Saturday, October 22, 2016

धर्मको होइन धार्मिकताको पछि लागौं !

नेपाल विभिन्न जातजाति र विभिन्न धर्म संस्कृति का मानिसहरूको एउटै थलो हो । यहाँ आआफ्नो जातीय संस्कृतिहरु छन । आज नेपाल मा आदिवासी जनजातिहरुले दसैं हाम्रो चाड होइन भन्दै गर्दा हामी लिम्बूहरु पनि निधार भरी रातो टीका लगाएर दसैं को सुभकामना साटासाट गरिरहेका छौं ।

मैले बुझ्न नसकेको कुरा, खास लिम्बूहरुको मौलिक संकृती किरात हो भन्छन तर आज रातो टीका लाउने दसैं मनाउने, अनि भोलि हाम्रो संस्कृति किराँत हो भन्दै त्यो साकेला उँधौली, उँभौली मा पनि सेतो टिकामा सजिने ? जनजातिहरुले बाहुनहरुलाई टपरे भन्दै गाली गरि रहदा आफ्नो धोती खुस्केको पनि हेर्दै गर्ने पो हो कि ? आखिर बाहुनहरु भनेको त बा हुन ? बा होइनन् ? थाहा छैन

म त लिम्बू परिवारमा जन्मेको हिन्दु संस्कृतिमा हुर्केको मान्छे हुँ । धर्म कर्म प्रती धेरै चासो राख्ने मेरो सानै देखिको बानी हो । म हिन्दु संस्कृतिमा २० बर्सको लक्का जवान हुँदा सम्म पनि हिन्दु धर्म का बाट कसरी कस्ले नेपाल मा चलन चल्तीमा ल्यायो थाहा पाउन सकिन । अनि हिन्दु धर्मग्रन्थ कस्तो छ त्यो पनि देख्न सकिन । न त कसैले हिन्दुत्वको बारेमा मलाई बताए । आफ्नो परिवारले पनि खाली मन्दिर जानू मुर्तिलाई प्रसाद चढाउनु ढोग्नु राँगा बोका ईत्यादी बलि चढाउनु मात्र गरेको मैले देखेँ ।

जब म जावान भएँ तब ममा सोच आउन थाल्यो कि कस्लाई यो सब पसुको बलि चढाएर हामी खुसी पारी रहेछौं ? के साँच्चिकै ईस्वर अर्काको ( पसुको ) बलि द्वारा खुसी हुन्छन ? निर्दोष पसुको गर्धन छिनालेर त्यसको रगतले ठडिएको ढुङ्गालाई लेप्दा ईस्वर खुसी होलान ? अर्काको रगतले खुशी हुने ईस्वरले हामिलाई आशिष् दिन पक्कै सक्दैनन । येस्ता खालको लाखौं प्रस्नहरु मेरा मनमा थिए ।

मैले मानिरहेको हिन्दु संस्कृति प्रती पछि मलाई घृणा जागेर आयो । किनकी अधिक मात्रामा पसु बलि गर्न, मन्दिर गएर मुर्ती ढोग्न, पाठ पुजा गर्न मात्र सिकें । तर मलाई अथवा मेरो पुर्खालाई पनि थाहा भने रहेन रहेछ कि धर्म के हो ? किन आफ्नो धर्म हिन्दु हो भने आफ्नै धर्म ग्रन्थ भगवत गिता, भबिस्य पुराण को बारे सर्बसाधारणलाई ज्ञान दिईदैन ? किन हिन्दु धर्मग्रन्थ सबैले बुझिने सरल भासामा छापिदैन ? आखिर मा यी सब ढाँटि खाने एउटा माध्यम रहेछ । त्यहाँ भित्र भएका रहस्याका कुराहरुल असली बाहुनलाई मात्र थाहा हुने रहेछ ।

यदि त्यहाँ भित्रको सबै ज्ञान सबै हिन्दुहरुले थाहा पाउने हो भने हिन्दु धर्मको अनुयायीहरु यश धर्तिमा सायदै हुन्थे होलान् । आज सम्म पनि हामी जति पढेलेखेका भए पनि त्यो अन्धकार बाट बाहिर निस्कन सकिरहेका छैनौं । जानेर या नजानी बुझेर वा नबुझेर हामी धर्म गरिरहेका छौं । जब मैले यी कुराहरु थाहा पाएँ तब खास हामिले धर्म कर्म गर्नुको मुख्य उदेश्य के हो ? सोच्न थालेँ, यी जति धर्मकर्मको क्रियाकलाप हामी गर्छौ ती सबै हामी मरेपछिको आत्मिक जिवनको निम्ति हो भन्ने निस्कर्समा म पुगें ।

