध्यदेखि ख्रीष्टमस झण्डै विश्वव्यापी रूपमा मनाइन थालिएको छ । संसारभरि नै करडौं ख्रीष्टियानहरू र गैर-ख्रीष्टियानहरूको लागि ख्रीष्टमस सबैभन्दा खुशीको क्षण र सबैभन्दा व्यस्त समय हो ।



ख्रीष्टमससँग गाँसिएका थुप्रै चलनहरू विभिन्न देशबाट विभिन्न समयमा आएका छन् । ख्रीष्टमसको समयमा उपहारहरू साटासाट गर्ने चलन प्राचीन रोमबाट आएको हो । अठारौँ शताब्दीको अन्त्यसम्ममा परिवारका सदस्यहरूबीच उपहारहरू साटासाट गर्ने अभ्यास राम्ररी नै स्थापित भइसकेको थियो । उपहार लेनदेनले हामीलाई परमेश्वरले आफ्नो एकलौटे पुत्र दिनुभएको तथ्यको सम्झना गराउ“छ । “बुद्धिमान् मानिसहरू” (ग्रीकमा Maggi नेपाली बाइबलमा “ज्योतिषीहरू” भनी अनूदित) द्वारा येशूलाई गरिएको भेटमा उपहारहरू चढाइएका छन् । ख्रीष्टमस वृक्ष (Christmas Tree) को परम्परा जर्मनीले ल्याएको हो । पुनर्जागरणकालीन मानवअधिकारवादी लेखक सेवास्टियन ब्राण्टले ख्रीष्टाब्द १४९४ मा लेखेको सबैभन्दा महत्वपुर्ण जर्मन साहित्य “मुर्खहरूको जहाज” नामक कृतिमा घरहरूमा देवदारु वृक्षका हाँगाहरू राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमस वृक्षको परम्पराको सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चयता भए पनि स्याउहरूसँग सजाइएका देवदारु रूखहरू पहिलो पटक ख्रीष्टाब्द १६०५ मा स्ट्रार्स्वर्गमा जानकारीमा आएजस्तो देखिन्छ । यस्ता रूखहरूमा प्रयोग गरिएका मैनबत्तीहरू ख्रीष्टाब्द १६११ मा साएलसिएनद्वारा अभिलिखित गरिएका छन् । ख्रीष्टाब्द १८४३ मा पहिलो ख्रीष्टमस कार्ड ब्रिटिश नागरिक जे. सी. हर्सद्वारा रचना गरिएका थिए । यो आधुनिक पोस्टकार्डजस्तै थियो र यसमा लेखिएका शब्दहरू यस्ता थिए, ”Merry Christmas and a Happy New Year to You”। क्यारल (Carol) भन्ने शब्द प्राचीन फ्रेन्च शब्दबाट आएको हो । वर्तमान समयमा क्यारलमा गाइने थुप्रै भजनहरू अठारौँ र उन्नाइसौँ शताब्दीमा रचना गरिएका थिए, जसमध्ये केही नेपाली भजनमा अनूदित छन् । चर्चित ख्रीष्टमस भजनहरूमा चार्ल्स वेस्लीद्वारा लिखित नेपालीमा अनूदित “सुन र्स्वर्गदूतको गान” (भजन नं. २२), ख्रीष्टमसको सन्ध्यामा ख्रीष्टाब्द १८१८ मा जोसेफ मोहरद्वारा लिखित नेपालीमा अनूदित “शान्तमय रात” (भजन नं. ३१), आदि पर्दछन् । यसका अतिरिक्त ख्रीष्टमस भोज, घर/मण्डली भवनको सजावट आदि चलनहरू पनि ख्रीष्टमससँगै गाँसिएर आएका छन् ।



ख्रीष्टमस पर्वको विरुद्धमा आवाज उठाउनेहरूको समूह विगतमा पनि थियो र वर्तमान पनि छ । उनीहरूले अघि सार्ने पहिलो र महत्वपुर्ण तर्क हो – ख्रीष्टमसबारे बाइबल मौन छ । यो भनाइ सत्य हो । तर मण्डलीमा अभ्यास गरिने अन्य थुप्रै क्षेत्रहरूमा पनि बाइबल मौन छ । बुधबारको प्रार्थना संगति -झण्डै विश्वव्यापी छ), भजनपुस्तक, मण्डली भवन, ख्रीष्टियान पत्रपत्रिका आदिबारे बाइबल मौन छ । “प्रेरित पावलले मोटरबाइक चढेको थियो र हामीले चढ्ने?” भन्ने प्रश्न कहिलेकाही“ केही ख्रीष्टियान पटमुर्ख अगुवाहरूले मुखबाट ओकल्ने गर्छन् । म विश्वास गर्छु पावल अहिले बाँचेको भए, पावललाई परमेश्वरले हेलिकप्टरमा चढाएर सुसमाचार प्रचारमा लैजानुहुन्थ्यो । पावल बाँचेको समय र वर्तमान समयबीचको भिन्नतालाई बुझ्ने बाइबल विद्यार्थीले कहिल्यै त्यस्तो प्रश्न गर्ने साहस गर्दैन । यस्ता अनगिन्ति कुराहरू छन्, जसको विषयमा बाइबल मौन छ, एद्यपि मण्डलीमा ती अभ्यास गरिंदै आएका छन् । दोस्रो तर्क हो – ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन । यो भनाइ पनि झण्डै पुर्णतः सत्य छ । तर ख्रीष्ट ऐतिहासिक मानिस हुनुहुन्छ भन्ने तथ्य विश्वले स्वीकारेको छ भन्ने पर्याप्त प्रमाण पहिलो अनुच्छेदमा नै हेरिसकिएको छ । त्यसो हो भने ख्रीष्ट एक न एक दिन पक्कै जन्मनुभएको हो । डिसेम्बर २५ को विरोध गर्नेहरूले विकल्पको रूपमा अर्को दिन निर्धारण गर्न नसक्ने भएकोले, उहाँको ऐतिहासिकता शंकारहित भएकोले ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन भन्नु पनि र्व्यर्थ छ । अधिक वर्षको फेब्रुअरी २९ मा जन्मेको बालिकाको जन्मदिन चार वर्षमा एकचोटि मात्र मनाउने हो र – कतिपय अवस्थामा मिति होइन विषय महत्वपुर्ण हुन्छ । तेस्रो तर्क हो – ख्रीष्टमसको चलन गैर ख्रीष्टियानबाट र यो रोमन क्याथोलिक उद्भव हो । तर हाम्रो प्रचलनमा रहेका अनगिन्ति नाउ“हरूको उद्भव गैर-ख्रीष्टियान नै छन् । जस्तै, जनवरी भन्ने महिनाको नाम रोमी देवता जेनसबाट लिइएको हो । हामीले प्रयोग गर्ने बारका नाउँहरू देवी देवताका नामहरूस“ग सम्बन्धित छन् । सण्डे -आइतबार) सुर्य देवताको नाउँ भएकोले आइतबारको दिनमा आराधना गर्नुहुँदैन भन्ने तर्क सेभेन्थ डे आडभेन्टिष्टहरूको रहेको छ । तर तिनीहरूलाई शनिबारको उत्पत्ति शनि देवताबाट आएको हो भन्ने कुरा थाहा छैन कि क्या हो – चौथो तर्क हो – ख्रीष्टमसमा पियक्कडपन र अनैतिकता बढी हुन्छ । आइतबारमा अनैतिकता वा दुर्घटना बढी भयो भन्दैमा आराधनाको दिन सार्न मिल्छ र – हवाइजहाजको दुर्घटनाले हवाइ विज्ञानलाई असफल तुल्याउँछ र – दुर्घटना हुन्छ भनेर काठमाडौंदेखि झापासम्म हिंडेर जाने व्यक्ति कोही छ र?

Thursday, November 24, 2016

ख्रीस्टियन सम्प्रदायअनुसार जनसंख्या !

रोमन क्याथोलिक (Roman Catholic) :-
ख्रीस्टियनहरुमा सबैभन्दा ठूलो सम्प्रदाय रोमन क्याथोलिक हो । रोमन क्याथोलिकको जनसंख्या २ अरबमा १ अरब २० करोड छ । यो सम्पुर्ण ख्रीस्टियनहरुको संख्याको करिब ६०% हो । बर्तमान समयमा पनि रोमन क्याथोलिकहरुको संख्या त्यतिकै ठूलो र धेरै छ  ।


अर्थोडक्स (Orthodox) :-
रोनम क्याथोलिक पछिको ठूलो सम्प्रदायको रुपमा अर्थोडक्सहरु आउछन । यी अर्थोडक्स मण्डलिहरु पनि धेरै किसिमका छन । ती मध्ये ग्राक अर्थोडक्स चर्चहरु मुख्य हुन । यो ग्रिक अर्थोडक्स भन्ने सम्प्रदाय पनि वास्तवमा रोमन क्याथोलिकहरु बाट नै छुटेर आएका हुन । यो ए. डि. १०५४ मा छुटेको थियो । प्रायः अर्थोडक्सहरु रोमन क्याथोलिकहरु बाट नै आएका हुन । यो ग्रिक अर्थोडक्स चाहिँ अर्को अर्थोडक्स पनि छन त्यो हो रसियन अर्थोडक्स ।


रसियन अर्थोडक्स (Russian Orthodox):-
धेरै किसिमका अर्थोडक्स मण्डलिहरु छन तर तिनीहरु मध्ये रसियन अर्थोडक्स चाहिँ एउटा मुख्य अर्थोडक्स मण्डली हो  । युक्रेनियन अर्थोडक्स र इजिप्सियन अर्थोडक्स भन्ने मण्डलिहरु पनि छन । यसबाट यो बुझ्न सकिन्छ कि धेरै किसिमका अर्थोडक्स मन्डलिहरु संसारमा छन । ती मन्डलिहरु सबैनै रोमन क्याथोलिक बाट छुटेर आएका हुन । त्यसकारण अर्थोडक्स मन्डलिहरु दोस्रो ठूलो साम्प्रदायिक झुन्डमा पर्दछन । रोमन क्याथोलिकहरुको संख्या १ अरब २० करोड छ भने त्यसपछि को दोस्रो ठूलो अर्थोडक्स मन्डलिको संख्या चाहिँ ४० करोड जति छ ।


एङ्लिकन चर्च (Anglican Church) :-
क्याथोलिक र अर्थोडक्स पछिको साम्प्रदाय चाहिँ एङ्लिकन चर्च हो । यो पनि रोमन क्याथोलिक चर्च बाट नै छुटेर आएको हो । र यो ए. डि. १५५० मा मात्रै छुटेर आएको हो । अर्थोडक्सहरु छुटेको करिब ५०० बर्ष पछि त्यहाँ अरु पनि दुई किसिमका नाम भएका चर्च थिए, जुन वास्तवमा एङ्लिकन चर्च नै हुन । अर्को एङ्लिकन चर्च पनि देश अनुसार फरक फरक नाम भए, र त्यसको नाम चर्च अफ इङ्ल्याड राखे पनि त्यो वास्तवमा त्यो एङ्लिकन चर्च नै हो । चर्च अफ इङ्ल्याण्ड (इङ्ल्याण्डको चर्च) र एपिस्कोपल चर्च लाई एङ्लिकन चर्च भनिन्छ । यी मण्डलिहरु रोमन क्याथोलिक चर्चहरुबाट ५०० बर्ष अगाडि छुटेका थिए । र यिनिहरुको संख्या पनि झण्डै २० करोड छ ।


प्रोटेस्टेन्ट चर्च (Protestant Church):-
माथी उल्लेख गरिका समुहहरु पछि सबैभन्दा ठुलो सम्प्रदाय चाहिँ प्रोटेस्टेन्ट हो । यो पनि रोमन क्याथोलिकहरु बाट नै ए. डि. १५१७ मा छुटेर आएको हो । जसलाई अंग्रेजीमा रिफर्मेसन अर्थात सुधारको समय पनि भनिन्छ । हामी सबैजना प्रोटेस्टेन्ट हौं । प्रोटेस्टेन्ट भित्र पनि थुप्रै सम्प्रदायहरु छन । यो संसारमा भएका प्रोटेस्टेन्टहरुको सम्प्रदाय देखेर अचम्म लाग्न सक्छ किनकि यहाँ २२ हजार सम्प्रदायहरु छन । २२ हजार त प्रोटेस्टेन्टहरुको मात्रै संख्या हो । तर अरु पनि थुप्रै समुह र सम्प्रदायहरु यश संसारमा ख्रीस्टियनका नामले चिनिन्छन ।

प्रोटेस्टेन्ट सम्प्रदायको संख्या किन यती धेरै भएको होला भन्ने लाग्न सक्छ, यशबारेमा पनि केही जानकारी लिनु राम्रो हुन्छ । यस्तो किन भयो भन्दा खेरी रिफर्मेसन (सुधार) को समय भन्दा अगाडि रोमन क्याथोलिक चर्चहरुमा एक जना ब्याक्तिले मात्रै शासन गर्ने चलन वा परम्परा थियो र मण्डली बिभाजन हुने सम्भावना कम हुन्थ्यो । तर सुधारको समय आयो र सबै स्वतन्त्र भए जसले सुधारका सथसाथै बिभाजन पनि ल्यायो । केही कमिकमजोरिहरू देखा परे पनि प्रोटेस्टेन्ट चर्च वास्तवमै एक किसिमको प्रजातान्त्रिक प्रणाली हो । समाजमा धेरै पाटिहरू भए जस्तै प्रोटेस्टेन्ट चर्चमा पनि धेरै सम्प्रदायहरु भएका हुन । कतिपय मानिसहरुले भन्छन कि अफ्रिकामा विशेष गरेर प्रत्येक दिन एक सयवटा नयाँ सम्प्रदाय को अविस्कार हुन्छ भनेर ।


प्रोटेस्टेन्ट चर्च चर्च भित्र सबैभन्दा ठूलो सम्प्रदाय वा एक नम्बर चाहिँ पेन्टिकोस्टल हो ।

#पेन्टिकोस्टल (Penticostal):-
पेन्टोकोस्टलको अर्को नाम पनि छ त्यसलाई हामी क्यारेस्मेटिक भनेर चिन्न सक्छौं । प्रोटेस्टेन्टहरुले अमेरिकामा चाहिँ छुट्टै नाम राखेका छन, अमेरिकामा यसलाई एसेम्ब्लि अफ गड वा एजि भनिन्छ । यो सम्प्रदाय निकै ठूलो भए पनि वास्तवमा एसेम्ब्लि अफ गड  चाहिँ एउटा सबैभन्दा नयाँ सम्प्रदाय हो । यो करिब १०० बर्ष जतिमात्रै पुरानो सम्प्रदाय हो । इ. सं. १९०० मा यो सम्प्रदाय सुरु भएको थियोे ।  सबैभन्दा पुरानो सम्प्रदाय रोमन क्याथोलिक हो । र यो ए. डि. ५९० मा रोमनक्याथोलिकका सबभन्दा पहिलो पोप नियुक्त गरिएको थियोे । त्यसकारण रोमनक्याथोलिक १५०० बर्ष पुरानो सम्प्रदाय हो । अर्को दोस्रो ठूलो सम्प्रदाय अर्थोडक्स हो । जुन १००० बर्स पुरानो छ । तेस्रो ठूलो सम्प्रदाय हो एङ्लिकन चर्च जुन ५०० बर्स अगाडि मात्रै सुरु भएको थियो । यो सुधार को समयपछि जब प्रोटेस्टेन्ट चर्चहरु सुरु भए त्यसमा सबभन्दा पहिलो सम्प्रदायको रुपमा लुथरन आएको थियोे । चौथो ठूलो सम्प्रदाय लुथरन नै हो । प्रोटेस्टेन्टमा लुथरन सबभन्दा पुरानो सम्प्रदाय मानिन्छ ।  मार्टिन लुथरन स्वयंले स्थापना गरेका हुनाले यो सम्प्रदाय सबैभन्दा पुरानो सम्प्रदाय मानिन्छ ।

यसको सुरुवात ए. डि. १५१७ मा भएको थियो । त्यसैगरी मेथोडिस्ट सम्प्रदाय पनि १६०० ए. डि. मा सुरु भएको हो । पाचौं ठूलो सम्प्रदाय प्रेस्बिटेरियन हो । यो सम्प्रदाय इ. सं. १६०० मा सुरु भएको हो । यसलाई जोन क्याथोलिक भन्ने एउटा ब्याक्तिले सुरु गरेका हुन । प्रोटेस्टेन्ट चर्चका मुख्य सम्प्रदायहरुको शुचि यश प्रकार छन:-

* पेन्टिकोस्टल ( क्यारेस्मेटिक ) - ए. डि. १९००
* ब्याप्टिस्ट - ए. डि. १६००
* मेथोडिस्ट - ए. डि. १६००
* लुथरन - ए. डि. १५१७
* प्रेस्बिटेरियन - ए. डि. १६००

साभार Dr. Thomas Hwang द्वारा लिखित पुस्तक "ख्रीस्टियन ईस्वरशास्त्रका महत्त्वपूर्ण शिक्षाहरु"

Wednesday, November 23, 2016

सैतान, दुष्ट र भुतको सिद्धान्त ! The Doctrine of satan, Devil and Demon.

