Tuesday, June 28, 2016

एउटा बालक र कुकुर !!

एउटा बालक कुकुरको छाउरो किन्न पसलमा गयो ।चारवटा छाउराहरु बिक्री को लागि राखिएको थियो र तिनको मूल्य 50 डलर थियो ।एउटा छाउरा कुनामा एक्लै बसिरहेको थियो । त्यस केटाले पसलेलाई त्यो कुनाको छाउरा बिक्रीको लागि हो कि भनेर सोध्यो र उसले त्यो कुनामा किन एक्लै बसिरहेको छ भनी जान खोज्यो । पसलेले त्यो छाउरो लङ्गडो भएको र बिक्रीको लागि नभएको बताए ।


केटाले सोध्यो ` त्यो छाउरोको कमजोरी के छ ? पसलेले त्यो छाउरो जन्मदै अपाङ्ग भएको ए एउटा खुट्टा पुरै विकशित नभएको बताए । केटोले सोध्यो " तपाईं त्यस छाउरोलाई के गर्नुहुन्छ? , पसलेले त्यस छाउरोलाई केही समयपछी लामो निद्रामा सुताइदिने बतायो केटोले त्यस छाउरोसङ्ग एकछिन खेल्ने अनुमती माग्यो र एकैछिन पछिको हिमचिम पछि त्यही छाउरो किन्ने निर्णय गर्यो । पसलेले त्यो छाउरो बिक्रीको लागि होइन भनेर बताउदा पनि केटोले त्यही छाउरो किन्ने ढिपी गर्यो ।


केटोको ढिपिले गर्दा पसलेले त्यस छाउरो बेच्न राजी भयो ।केटोले पसलेलाई 2 डलर दियो र बाकी 48 डलर लिन आमा भए ठाउँ तिर दौड्यो । पसलेले उसलाई भन्यो " तिमी किन त्यो कुकुर किन्न चाहिरहेको छौ मैले बुझ्न सकिन जबकी त्यति नै पैसामा राम्रै छाउरो पाउछौ "
केटोले पसलेलाई केही पनि भनेन ।

 उसले आफुले लगाइरहेको पाइन्ट उचाल्यो र आफ्नो नक्कली खुट्टा देखाइदियो । केटो पनि अपाङ्ग रहेछ । पसलेको आँखा बाट गहभरी आँसु खस्यो र भन्यो " ठिक छ त्यही छाउरा लग "

यसलाई भनिन्छ सहानुभुती । जब तपाईं दुख बाड्नुहुन्छ यो कम हुन्छ अनि जसै सुख बाड्नुहुन्छ यो अझै बढ्छ ।

Monday, June 20, 2016

हिन्दु धर्म र दासतापूर्ण दलित जीवन !!




समयको हिसाबले आजको समाजलाई एकाइसौं शताब्दीको आधुनिक समाज भनिन्छ । त्यसो त इतिहासको एउटा कालखण्डलाई दास युग पनि भन्ने पनि गरिन्छ । मतलब दास युग इतिहास भइसकेको आम मान्यता छ । राम्रो हुन्थ्यो यदि सत्य त्यस्तै भइदिएको भए ! तर विडम्बनाको कुरा दलितलाई कुकुर र जनावरभन्दा माथि नठान्ने धर्मको रक्षालाई राज्यको कर्तव्य ठान्ने युगमा हामी बाँचिरहेका छौं ।

दार्शनिक प्लेटोको अनुसार त्यो व्यक्ति दास हो, जसले आफ्नो व्यवहारको लागि अरुको आदेशको पालन गर्छन् । यो परिभाषालाई गहिरिएर विचार गर्दा हिन्दु वर्णव्यवस्थाअन्तर्गतका शुद्रहरु वास्तविक दास हुन् । शुद्रहरुको सामाजिक, आर्थिक तथा राजनीतिक स्थिति यति नाजुक छ कि उनीहरु आफ्नो दासत्वको विषयमा कसैसँग गुनासो गर्न सक्दैनन् । उनीहरुले आफ्नो आपवितीलाई जीवन ठान्छन् र कहिले यो सोच्न पनि सक्दैनन् कि दासत्वबाट मुक्ति पनि सम्भव छ । दासत्व यति अमानवीय हुन्छ कि अरुबाट मानवता वा मर्यादित व्यवहारको अपेक्षा पनि गर्न सक्दैनन् । आज पनि दक्षिण एसियामा लगभग २५ करोड शुद्र दासतापूर्ण जीवन बाँच्न बाध्य छन् ।

((हिन्दु धर्मले कसरी शुद्रलाई दास बनायो ?))