अब कुरा आयो सबै धर्म ले पाप नगर्नु नराम्रो काम नगर्नु भनी सिकाउछ । यी सब कुरा त सामान्य जिवनमा पनि हामिलाई थाहा हुन्छ । तर धर्म गरे बापत हामिले के पाउछौ ? मरे पछि हाम्रो आत्माको उद्दार कस्ले गर्छ त ? यसको बारे सोचें । सबै धर्मको धर्म ग्रन्थ पढ्न पाएको छैन मैले । तर प्रय जसो धर्मको धर्म गुरुहरुलाई मैले मुक्तिको बारे सोधेको छु । तर कुनै धर्मको अनुयायीहरुले आज सम्म चित्त बुझ्दो उत्तर मलाई दिन सकेको छैनन ।

आखिरमा सबै धर्मको मानिहरु संगको कुराकानी हरुबाट मानव उत्पत्ति र पृथ्वी को उत्पत्ति  र सारा ब्रह्माण्ड को बारे पनि आफ्नो धर्मसास्त्र अनुसार अलमल रहेको मैले पाएं । अन्त्यमा आफ्नै सरल भासामा प्रकासित बाइबल मैले पढ्ने मौका पाएं सुरु सुरुमा बिश्वास नलागेता पनि अन्ततः त्यहाँ मैले साँचो ईस्वर भेट्टाएको अनुभव गरें । अरु सबै धर्मग्रन्थ मा भगवानले पापिहरुलाई मारेर बिजय गरेको कथा पढ्न पाईन्छ भने बाइबल मात्र एउटा येस्तो पुस्तक हो जहाँ येसुले भन्नुभएको छ म धर्मिहरुको निम्ति हैन तर पापिहरुको निम्ति यश संसारमा आएको हुँ ।


यहाँ कुरा बुझ्नुपर्ने कुरा के छ भने ईस्वर धर्मिलाई हैन तर पापिलाई चाहिएको छ । किनकी धर्मी त अघि नै धर्मी छँदैछ तर पापिलाई कस्ले क्षमा दिने त ? के पापिले मर्नै पर्ने ? तर येसु मात्र त्यस्तो ब्याक्ती हुन जसले भन्नुभयो म पापिलाई बचाउन आएँ । अनि बाइबलमा युहुन्ना को पुस्तक ३ अध्यायको १६ पदमा भनिएको छ कि "परमेस्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो कि उहाँले आफ्नो एक मात्र पुत्रलाई यश संसारको निम्ति दिनुभयो ताकी उहाँ माथी बिश्वास गर्ने कोहि पनि नास नहोस तर त्यस्ले अनन्त जीवन पाओस ।"

यहाँ धेरै जनाको कुरा छैन एउटा मात्र उहाँ येसु ख्रीस्ट हुनुहुन्छ जस्लाई तपाईं र मैले कुनै बलि दिईरहन आवस्यक छैन मात्र उहालाई आआफ्नो ब्याक्तिगत मुक्तिदाता हुनुहुन्छ भनी आफ्नो हृदय मा बिश्वास गरे पुग्छ । अर्को पद युहुन्ना १४ अध्यायको ६ पदमा " येसुले भन्नू भयो बाटो, सत्य र जीवन म नैं हुँ, म द्वारा बाहेक कोहि द्वारा पनि मानिस स्वर्ग जान सक्दैन ।" बाइबल मा येसुले दाबी गर्नुभए झैं अरु धर्मग्रन्थ मा कुनै पनि धर्म को प्रबक्ता ले म मुक्ती दिन्छु भनेर भरपर्दो बिश्वास दिलाएको हामी पाउदैनौं ।

त्यसकारण धर्म संस्कृतिले हाम्रो आत्मालाई उद्दार मुक्ती दिदैन रहेछ । अब आआफ्नो संस्कृति भन्दै बस्नु भन्दा पनि आफ्नो सृष्टिकर्ता र उद्दार्कर्ता लाई खोजेर भेट्टाउनु चाहिँ मुख्य कुरा रहेछ । हामी जति धनी सक्तिसाली भए पनि आखिर मा एक दिन मर्नै पर्छ हामी मानिस मात्र त्यस्तो प्राणी हौं जो संग आत्मा छ अब हामी आआफ्नो आत्मिक जीवन को बारे पनि एक छिन सोचौं कि  हामीले आत्मा कहाँबाट पायौं आखिर मरे पछि हाम्रो आत्मा कस्को सरणमा जान्छ यात बिलाउछ ?

अन्त्यमा  येसुले भन्नुहुन्छ म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसंग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ। ( प्रकाश ३:२० )

येसुले तपाईलाई प्रेम गर्नुहुन्छ उहाँले तपाईलाई तपाइँको ढोका बाहिर ढकढक्याई रहनुभएको छ ढोका खोल्ने कि चुकुल लाएरै बस्ने ? त्यो तपाइँको बिचार हो ।त्यो ढोका तपाईंको घरको नभएर तपाइँको हृदय को ढोका हो ।

www.joshanlimbu2015.blogspot.com

No comments:

Post a Comment