लुसिफरको पतन पछि परमेस्वरले लुसिफरको नाम परिवर्तन गरिदिनुभयो  परमेस्वरले प्रायः सबै ब्याक्तिहरुको चरीत्र हेरेर नाम परिवर्तन गरिदिनुहुन्छ, जस्तैः

#पुरानो_नियम
* अब्रामको - अब्राहम
* साराइको - सारा


#नयाँ_नियम
* सिमोनको - पत्रुस
* शावलको - पावल
* जोसेफको - बर्णबास
* युहन्नाको - मर्कुस


> लिसिफरको नाम परिवर्तन भएर सैतान भयो । लुसिफर भन्ने एक ब्याक्ती हो  भने सैतान चाहिँ एक समूह हो । परमेस्वरले सैतान बाहेक उसको अर्को नाम पनि दिनुभयो जसलाई दुष्ट भनिन्छ । लुसिफरले दुई वटा नयाँ नाम पाएको छ ।

१/ सैतान
२/ दुष्ट


सैतान, दुष्ट र भुतका आ-आफ्नै अर्थ छन ।

क) Satan- Satanas

सैतान = शैतानस (ग्रिक) - यसको अर्थ हो परमेस्वरको आज्ञा उल्लंघन गर्ने ब्याक्ती । यसको अर्थ हो परमेस्वरलाई चुनौती दिने ब्याक्ती ।


ख) Devil- Daibolos

दुष्ट = दियाबलस (ग्रिक)- नाश गर्ने । उसले परमेस्वरका सबै सृष्टिहरुलाई नाश गर्छ र मानिसहरुलाई समेत ।

प्रस्न : परमेस्वरको सृष्टि के के हुन ?
उत्तर - प्रकृति, हावा-पानी, रूख- बनस्पति, खानेकुरा फलफुल र जनावर यी कुराहरु हाम्रा निम्ति र परमेस्वरको महिमाको निम्ति बनाइएको थिए । जब लुसिफरको पतन भयो त्यसपछि उसले परमेस्वरका सबै सृष्टिलाई नाश गर्न थाल्यो ।

#Devil: दुष्ट यसको ग्रिक नाम दियाबलस (Diabolos) हो । दियाबलस का दुइटा नाम अर्थात अर्थ (meaning) छन ।

१/ नाश गर्ने ब्याक्ती -(Destroyer): उसले परमेस्वरका सबै सृष्टिलाई नाश गर्छ । जब लुसिफरको पतन भयो । तब उसले प्रकृतिका सबै चिज नाश गर्न थाल्यो । शैतानले आदम र हव्वालाई पनि झुक्याएर नाश गर्यो । त्यसैले परमेस्वरले उसको नाम दियाबलस राखिदिनुभयो ।

२/ अलग गर्ने ब्याक्ती - (Separator): यसको काम परमेस्वर र मानिसहरू को बिचमा अलग गर्ने काम गर्दछ । परमेस्वर र मानिसको सिधा सम्पर्क बिगार्ने काम गर्दछ । यो दियाबलसले म नै परमेस्वर हुँ मलाई मात्रै आराधना गर भन्दछ । मानव जगतमा यसले धेरै धर्म बनाइसकेको छ जस्तैः हिन्दु धर्म- यो धर्ममा पनि फरक फरक मुर्तिलाई पुजा गर्दछन । यसले मुर्तिलाई आराधना गर्न उक्साउछ ।

यसले मानिस र परमेस्वरको सम्बन्धमा उल्टा सिधा कुरा र काम अनुसारको देवि-देवताको नामाकरण गरि मानिसहरुको सम्बन्ध बिथोलिदिन्छ । यसमा दुष्ट हाम्रो जिवनमा आउँछ बिस्वासी- बिस्वासिमा फुट ल्याइदिन्छ । त्यही कारण बिस्वासिहरु एक-आपसमा झगडा गर्दछन । एक अर्काको शक्ति झगडामा खर्छ हुन्छ  । जसले गर्दा तपाईं परमेस्वरको ज्योतिमा हिंड्न सक्नुहुन्न ! आत्मिकी शक्ति घट्छ । जसले परमेस्वरको शिक्षाको साटो दुष्ट को शिक्षा मात्रै लिन्छ भनि बाइबल ले हामिलाई बताउँछ त्यस्ताहरु दुष्ट हुँदछन ।

Tuesday, November 22, 2016

जब क्रोधीत बन्नुहुन्छ तब परमेस्वरले भुकम्प पठाउनुहुन्छ !

भुकम्प चाहिँ परमेस्वरले कसैलाई दण्ड दिनुपर्यो भने पठाउनुहुन्थ्यो । जब परमेश्वर रिसाउनुहुन्छ कहिलेकाही त्यस्तो अवस्थामा भुकम्प पठाएर सजाय दिनुहुन्छ, जस्तै: नुहको समयमा जलप्रलय भुकम्पको कारण भएको थियो ( उत्पती ७:११ ) । सदोम र गमोराको नाश पनि भुकम्पको कारण भएको थियो । यो भुकम्पलाई यसरी बुझन सकिन्छ कि परमेस्वरले पृथ्वीलाई हल्लाउनुहुन्छ । यो भुकम्पलाई बुझ्नको लागि अतल कुण्डको (Abyss) सिद्धान्तलाई जान्नुपर्ने हुन्छ । अतलकुण्ड (Abyss) भनेको बिश्वास नगरेका मानिसहरू बस्ने ठाँउ हो । बाइबलमा अतलकुण्डका बारेमा धेरै नामहरू छन :-

१, अतलकुण्ड ( Abyss )
२, अगाध खाँद प्रकाश २०:१-२ ( The Bottomless pit )
३, नरक ( Sheol ) Hebrew ( HADES - Greek ) लुका १६:२३ ) ।


यी माथी उल्लेख गरिएका ठाउँहरु केही समयका लागि अबिस्वासिहरु जाने ठाउँ हुन । तर बिस्वासिहरू भने नयाँ स्वर्गमा जानेछन । स्वर्ग पनि एक प्रकारले अस्थायी ठाउँ हो । अबिस्वासिहरु केही समयको लागि अतलकुण्डमा जानेछन र १,००० बर्षको राज्यको अन्त्यपछी नरक (Hell) जानेछन । बिश्वासिहरु १,००० बर्षको राज्यपछी नयाँ स्वर्गमा जानेछन ।


गेहेना (GEHENNA) भनेको सबै अन्तिम फोहोर फाल्ने ठाउँ (Domping Side) हो । जसरी हामिले काम नलाग्ने फोहोरहरु डम्पिङ्ग साइडमा फाल्छौं; त्यसै गरि अबिस्वासिहरुलाई पनि (GEHENNA) मा फालिनेछ । गेहेनाको वरिपरि आगोको भट्टी हुन्छ ( प्रकाश २०:१४ ) पहिलो अर्थ फोहोरको डङ्गुर र दोस्रो अर्थ आगोको कुण्ड ( अग्निकुण्ड ) हो ।



परमेस्वरले मानिसहरुलाई चेतावनी दिन बेला-बेलामा भुकम्प पठाउनु हुन्छ । पृथ्वी भित्र भएका लाभा ( Lava ), ज्वालामुखी ( Volcano ) बाट बाहिर निस्कन्छ । यसकारण जब भुकम्प आउँछ भने निस्चित रुपमा परमेस्वर रिसाउनुभएको संकेत हो ( मत्ती २४:७ ) । भुकम्प एक पटकमात्रै जान्छ भनिएको छैन तर धेरै भुकम्पहरु जानेछन । येशू ख्रीस्टको आगमन नजिक हुँदै जान्छ त्यतिनै भुकम्पहरु जानेछन ।


अमेरिकन भौगोलिक प्रतिवेदनअनुसार ( US Geological Survey ) on earthquake, Report (Boulder Colorado) का अनुसार निम्नानुसार भुकम्पहरु रेकर्ड गरिएका छन :-

१, १८९०-१८९९ #एकपटक
२, १९००-१९०९ #एकपटक
३, १९१०-१९१९ #तिनपटक
४, १९२०-१९२९ #दुईपटक
५, १९३०-१९३९ #पाँचपटक
६, १९४०-१९४९ #चारपटक
७, १९५०-१९५९ #नौपटक
८, १९६०-१९६९ #तेह्रपटक
९, १९७०-१९७९ #छपन्नपटक
१०, १९८०-१९८९ #चौहत्तर #पटक
११, १९९०-१९९५ #एकसय #पच्चीसपटक



यो संसार पाप र अधर्मले भरिएको कारण परमेस्वर रिसाउनु भएको छ । यसरी हामिले प्रत्येक १० बर्षमा गएको भुकम्प देखेकाछौं, प्रायः धेरै जसो मुसलमान देशहरूमा भुकम्प गएका छन किनकि मुसलमान देशहरू फोहोर छन । किनभने टर्कि पहिलो सताब्दिमा सुसमाचार सुनाइएको देश हो । परमेस्वरले पावल द्वारा टर्को देशमा आफ्नो शक्ति र प्रेम खर्छ गर्नुभएको छ । उनीहरुको देशमा विभिन्न मण्डलिहरु थिए । प्रकाशको पुस्तकमा भएका सातैवटा मन्डलीहरु टर्किमा थिए । कलस्सिको मण्डली पनि त्यहीँ थियो । तर आज टर्किमा मानिसहरुले प्रभुलाई बिश्वास गरेका छैनन । परमेस्वरले १,००० मिसनरिहरु पठाउनुभएको छ । दोस्रो भुकम्प बढी आएको देश इटली हो ।


टर्किमा जस्तै परमेस्वरले आफ्नो स्रोत र साधन त्यहाँ खर्च गर्नुभएको छ । चिनमा पनि यी समयहरुमा थुप्रै भुकम्पहरु आएका छन । तर उनिहरुले त्यो भुकम्पलाई बाहिर नल्याएर लुकाइराखेका छन । उदाहरण १९९० सालमा टान्जिन सहरमा ठूलो भुकम्प आयो । त्यतिबेला करिब पाँच लाख मानिहरू मरे । तर पनि उनिहरु चुपचाप बसे ।  त्यतिबेला चिनमा भुमिगत मण्डलिलाई सताउने काम भएको थियोे ।


जपान पनि भुकम्प आउने देशमा पहिलो नम्बरमा आउँछ । जापानीजहरु त भुकम्प संग बाँच्ने जिवनशैली नै भइसकेको छ । जापनमा ८०% मानिसहरु देबिदेवता मान्नेहरु छन तर १% अर्थात करिब एक लाख मात्रै ख्रीस्टियनहरु छन । यसकारण परमेस्वरले विभिन्न देशहरुमा भुकम्प पठाउनुहुन्छ । वास्तवमा भन्ने हो भने हरेक दिनमा एउटा न एउटा भुकम्प गइरहेको छ । केही बर्ष अगाडि गएको भुकम्पले इन्डोनेसियालाई ठूलो हानी गरेको थियो । यो देश जनसंख्याको हिसाबले पाँच नम्बरमा पर्ने ठूलो देश हो साथै ख्रीस्टियनलाई सताउने देशहरु मध्ये एक हो । त्यसकारण परमेस्वरले त्यहाँ भुकम्प पठाउनुभयो । दोस्रो सुनामी प्रभावित देश श्रीलंका हो र दोस्रोमा भारत पर्छ ।



हाम्रो नेपालको सन्दर्भमा हेर्ने हो भने पनि कुनै कालखण्डमा ठुलठुला भुकम्पहरु गएका छन । किनकी नेपालमा पनि ख्रीस्टियनहरुलाई खेदो गर्ने काम अनादिकालदेखी आज सम्म पनि जारी नै छ । त्यसकारण केही बर्ष अघि मात्रै ठूलो भुकम्प पठाएर परमेस्वरले चेतावनी दिइरहनुभएको छ ।  कमल थापा को राजनीतिक जीवन र उहाँको पाटिको एजेन्डा अनुसार भबिस्यमा ख्रीस्टियनहरुको पतन गराउने रहेको छ । तर हामी बिस्वासिजनहरु निरन्तर प्रार्थना मा लागिरहेका छौं । परमेस्वर हाम्रो पक्षमा हुनुहुन्छ ।


यी सबै त केवल सुरुवात मात्रै हो । भुकम्पबिदहरुले पनि यो त सुरुवात मात्रै हो भनेर बताइरहेका छन । भुकम्प विद्का परिक्षण अनुसार आगामी दिनहरुमा अझै ठुला-ठुला भुकम्पहरु जानेछन ।

यरुशलेम मन्दिरको पुर्वपट्टिको ढोका किन बन्द छ ?

धेरै पल्ट प्रभु येशू पुर्व पट्टिको ढोकाबाट भित्र जानुहुन्थ्यो र त्यहाँ भित्र रहेका सभाहरूमा शिक्षा दिनुहुन्थ्यो । पुर्व पट्टिको ढोकालाई येशूले धेरै जसो प्रयोग गर्नुहुन्थ्यो । मन्दिरको पुर्व उपत्यकालाई किर्दोन उपत्यका भनिन्छ । यरूसलेमको मन्दिरबाट गेतसमनी पहाड २ किलोमीटर टाढा छ र त्यहाँ बाट देख्न सकिन्छ । प्रभु येशू पुर्वको ढोकाबाट निस्केर किर्दोन उपत्यका हुँदै गेतसमनी जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो ।


यरुशलेम डाँडाको ठ्याक्कै पुर्वपट्टी जैतुन डाँडा छ, जहाँ प्रभुले जैतुन डाँडाको उपदेश दिनुभयो  । त्यस समयमा उहाँले प्रचार गर्नुभएको वचनको शिर्षक " अन्तको समयको चिन्ह " थियो, जुन मत्ती २४, २५ अध्यायमा पाउँदछौं ।  गालिलमा भएको डाँडाको उपदेश ख्रीस्टियन जिवनको बारेमा छन र यो मत्ती ५ अध्यायमा छ र यो इ. सं. २६ मा दिइएको हो । अर्को डाँडाको उपदेश हो जैतुन डाँडाको जुन इ. सं. ३० मा दिइएको थियो ।


क्रुसमा चढाइनुभन्दा तीन दिन अघि मंगलबारको दिन येशू आफ्ना चेलाहरूसंग जैतुन डाँडामा जानुभयो । उहाँले चेलाहरूलाई यरूशलेमको मन्दिरलाई हेर भन्नुभयो । उहाँले त्यतिबेला यरूशलेमको मन्दिर नाश गरिँदैछ भनेर भन्नू भयो ( मत्ती २३:३८ ) । यसको मतलब मन्दिर नस्ट हुन लागेको थियो । यो भविस्यबाणी ए. डि. ७० मा अर्थात ४० बर्ष पछि  पूरा भयो । परमेस्वरले जे जे भबिस्यबाणी गर्नुहुन्छ, त्यो अवस्य पूरा हुन्छ । मत्ति २३:३८ पद्दको शिक्षा उहाँले यरूशलेमको मन्दिरको दक्षिण पट्टिको चोकबाट दिनुभएको थियो । यो शिक्षा दिइसक्नुभएपछी उहाँ पुर्व पट्टिको ढोकाबाट निस्केर जैतुन डाँडामा आउनुभएको थियो ।



जब चेलाहरुले यो कुरा सुने तब उनिहरुले संसारको अन्त्य त्यही हो भनेर बिचार गरे । यरुशलेम मन्दिर भत्केपछी अब संसारको अन्त्य हुन्छ भनेर चेलाहरूले बिचार गरेका थिए । उनीहरुको कुरा सुनेपछि येशूले बिचार गर्नुभयो कि त्यही नैं अन्त्यको समयको बारेमा बताउने ठिक समय वा घडी हो ।  त्यसपछि उहाँले मत्ती २४ र २५ अध्यायमा अन्त्यको बारेमा चेलाहरुलाई बताउनुभयो । मत्ती २४ र २५ मा बताइएको शिक्षालाई जैतुन डाँडाको शिक्षा भनिन्छ !