करिब ३५०० वर्ष पहिले आर्यभाषी समुदाय इरान र आफ्गानिस्तान हुँदै भारतवर्ष प्रवेश गरेका थिए । उनीहरुले करिब ३३०० वर्ष पहिले भारतवर्षका मूलवासीमाथि आक्रमण गर्दै उनीहरुलाई दास बनाए ।
हिन्दु धर्मको मूलग्रन्थ मनुस्मृतिमा वर्ण उत्पतिको विषयमा एक विशाल मानवको शरीरलाई “ब्राद्मणे वैश्यमुखमासीतवाहू राजन्य कृतः, उक्र तदस्थ यद्धेश्यःपदमयां शूद्रोजायत” भनिएको छ । अर्थात ईश्वरको मुखबाट ब्राह्मण, हातबाट क्षत्रिय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्रको जन्मिएको भनिएको छ । यी कथित विचारलाई संस्थागत गर्न ब्राह्मणहरुले विभिन्न ऋचा, वेद तथा स्मृतिको रचना गरे । यी रचनामा वर्णव्यवस्थालाई कायम गर्न विभिन्न नियम बनाइए र समाजलाई विभिन्न जातजातिमा विभाजन गरिए ।

सुरुमा वर्णभेद रंगभेदको रुपमा रहे पनि पछि जातिभेदको रुपमा विकास गरियो, त्यसलाई जन्मसँग जोड्ने काम गरियो । वर्णव्यवस्था लागू गर्ने सन्दर्भमा सजातीय विवाह, रक्त सम्बन्ध नै एक ठाउँमा बसोवास गर्न सक्ने व्यवस्थालाई कडाइपूर्वक लागू गरियो । छुवाछूतलाई जातव्यवस्था कायम गर्न एक सजायको रुपमा विकास गरियो । मानव समूहबीच शुद्ध अशुद्धको विचार र मनोविज्ञानलाई विभिन्न कोणबाट विकास गरियो ।

वर्ण वा जातको आधारमा श्रमको विभाजनको सन्दर्भमा ईश्वरले शुद्रलाई तन, मन र धनले ब्राह्मण, क्षत्रिय र वैश्यलाई केवल सेवा गर्ने आदेश दिएको छ । ब्रह्माले शुद्रलाई ब्राह्मणको दासको लागि मात्र जन्म दिएको छ । शुद्रको जीवनलाई मनुस्मृतिमा विरालो, काग, कुकुर, गधा तथा उल्लुलाई मार्नमा जति पाप लाग्छ त्यति नै एक शुद्रलाई मार्नमा लाग्छ भनिएको छ । शुद्रलाई एक स्वतन्त्र मानवको रुपमा पनि स्वीकारेको छैन । मनुको आदेश थियो, शुद्रले सवर्णलाई जुन अंग प्रयोग गरेर मारेको हो, राजाले उसको त्यही अङ्ग काट्ने आदेश दिनुपर्छ ।

((ब्राह्मणले आफूलाई श्रेष्ठ राख्न गरेको चलाखी))

हिन्दु धर्मका मूलग्रन्थहरु अध्ययन गर्दा ब्राह्मणहरुले आफूलाई श्रेष्ठ राख्न मनुस्मृतिमा छुट्टै व्यवस्था गरेका छन् । ब्राह्मण भनेको मंगलमय, क्षत्रिय भनेको शक्तिमय, वैश्य भनेको धनमय र शुद्र भनेको निन्दामय हो । शुद्रले घीउ, दूध, पान र श्रेष्ठ भोजन खानु हुँदैन र खायो भने यसबाट ब्राह्मणलाई दुःख हुन्छ । शुद्रहरु गाउँको सिमानाभित्र बस्नु हुँदैन । उनीहरुको बास भनेको गाउँभन्दा बाहिर, मसानघाट, पहाड तथा भीरपाखाआदि ठाउँमा बसोवास गर्नुपर्छ । यदि ईश्वरले शुद्रलाई दासताबाट मुक्तिको इच्छा गरे पनि उनीहरु दासताबाट मुक्त हुन सक्दैनन् किनभने दासता उनीहरुको स्वभाविक कर्म नै हो । उनीहरुलाई जुठो अन्न, पुरानो कपडा, पुरानो वर्तन भाडामात्रै दिनुपर्छ । उनीहरुको आफ्नो भने केही हुनु हुँदैन ।

((शुद्रलाई शिक्षाबाट बञ्चित राख्ने खेल))

शिक्षा र ज्ञान आर्जनबारे पनि मनुस्मृतिमा एक विशेष व्यवस्था गरिएको छ । शुद्रलाई ज्ञान दिनु हँुदैन । यज्ञ वा हवनबाट बचेको उच्छिष्ट तथा भाग पनि शुद्रलाई दिनु हँुदैन । उनीहरुलाई धर्मको उपदेश पनि दिनु हुँदैन । यदि शुद्रले भुलवस वेदको सुनेमा उसको कानमा तातो शिसा पगालेर हाली दिनुपर्छ । वेद उच्चारण गरेमा उसको जिब्रो काटी दिनुपर्छ र स्मरण गरेको खण्डमा हत्या गर्नुपर्छ । यी विभिन्न व्यवस्थाबाट शुद्रलाई आफ्नै सभ्यताको ज्ञान र शिक्षाबाट बञ्चित गरियो ।

(ब्राह्मणले आफ्नो रक्षाका लागि गरेको चलाखी)