जब येशु स्वर्गरोहण हुन लाग्नुभएको थियो उहाँ जैतुन डाँडामा आउनुभयो र उहाँले एउटा महान आज्ञा दिनुभयो । प्रेरित १:८ को आज्ञा दिइसक्नुभएपछी उहाँ जैतुन डाँडाबाट स्वर्गरोहण हुनुभयो ! जब येशु स्वर्गरोहण हुनै लाग्नुभएको थियो स्वर्ग दुतले चेलाहरुलाई भने उहाँ फेरि डाँडामा आउनुहुनेछ ( प्रेरित १:९-११ )



येशू ख्रीस्ट आउनुभन्दा ५०० बर्ष पहिले उहाँ जाकरिया संग बोल्नुभयो, " म फेरि आउनेछु जैतुन डाँडामा मेरो खुट्टाले टेक्नेछु " । त्यस दिन उहाँको खुट्टाले यरूशलेमको शामु पुर्वतिर भएको जैतुन डाँडामा टेक्नेछन । अनि पुर्वदेखी पस्चिमसम्मै जैतुन डाँडाको बिचमा धाँदो फाट्नेछ र त्यहाँ एउटा ठूलो खोल्सा बनिनेछ । आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ  ( जाकरिया १४:४ ) । करिब ५०० बर्ष अगाडी प्रभु येशू काकरिया आगमबक्ता संग बोल्नुभयो । ( इजकिएल ४३:१-५ ) । येशू ख्रीस्ट यरुशलेम मन्दिरको पुर्वपट्टिको ढोकाबाट पस्नुहुनेछ । प्रभुले इजकिएललाई यो पनि भन्नू भयो कि म पुर्व पट्टिको ढोकाबाट पस्न लाग्नेछु, तब अन्य जातिले मलाई रोक्नेछन ( इजकिएल ४४:१-३ ) ।



यरुशलेम पुर्वपट्टिको ढोकालाई ढुङ्गाले टालिनेछ । यो भबिस्यबाणी पूरा भएको छ कि आज इस्लामहरुले पुर्वपट्टिको ढोका सिमेन्ट लगाएर बन्द गरिदिएका छन । इस्लामहरुलाई इजकिएलको भबिस्यबाणी थाहा थियो र येशू फेरि जैतुन डाँडाबाट ओर्लेर पुर्वपट्टिको ढोकाबाट नपसुन भनेर ढोका बन्द गरिदिए । आजको दिनमा यो मन्दिरको पहाड मुसलमानहरुको अधिनमा छ । त्यो ढोका बन्द गर्ने अधिकार पनि उनिहरुलाई छ । पुरानो नियमको समयमा येशू ख्रीस्टले धेरै पटक यो ढोकाको प्रयोग गर्नुभएको छ र मुस्लिमलाई यो कुरा थाहा छ । यसकारण उनिहरुले यो ढोका बन्द गरेका छन ।


यो प्रभुको अनुमतिमा नै गरिएको हो । आज पनि यरुशलेमको सबै ढोकाहरु खुल्ला छन तर पुर्वपट्टिको ढोका मात्रै बन्द गरिएको छ । पुर्वपट्टिको ढोका प्रभु येशूको ढोका हो र उहाँले त्यो ढोका पुरानो र नयाँ नियम दुबै समयमा प्रयोग गर्नुभएको थियो । तर अहिले त्यो ढोका मुसलमान द्वारा बन्द गरिएको छ । जब येशु ख्रीस्ट दोस्रो पटक यश संसारमा आउनुहुन्छ तब त्यही ढोका प्रयोग गर्नुहुनेछ ।

Saturday, October 22, 2016

धर्मको होइन धार्मिकताको पछि लागौं !

नेपाल विभिन्न जातजाति र विभिन्न धर्म संस्कृति का मानिसहरूको एउटै थलो हो । यहाँ आआफ्नो जातीय संस्कृतिहरु छन । आज नेपाल मा आदिवासी जनजातिहरुले दसैं हाम्रो चाड होइन भन्दै गर्दा हामी लिम्बूहरु पनि निधार भरी रातो टीका लगाएर दसैं को सुभकामना साटासाट गरिरहेका छौं ।

मैले बुझ्न नसकेको कुरा, खास लिम्बूहरुको मौलिक संकृती किरात हो भन्छन तर आज रातो टीका लाउने दसैं मनाउने, अनि भोलि हाम्रो संस्कृति किराँत हो भन्दै त्यो साकेला उँधौली, उँभौली मा पनि सेतो टिकामा सजिने ? जनजातिहरुले बाहुनहरुलाई टपरे भन्दै गाली गरि रहदा आफ्नो धोती खुस्केको पनि हेर्दै गर्ने पो हो कि ? आखिर बाहुनहरु भनेको त बा हुन ? बा होइनन् ? थाहा छैन

म त लिम्बू परिवारमा जन्मेको हिन्दु संस्कृतिमा हुर्केको मान्छे हुँ । धर्म कर्म प्रती धेरै चासो राख्ने मेरो सानै देखिको बानी हो । म हिन्दु संस्कृतिमा २० बर्सको लक्का जवान हुँदा सम्म पनि हिन्दु धर्म का बाट कसरी कस्ले नेपाल मा चलन चल्तीमा ल्यायो थाहा पाउन सकिन । अनि हिन्दु धर्मग्रन्थ कस्तो छ त्यो पनि देख्न सकिन । न त कसैले हिन्दुत्वको बारेमा मलाई बताए । आफ्नो परिवारले पनि खाली मन्दिर जानू मुर्तिलाई प्रसाद चढाउनु ढोग्नु राँगा बोका ईत्यादी बलि चढाउनु मात्र गरेको मैले देखेँ ।

जब म जावान भएँ तब ममा सोच आउन थाल्यो कि कस्लाई यो सब पसुको बलि चढाएर हामी खुसी पारी रहेछौं ? के साँच्चिकै ईस्वर अर्काको ( पसुको ) बलि द्वारा खुसी हुन्छन ? निर्दोष पसुको गर्धन छिनालेर त्यसको रगतले ठडिएको ढुङ्गालाई लेप्दा ईस्वर खुसी होलान ? अर्काको रगतले खुशी हुने ईस्वरले हामिलाई आशिष् दिन पक्कै सक्दैनन । येस्ता खालको लाखौं प्रस्नहरु मेरा मनमा थिए ।

मैले मानिरहेको हिन्दु संस्कृति प्रती पछि मलाई घृणा जागेर आयो । किनकी अधिक मात्रामा पसु बलि गर्न, मन्दिर गएर मुर्ती ढोग्न, पाठ पुजा गर्न मात्र सिकें । तर मलाई अथवा मेरो पुर्खालाई पनि थाहा भने रहेन रहेछ कि धर्म के हो ? किन आफ्नो धर्म हिन्दु हो भने आफ्नै धर्म ग्रन्थ भगवत गिता, भबिस्य पुराण को बारे सर्बसाधारणलाई ज्ञान दिईदैन ? किन हिन्दु धर्मग्रन्थ सबैले बुझिने सरल भासामा छापिदैन ? आखिर मा यी सब ढाँटि खाने एउटा माध्यम रहेछ । त्यहाँ भित्र भएका रहस्याका कुराहरुल असली बाहुनलाई मात्र थाहा हुने रहेछ ।

यदि त्यहाँ भित्रको सबै ज्ञान सबै हिन्दुहरुले थाहा पाउने हो भने हिन्दु धर्मको अनुयायीहरु यश धर्तिमा सायदै हुन्थे होलान् । आज सम्म पनि हामी जति पढेलेखेका भए पनि त्यो अन्धकार बाट बाहिर निस्कन सकिरहेका छैनौं । जानेर या नजानी बुझेर वा नबुझेर हामी धर्म गरिरहेका छौं । जब मैले यी कुराहरु थाहा पाएँ तब खास हामिले धर्म कर्म गर्नुको मुख्य उदेश्य के हो ? सोच्न थालेँ, यी जति धर्मकर्मको क्रियाकलाप हामी गर्छौ ती सबै हामी मरेपछिको आत्मिक जिवनको निम्ति हो भन्ने निस्कर्समा म पुगें ।

अब कुरा आयो सबै धर्म ले पाप नगर्नु नराम्रो काम नगर्नु भनी सिकाउछ । यी सब कुरा त सामान्य जिवनमा पनि हामिलाई थाहा हुन्छ । तर धर्म गरे बापत हामिले के पाउछौ ? मरे पछि हाम्रो आत्माको उद्दार कस्ले गर्छ त ? यसको बारे सोचें । सबै धर्मको धर्म ग्रन्थ पढ्न पाएको छैन मैले । तर प्रय जसो धर्मको धर्म गुरुहरुलाई मैले मुक्तिको बारे सोधेको छु । तर कुनै धर्मको अनुयायीहरुले आज सम्म चित्त बुझ्दो उत्तर मलाई दिन सकेको छैनन ।

आखिरमा सबै धर्मको मानिहरु संगको कुराकानी हरुबाट मानव उत्पत्ति र पृथ्वी को उत्पत्ति  र सारा ब्रह्माण्ड को बारे पनि आफ्नो धर्मसास्त्र अनुसार अलमल रहेको मैले पाएं । अन्त्यमा आफ्नै सरल भासामा प्रकासित बाइबल मैले पढ्ने मौका पाएं सुरु सुरुमा बिश्वास नलागेता पनि अन्ततः त्यहाँ मैले साँचो ईस्वर भेट्टाएको अनुभव गरें । अरु सबै धर्मग्रन्थ मा भगवानले पापिहरुलाई मारेर बिजय गरेको कथा पढ्न पाईन्छ भने बाइबल मात्र एउटा येस्तो पुस्तक हो जहाँ येसुले भन्नुभएको छ म धर्मिहरुको निम्ति हैन तर पापिहरुको निम्ति यश संसारमा आएको हुँ ।


यहाँ कुरा बुझ्नुपर्ने कुरा के छ भने ईस्वर धर्मिलाई हैन तर पापिलाई चाहिएको छ । किनकी धर्मी त अघि नै धर्मी छँदैछ तर पापिलाई कस्ले क्षमा दिने त ? के पापिले मर्नै पर्ने ? तर येसु मात्र त्यस्तो ब्याक्ती हुन जसले भन्नुभयो म पापिलाई बचाउन आएँ । अनि बाइबलमा युहुन्ना को पुस्तक ३ अध्यायको १६ पदमा भनिएको छ कि "परमेस्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो कि उहाँले आफ्नो एक मात्र पुत्रलाई यश संसारको निम्ति दिनुभयो ताकी उहाँ माथी बिश्वास गर्ने कोहि पनि नास नहोस तर त्यस्ले अनन्त जीवन पाओस ।"

यहाँ धेरै जनाको कुरा छैन एउटा मात्र उहाँ येसु ख्रीस्ट हुनुहुन्छ जस्लाई तपाईं र मैले कुनै बलि दिईरहन आवस्यक छैन मात्र उहालाई आआफ्नो ब्याक्तिगत मुक्तिदाता हुनुहुन्छ भनी आफ्नो हृदय मा बिश्वास गरे पुग्छ । अर्को पद युहुन्ना १४ अध्यायको ६ पदमा " येसुले भन्नू भयो बाटो, सत्य र जीवन म नैं हुँ, म द्वारा बाहेक कोहि द्वारा पनि मानिस स्वर्ग जान सक्दैन ।" बाइबल मा येसुले दाबी गर्नुभए झैं अरु धर्मग्रन्थ मा कुनै पनि धर्म को प्रबक्ता ले म मुक्ती दिन्छु भनेर भरपर्दो बिश्वास दिलाएको हामी पाउदैनौं ।

त्यसकारण धर्म संस्कृतिले हाम्रो आत्मालाई उद्दार मुक्ती दिदैन रहेछ । अब आआफ्नो संस्कृति भन्दै बस्नु भन्दा पनि आफ्नो सृष्टिकर्ता र उद्दार्कर्ता लाई खोजेर भेट्टाउनु चाहिँ मुख्य कुरा रहेछ । हामी जति धनी सक्तिसाली भए पनि आखिर मा एक दिन मर्नै पर्छ हामी मानिस मात्र त्यस्तो प्राणी हौं जो संग आत्मा छ अब हामी आआफ्नो आत्मिक जीवन को बारे पनि एक छिन सोचौं कि  हामीले आत्मा कहाँबाट पायौं आखिर मरे पछि हाम्रो आत्मा कस्को सरणमा जान्छ यात बिलाउछ ?

अन्त्यमा  येसुले भन्नुहुन्छ म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसंग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ। ( प्रकाश ३:२० )

येसुले तपाईलाई प्रेम गर्नुहुन्छ उहाँले तपाईलाई तपाइँको ढोका बाहिर ढकढक्याई रहनुभएको छ ढोका खोल्ने कि चुकुल लाएरै बस्ने ? त्यो तपाइँको बिचार हो ।त्यो ढोका तपाईंको घरको नभएर तपाइँको हृदय को ढोका हो ।

www.joshanlimbu2015.blogspot.com

Thursday, October 20, 2016

अल्फा र ओमेगा परमेस्वर !

के तपाईंको जीवनमा कुनै असल कुरा शुरु भएको छैन ? जहिले खराबै मात्र भईरहेको छ? के तपाईंको कुरा राम्ररी अन्त हु सकेको छैन? तपाईंलाई कसले राम्रो र असल कुरा भनेका छ्रैनन् । तपाई विषयमा केवल नकारात्मक कुरा मात्रै भनेका छन् कि? के परमेश्वर हुनु हुन्न उहाँले मेरो जीवनमा काम गर्नु हुन्न भन्ने सोंच्दै हुनु हुन्छ कि? आज हामी विश्वासीजनहरुले जान्नु पर्ने सत्य के हो भने परमेश्वर तपाईंको अल्फा अनि ओमेगा हुनु हुन्छ । उहाँमा तपाईंको निम्ति असल शुरुआत र अन्त राखिएको छ ।

“अल्फा र ओमेगा म नै हुँ, सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ ।” प्रकाश १:८ ।

यहाँ प्रकाशको पुस्तक बृद्ध यूहन्ना प्रेरित पत्मोसको टापुमा रहदाँ परमेश्वरले देखाउनु भएको दर्शनको कुरा अनि प्रकाशको बयान गरिएको पुस्तक हो । जतिबेला यूहन्नाको समयमा विश्वासीहरुमाथि संकट आईरहेको थियो । यस्तो जटिल अवस्थामा मण्डलीहरुलाई साहस र ढाडस मिलोस्, प्रभुमा वलिया रहून भनेर नै यो प्रकाशको पुस्तक परमेश्वरले यूहन्नालाई दिईएको प्रकाशको कुरा लेखिएको थियो । चरम निराशा, चरम संकट अनि आशा हराउन लागेको समयमा परमेश्वरले आशा, भरोसा अनि सान्तवना दिनुभएको कुरा यस प्रकाशको पुस्तकमा देखिन्छ ।

यहाँ परमेश्वरले अल्फा र ओमेगा म नै हुँ भनेर भन्नु भएको छ । यहाँ अल्फा भन्ने शब्द ग्रीक भाषाको पहिलो अक्षर हो भने ओमेगाचाहिं ग्रीक भाषाको अन्तिम अक्षर हो । (अर्थात परमेश्वर शुरु अनि अन्त हुनुहुन्छ ।) यसको अर्थ परमेश्वरले हामीलाई ग्रीक भाषाको शब्दहरु सिकाउनु भएको भन्ने कुरा होईन । उहाँले यूहन्नालाई वास्ताविक कुरा बताउदै हुनुहुन्थ्यो । किनकि परमेश्वरमा नै सबै कुराको शुरु हुन्छ र परमेश्वरमा नै सबै कुराको अन्त हुन्छ भन्ने कुरा बताउनु भएको हो । निश्चय पनि परमेश्वरमा नै सबै कुरा निहित हुन्छन् । यशैयाले यस किसिमले बताएका छन्, “….पहिलो र पछिल्लो चाहिं म नै हुँ । म बाहेक अरु परमेश्वर छैन ।” यशैया ४४:६ । परमेश्वर नै शुरु अनि अन्त हुनुहुन्छ । जस्तो कि परमेश्वरले नै सबै कुरा शुरु गर्नुभयो अनि उहाँमा नै सबै कुराको अन्त पनि छ । कुमालेले भाँडा बनाउनु भन्दा उसको कुनै शुरुआत हुँदैन । कुमालेले बनाउँदा मात्र त्यसको शुरुआत हुन्छ । र यसको अन्त पनि कुमालेको सेवा गररे हुँदछ । परमेश्वरले नै हरेक कुराको शुरु गर्नुभएको छ । उहामा नै अन्त पनि छ । किनकि उहाँ अल्फा र ओमेगा हुनुहुन्छ ।

परमेश्वर अल्फा हुनुहुन्छ
निश्चय पनि परमेश्वर अल्फा हुनुहुन्छ । हामीले भन्यौ कि अल्फाचाहिं ग्रीक भाषाको पहिलो अक्षर हो । निश्चय पनि परमेश्वरद्धारा नै सबै कुरा शुरु भएका हुन् । हामीले परमेश्वरलाई नै पहिलो स्थान दिनु पर्दछ । किनकि सबै असल कुरा तपाईंको जीवनमा परमेश्वरले शुरु गर्नुहुन्छ । कुनै पनि कुरा शुरु हुनु भन्दा अगाडि परमेश्वर नै अगाडि हुनुहुन्थ्यो । भजनसंग्रहको पुस्तकमा मोशाले भनेका छन् “पहाडहरु उत्पन्न हुनुभन्दा अघि अथवा तपाईंले पृथ्वी र संसार सृजनु भन्दा अघि, अनादिदेखि अनन्त सम्म तपाईं नै परमेश्वर हुनुहुन्छ ।” भजनसंग्रह ९०:२ । परमेश्वर नहनुभएको कुनै पनि समय नै थिएन । परमेश्वर अद्धितप्य हुनुहुन्छ । अनन्त, परिवर्तन नहुने अनि न्यायी हुनुहुन्छ । परमेश्वर भलो र सत्य पनि हुनुहुन्छ । उहाँ अल्फा हुनुहुन्छ । उहाँमा सबै कुरा शुरुआत भएका हुन् । उहाँमा नै संसारमा भएका कुराहरुको शुरु भएका हुन् । उहाँमा नै मानव जीवन शुरु भएको हो । उहाँमा सबै असल कुराहरु शुरु हुन्छ । उहाँमा सबै कुरा निहित रहेको हुन्छ । उहाँमा नै सबै कुराको अस्त्तिव रहेको छ । पावलले भनेका छन् “…हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौ, र उहाँमा हाम्रो अस्त्तिव छ ।” प्रेरित १७:२२ । परमेश्वरमा नै हाम्रो अस्त्तिव छ । उहाँमा जीवन छ । उहाँकै जीवन पाएर हामी शुरु भएका हौं ।

परमेश्वर अल्फा हुनुहुन्छ । उहाँले तपाईंको जीवनमा आज नयाँ काम शुरु गर्नु हुन्छ । कतिचोटी तपाईंको जीवनमा हरेस खाने अवस्था छ होलान् । तपाईंको जीवनमा तपाईंले गरेको एउटा सानो गलत निर्णयले जीवनमा ठूलो बोझ अनि भारी परीरहेको छन् होला । जीवन अन्धकार अनि असफलता अनि निराशामा गुज्रनुभएको होला । थकितपना, रोग बिमार अनि अशान्तिमा जिउनुभएको होला । परमेश्वरले तपाईंको जीवनमा उहाँको काम शुरु गर्न चाहनुहुन्छ । केवल उहाँमा तपाईंले आफ्नो जीवन अर्पण गर्नु परेयो । उहाँ आफ्ना पापहरु पश्चताप गरी फर्कनु परेयो । उहाँको वचन अनुसार हिंड्नु परेयो । उहाँमा तपाईंको जीवन नयाँ तरिकाले शरुआत हुनेछ । उहाँमा तपाईंको जीवनमा एउटा नयाँ अशिष, नयाँ काम, परमेश्वरको अलौकिक काम शुरु हुँदछ । उहाँले असम्भव कुरालाई सम्भव तुल्याउनु हुन्छ । उहाँले अचम्मको काम तपाईंको जीवन आशिषको झरी खन्याउन हुन्छ । किनकि परमेश्वर अल्फा हुनुहुन्छ । उहाँ शुरु हुनु हुन्छ । उहाँले नै संसारमा भएका हरेक कुराहरुको शुरु गर्नु भएको हो । उहाँमा नै संसारमा भएका सबै कुराको अन्त पनि हुनेछ ।

परमेश्वर ओमेगा हुनुहुन्छ ।
परमेश्वर ओमेगा हुनुहुन्छ । ओमेगा चाहिं ग्रीक भाषाको अन्तिम अक्षर हो । परमेश्वरको अन्त पनि हुनुहुन्छ । सबै शुरु भएका कुराहरुको अन्त पनि छ भन्ने कुरा बुझनु जरुरी छ । जो मानिसहरु प्रभुमा हुन्छन् उनीरुको अन्त राम्रो हुन्छ । उनीहरुको अन्त सुःखद हुन्छ । जनो मानिसहरु प्रभुमा नजीक हुदैनन् । प्रभुको इच्छा र वचन अनुसार हिडदैनन् । तिनीहरुको अन्त दुःखद र नराम्रो हुँदछ । परमेश्वर भलो, असल, प्रेमिलो हुनुहुन्छ । उहाँदयालु, कृपालु र क्षमाशील पनि हुनुहुन्छ । फेरी परमेश्वर न्यायी र न्याय गर्ने पनि हुनु हुन्छ । हरेक मानिसको तिनीहरुको गुणर दोषको आधारमा अनि तिनीहरुको काम अनुसारको न्याय गर्नु हुन्छ । किनकि परमेश्वर ओमेगा हुनु हुन्छ । कसैको जीवनको अनत संयोगान्त त कसैको वियोगान्त हुन्छ । कसैको परमेश्वरको राज्यमा प्रवेश भने कसैको नरकमा प्रवेश भएर जीवनको अन्त हुन्छ ।

तपाईंको जीवनमा कति कुराहरु कसरी शुरु गर्नुहुन्छ र कसरी अन्त गर्नु हुन्छ भन्ने कुराले पनि महत्व राख्दछ । राम्रो तरिकाले शुरु हुनु अनि राम्रो तरिकाले अन्त हुनु यो अति राम्रो कुरा हो । कसैले राम्रो शुरुआत गर्छन् र नराम्रो तरिकाले अन्त गर्दछन् । आज तपाईंको जीवनमा कसरी हिंड्नु भएको छ । आज तपाईंको जीवनलाई जाँच गर्नु पर्ने समय आएको छ । यदि हामी परमेश्वरको वचन र उहाँको आज्ञा विपरित हिंडेका छौं भने निश्चय पनि अन्त डर लाग्दो हुनेछ । किनकि परमेश्वर ओमेगा हुनु हुन्छ । उहाँ अन्तको परमेश्वर हुनु हुन्छ । उहाँ दयालु कृपालु पनि हुनु हुन्छ अनि उहाँ न्याय गर्ने परमेश्वर पनि हुनु हुन्छ । हिब्रुका लेखकले यसरी भनेका छन्, “हाम्रा विश्वास शुरु गर्नु हुने र पूरा गर्नुहुने येशूलाई हेरौं….” हिब्रु १२:२क । उहाँले शुरु गर्नु हुन्छ र अन्त पनि गर्नु हुन्छ । यस पृथ्वी पनि शुरु भएको हो र यसको अन्त पनि छ । हाम्रो विश्वासको जीवनको शुरुआत छ र अन्त पनि छ ।

सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ,
यहाँ अल्फा र ओमेगा मात्रै नभनिएर सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नु हुन्छ भने भनिएको छ । निश्चय पनि परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनु हुन्छ । उहाँ सबै शक्तिहरु भन्दा महान शक्ति भएको परमेश्वर हुनु हुन्छ । किनभने मानिस जातिलाई परमेश्वरले प्रेम गर्नु हुन्छ । हामी मानिसलाई परमेश्वरले उहाँसँग बातचीत गर्न उहाँ संगति गर्न, उहाँको धार्मिकतामा जिउन उहाँको प्रजा बनाउनु भएको हो । यद्यपि हामी मानिस कतिचोटी परमेश्वरको इच्छा अनुसारको जीवन जिउन सक्दैनौं । हामी उहाँको धार्मिकतामा हिंडीरहेका हुँदैनौं । संसारिक र अनात्मिक कुराहरुको जंजालमा र जालोमा बढी नै पर्न पुगीरहेका हुन्छौं । तर सर्बशक्तिमान परमेश्वरले हामीलाई उहाँको छत्र छायाँमा आएको चाहनु हुन्छ । उहाँको सुरक्षाको छहारीमुनि आएको चाहनु हुन्छ । उहाँको वचन र आज्ञामा हिंडेको चाहनु हुन्छ । परमेश्वर जहिले पनि हाम्रो भलाई चाहनु हुन्छ । उहाँ जहिल्यै हाम्रो असल भएको चाहनु हुन्छ । तापनि हामीले परमेश्वरलाई विर्सन्छौं । परमेश्वरको काम र उहाँको प्रेमलाई भुली दिन्छौं । अनि जब समस्यामा पर्न पुग्छौं अनि अन्धकारको शक्तिको बन्धनमा परीरहेका हुन्छौं । हामीले यो कुरा जान्नु आवश्यक कि परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनु हुन्छ । हामीलाई उहाँले प्रम गर्नु हुन्छ । उहाँले हाम्रो पाप र अधर्मको क्षमा पनि गर्नु हुन्छ । र उहाँले जहिले हाम्रो निम्ति असल र सकारात्मक कुरा भन्नु हुन्छ । उहाले हाम्रो विषयमा कहिल्यै पनि नराम्रो कुरा भन्नु हुन्न । उहाँ एउटा असल पिता हुनु हुन्छ । जस्तो कि तपाईंको विषयमा राम्रो सोच्ने अनि राम्रो कुरा भन्नु हुन्छ । कतिचोटी हामी परमेश्वरको विरुद्धमा बोल्यौ होला । कति चोटी हामी परमेश्वरदेखि टाढा गयौं होला । हामी पाप र डरको बन्धनमा जियौं होला । तर परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनु हुन्छ । उहाँले हामीलाई सबै प्रकारको बन्धनबाट छुटकारा दिनु हुन्छ । उहाँले हाम्रो निम्ति असल र राम्रो कुरा भन्नु हुन्छ ।

जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ ।
यहाँ परमेश्वर शुरु हुनु भएको होईन । अनि उहाँ अन्त पनि हुनु हुन्न । तर उहाँले नै सबै कुरा शुरु गर्नु भएको हो । उहाँले नै सबै कुराको अन्त पनि गर्नु हुन्छ । निश्चय परमेश्वरको अस्त्तिव हिजो पनि थियो आज पनि छ र भोली पनि हुनेछ । उहाँ कहिले पनि बदली हुनु हुन्न । परमेश्वर विगतको हुनु हुन्छ । परमेश्वर वर्तमानको पनि परमेश्वर हुनु हुन्छ । अनि उहाँ भविष्यको पनि परमेश्वर हुनु हुन्छ । परमेश्वरले इतिहासमा जे काम गर्नु भयो त्यो आज गर्नु हुन्छ अनि परमेश्वरले त्यो भविष्यमा पनि गर्नु हुनेछ । “येशू ख्रीष्ट हिजो, आज र सदा सर्वदा एकसमान हुनुहुन्छ ।” हिब्रु १३:८ । उहाँले २००० बर्ष अगाडि जे काम गर्नु भयो, त्यो काम आज पनि गर्नु हुन्छ । उहाँले त्यो भोली पनि गर्नु हुन्छ । परमेश्वर इतिहासमा सीमित रहने परमेश्वर हुनु हुन्न । परमेश्वर आज पनि हुनु हुन्छ । कति चोटी मानिस भविष्यको चिन्ता फिक्रीमा जिउँछन् । भोली के हुने हो भनेर हिंड्दछन् । निराशामा जिउँदछन् । तर बुझनु पर्ने कुरा के हो भने परमेश्वर जहिले पनि असल परमेश्वर हुनु हुन्छ । तपाईंले सबै भरोसा र विश्वास परमेश्वरमा राख्नु पर्दछ । ताकि परमेश्वरमा तपाईंको भविष्य असल उजजवल छ भनेर विश्वास गरेर उहाँमा धार्मिक जीवन जिउनु पर्दछ । हामी जे गर्छौ त्यसै अनुसारको फल प्राप्त गर्दछौं । निश्चय पनि हामीले आलु रोपेर स्याउको फलको आशा राख्न सक्दैनौं । सुन्तला रोपेर केराको फलको आशा राख्न सक्दैनौ । त्यसलै हामी परमेश्वरमा भरोसा राख्नु पर्दछ । उहाँको असल कुराको प्रतिक्षामा जिउनु पर्दछ । परमेश्वर तपाईंको कुभलो चिताउने परमेश्वर हुनु हुन्न । उहाँले तपाईंको असल भलाईको कुरा नै सोंच्ने परमेश्वर हुनु हुन्छ । किनकि उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ ।

निष्कर्ष
परमेश्वर अल्फा र ओमेगा हुनु हुन्छ । परमेश्वर सर्बशक्तिमान हुनु हुन्छ । जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ । कति कुरा तपाईंको जीवनमा असल तरिकाले शुरु हुन सकेका छैनन होला । यस कुराले तपाईंको जीवनमा निराशा छ होला । यस कुराले तपाईंको हतोत्साह ल्याई राखेको होला । एउटा कुरा हामीले के बुझन जरुरी छ भने यदि तपाईंले परमेश्वरमा भरोसा राख्नु हुन्छ भने यदि उहाँको वचनको पालन गर्नु हुन्छ भने परमेश्वरमा तपाईंको निम्ति असल कुराको शुरुआत हुनेछ । परमेश्वरले नै तपाईको जीवनमा असल कुरा शुरु गर्नु हुन्छ र उहाँले नै असल तरिकाले अन्त गर्नु हुन्छ । के तपाईंको जीवनमा कुनै असल कुरा शुरु भएको छैन ? जहिले खराबै मात्र भईरहेको छ? के तपाईंको कुरा राम्ररी अन्त हुन सकेको छैन? तपाईंलाई कसले राम्रो र असल कुरा भनेका छ्रैनन् । तपाई विषयमा केवल नकारात्मक कुरा मात्रै भनेका छन् कि? के परमेश्वर हुनु हुन्न उहाँले मेरो जीवनमा काम गर्नु हुन्न भन्ने सोंच्दै हुनु हुन्छ कि? उहाँको छत्रछायाँमा आउनु होस् । उहाँले नयाँ काम तपाईंको जीवनमा गर्नु हुन्छ । उहाँले तपाईंको जीवनमा असल करा शुरु गर्नु हुन्छ । खराब कुरालाई येशूलाई दिएर परमेश्वरमा फर्कनु जरुरी छ । उहाँ सर्वशक्तिमा परमेश्वर हुनु हुन्छ । उहाँ कहिल्यै वदलिनु हुन्न । उहाँले तपाईंको भलो चाहनु हुन्छ ।
www.joshanlimbu2015.blogspot.com

Friday, September 9, 2016

नेपाली मिडियाहरुले पनि माता र पिता मान्ने ईसाई रहेछन भनी खबर लेख्न थाले झुटाे शिक्षा बाट बचाै र बचाअाै" ।

नेपाली मिडियाहरुले पनि माता र पिता मान्ने ईसाई रहेछन भनी खबर लेख्न थाले झुटाे शिक्षा बाट बचाै र बचाअाै"

~पिता पुत्र, पवित्र आत्मा मन्नु हुने प्रभुको प्यारो जनहरुले जन्नै पर्ने र बुझ्नै पर्ने कुराहरु~
***#आखिर_बाइबलीय_सत्य_शिक्षा_के_हो***

1-#के_मुक्तिदाता_कोरियाबाट_आउनुहुन्छ_र?
त्यो पनि चस्मा लगाएर। अनि मुक्तिदाता येशू ख्रीष्ट जसले रोगीहरुलाई निको पर्नुभयो, अन्धाहरुलाई आँखाको ज्योति दिनुभयो। तर आङ साङ ह्वाङ (Ann Sang Hong) स्वयमको अँखा कमजोर भएको कारण चस्मा लगाउनु परेको थियो। र तालु पनि खुइलिएको थियो। जसको मृत्यु उच्च रक्तचापका कारण भयो। र अरुलाई मुक्ति दिन सक्नेले स्वयं आफ्नो शारीरिक रोगहरुबाट मुक्ति पाउन सकेनन्?