ब्राह्मणले आफ्नो रक्षाका लागि मनुस्मृतिमा गरेका व्यवस्थाअनुसार ब्राह्मणले जस्तोसुकै अपराध गरे पनि उसलाई मृत्युदण्ड दिनु हँुदैन । ब्राह्मणको हत्याभन्दा संसारमा अरु कुनै पाप हुन सक्दैन । त्यसैले राजाले उसलाई कहिलै मृत्युदण्डको आदेश दिनु हुँदैन । नराम्रो कार्य गरे पनि ऊ पुजनीय नै हुन्छ । ऊ भू–मण्डलको परम देवता हो । कुनै पाप गरेको खण्डमा उसलाई मार्नु हँुदैन, बरु देशनिकाला गरी दिनुपर्छ ।

((ब्राह्मणले जीविकोपार्जनका लागि गरेको चाल))

हिन्दु धर्मका विभिन्न ग्रन्थमा ब्राह्मणले आफ्नो जीविकोपार्जनका लागि जसले आफ्नो संचित अन्नको भण्डारबाट ब्राह्मणलाई दान गर्दैन, उनीहरु कि त चोर हुनुपर्छ कि त पापी हुनुपर्छ । त्यस्तो कामलाई ब्राह्मण हत्या गरेको समान बुझनुपर्छ । संसारमा जे जति चिज छन् सबै ब्राह्मणकै हुन् । ब्रद्माको मुखबाट उत्पन्न र कुलिन हुनुको कारण उनीहरु नै सबै धनको अधिकारी हुनु हो ।

आर्थिक शोषणका लागि खेलिएको चाल

मनुस्मृतिअनुसार ब्राह्मण बिनासंकोच वा निडर भएर शुद्रको धन वा द्रव्य छिन्नुपर्छ किनभने शुद्रको आफ्नो केही पनि हुदैन । उसको धन उसको स्वामी ब्राह्मण नै हो । शुद्रले धन आर्जन गर्नेे क्षमता राखे पनि उसले धन संचय गर्नु हुँदैन । धन आर्जन गरेर उसले ब्राह्मणलाई सताउन सक्छ ।

हिन्दु धर्मका विभिन्न वेद, रचना, शास्त्रलाई एक स्वतन्त्र मानवको आँखाबाट गहिरिएर विश्लेषण गर्दा यी चालहरुको माध्यमबाट शुद्रलाई दास बनाउन कुनै कसर बाँकी राखिएको छैन भन्ने देखिन्छ ।

उचनीचमा आधारित जातहरुको समूह नै हिन्दु धर्मको देन हो । यो धर्म मानव सिद्धान्तमा आधारित नभएर शासनमा आधारित हो भन्ने कुरा हिन्दु धर्मका शास्त्रलाई अध्ययन गर्दा प्रस्ट देखिन्छ ।

प्रोफेसर घुर्येले हिन्दु समाजको मुख्य स्वरुपलाई यसरी व्याख्या गरेका छन् । हिन्दु समाजमा वर्णमा आधारित वर्ग निर्माण भएका छन् । मानव समुदायको बीचमा उचनीचको भावना प्रयाप्त देखिन्छ । यहाँ खानपान र सामाजिक सम्मिश्रणमाथि प्रतिबन्ध नै छ । कुनै समुदायलाई सामाजिक तथा धार्मिक रुपमा तिरस्कार गरिन्छ भने कसैलाई विशिष्ट अधिकार दिइन्छ । व्यवसाय छनौटको स्वाधीनतामा रोक लगाइएको छ । विवाह सम्बन्धमा स्वतन्त्रता छैन । आफ्नो वर्ण वा जातभन्दा बाहिर गरिएको विवाहलाई सामाजिक स्वीकृति छैन ।

धर्मको सन्दर्भमा अम्बेडकरलाई के विश्वास थियो भने जीवनको लागि धर्मको आवश्यकता छ र यसको बिना समाज संचालन गर्न कठिन छ । धर्मको मूल्यांकन सामाजिक मापदण्डमा आधारित भएर हुनुपर्छ । जुन धर्ममा आफ्नै अनुयायीको बीचमा चरम भेदभाव हुन्छ त्यो धर्म हुनैसक्दैन, बरु त्यो धार्मिक अपराध हुन्छ । जुन धर्मले आफ्नो करोडौं अनुयायीलाई कुकुर तथा अपराधीभन्दा पनि बढी तिरस्कार गर्छ,  त्यो धर्म होइन अपराधखाना हो ।

हिन्दु धर्मको सुधारको सन्दर्भमा अम्बेडकरले केही सुझाव अगाडि सारेका थिए, जुन सान्दर्भिक छन् । पहिलो हिन्दु धर्मका लागि एक सर्वमान्य धर्मग्रन्थ हुनुपर्छ । दोस्रो, समाजमा पुरोहित पनि चाहिन्छ तर जन्मजात पुरोहितवादको अन्त्य हुनुपर्छ । सबैका लागि मुक्त परीक्षाको आधारमा पुरोहित छनौट हुनुपर्छ । यसका लागि सरकारी प्रमाणपत्र अनिवार्य हुनुपर्छ । राज्यले कानुन बनाएर पुरोहितको संख्यामा सीमाबन्दी गर्नुपर्छ र पुरोहितको नैतिकता, विश्वास र पुजाविधिमाथि सरकारी निगरानी हुनुपर्छ । जातव्यवस्थालाई खारेज गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन र राज्यपक्षबाट कानुन बनाई कठोरतापूर्वक लागु गर्नुपर्छ ।