-बाइबल धर्मशास्त्रले यसरी भन्छ अब्राहाम, इशाहक, याकुब वा ईस्राएलको 12 कुलमध्ये यहुदाको कुलबाट येशू ख्रीष्ट आउनुहुन्छ। मुक्तिदाता यहुदीबाटै आउनुपर्छ जुन कुरा यशैया अगमवक्ताले प्रभु येशू ख्रीष्ट जन्मिनुभन्दा करिब ७ सय वर्ष अगाडि नै भविष्यवाणी गरेका थिए।-``हेर कन्या गर्ववती हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ' (यशैया 7:14) (मीका 5:2) (गलाती 4:4)
येशू समयको पुर्णतामा यस संसारमा आउनुभयो।
-तर आङ साङ ह्वाङ ( Ann sang hong) को जन्मको विषयमा काहाँ र कसले भविष्यवाणी गरेका छ? के आङ साङ ह्वाङ यहुदी हुन्? के आङ साङ ह्वाङका पिता पुर्खा यहुदी हुन्? कोरियामा इस्राएल जाति अथवा यहुदी जाति छैनन्। अनि आङ साङ ह्वाङ यहुदाको कुलबाट पनि आएको होइनन्। यी सबै कुराहरुका आधारमा उनका शिक्षाहरु र जिवनका चालहरु अति नै भ्रमात्मक र विवादास्पद छ्न्। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, परमेश्वरको मण्डली, (Word mission society, church of god) ख्रीष्ट विरोधी झुटो शिक्षा हो र आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो।

2-#मुक्ति_कसरी_पाउने_त? #निस्तार_चाड_मानेर?
-(एफिसी 2:8,9 पद) अनुसार हामीले मुक्ति परमेश्वरको अनुग्रहबाट र हाम्रो विश्वासद्रारा पाउँछौ र यो परमेश्वरको वरदान हो। तर हाम्रो कर्मद्रारा होइन। (प्रेरित 16 को 31 र 4 को 12 पद) अनुसार हामीले विश्वासद्रारा नै मुक्ति पाउदछौ। आज्ञापालन चाडपर्व, विश्राम दिन मानेर, धर्मकर्म गरेर वा निस्तार चाडले अथवा विभिन्न विधि-विधानले होइन। निस्तार चाड त केवल युहन्ना 6 को 4 पद) अनुसार यहुदीहरुले मान्ने चाड हो। हामीहरुले यो निस्तार चाड मन्नु आवश्यक छैन।  किनभने (गलाती 4 को 10,11) र (कलस्सी 2 को 14,16 पद) अनुसार सबैप्रकारको रितिथितिहरु येशू ख्रीष्टले रद्द गर्नु भएको छ। र नयाँ करारमा कतैपनि निस्तार चाडद्वारा, विश्राम दिनद्रारा मुक्ति  र पाप क्षमा पाउने कुरा लेखेकै छैन। यदि चाडपर्व मानेर उद्घार पाउने भए हाम्रो प्रभु येशू ख्रीष्ट हाम्रो पापको निम्ति किन क्रुसमा मर्नुपर्थ्यो?(हिब्रु 9:12)।
अनन्त जीवन प्राप्त गर्ने कुरा र पाप क्षमा पाउने कुरा विश्वासद्रारा मात्रै पाउन सकिन्छ। साथै हामीहरुले Dec 25 लाई बडा दिन ख्रीष्टमसको रुपमा मानिअएका छौं। जुन कुरालाई आधार बनाई बाइबलमा कतैपनि ख्रीष्टमस मान्नुपर्छ भनी लेखिएको छैन, त्यसैले ख्रीष्टमस मान्नु मुर्तिपुजा हो भनेर उनीहरु भन्छन्, तर उनीहरु चाहिँ (छाङ गिल जा र आङ साङ ह्वाङको जन्मदिनलाई भव्यताका साथ मान्दछ्न् र पुजा गर्दछ्न्। जुनकुरा अत्यन्तै विरोधाभाश छ।

-हामीले (युहन्ना 4:14, 4:36, 5:24,  6:40, 6:47)-(प्रेरित 16:31)  (मर्कुस 16:16) (रोमी 10:9,10) पद अनुसार विश्वासद्रारा मुक्ति पाउँदछौ। त्यसैकारणले गर्दा मुक्ति पाउनको निम्ति निस्तार चाड आवश्यक छैन, र यस्तै कुराले गर्दा यो झुटो शिक्षा हो। र आङ साङ ह्वाङ(Ann Sang Hong) का अनुयायीहरुले निस्तार चाड नमान्नेहरु झुटा विश्वासीहरु हुन्, भनी सिकाउँछ्न् साथ साथै निस्तार चाड नमानी मुक्ति पाउन सकिँन्दैन पनि भान्छ्न्। जुन कुरा बाइबल विरुद्धको कुरा हो। त्यसैकारणले गर्दा उनिहरुले भन्दै आएको सियोन चर्च, परमेश्वरको मण्डली, (Word mission society, church of god) ख्रीष्ट विरोधी झुटो शिक्षा हो र आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो।

3-#विवाह_र_मृत्युबारे:
किनकि मृतकहरुको पुनस्र्त्थानमा मानिसहरुले विवाह गर्दैनन्, न विवाह गरिदिन्छ्न्, तर तिनीहरु स्वर्गका स्वर्गदुत जस्ता हुन्छन्। (मत्ती 22:30)
-यदि (आङ साङ ह्वाङ) फेरी आउनुभएको येशू ख्रीष्ट भए उहाँले किन विवाह गर्नुभयो? पुनस्र्त्थान भएकाहरुलाई विवाहको आवश्यकता पर्दैन। जुन कुरा प्रभु येशू ख्रीष्ट अफैंले नै संसारमा रहँदा भन्नू भयो। तर (आङ साङ ह्वाङ Ann Sang Hong) ले त विवाह पनि गर्‍यो, जुन कुरा बाइबलसँग पटक्कै मिल्दैन। उसको शरीर चाहिँ पुनस्र्त्थान भएपछिको शरीर जस्तो हुनु पर्ने थियो। तर उसले आफ्नो पहिलो श्रीमती (ह्वाङ वन सुन Hwang Won Sun) सँग विवाह गर्‍यो र विवाह विच्छेद पनि गर्‍यो, साथ साथै श्रीमान् (किम जे हुन Kim Jea Hoon) र श्रीमती (छाङ गिल जा Jang Gil Ga) को पनि विवाह विच्छेद गराई दियो। र पछि आफ्नै श्रीमती बानायो। जुन कुराको विरुद्धमा प्रभु येशूले मत्ती 19 को 6 पद) म यसरी भन्नुभएको थियो #यसकारण_परमेश्वरले_जसलाई_एक_साथ_जोड्नु_भएको_छ। #त्यसलाई_कुनै_मानिसले_नछुट्याओस्।

जुन कुरा हाम्रो प्रभु येशू ख्रीष्ट आफैले मनाही गर्नु भयो त्यसको विरुद्धमा आङ साङ  ह्वाङ र उसका धेरैजसो चेलाहरुले पनि विवाह विच्छेद गरेको प्रशस्त मात्रामा पाउन सक्छौ। र यो कुराको गवाही कोरियाकै धेरैजना मिस्नेरी दाजुभाइहरुले दिनुहुन्छ। आफैलाई परमेश्वर भन्ने तर स्वभाव र आचरण चाहिँ समाजमा पनि नसुहाँउदो गने?
-1918 जुन 13 मा जन्मेका ह्वाङको 1985 फेब्रुअरी 25 मा कोरियाको बुसान भन्ने ठाउँको एउटा रेष्टुरेण्टमा खाना खाँदै गर्दा उक्त रक्तचापको कारण 67 वर्षको उमेरमा मृत्यु भयो। यदि उ परमेश्वर भएको भए यस्तो किसिमको मृत्यु आउनु असम्भव थियो। र अर्को कुरा बौरी उठेको मानिसको पनि फेरी अर्को पटक मृत्यु हुन्छ र?
यदि हुन्छ भने हामी अनन्तको राज्यमा प्रवेश गर्ने आशामा जिउँदैछौ, के उसो भए हामी पनि बौरी उठेपछि फेरी मर्छौ त?
बाइबलले स्पष्ट भन्दछ: एकचोटी मानिस बौरी उठिसकेपछि फेरी ऊ कहिल्यै मर्दैन। त्यसैकारणले गर्दा उनिहरुले भन्दै आएको सियोन चर्च, (wrold mission  society, church of God) ख्रीष्ट विरोधी झुटो शिक्षा हो र (आङ साङ ह्वाङ) झुटो ख्रीष्ट हो।

4-#येशूको_दोस्रो_आगमन_कसरी_हुन्छ?
-येशू जसरी जानुभयो त्यसरी संसारमा फेरि आउनुहुनेछ। (प्रेरित 1:10,11)।
प्रधान स्वर्गदुतको आवाज र परमेश्वरको तुरहीको स्वरसँग स्वर्गबाट ओर्लनु हुनेछ र ख्रीष्टमा मरेकाहरु पहिले बौरी उठ्नेछ्न्। साथ साथै हामी पनि आकाशमा उठाई लगिने छौं (1 थेसलोनिकी 4:16,17)।उहाँ बादलको साथ आउने कुरा पवित्र बाइबलमा स्पष्ट लेखिएको छ। हरेक अँखाले उहाँलाई देख्नेछ्न् (प्रकाश 1:7)
-(तर आङ साङ ह्वाङ Ann Sang Hong) शरीरमा आमाको कोखबाट संसारमा अएको हो। बादलको साथमा होइन। अनि कसैले पनि उ बादलको साथमा आएको देखेका छैन्। कोरियाको मान्छेले पनि उ बादलमा आएको देखेको छैन। र उ बदलको साथमा नआएको नै गवाही दिन्छन्। अझै हाँसो लाग्दो कुरा त उसको जन्म हुँदा कोही पनि मृतकबाट जिवित भई बौरी उठेनन्।

पुरानो करारको मुख्य शिक्षा चाहिँ मुक्तिदाता संसारमा आउनुहुन्छ भन्ने हो, जुन कुरा येशू आएपछि पूरा भयो। (गलाती 4:4) र यसको साथै नयाँ करारको मुख्य शिक्षा मृतकबाट बौरी उठ्नु भएको येशू तुरहीको आवाजमा बादलको साथमा फेरी यस संसारमा आउनुहुन्छ भन्ने हो। (1 थेसलोनिकी 4:16,17) (प्रकाश 1:7) जुन कुराको पर्खाईमा हामी छौं।
तर आङ साङ ह्वाङको शिक्षा मन्नेहरुले येशूको दोस्रो आगमन भइसक्यो, त्यो येशू (आङ साङ ह्वाङ Ann Sang Hong) नै हुनुहुन्छ भनेर सिकाउछ्न्, साथै उहाँ फेरी आउनुहुनेछ, भनेर सिकाउदछ्न्। के येशूको फेरी दोस्रो तेस्रो आगमन हुन्छ र?
यो बाइबलसँग मिल्दै नमिल्ने कुरा हो। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, (Church Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)।

5-#अन्तिम_दिनको_बारे_के_भन्छन्_त_उनीहरु:
येशू कहिले कहाँ र कसरी कुनबेला आउने विषयमा उहाँ आफैंलाई नै थाहा नभएको कुरा बताउनु भएको छ। (मत्ती 24:36) (प्रेरित 1:7) सो कुरा पितालाई बाहेक कसैलाई थाहा छैन।
तर उनीहरुले विभिन्न समय नै तोकेर उहाँको आगमन हुन्छ भनी दावी गर्छन्। -1985 फेब्रुअरी 25 म (आङ साङ ह्वाङ Ann Song Hong को मृत्यु भयो, तीन वर्षपछि उनका चेलाहरुले 1988 मा संसार ध्वष्त हुन्छ भनेर मानिसहरूलाई त्रसित पारे, तर संसारमा केहीपनि भएन। त्यसरी नै 1999 मा पनि घोषणा गरे। साथ साथै हामीलाई थाहा भए अनुसार नै यस्ता धेरै मितिहरुमा संसारभरी हल्ला फैलाए। 2012 मा पनि धेरैलाई त्रसित बनाई, ललाई, फकाई आफ्नो धन सम्पत्ति परमेश्वरका मण्डलीमा ल्याउनु पर्छ भनी भ्रमात्मक शिक्षा सिकाई मानिसहरुलाई लुटे। र अहिले 2016 आउँदासम्म पनि संसार ध्वष्त भएन। तर उनीहरुले परमेश्वरको वचनलाई मोडी गलत शिक्षा दिई रहेका छन्। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, (Church Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)।

6-#अनि_को_हुन्_ती_माता_जसलाई_उनीहरु_पुज्छ्न्?(#छाङ_गिल_जा)

-छाङ गिल जा नामक महिला कोरिया (korea) मा जन्मेकी थिइन्, उनको जन्म 1943 डिसेम्बर 29 मा भएको  थियो। उनको श्रीमान् किंङ जे होन ( Kim Jea Hoon) थिए। उनीहरु आङ साङ ह्वाङले स्थापना गरेको (Wrold Mission Society, Church Of God) मा अगुवाको  रूपमा सेवा गर्दै आएका थिए। पछि (आङ साङ ह्वाङ Ann Song Hong) ले नै (किम जे होन र छाङ गिल जा को सम्बन्ध विच्छेद गराएका थिए।
र सम्बन्ध विच्छेद पछि यिनै महिला यरुशलेम माताको रूपमा विश्व माझ प्रचलित भएकी छिन्। तिनी बाइबलीय आधारमा (गलाती 4 को 26 म) लेखिएको आमा भन्ने कुरालाई दाबी गरेर (छाङ गिल जा) आफू यरुशलेम माता हुन् भनी अरुसँग स्वीकार गराउन चाहन्छिन्। वास्तवमा यो माथिको यरुशलेम भनेको रुपक दृष्टान्तमा बताएको हामी ख्रीष्टीयनहरु हौं (गलाती 4:24)।

यस खण्डमा व्यवस्थामुनी रहेकाहरुका सन्तान हागारका सन्तान, तर व्यवस्थाको अधीनमा होइन अनुग्रहको अधीनमा, सु समाचारको अधिनमा रहेका हामीहरु साराका सन्तानहरु हौं।
जो प्रतिज्ञाका वा व्यवस्थामाथि भएका हामीहरु हौं, जुन कुरालाई मोडेर ( छाङ गिल जाले) माता हुँ भनी दावी गर्दछिन्, र अफैलाई (आङ साङ ह्वाङको दुलही हुँ भनी दाबी गर्दछिन्, उनको छोराछोरीहरु पनि कोरियामा नै छ्न् के उसो भए उनका छोराछोरीहरु मात्रै परमेश्वरका सन्तानहरु हुन त? हामी को हौं त उसो भए?
र उनका छोराछोरीहरुले ख्रीष्टलाई मुक्तिदाता भनी विश्वास पनि गरेका छैनन्। उनीहरु अख्रीष्टियानहरु हुन्। माता परमेश्वर भनेर चिनिने छाङ गिल जा को सन्तान नै मुर्तिपुजकहरु हुन्।
के उसो भए उनी मात्रै दुलही हुन् त? हामी दुलही होइनौं?
हामी दुलही होइनौं भने के थुमासँग हाम्रो विवाह हुँदैन?
छाङ गिल जा सँग मात्रै हुन्छ? यो सोच गलत कुरा हो जुन बाइबल विरुद्ध छ। प्रकाशित वाक्य अनुसार मण्डलीलाई दुलहीको रुपमा बताइएको छ। तर यो कुरालाई छाङ गिल जा ले म नै दुलही हुँ भनी दावी गर्छिन्। (प्रकाश 21:9)।
नेपालमा परिचित भएकी छाङ गिल जा चाहिँ (आङ साङ ह्वाङ) को तेस्रो श्रीमती हुन्। आङ साङ ह्वाङको अरु दुईजना श्रीमतीहरु छ्न्। उनीहरुले पनि हामी माता हौं भनी दावी गर्छन, जसमध्ये ह्वाङको पहिलो श्रीमती (ओम सी अन) को पनि दल छ। तर त्यति सक्रिय  छैन। ह्वाङको तीन श्रीमती मध्ये छाङ गिल जा अति सक्रिय देखिन्छ। उनका अनुयायीहरुले (छाङ गिल जा)लाई पवित्र आत्माको रूपमा मान्छ्न्। र बाइबलमा कतैपनि उत्पत्तिदेखि प्रकशसम्म पवित्र आत्मालाई श्रीमान श्रीमतीको रूपमा बताएको छैन।
त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, (Church Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)।

7-#प्रकाशको_पुस्तक 7 र 14 #अध्यायमा_बताएको 1 #लाख 44 #हजार_को_हुन्_त?
-प्रकाश 7:4 मा बताएको यो 1 लाख ४४ हजार को संख्या उनीहरुले उनीहरुको दल भनी सिकाउछ्न्। र 1 लाख 44 हजारभित्र प्रवेश हुनको लागि विभिन्न प्रकारका झुठा प्रलोभन र साथसाथै हुँदै नभएका आशा देखाएर, ख्रीष्टमा रहेका मानिसहरुलाई बहकाएर उनीहरुको अनुयायी बनाउनदछ्न्। र केही समयसम्म आर्थिक सहायता गर्ने र कतिलाई कोरिया पठाई उनीहरुको अगुवा बनाउने गर्दछ्न्। तर #प्रकाश 7 को 4 मा बताएको 1 लाख 44 हजारको संख्या यहुदीहरुको थियो। तब मैले मोहोर लगाएकाहरुको संख्या सुने। तिनीहरु 1 लाख 44 हजार थिए, र तिनीहरु इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए)। यो संख्याभित्र ह्वाङको दल समाबेश भएको लेखिएको छैन। यो संख्या यहुदीहरुको हो, तर उनीहरु ह्वाङको दलले मात्रै मुक्ति पाउछ भन्दछ्न्। तर कोरियामा मात्रै 2 3 लाखभन्दा बढी उनका दलहरू भइसकेका छ्न्।
नेपालको चाहिँ  कुन दल हो? सत्य शिक्षालाई मोडी भ्रमात्मक कुराहरु फैलाउदै हिडिरहेका छन्।
( प्रकाश 14:1) मा बताएको 1 लाख 44 हजारको अर्थ चाँही पुर्णताको संख्या भन्ने बुझिन्छ। यो कुनै ह्वाङको दल पनि होइन, यहोवाका साक्षी, मुनको दल, फेद होमको पनि होइन। यो पुर्णताको संख्या मात्रै हो। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको (सियोन चर्च, परमेश्वरको मण्डली, Wrold Mission Society, Chuch Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)

#पिटर_बि_के ज्यु को फेसबुक वालबाट साभार !!

के एउटा मानिस क्रिश्चियन बन्नु अपराध हो ?

नेपाल देश हल्ला, गाली र तालीले चलेको देश हो।
यहाँ सबैलाई ताली खानु परेको छ,
त्यसका लागि गालीबाहेक अरु गर्ने उपाय कसैसँग
छैन । यहाँ कांग्रेसले माओबादीको बिरोध गर्छ,
माओबादीले कांग्रेस/एमालेको बिरोध गर्छ,
गणतन्त्रबादीले राजाबादीको उछित्तो काढ़छन्,
राजावादीले गणतन्त्रवादीको ।
बाहुनबादी बाहुनले दलित जनजातिलाई मान्छे
गन्दैन, कतिपय जनजातिले बाहुन क्षेत्रीको रगत
चाट्छु भन्दै हिँड्छन्।आफूलाई चित्त नबुझ्नेबित्तिकै
बिनाप्रमाण तितो बचन गरिहाल्नु पर्ने त
हामी नेपालीको प्रमुख संस्कार झैं बनेको छ।
यसैक्रममा कतिपय जानेबुझेका जस्ता लाग्ने
व्यक्तिहरुले पनि नेपालका क्रिश्चियनहरु
प्रति निकै नै कायरतापूर्ण तर्कहरु गरेर आफैंलाई
राम्रो लेखक प्रमाणित गराउने
चेष्टा गरेको बेलाबखतमा देख्ने गरिन्छ।वास्तवमा
भन्ने हो भने यहाँ काम
भन्दा सयौं गुणा बढी कुरा हुन्छन् र त आजसम्म देश
पश्चगमनको अवस्थामा छ।
बिश्व इतिहास साक्षी छ: संसारमा आफ्नो धर्म
प्रचार प्रसार नगर्ने कुनै पनि धर्म छैन। हिन्दु,
बौद्ध, इस्लाम, इसाई अनि अरु बाँकी सबैले नै कुनै न
कुनै कालखण्डमा आफ्नो आफ्नो धर्म प्रचार गरेकै
हुन्।
आज अमेरिका र युरोपमा पनि इस्लाम तथा हिन्दू
धर्म फैलिइरहेको छ। अमेरिकाको हरेक
स्टेटमा कम्तीमा एउटा मस्जिद छ।
भोलि अमेरिकामै हरेक स्टेटमा एउटा एउटा मन्दिर
बन्यो भने पनि कसैले आश्चर्य नमाने हुन्छ।
त्यसो भयो भने के त्यहाँका अमेरिकनहरुले
पनि मन्दिर बढ्यो भनेर हुँदा नहुँदा गन्थन गरेर
बस्लान त ? पक्कै बस्दैनन्, किनकि उनीहरु हामीझैं
गफ हानेर खाना पचाउने काम गर्दैनन्।
नमच्चिने पिङको सय झड्का भनेझैं काम
भन्दा कुरा बढी गरिने देशमा नै स्वदेशी धर्म,
बिदेशी धर्म, यो जात, उ जात भनेर
नौटंकी रचिन्छ। होइन भने यूरोप/अमेरिकाले किन
हिन्दु वा इस्लाम वा बौद्ध धर्म मान्नेहरुलाई
पनि निशर्त आफ्नो देशको नागरिक स्वीकार
गर्दछ? अमेरिकनहरुले पनि हामीले जस्तै संकीर्ण
सोच राखेको भए फिलिपिन्स,
नाइजेरिया जस्ता मध्यम स्तरिय क्रिश्चियन
बाहुल्य देशहरुबाट मात्रै डिभी चिठ्ठामार्फत
मानिसहरु भित्र्याएको भए हुदैनथ्यो र ? तर
पनि आज किन डिभी मार्फत अमेरिका जान
चाहनेहरुको ठुलो ठुलो भिड
लाग्नेमा चाहिं बंगलादेश, नेपाल जस्ता देशहरु
पर्दछन् ?
के हामीले क्रिश्चियनहरुलाई विदेशी धर्म
मानेको भनिरहँदा आँफुले दौरासुरुवाल,
गुन्यूचोली वा आफ्नो जातीय पोशाक
लगाइराखेका छौं? के हामीले प्रयोग गर्ने घडी,
मोटरसाइकल, कम्प्युटर, हवाइजहाज सबै
स्वदेशी उत्पादन हो? के सबकासब वैज्ञानिक
आविष्कारहरु हाम्रै पेवा हुन्?
कुनै पनि मान्छे जन्मँदै यो धर्मको भनेर फिक्स भएर
जन्मेको हुँदैन। यो स्वतन्त्रताको संसार हो,
जो कसैले पनि जुनसुकै धर्म छान्न सक्दछ। यसलाई
छेकबार गर्न खोज्नु मानव अधिकारको गम्भीर
उल्लङ्घन हो।
जहाँसम्म बिदेशी पैसाकै बलमा धर्मप्रचार
गरियो भन्ने आरोप छ, त्यो एक आधारहीन
कुरो हो। बिदेशीको पैसा क्रिश्चियनहरुको
चर्चमा त परेको होला ल, त्यो मान्न सकिन्छ। तर
हामी सबैले बुझेको तर नबुझेको झैं गरेको कुरा के
हो भने विदेशी पैसा त हामीले अघि भर्खर
खानामा हालेको नुनमा पनि परेको छ। बिहान
गाडी चढेर हिँडेको बाटोमा पनि परेको छ।
यहाँका सबकासब राजनीतिक
दलमा पनि परेको छ।
कर्णालीमा भोकमरी लाग्दा बाँडिने
पिठोमा पनि विदेशीको पैसा परेको छ। अब के
यी सबैलाई बिदेशीको पैसा परेको भनेर
बिटुलो मान्ने?
चाइनाको लसुन र भारतको प्याज नभई
हाम्रो भान्सा तात्दैन। अरबको खाडीमा नगई
हाम्रो चुलो बल्दैन। नेपाली उत्पादनले
हाम्रो इज्जत जान्छ। युरोप /
अमेरिका जानलाईजायजेथा बेचेर
पनि ज्यानको बाजी लगाउन तम्सिन्छौँ हामी।
जबसम्म समग्र देशको प्रगति हुँदैन तबसम्म
यो अवस्था रहि नै रहन्छ। यो अवस्था क्रिश्चियन
वा हिन्दु वा मुस्लिम मात्रको नभएर यो देशभित्र
जन्मने अधिकांश नेपाली नागरिकहरुको यथार्थ
धरातल हो।
दक्षिण कोरियाको चर्चहरुले
कसैको पनि पैसा लिंदैनन तर धेरैलाई सहयोग
पुर्याउछन किनकि त्यहाँका मान्छेहरु सक्षम छन्।
उनीहरुलाई अरुको पैसा लिनु आवस्यक नै छैन। त्यस्तै
नेपालका पनि केहि चर्चहरुले त कुनै
पनि अर्थमा बिदेशीको पैसा नलिने भनेर
घोषणा गरिसकेको अवस्था छ। उनीहरु
आफैंमा निर्भर छन्।
अधिकांश लेखहरुमा हिन्दु राष्ट्र मासेर धर्म
निरपेक्षता ल्याउनुको मुख्य दोष
क्रिश्चियनहरुलाई लगाएको भेटिन्छ।
यसमा चाहिं हामी क्रिश्चियनहरु खुसी नै हुनुपर्छ
होला, किनकि हामीले गर्दै नगरेको कामको जस
पाइराखेका छौं। हिन्दु राष्ट्र हुँदाको बखत
पनि क्रिश्चियनहरुले हामीलाई धर्म
निरपेक्षता चाहियो भनेर कुनै नारा, जुलुस, बन्द
हड्ताल वा अन्य कुनै दवाबका कामहरु
गरेको मलाई थाहा छैन।
हामी राम्ररि जान्दछौं: हिन्दु राष्ट्र वा धर्म
निरपेक्ष राष्ट्र कुनैले पनि सडकमा सुतेको सडक
बालकको जाडो छेक्दैन,
जाजरकोटमा झाडापखाला लागेर मर्न
आँटेको मान्छेलाई निको गराउदैन,
अरबको खाडीको चरम
गर्मीमा पसिनाको धारा बगाइराखेका हाम्रा दाजुभाइहरुको पसिना पुछ्दैन।
हामी त खालि स्वतन्त्रताको पक्षपाति हौँ,
नकि हिन्दु राष्ट्र वा धर्म निरपेक्ष राष्ट्रको।
नेपालको धर्म निरपेक्षता भनेको धार्मिक खोल
ओढेको राजनीतिक मुद्दा हो।
यसमा नता क्रिश्चियनको नता बुद्दिश्टको नता मुस्लिमहरुको नै
हात छ।
यसो भन्दैमा हामी धर्म निरपेक्षता चाहदैनौं भन्ने
पनि होइन, धर्म
निरपेक्षता लोकतन्त्रको एउटा सर्बमान्य
खम्बा हो। अमेरिका, बेलायत, भारत
जस्ता प्रजातन्त्रका जननी मानिने मुलुकहरु
धर्मनिरपेक्ष मुलुकहरु हुन्।
यतिबेला यहाँहरुमध्ये कतिले
सोचिसक्नुभयो होला: धर्मनिरपेक्ष भनेर के अर्थ?
अमेरिकाको राष्ट्रपतिले त बाइबलमा हात राखेर
सपथ खान्छन त! यो कुरा सत्य नै
हो कि अमेरिकाका राष्ट्रपतिले बाइबलमा हात
राखेर नै सपथ खान्छन। तर हामीले बुझ्न
जरुरि कुरो के हो भने अमेरिकाको कानुनले कुनै
मुस्लिम वा हिन्दु
राष्ट्रपति भएको खण्डमा उनीहरुलाई कुरान
वा गीतामा हात राखेर सपथ ग्रहण गर्नबाट
रोक्दैन। हालसालै एकजना इन्डियन
मुलका अमेरिकन न्यायाधीशले गीतामा हात
राखेर सपथ ग्रहण गरेको त हामीले सुनेकै हौँ।
धर्मनिरपेक्ष राष्ट्रले पनि बहुसंख्यक
समुदायको बिशेष सम्मान गर्न सक्दछ।
अमेरिकामा क्रिश्चियनहरुको बाहुल्य छ त्यसैले
त्यहाँका कतिवटा कुराहरु आफैं
क्रिश्चियानिटीतर्फ ढल्कन्छन्।
नेपालमा हिन्दुहरुको बाहुल्य छ त्यसैले यस
देशका धेरै पक्षहरु स्वत: हिन्दुजस्तै बन्छन्।
राष्ट्रपति क्रिसमस वा इदको कुनै
समारोहमा सहभागी हुँदैनन् तर
भोटो जात्रामा सहभागी हुन्छन्,
दशैंमा सामुहिक टिकाटाला लगाईदिन्छन्।
देशको प्रमुख प्रशासनिक केन्द्र
सिंहदरबारको गेटमा हिन्दु
देवी देवताका मूर्ति राखिएका छन्, हिन्दु
चाडपर्वहरुमा धेरै दिन बिदा हुन्छ, मन्दिरहरुले
बर्षेनी सरकारी कोषबाट रकम प्राप्त गर्दछन।
हिन्दुहरुलाई एउटा धर्मनिरपेक्ष देशले
यहाँ भन्दा बढी के गर्नुपर्यो? बहुसंख्यकको कदर
गर्ने भनेको यही होइन र? तर यति हुँदा हुँदै
पनि संबिधान नै आफ्नै नाममा लेखिनुपर्ने भन्नु त
अतिवादी सोच भएन र?
गल्ति मान्छेबाट नै हुन्छ, निश्चय नै क्रिश्चियनहरु
बाट पनि कति गल्ति भएका होलान। गल्ति,
कमीकमजोरी रहित त पक्कै पनि हिन्दु समुदाय
पनि छैन। त्यसैले सबैमा मेरो अनुरोध छ
कसैको पनि एकोहोरो बिरोध नगर्नुहोला।
आउनुहोस हामी मिलेर गुण र
दोषको आधारमा समर्थन वा बिरोध गर्ने सभ्य
परिपाटीको बिकास गराऔँ। हामीले
गरेका गल्ति छन् भने तोकेर देखाउनुस,
हामी तिनीहरुलाई सच्याउन तयार छौं। तर
यो देशमा चर्च खुल्न नै नहुने, क्रिश्चियन बढ्न नै
नहुने भन्ने तालिवानी शैलीको एकलकांटे
प्रवृतिलाई चाहिं हामी स्वीकार गर्न सक्दैनौं।
धन्यवाद!
=====================
कृपया यस लेखलाई सेयर गरेर सहयोग
गरिदिनुहोला ! उचित
प्रयोजनको निम्ति यसलाई निसंकोच कपि/पेष्ट
गर्न पनि सक्नुहुन्छ ।