शास्त्रहरूमा येशु ख्रिष्ट"( कसरी शास्त्र, वेद वेदान्तले येशु ख्रिष्टलाई दर्शाउदछ त ? )




मानिस जन्मेपछी मर्नु पर्छ यो सबैले जन्दछ, तर मानिस दुई पल्ट जन्मिन्छ २ पल्ट मर्छ यो जान्ने बिरलै छन्। हो, मानिसको जन्म दुई पल्ट र मृत्‍यु २ पल्ट हुन्छ। एउटा शरिरमा र अर्को आत्मामा, शरीरमा जन्मिनु भनेको आमाको काखबाट जन्म लिनु हो भने, आत्मामा जन्मिनु भनेको येसु ख्रीस्टलाई आफ्नो ब्याक्तिगत मुक्तिदाता हो भनी बिश्वास गरि पानीको बप्तिस्मा लिए पस्चातको जीवनलाई बुझ्नु पर्दछ !

 यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ (सृष्टि)मानिस बनिएको छ। पुराना कुराहरू बितेर गएको छ हेर, नयाँ आएको छ ।
 2 कोरिन्थी 5:17

  शरिरमा मर्नु कुनै कष्ट छैन् शरीर मर्छ माटोमा मिल्छ सकिन्छ, तर आत्माको मृत्‍यु चाँही बडो भयंकार र डरलाग्दो हुन्छ, एकदमै दर्दनाक त्यो पनि एक्छिनलाई होईन सदाकाललाइ। यहि आत्माको मृत्‍युबाट बचाउन येशु ख्रिष्ट हामि मानिस जातिको नीम्ति बली हुनुभयो। अब आत्माको मृत्‍यु किन? आयो भन्ने प्रश्नमा बाइबलमा यसो लेखिएको छ, रोमी ३:१० मा "धर्मी कोही छैन्, एकजना पनि छैन," मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर पाप गर्‍यो अनी पापको ज्याला मृत्‍यु हो। हामी बाइबलमा रोमी ६:२३ मा हेर्न सक्छौ। अनी यो आत्माको मृत्‍युबाट, पापको मृत्‍युबाट वा पापबाट मुक्त हुन अथवा मुक्ति (मोक्षा)पाउन रगतको बलिदान चाहिन्छ, यो रगतको बलिदान कुनै पशुको होईन तर ब्यक्तिको चाहिन्छ र त्यो ब्यक्ति निश्खोट, निश्कलङ्क, निश्पाप र निश्छल हुनुपर्छ।
अब हामि मानिसको रगतले त पक्कै पनि मुक्ति मिल्दैन। किनकी बाइबलमा रोमी ३:२३ मा लेखिएको छ सबैले पाप गरेको छ।

अब निश्खोट र निश्पाप ब्यक्ति चाँही एउटै मात्र हुनुहुन्छ उहाँ हुनुहुन्छ येशु ख्रिष्ट! र हिन्दू शास्त्र, वेद वेदान्तले पनि बलिदानलाई नै प्रमुख मानेको पाइन्छ, त्यो पनि ब्यक्तिको बलिदान कुनै पशुपंक्षीको होइन। अब यहाँ हेर्नुहोस्,
वेद वेदान्तले बलिदानलाई प्रमुख मानेको छ।

१> यज्ञे वै भुवनस्य नाभी (ऋग्वेद १:१६४:२५)
अर्थात:- यहि बलिदानद्वारा नै संसारको सबै पापको आन्त्य हुन्छ।
२> [" यज्ञे सुर्वम् प्रतिष्टिठम "
" यज्ञो वै सुकर्मानौ "](ऋग्वेद १:३:१३ ब्राम्हणु)
अर्थात्:- यसैले सबै थोक बलिदानद्वारा पाईन्छ यहि बलिदानले नै सत्य बाटो हिंड्न/हिडाउन र भेटाउन सकिन्छ।
३> ऋतस्याना: पथानयातिविश्वानी दुरिता (ऋग्वेद १०३:१:६)
अर्थात्:- यहि बलिदानद्वारा नै सबै पापको अन्त्य र सत्यको शुरु हुन्छ।
४> ऋ, येजमान: पशु: येजमान मेवा सुर्बगम लोकम गमयति: (तैतारी ब्राम्हण मंगलापत्रम २०२)
अर्थात्:- जसले बलिदान गर्छ त्यहि बलीको पशु हो, त्यसकारण जसले बलिदान गर्छ त्यहि नै स्वर्ग पुग्ने बाटो बनिन्छ।