Wednesday, August 31, 2016

आफ्नो आखामा भएको मुढा पहिला हटाउ अनि अरुको आखामा भएको कसिङ्गर निकाल्न बल्ल सक्षम हुनेछौ ।

आज भन्दा धेरै समय अघिदेखि नेपाली ख्रीस्टियनहरुलाई लाग्दै आईरहेको अर्थहीन, प्रमाणहिन आरोपहरु बिदेशी धर्म, र डलर को प्रलोभन मा धर्म परिवर्तन । यहाँ मलाई चित्त नबुझेको कुरा, एउटा मानिसले अंलालेको आस्था कसरी स्वदेशी र बिदेशी हुन्छ ? यदि ईश्वर पनि स्वदेशी, बिदेशी हुन्छन् भने के सारा मानव जातिहरुको सृष्टिकर्ता बेग्लाबेग्लै थिए ?

किन नेपाल मा मात्रै ख्रीस्टियनहरुलाई बिदेशी धर्म मानिन्छ ? म अरु कसैको आस्थालाई समाबेश गरेर लेख्न चाहान्न तर हामी नेपालिहरुको सोच आज को यो एक्काइसौं सताब्दी सम्म आईपुग्दा पनि किन परिवर्तन हुन सकेन ? ख्रीस्टियनहरुलाई बिदेशी धर्म भन्ने हरुले आफैले उपभोग गरिएको हर चिजहरु को निरीक्षण गरेको छन कि छैनन ? किनकी आज हामिले जति पनि चिजबिजहरुको उपभोग गरिरहेका छौं ती सबै बिदेशी हुन ।

अहिले तपाईले यो मेरो लेख पढिरहनुभएको मोबाइल अथवा ल्यापटप, कम्प्युटर ईत्यादी सबै बिदेशी प्रोडक्स होइनन् र ? आफुलाई लायक पार्ने सबै चिज स्वदेशी अनि आफुलाई मन नपर्ने कुरा सबै बिदेशी ? ख्रीस्टियन लाई बिदेशी भनिरहदा तपाईले चियामा लगाएको नुन पनि बिदेशी नै हो हजुर अरुको त के कुरा । तपाइहरुको शरीर मात्र नेपाली होला तर तपाईको सोचाइ पनि बिदेशी हो । कमसेकम ख्रीस्टियनहरुले आफ्नो स्वभिमान त बेचेका छैनन ।

डलरको कुरा गरिरहदा लाज लाग्नुपर्छ हामी कोहि पनि डलर बाट अछुतो छैनौं । आज जति नेपाली बिदेशीएका छन तिनीहरु डलर कमाउन गाका हुन अब के ती सबै नेपालीहरुलाई डलरे भन्दै देश निकाला गर्ने कसैको हिम्मत छ होला ? नेपाल मा भएको जतिपनी प्रोडक्सन हरु छन तिनीहरु मा कुनै पनि तरिकाले डलरको समाबेश भएको छ । अर्को कुरा कसैले पनि ख्रीस्टियन बने बापत डलर पाका छैनन तर लाखौं करोडौं डलरले पनि किन्न असमर्थ मुक्ति तिनिहरुले मात्र पाएका छन ।

हिजोसम्म दासत्वको बन्धनले टनटन बाधिएकाहरु आज खुल्ला भएका छन । मानिस मानिस बिच भएको जातीय प्रथा येसुमा समान भएका छन । गन्तव्य बिहिन जीवन गुजारिरहेका हरुले जीवन के हो बुझेका छन ।  कुनै पनि ख्रीस्टियनलाई सोध्नुहोस जवाफ मा पाउनुहुनेछ सत्य येसुमा पाएं पाप क्षमा, उद्दार मुक्ति अनन्त जीवन र अरु थुप्रै कुराहरु जुन हामी संसारिक धन दौलत ले किन्न र प्राप्त्गर्न असमर्थ छौं ।

अबको यो सताब्दिका मानिसहरु लाटो छैनन कि अरुले जे फोर्स गर्छन त्यही मान्नलाई । तर उनिहरु बुझ्ने भैसकेको छन सत्य के हो र असत्य के हो ? आज किन यति धेरै मानिसहरू त्यो पनि धेरै पढेलेखेका बैज्ञानिक सम्मका मानिसहरूले येसुलाई बिश्वास गरिरहेका छन त ? के तिनीहरुको निम्ति येसु बाहेक अरु भगवानहरु थिएनन ? थिए तर यतिमात्र फरक थियो कि येसु बाहेक अरुले उनिहरुलाइ उद्दार मुक्ति दिन सक्दैन थे ।

अन्त्यमा मलाई एउटा फ्रान्सेली बैज्ञानिक पास्कल को भनाईलाई यहाँ उदृत गर्न मन लाग्यो । उनले भनेका थिए :- मानिसको हृदयमा एउटा खाली ठाउँ छ, त्यो खाली ठाउँ सृष्टि गरिएको कुनैपनी थोक ले हैन तर स्वेम सृष्टि कर्ता परमेस्वरको उपस्थितिले मात्र पूरा हुन्छ । त्यसकारण सोच्ने बेला यहि हो आज हामिले अंगालिरहेको आस्थाले भोलि हामिलाई मुक्ति दिन सक्ला कि सक्दैन ? हाम्रो जीवन अमुल्य छ । मान्छे जन्मिनु हुर्कनु बिहे गर्नु छोराछोरी जन्माउनु पैसा कमाउनु ऐस आराम मा जीवन जिउनु मात्र जीवन होइन । जीवन को रहस्यमय तत्व बेग्लै छ त्यो हामी एक्लैले मात्र बुझ्न असम्भव छ त्यहाँ एक जनाको आवश्यकता पर्छ जस्ले तपाईलाई सृष्टि गर्नुभएको थियो ।

उसो अब उप्रान्त अरुलाई दोस लाउने भन्दा आफ्नो दोस पत्ता लाउने तिर पो सोच्ने होकि ? सत्यताको खोजी गर्ने हो कि ? पुरानै सोच र चिन्तन मै रुमालिएर बस्ने ? यो जीवन तपाईंको हो र यसलाई कता डोर्‍याउने त्यो पनि तपाईंको अधिकार हो । येसुले भन्नुभएको छ :- बाटो, सत्य र जीवन म नै हुं म द्वारा बाहेक अरु कोहि द्वारा पनि मानिस स्वर्ग जान सक्दैन ।

युहुन्ना 14:6

#जोसन #लिम्बु

Sunday, August 28, 2016

आफ्नो संस्कृति के हो ? थाहा नहुनेले अरुको आस्थाको किन वकालत गर्ने ?

मैले मेरो आस्था फेरें, मलाई ख्रीस्टियन आस्था सत्य लाग्यो, मन पर्यो अनि मलाई मंगोलहरुले नैं आफ्नो संस्कृति भुल्यौ, डलरमा बिक्यौ भने

तर आज तिनै मंगोलियन भनौदा दिदी बहिनिहरुले तिजको रौनक भन्दै रातो सारी र रातो टीका लाएर गल्ली अनि सहर रंगाउंदा अफसोस लागेर आउँछ, खै त तिमिले चैं तिम्रो मौलिकता झल्काएको ?? खै त तिम्रो पहिचान ? खै त तिम्रो संस्कृति ? त्यसैले त बाइबल मा लेखिएको छ - अरुको शरीरमा भएको मुडा देख्नलाई पहिला तिम्रो आँखाको छेस्कोलाई हटाउ !

यहाँ मलाई धर्म भन्दा आस्था महान लाग्छ ! मैले ख्रीस्टियन भएर संस्कृतिलाई कुल्चेको होइन तर तिनै दासतामा झेलिरहन बाध्य तुल्याउने बन्धन बाट उम्केको मात्रै हो । सारा मानिसहरुको धर्म कर्म गर्नुको मुख्य सार भनेको आफ्नो मृत्यु पश्चात् पुण्य कमाउनु अथवा स्वर्ग जानू भन्ने हो ! तर हामिले काठमाण्डौ बाट अमेरिका जानू छ अब प्लेन टिकट चैं जापानको काट्यौं भने अवस्य हामी जापन पुग्छौं तर अमेरिका होइन ।


यो सामान्य कुराहरुको राम्रो संग ज्ञान भएका हामी चेतनसिल मानव इस्वरिय प्राणी ले यो किन बुझ्न सकिरहेका छैनौं कि स्वर्ग जानलाई बाटो सत्य र जीवन येसु ख्रीस्ट मात्रै हुनुहुन्छ । हामी किन अरुको लहैलहैमा लागेर आफ्नै जीवन बर्बाद गर्न तिर लागिरहने ? यो पुस्ताले त कमसेकम पढ्न र लेख्न मज्जाले जानेका छौँ  । के हो त सत्य ? बाबू बाजेले गरि आएको भन्दैमा हामिले पनि त्यसैलाई नै निरंतरता दिइरहन पर्छ भन्ने पक्षमा म पटक्कै छैन ।

बैज्ञानिकहरु पनि गलत हुँदछन, हाम्रो पुर्खाहरुले पनि नबुझी हचुवाको भरमा या त कसैको दबाबमा ती कुसंस्कारलाई अंगालेको हुनुपर्छ । त्यसकारण यो समयमा पनि म मेरो दमालको साथीहरू या त मानिसहरुले एउटा कुनै चिजको आकृतिको सामु आफ्नो सिर झुक्याएर वर माग्दा मलाई कता कता आफैलाई आत्मग्लानी भएर आउँछ ! अनि सम्झन्छु हे प्रभु कहिले होला हामी मानिसहरुको दिमागको बिर्को खोलिने ?


कसरी मानिसहरूले एउटा कसैको आकृतिलाई पुज्न सुरु गरे ? कसरी धर्मको सुरुवात भयो ? कुन धर्मसास्त्रले के बताइरहेको छ ? के सबै धर्मसास्त्रले मुक्ती कसरी पाइन्छ त्यो बारे स्पस्ट बताएका छन त ? मुक्ती भनेको के हो ? के एउटा हामिलाई सृष्टि गर्ने परमेस्वर कुनै मानिसले वनाएको मुर्ती अथवा जंगल मंगलमा बास गर्नुहुन्छ होला ? यो कदापी हुन सक्दैन । सावनमा हरियो बनेर भाद्र मा रातो बाह्र महिनामा बाह्रै वटा फरकफरक संस्कृति मान्ने अनि एउटा सत्य अंगालेको ख्रीस्टियन लाई चोर औंला ठड्याउने हामी कति सम्म निच सोचाइको पराकाष्ठामा जिइरहेका छौँ ? यो आफुले आफैलाइ जाँचेर हेरौं ।


अन्त्यमा एकले अर्कालाई आरोप प्रत्यारोप गर्दै यो अमुल्य अनुग्रहको समयलाई बर्बाद गरि अनन्तको पीडामा झेलिनु भन्दा आजै एक मात्रै सत्य येसु ख्रीस्ट को बचनलाई अनुसरण गरि अनन्त जीवन मा प्रवेश गर्ने पो हो कि ? यी सबै बिचारहरु मेरो नितान्त ब्याक्तिगत बिचारहरु हुन यदि यो लेख बाट कसैलाई चोट पुगे म हृदयदेखि नै क्षमा प्रार्थी छु ।


#जोशन_लिम्बू

Wednesday, July 27, 2016

आङ सान होङगको सिद्धान्त झुटा शिक्षा !!


•अन्धोलाई दृष्टि दिनुहुने प्रभुयेशु ख्रीस्ट आफू चै आखाको कमजोरिको कारण चस्मा लगाएर आङ सान होङ्गको रुपमा कोरियामा दोस्रोचोटी आउनु भएको होर?

•झुटा शिक्षाको बिसयमा हामिलाई पहिला नै सावाधान गराईएको थियो। हामीले झुटा शिक्षाको बिसयमा बाइबालमा धेरै ठाउँमा उल्लेख भएको पाउछौ जुन अहिले को समयमा पूरा भई रहेको छ।
२पत्रुस को दुई अध्यामा हामिले हेर्छौ भने त्यहा झुटा शिक्षाको बारेमा पाउछौ।
१ यूहन्ना ४:१ पदमा झुटा शिक्षाको पहिचान बारे केही चर्चा गरिएको छ।
[ झूटा शिक्षकहरूको विरुद्ध यूहन्नाको चेतावनी ] मेरा प्रिय मित्रहरू, अनेक झूटा अगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइनन्।

•म चै यो भन्छुकि जुन शिक्षा परमेसोरको जिबित वचन बिपररितको छ अनि जुन शिक्षा बाइबलका शिक्षा सङ्ग जुधिरहेको छ वा मिलेको छैन त्यो झुटो शिक्षा हो।
तसर्थ झुटो शिक्षा देखि होसियार र वच्नको लागि हामिमा बचनको ज्ञान अवश्या हुन जरुरी छ।तर पनि भेडाको भेसमा आएर ब्वासाले भेडा फहराएको झै झुटा शिक्षाले आफ्नो सिद्धान्त अनुरुप बचनको शिक्षालाई अर्थ लगाएर धेरै बिस्वासिहरुलाइ भ्रममा पारिरहेको अनि कतिलाइ सिकार बनाइरहेको अवस्था अहिले हाम्रै देश नेपालमा पनि ब्यापत छ।

•प्रभु येशुले आफ्नो जिवनकालमा सु-समचारको साथ साथै धेरै आस्चर्याकर्म गर्नुभएको कुरा हामी सु-समचारको पुस्तकहरुमा पाउछौ।उहाँले जन्मैदेखिको अन्धोलाई दृष्टि प्रदान गर्नु भएको कुरा पनि हामिलाइ थाहा छ।अब के उहाँ दोस्रो चोटि आउनुहुदा के शक्तिका साथ न आउनु भएर कम्जोर अनि दुर्बलताको साथ आउनु हुन्छ र ?के उहाँ आङ सान होङ्गको रुपमा आफ्नै आँखा कमजोर भएर पावर वाला चस्माको साहराले हेर्ने स्थिति सम्मको कम्जोर हुनुहुने थियो र ?