अब यहाबाट महाबलिदानको बिषेशता पनि गाभिएको छ,

५> [नर्कमणा मनुस्ठा नैरना
दानैस्त पसतिवा कै बल्याम
लबते मर्त्ये :](शिवागिता)
अर्थात्:- नुहाएर ध्यान गरेर तिर्थ गएर दान या धर्मको कुनै पनि कामबाट स्वर्ग पुग्न सकिन्न भनिएको छ।
६> यज्ञ क्ष्यपित कलमस :(भगवत गीता ४:३०)
अर्थत्;- केवल बलिदानद्वारा पापबाट मुक्ति पाइन्छ।
७> सर्बपाप परिहारो रक्तप्रोक्षणमवश्यम । तद् रक्तम् परमात्नेना पुण्यदान बलियमम (सामवेद ताण्डयी ब्राहम्णम्)
अर्थात्;- सबै पापलाई रद्द गर्न पवित्र रगतको आवश्यक पर्छ। यो पवित्र रगत केवल परमेश्वरको पुत्रबाट मात्र सम्भव छ र परमेश्वर आफैले बलिदानबाट पापी मानिसलाई पापको कैदबाट छुटाउनु हुन्छ, परमेश्वर नै बली हुनुहुन्छ, परमेश्वर आफै बली हुनुहुन्छ।
८> ब्र् ("प्रजापतिदेवेभेमआत्मनम् यज्ञम क्रित्वा प्रायच्वत्")(सामवेद(ताण्डिय ब्राहाम्ण बंगाल पत्रम ४ को १० अध्याय ७) खण्ड २)
अर्थात्:- प्रजापती परमेश्वर आफैले बलिदान गरेर प्रजाको पाप मेटाउन पश्चताप र पापको प्रयाश्चित गर्नुहुन्छ।
यसलाई हामि पवित्र धर्मशास्त्र बाइबलमा (प्रेरित ३:१४-१५, १कोरन्थी १५:३ मा पाउन सक्छौ, तर हामिहरूले पवित्र र धर्मिजनद्वारा खोलिएको द्वारलाई अपत्यार गर्‍यौ।

अब वेदले अर्को यो पनि बताउछ की " सबै बलिदानले एउटा महा बलिदानको नक्कल गरेको हो" भनि बताउछ।

९> आत्मदा बलदा: यस्य छाँया मृतम यस्या मृत्‍यु: (ऋग्वेद १० को १२१ स:२ ऋक)
अर्थात्:- जसको बलिदानमा नक्कल बोमजीमको सक्कल पूरा हुन्छ, त्यहि मृत शरीर अमृत बन्दछ। यसैले मृत्‍युमा कैद भएका आत्मालाई स्वतन्त्र गर्दछ र सबै मरेका असक्तलाई शक्ति दिएर पापमा परेका कैदी छुट्दछ।

यध्यपी बाइबलमा पनि हेर्ने हो भने इशा पूर्व पुरानो करारमा हामि धेरै ठाँउमा देख्न सक्छौ, भाकल गरेको र बलीहरू चढाएको तर जसै येशु ख्रिस्ट नयाँ करारमा आउनुभो र ती सबै भाकल र बलीहरूको सक्कल पूरा गर्नु भएको हामि पाउछौ, र त्यसपछि अरु कुनै पनि बलिदान चढाएको हामि पाउदैनौ। र चढाइने पनि छैन। पवित्र धर्मशास्त्र बाइबलमा येशु ख्रिस्ट (परमेश्वर) ले स्वयम भन्नु भएको छ की उहाँ बली अर्थात व्यावस्थालाई पूरा गर्नु आउनुभो। तपाईं पवित्र बाइबल मत्ती ५:१७ मा हेर्न सक्नुहुन्छ।

प्रभुमा प्रियजनहरू यो सब मैले पुस्तक पढेर मैले जानेको कुरालाई अरुले पनि जानुन भन्ने हेतुले लेखेकी हुँ, र अरु थप लेख्दै राख्ने छु, माथी उल्लेखित सबै पठन पाठन गरिदिनु भको लागि धेरै धेरै धन्यबाद।

जुनसुकै क्षेत्रमा युवाहरुको आवश्यकता पर्दछ। युवाहरुको अपरिहार्यता यस अर्थमा कि युवाहरुमा जुनसुकै कार्य गर्ने हैसियत र सामर्थ्य हुन्छ। युवाहरुका भूमिकाले एउटा निर्दिष्ट दिशा अथवा मार्गलाई समातेर लक्ष प्राप्तिको लागि अगाडि बढ्न उत्तम सत्य साबित भईरहन्छ। राजनैतिक क्षेत्रमा, प्रशासनिक क्षेत्रमा औधोगिक क्षेत्रमा, सुरक्षा सेवाको क्षेत्रमा, संचार क्षेत्रमा, हरेक विकास निर्माणको क्षेत्रमा र धार्मिक क्षेत्रमा युवाहरुले पुर्‍याएको देनले युवाहरुको महत्वपूर्णता कति छ भन्ने कुरा पुष्टि हुन्छ।

अतः मण्डलीहरुले युवाहरुप्रति कस्तो खालको द्रष्टिकोण राखेका छन्? ख्रीष्टियान युवाहरुले आफ्ना मण्डलीहरुमा कस्तो प्रकारको भूमिका निभाएका छन् त? ख्रीष्टियान युवाहरुले राष्टलाई ख्रीष्टियान भएको हैसियतले कस्तो प्रकारको देन दिईरखेका छन् त? यी तमाम प्रश्नंहरुले ख्रीष्टियान युवाहरुबाट सकारात्मक उत्तर खोजीरहेका छन्।

संसारिक मोहबाट ग्रसित किन?