•यसरी परमेसोरको ठट्टा गर्ने हिसावले आफुलाई प्रतीज्ञा गरिएको येशु हो भन्ने आङ सान होङ्गको
झुटो सिद्धान्त एउटा नमिठो जोक्स लाग्छ मलाई।
•यस्ता झुटा शिक्षाहरुलाई शैतानले शक्तिका साथ प्रदशनमा ल्याईरहेको छ।जुन इसाई जगतलो निम्ति बाधा हो। हुनत यो यस्तै हुनेछ भनी गरिएको भबिस्यबाणी नै हो तर हामी होसियारी भएर झुटा शिक्षाको पहिचान गरि आफ्नो मंडली,आफ्नो देशलाई यसको प्रभाबमा पर्नबाट बचाउनु हामी सबै ख्रीस्टियनहरुको दाईत्वा वा काम नै हो।

•मेरा केही ब्याक्तिगत कुराहरु पोख्दै छु।
•काठमाडौ बाइबल ट्रेनिङ रहदाको दिनहरुमा (2012)
झुटा शिक्षाको बारेमा धेरै सुन्नमा आएको थियो।
Sunday मा सु-समचारको निम्ति ग्रुप बनाएर हिडिन्थ्यो।त्यसरि जाँदै गर्दा एक दिन झुटा शिक्षाको प्रचारकहरु सङ्ग भेट भो।
उनिहरुको हातमा पर्चा वा पत्रीका जस्तो केही थियो अनि हाम्रा हातहरुमा पनि सु-समचार पत्रीका।
अनि भेटपछी कुराकानी भयो। अनि उनिहरुले नजिकै आफ्नो अफिस भएको बताए अनि सबै जानकारिको लागि त्यही जानको लागि अनुरोध गर्न लाग्यो कारण हामि पनि बिद्यार्थी नै थियेउ ती दिनहरुमा अनि हामिले पनि प्रश्नमा प्रश्न थुपारेका थिएउ।
अनि झुटा शिक्षा भनेर थाहा थियो तरै पनि अझै कस्ता रहेछन त यिनिहरुको सिद्धान्त भनेर जान्नको लागि भएपनी गयेउ।
•अनि जब अफिस भनिने ठाउँ पुगियो दोस्रो तल्लामा रहेछ।मान्छेहरुको जमात देखिन्थ्यो।हेर्दा लाग्दै थियो कि सायद कुनै कार्यक्रम छ होला जस्तै।कारण त्याहा सबै एकदमै सान दार पहिरानमा देखिन्थ्यो।एक दम उच्च घरानाका धनी ब्याक्तिहरु जस्तै उनिहरुको पहिरान झल्किन्थ्यो।टाई सुट लगाएका युवाहरु देख्दा अचम्म लागिरहेको थियो।भितामा कुनै स्त्रीको तस्बिर जस्तै देखिन्थ्यो।यो गतिबिधी हेर्दै गरेको केही छिनमा एक जना ब्याक्ती आएर सोध पुछ गर्न थाल्यो।अनि हामिले पनि हामी ट्रेनिङका छात्रहरु हौ भनेर भनेम।अनि उस्ले कुरा कसरी सुरु गर्यो भने तपाईहरु एक दम ठिक समयमा आउनु भएछ.............
.......................
हामिलाई हाम्रो प्रभु येशु ख्रीस्टको सत्यता थाहा थियो त उनिहरुलाइ उनिहरुको सिद्धान्त।केही बेरको दोहोरो कुरा पछि कुरा ठ्याम्मै मिलेन।
किनकी मलाई वचनको उल्टो अर्थ लाग्नेकुरा मन पर्दैनथ्यो।त्यसैले म बोलिन।मेरो एउटा साथी चै बोलिरहेको थियो।अबुई के सकिन्थ्यो र हामिमा भर्खरै युवा जोस र ट्रेनिङले गर्दाको जागृति भै रहेको अवस्थामा पनि उनिहरु तटस्थ सङ्ग आफ्नो रायलाई हाम्रो सामु ठोस्दै थियो।अबुई उनिहरु त झन डेन्जर हुदो रहेछन।उनिहरुको सिद्दान्तमा उनिहरु पोख्त देखिन्थ्यो अनि बचनका पदहरु त खररर......... तर ती सबै सुगा रटन वा जति उनिहरुको तयारी थियो त्यतिको लागि रहेछ भन्ने कुरा धेरै पछि आएर बुझ्दा बल्ल थाहा पाए।
सुरुमै माताको कुरा गर्यो।
हामी मातालाई मान्छौ तपाईं पनि मान्नुहोस भन्न थाल्यो।
अनि सुरुमात माता भनेको मलाई थाहा थिएन अनि मैले कोहो माता भनेर सोधी हाले।अनि त बल्लपो निस्कियो त झुटा शिक्षाको कुरा उनिहरुकै मुखबाट।तयारी भन्दा धेरै र थोरै भन्ने कुरा हुदैन रहेछ।जति सिकाईयो त्यति नै बोल्ने र बताउने रहेछन।
•उनिहरु सङ्गको कुराकानी अहिले बिचार गर्दा स्कुलले जिवनका बक्तित्वाकलाको कार्यक्रम झै लाग्छ।
किनकी हामी हाम्रो तर्क दिन्थ्येउ भने उनिहरु आफ्नै सिद्धान्त।सायद त्यो बेला हामिलाइ उनिहरुको सिद्धान्तको बिसयमा थाहा हुन्थ्यो भने त्याहा माहोल अर्कै हुन्थ्यो तर हामिले त उनिहरु झुटा हो भनेर थाहा पाएका थियेउ तर वास्तबिकता र यसको सुरुवात अनि सिद्दान्तहरु के कस्ता छन भन्ने जानेका वा पढेका थिएनौ।
•पछी समय बित्तदै जादा बल्ल विभिन्न पत्रपत्रीका,Web site हरुबाट थाहा पाए।
•आज चै म यहि झुटा शिक्षाको बिसयमा लेख्दै छु।

•कुरै कुरामा धेरै कुरा पहिले नै उल्लेख गरिसकेको रहेछु त्यसैले केही छोटकारिमा यस झुटा शिक्षाको बिसयमा लेख्दैछु।
आङ सान होङगको सिद्धान्त भन्न रुचाउछु म यो यस झुटा शिक्षालाई।आङ सान होङगलाई प्रभु येशुको दर्जा दिईएको छ उनिहरुको यो सिद्दान्तमा।
•आङ सान त मरिसक्यो अहिले उस्को श्रीमती जिबित नै छ जस्लाई माता भनिदो रहेछ।
यो माता परमेसोर भनेर उनिहरुको सिद्धान्त पछ्याउनेहरुले मान्छन।
यो वर्ल्ड मिसन सोसाईटी चर्छ अफ गड बाट सन्चालित भएको छ।जस्लाई माता परमेसोरको सिद्धान्त भन्छु म।
• “वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड” अर्थात् माता परमेश्वर
•सन् १९१८ मा कोरियाको एक बुद्धिष्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात् सन् १९४८ मा सेभेन्थ डे एडभेन्टिष्ट चर्चमा बप्तिस्मा लिएका एक जना कोरियन नागरिक आङ सान होंगलाई नै दोस्रोपटक आउनुभएका ख्रीष्ट भनेर मान्छन् । त्यस्तै उनकी अवैधानिक श्रीमती झाङ्ग गिल जाहलाई माता परमेश्वर भनेर मान्छन्, जबकी झाङ्ग पहिले अर्कै पुरुषसँग विवाह गरी विवाहबिच्छेद गरेर आङ सान होंगसँग अर्को विवाह गरेकी महिला हुन् । उनीहरू आफ्नो चर्चलाई सियोन भन्छन् अनि प्रार्थना गर्दा प्रार्थनाको अन्त्यमा स्वर्गीय पिता आङ सान होंगको नाममा आमेन भन्छन् । उनीहरूले पिता–यहोवे, पुत्र–येशू अनि पवित्र आत्मा भनिएका आङ सान होंगको नाममा बप्तिस्मा दिन्छन् । उनीहरू क्रिसमस मान्नुहुदैन भन्छन् तर आङ सान होंगको जन्मदिन चाँहि धुमधामका साथ मनाँउछन् । मण्डलीमा क्रुस राख्नु हुँदैन, यो मुतिर्पुजा हो भनेर घमण्ड गर्छन् तर आफ्नो सियोनको भित्तामा माता परमेश्वर भनिएकी महिला झाङ्ग गिल जाहको फोटो झुण्ड्याँउछन् । हामीलाई थाहा भए अनुसार उनीहरुले अहिलेसम्म ३ पटक सन् १९६७, १९८८ र २०१२ मा संसारको अन्त हुने झुटो भविष्यवाणी गरेका छन् ।अनि उनिहरुको यस्ता झुटा भबिस्यबाणीले गर्दा सम्पुर्ण इसाईजगतमा नकरात्मक असर परेको छ।म चै यस्ता झुटा शिक्षालाई किटाणु भन्छु जुन भित्र भित्रै इसाई जगतलाई खाई रहेको छ।
•आङ सान होम जो आफ्फैलाई ख्रीस्ट्को दोस्रो आगमन हु भनि पुष्टि गर्दै थियो उ आएर पनि मरिसक्यो तर खोइ त हामिले थाहा पाएको?खोइ त हामिले आएको देखेको?
बाइबल आधरित अनि परमेसोर पिताको तर्फबाट नै आएको थियो भने के बाइबलमा लेखिएको झै सबैले थाहा पाउनु पर्ने थिएन र ?
• यो कुरालाई हामी तुलनात्मक ढंगले हेर्नेछौं । बाइबलले भन्दछः “येशू जसरी जानुभएको थियो, त्यसरी नै आउनुहुनेछ ।” हामी एकपटक प्रेरित १:११ हेरौं । येशू आकाशमा उचालिनुभएर बादलमा तिनीहरूका दृष्टिबाट लोप हुनुभएपछि आकाशतिरै हेरेर बसेका गालीलका मानिसहरूलाई दुईजना स्वर्गदुतहरूले भनेका कुरा यो पदमा उल्लेख गरिएको छ । यहाँ यसरी लेखिएको छः “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यहि येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।”
यो खण्डबाट हामी जान्न सक्दछौं कि जुन येशू स्वर्गमा उचालिनुभएको थियो, त्यहि येशू नै आउनुहुनेछ । उहाँ जसरी स्वर्गतिर उचालिनुभएको थियो त्यसरी नै अर्थात आकाशको बादल हुदैं फेरि आउनुहुनेछ । मत्ती २४:२७ मा यसरी लेखिएको छः “किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ ।”
प्रकाश १:७ ले त झन् ख्रीष्टको दोश्रो आगमनमा उहाँ हरेक आँखाले देख्ने गरि आउनुहुनेछ भनेर भन्दछ ।
•अब हामिले एतिका समय पछि आङ सान होङ्गको आगमनको कुरा उस्कै कति औ चेलामा पर्ने उसैको पुच्छार बाट त्यही पनि उ मरिसकेपछी थाहा पाउछौ भने के यस्तो ब्याक्ती पनि दोस्रो आगमनको ख्रीस्ट हुन सम्भब छ र ?(एउटै उत्तर एक्कै स्वरमा भनौ) =कदापी छैन।
• सन् १९८५ मा ६७ बर्षको उमेरमा अर्थात बुढेसकालमा रोग लागेर मरेका कोरियन नागरिक आङ सान होंग ख्रीष्ट हुन सक्छन त ? जो कसैले पनि सहजै अनुमान लगाउन सक्छः पक्कै सक्दैनन् । स्मरण रहोस आङ सान होंगको मृत शरीर आज पनि चिहानमा नै छ । कोरियामा Khayen Buk Yansan City Suke Park-5, Block-42, Line No. 12 मा उनको चिहान आज पनि देख्न सकिन्छ ।
•एक चोटि त उहाँ हाम्रो पापको खातिर मर्नुभएको थियो।
•अब आङ सान होङ्ग नै ख्रीस्ट भएको भए के येशु ख्रीस्ट दोस्रो आगमनमा मर्नु पर्ने थियो।कदापि थिएन। पवित्र धर्मशास्त्र बाइबलको रोमी ६:९ मा यसरी लेखिएको छ, “हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन । अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन ।”
त्यसैगरी प्रकाश १:१७-१८ मा येशू प्रभु स्वयमले यसरी भन्नुभएको छः “नडराउ, आदि र अन्त्य म नै हुँ । म मरेको थिएँ । हेर, म सदा सर्बदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरु म सँग छन् ।”
ख्रीष्ट येशू एकपटक मर्नुभएपछी अब उप्रान्त कहिल्यै पनि मर्नुहुनेछैन भनेर बाइबल धर्मशास्त्रका माथि उल्लेखित खण्डहरुले स्पष्टसँग बताएका छन् ।
•के आङ सान होङ्ग ख्रीस्ट हुन सक्छन त त्यसो भए?=कदापी हुनै सक्दैन।
•आङ सान होङ्ग मनब शरिरमा जन्मिए।तर प्रतीक्षा गरिएको ख्रीस्ट त स्वर्ग बाट आउनुहुने कुरा छ।
अनि त्यो पनि स्वर्गीय सेनाका साथ,तुरहिको आवजमा।अनि आङ सान होङ्ग त्यसरी आकसमा देखा परेको भए चै हो रहेछ भन्ने एउटा त आधार पाउन सकिन्थ्यो।तर बिस्वास लाग्ने एउटा पक्षा पनि देख्दिन म।
•अब आङ सान होङ्गले बिवाह गरेको छ के येशु ख्रीस्ट दोस्रो आगमनमा उहाँले बिवाह गर्नुहुने छ र ?
कदापी गर्नुहुने छैन किनकी मत्ती २२:३० मा येशूले भन्नुहुन्छः किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न गरिदिन्छन् तर तिनीहरू स्वर्गका स्वर्गदुतहरु जस्ता हुन्छन।
•अब के आङ सान होङ्गको सिद्धान्त बाइबल सङ्ग मिल्दो जुल्दो छ र ?
=छैन।
•आङ सान होङ्गको जन्म एक कठोर बौदिस्ट घरनामा भएको थियो उनी २९ बर्सको उमेर सम्म बौदिस्ट नै थिए।अब यसको मतलब उनले मुर्तिपुजा २९ बर्सको उमेर सम्म गर्दै आएका थिए।अब के ख्रीस्ट जो पापलाई देखि सहनु हुन्न उहाँ आफ्फै यस्तो मुर्तिपुजा गर्न सक्नुहुन्छ होला र?
अब उस्ले अरुको श्रीमती बिहे गरेको छ के बाइबलमा मत्ति १९:९ पदमा प्रभु येशुले के भन्नू भएको छ ?
=जस्ले ब्यभिचारको कारण बाहेक अरु कारण सम्भन्द बिच्छेद गर्छ भने उस्ले ब्यभिचार गर्छ भन्नु भएको छैन र ?
•धेरै छन यस्ता त्रुटिहरु जुन बाइबलका हरेक वचन सङ्ग बाझिएको छ जुन झुटा शिक्षा भन्न मलाई कति पनि अफ्ठ्यारो लाग्दैन।

•अन्तत: आङ सान होङ्गको यो झुटा सिद्धान्तले बाइबाललाई झुटा अर्थ लगाउने प्रयास गरिरहेको छ।जुन शैतानको शक्तिमा सन्चालित भै रहेको छ 

भनेर म भन्छु।
अब यस सिद्धान्तमा हुनुहुने कसैलाई मेरा कुरा अपच्या लाग्ला तर मेरो भन्नू केही छैन।
अब मेरो काम भनेको नै मैले जे सत्य जाने त्यही बताउने हो अब बिस्वस गर्ने नगर्ने सबैको आ आफ्नै स्वतन्त्रताको कुरा हो।यसमा मैले जबर्जस्ति ठोस्ने भन्ने कुरा आउदैन।
•बचन पढ्नुहोस,मनन गर्नुहोस,झुटा शिक्षाको सामना गर्न तयारी रहनु होस।
किनकी झुटा शिक्षा ब्वासो झै भेडाहरुको भिडमा छिर्छ।जस्लाइ सजिलै पहिचान गर्न कठिन पर्न सक्छ।
•परमेसोरले सबैलाई सहि जान्ने ज्ञान र शक्ति दिनुभएको होस।आमेन।

Mr. Prasanna Tamang को फेसबुक बाट साभार गरिएको !