कति ख्रीष्टियान युवाहरु संसारिकताको मोहबाट ग्रसित भएर ख्रीष्टियान मूल्य मान्यताको अवमूल्यान गरिदिएको दुःखद घटनाहरु पनि प्रशस्तै छन्। ख्रीष्टियान युवाहरु संसारिकताको जञ्जालसँग सम्झौताको जीवनले गर्दा ख्रीष्टियान समुदायका खम्बाहरु सम्भिmएका माझमा विकृति र विसंङ्गतिले पश्रय पाईरहेको हुन्छ। संसारसँग एउटै हलोमा ननारिओ भन्ने बाइबलीय सन्देशको विपरीत नराम्रो व्यवहारमा चुर्लुम्मै डुवीरहेका छन्। संसारिकता भनेको मानिसलाई परमेश्वरको वचन विपरित काम गर्न लगाउने तत्वहरु हुन् । संसारिकता भनेको संसारको रमझम क्षणिक आनन्दी रमाईलो कुराहरु हुन्। यसैकारण ख्रीष्टियान युवाहरुले ख्रीष्टियान प्रभाव संसारमा छाड्नुको सट्टा संसारिकताको प्रभाव वेजोड तरिकाले उनीहरुको जीवनमा हावी भईरहेको भान हुन्छ। यस्तै तरिकाले ख्रीष्टियान विश्वासलाई च्यातचुत परीदिने हो भने परमेश्वरप्रति हाम्रोर् इमान्दारिता कति रहन्छ त? हामी संसारमा छौं, तर संसारले दिने प्रभाव हामीले ग्रहण गर्ने होईन कि हामीले हाम्रो जिउँदो येशूको प्रभाव अर्थात ख्रीष्टियान प्रभाव संसारलाई दिन सक्नुपर्दछ। यो परमेश्वरको महान आज्ञा पूरागर्ने क्रम वन्न सक्छ।

जोशमा होश राख्ने कि ?

युवाहरुले जोशमा होश राख्न सक्नुपर्दछ। आज हामी नेपालमा आन्दोलनमय वातावरणमा बाँचीरहेका छौं। सडक, क्याम्पसमा हरेक क्षेत्रमा ढुङ्गा मुढा हानाहान गर्दै प्राय युवा जमातहरु कुदीरहेको देख्छौं। उनीहरु सरक्षाकर्मीहरुको कडा दवावको वावजूद पनि चर्को गगनभेदी नाराहरु घन्काउँदै जोखिमको पर्वाह नगरी दौडीरहेको देख्छौं। वुढाहरु संयम हुनुपर्छ भने पनि युवाहरु उत्तेजित तरिकाले प्रस्तुत भएको देख्दछौं। आज ख्रीष्टियान युवाहरुले पनि कति पटक जोशमा होस हराएका छन्। भावानात्मक जोशमा आएर कति पटक गलत निर्णय गरीपठाउँछन्। जसले गर्दा युवाहरुको जीवनभरी नपुरिने खाडलको रुपमा श्राप वनीरहेको पाउँछौं। जोशमा होस राखी गरिएको कार्य नै परमेश्वरलाई महिमा दिने योग्यको हुन्छन्। अतः हामी ख्रीष्टियान युवाहरु आवेगमा आएर कहिल्यै निर्णय गर्नुहुँदैन । अर्थात वेहोशी कार्य गर्नुहुँदैन। हामीले प्रत्येक जीवनको लेखा परमेश्वरलाई बुझाउनु पर्छ भन्ने भयसाथ युवाहरुले काम गर्नुपर्दछ। युवा जोशमा हामीले होश राखेर काम गरिएको खण्डमा परमेश्वरले हाम्रो जीवनमा भरपूर आशिष दिनुहुन्छ।

जिम्मेवारी बोध हुनुपर्छ

युवाहरु राष्ट्रका खम्बाहरु हुन्। युवाहरु मण्डलीका गहनाहरु हुन्। युवाहरुको विनाको समुदाय खल्लो र नरमाईलो हुन्छ। युवाहरुबाट मण्डली, राष्टले थुप्रै आशाहरु गरीरहेका हुन्छन्। शक्ति, योग्यता, क्षमता प्रशस्त हुने भएकोले युवाहरुले जे पनि गर्न सक्छन् भन्ने कुराको विश्वास सवैलाई हुन्। अतः ख्रीष्टियान युवाहरुको काँधमा ठूलो जिम्मेवारी रहेको हुन्छ। यस जिम्मेवारीबाट कोही पनि विमुख वन्न मिल्दैन। युवाहरुले ख्रीष्टिय गवाही, साक्षी सकारात्मक रुपले प्रवाहित गर्ने जिम्मेवारी बहन गर्नुपर्दछ। जुन बर्गबाट ठूलो काम हुन्छ भन्ने आशा गरिएको हुन्छ, त्यही बर्ग नै निष्क्रिय भईदियो भने अब मण्डलीले, राष्टले के आशा गर्ने? परमेश्वरले प्रत्येक ख्रीष्टियान युवाहरुले आफ्नो ख्रीष्टिय आस्थाको जगेना गर्दै बाइवलीय अवधाराणा र सिद्धान्तमा प्रतिवद्धता भएर ख्रीष्टको ज्योति चम्काउँदै परमेश्वरको राज्य विस्तार गर्ने कार्यमा युवाहरुको अग्रपंक्तिको भूमिका हुनुपर्छ । यसैकारण युवाहरुले आफ्नो जिम्मेवारी वोध गर्नैपर्छ।

नैतिकताको प्रश्नं.

नैतिकताको प्रश्नं. प्रत्येक ठाउँमा उठिरहेको छ। जटिल विषयवस्तु वनेर यो हाम्रो सामु आईरहेको छ। जहाँ नैतिकताको अभाव हुन्छ, त्यहाँ विकृति र विसंगतिको थुप्रो हुन्छ। नैतिकताको अभाव भयो भने मान्छेको माझमा लाज हुँदैन। दिन दहाडै मान्छेले मान्छेको विरुद्धमा घात गरीरहेका हुन्छन्। आज जुनसुकै क्षेत्रमा नैतिकताको अभावमा भद्रगोल वनीरहेका हुन्छन्। नैतिकता भएन भने मान्छेको मूल्य र मान्यता गौण वनेर जान्छन्। आज ख्रीष्टियान युवाहरुले आफ्नो नैतिकता गुमाउनु हुँदैन। आफ्नो जीवनशैली, वोली वचन, रहन सहन, हिंर्डाई, वर्साईर् इत्यादि क्षेत्रहरुमा नैतिकताको आवश्यता पर्दछ। युवाहरुले "आफ्नै गोरुको बाह्रै टक्का" भन्ने मान्यतालाई परित्याग गरी उदाहरणीय ख्रीष्टिय जीवन जिएर समाजले ख्रीष्टियान युवाहरुप्रति उठाएका तमाम नैतिकताको प्रश्नं.हरुलाई मेटाउनुपर्दछ। नत्रभने जहिल्यै पनि समाजमा गलत प्रकारको नकारात्मक छाप रहीरहने अवस्था हुनेछ। नैतिकता मानव जीवनमा हुनुपर्ने अमूल्य चीज पनि त हो।

सकारात्मक कुराको नक्कल गर्ने कि?

युवाहरुले सकारात्मक कुराको देखासेखी गर्नुपर्ने टड्कारो आवश्यक्ता पर्दछ। खानेदेखि लिएर लाउने कुरा सम्ममा समयको विकाससँगै परिवर्तन आएको कुरा हामीले देखीरहेका छौं। यस्ता यवात परिवर्तनलाई युवाहरुले सजिलै ग्रहण गरीदिन्छन्। भनिन्छ, "संगत गुनाको फल" हामी जस्तो व्यक्तिसँग सम्वन्ध गर्र्छौ त्यस्तै हुन्छौं। संगतले चरित्र, स्वभाव वदलीदिन्छ। चोरसँग लागे चोर, विद्धानसँग लागे विद्धानै भईन्छ भन्ने अहानै छ। युवाहरु परिवर्तनको प्रवाहमा प्रवाहित हुने शिलशिलामा कति समाजमा अपाच्य कुराहरु परदर्शन गर्न पुग्नु दूर्भाग्यपूर्ण हो। पश्चिमेली प्रभावले र सञ्चार माध्यमाको तीव्र विकासले गर्दा युवा जमातहरु कति प्रभावित वनीरहेका छन् भन्ने कुरा हामीले देखीरहेका छौं। युवाहरु तीब्ररुपमा विकृति र विसंगतिको वाहक वन्ने हो भने मण्डलीले, राष्टले भावी पिंडीहरुबाट आशा गर्ने ठाउँ बाँकी रहने छैन। त्यसैले नराम्रा कुराहरुको पिछालग्गु वन्ने होईन कि ! राम्रा कुराहरुको अनुशरण गरी ख्रीष्टलाई महिमा पुगने काम गर्नुपर्दछ। यही नै समयको माग पनि हो।

अन्त्यमा

आम युवाहरुको परिपक्व सवल र उदाहरणीय भूमिकाको आवश्यकता मण्डली र राष्टलाई छ। यसको लागि युवाहरु आफैलाई परमेश्वरको वचन अनुसारको जीवनशैलीमा रुपान्तरण गर्दै लैजानु जरुरी हुन्छ। पावलले जवान तिमोथीलाई यस प्रकारले सम्झाएको थिए, "जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस, तर विश्वासीहरुका अघि वोलीवचन, आचरण, प्रेममा, विश्वासमा, र शुद्धतामा तिमी एक उदाहरण वन।" १ तिमोथी ४ः१२ । पावलले तिमोथीलाई सम्झाए जस्तै हामी हाम्रो जवानीपनबाट उदाहरणीय जीवन प्रस्तुत गरी ख्रीष्टको असल साक्षी वन्नु नै सर्वोत्तम हुनेछ। परमेश्वरले सवैलाई आशिष देऊन्।

Tuesday, June 14, 2016

हामी ख्रीस्टियन हुनुमा गर्व गछौँ । we proud to be a christian.



यदि ख्रीस्टियन बन्नु, सुसमाचार प्रचार गर्नु अपराध हो भने नेपालका सबै ख्रीस्टियनहरुलाई पक्राउ गरि जेल हालियोस सरकार !! हामी नेपालको सबै जेलहरुमा भरिएर जेललाई एउटा पबित्र जनहरु भेला भएर देसको निम्ति प्रार्थना गर्ने मण्डली बनाउनेछौं ।

हामी पक्राउ पर्नु कुटिनु मारिनु सतावटमा पर्न देखि कतिपनी डराउदैनौं यो त हाम्रो लागि अझ एकजुट हुने हौसला को रुपमा लिएका छौं । किनकी हामी बदला लिदैनौं ! विश्वको इतिहासलाई नियालेर हेर्ने हो भने जुन जुन देशमा ख्रीस्टियनहरुलाई मारपिट र खेदो गरियो त्यही देसमा आज ख्रीस्टियनहरुको संख्या उल्लेखनीय रुपले बढेको छ । हामी कुनै पनि हालतमा आत्मसमर्पण गर्दैनौं । बरु मर्न तयार छौं तर हामी हाम्रो बिश्वासबाट एक कदम पछि हट्दैनौं ।

पहिलो बर्स झापाको घटना र अहिलेको दोलखा घटनाले हामिमा फुटको सट्टा एक जुट हुन झनै उत्प्रेरित गराएको छ । आजसम्म नचिनेको बिस्वासिहरु संग चिन्ने मौका मिलेको छ । मलाई लाग्छ यो त परमेस्वरको महान योजना हुन सक्छ कि नेपालका फुटेका मण्डलिहरु येस्ता खालका घटनाहरु द्वारा एक ढिक्का भएर प्रभुको राज्य बिस्तारमा लागि पर्नेछन । यदि येस्ता खालका सतावटहरु हामिलाई आएन भने ख्रीस्टियनहरुलाई के फाईदा ? कस्ले चिन्छ हामिलाई र हामिले अंगालेको येसुलाई ?

अब कति पनि नडग्मगाउं हाम्रो बिस्वास प्रती ! हामी जान्दछौं कि कस्लाई कहिले र किन बिस्वास गरेका छौं ! जसको निम्ति आज हामिले यो संसारमा दु:ख कस्ट भोगिरहेका छौं । यो केही होइन उहाँले यो भन्दा ठुलो कस्ट र बलिदानी हामिलाई दिइसक्नुभएको छ । उहाको दाँजोमा हामिले के कस्ट र सतावट भोगेको छौं र ? दोलखा घट्नामा पक्राउ परेकाहरुको निम्ति प्रार्थना गरौं, सभ्य भासामा त्यो घट्नाको बिरोध गरौं कि हामी संसारका हुँदै होइनौं ।

जसले आज हामिलाई सताउछ एउटा ख्रीस्टियन भएको कारणले ! यो त महान कार्य हो यदि उसो नहुदो हो त हामी सबै एकै आस्थाका हुने थियौं । तर हाम्रो आस्था तिनीहरुको भन्दा आकाश र पत्ताल झैँ अन्तर छ । त्यसकारण उनिहरुले हामिलाई सताउनु त बाइबलमा भएको भविस्यवाणिहरु एक एक गरि पूरा हुनु हो नि ! अनि हामीलाई अघि नै देखि थाहा पनि छ कि भबिस्यमा यो भन्दा खतरनाक समयको सामना गर्न गइरहेका छौ । यो त केवल सुत्केरीलाई लाग्ने प्रसव बेदना जस्तो मात्रै होइन र ? अझ ती महासंकट को दिनहरूमा संसारका मानिसहरुले हामिलाई के गर्लान ? सोचौं ।

अन्त्यमा : सबै बिस्वासीजनहरु आआफ्नो ठाउँ बाट एफिसी ६ अध्याय मा उल्लेख गरिए झै आआफ्नो आत्माको सुरक्षाको हातहतियारले सुसज्जित हौं । यो हाम्रो लडाइँ मासु र गगतको विरुद्ध नभएर स्वर्ग र पृथ्वीमा भएका दुस्ट्याईंहरुको अन्धकारका सक्तिहरुको बिरुद्दमा हो । हामी नेपाली हुनुमा गर्व गर्दछौं त्यो भन्दा बढी ख्रीस्टियन हुनुमा गर्व गर्दछौं । हामी सबैलाई प्रभुले आशिष् दिउन । आमेन ।।

#जोसन लिम्बू

Saturday, June 11, 2016

ख्रीस्टियनहरुलाई अनेकौं झुटा आरोपहरु लगाएर बेइज्जती गरिरहदा, हिन्दुराज्य को नियम यहि हो ?



                    एउटै इस्वरको सन्तानलाई    दलित नाम दियो।।
आखिर फेरि त्यही दलित चेलीबेटीलाई रु. १,००,०००
रुपियाँ मोल पनि तोकि दिनु भयो।

यदि दलित नाम दिएर त्यही दलित चेलीबेटीको मोल तोक्न मिल्छ भने
माथिलो अरु जातको चेलिबेटीको मोल तोक्न किन            मिल्दैन??
              यदि दलित केटीलाई बिहे गर्दा रु१,०००००
दिन्छ भने दलित केटाले अरु जातको बिहे गर्दा पनि रु.१,००,००० दिनु पर्छ।।

यदि होइन भने दलित नाम दिएर त्यही दलित चेलीबेटी
लाई पैशा संग तुलना गर्न मिल्दैन।

कानुन नियम भनेको मानव जाती भए पछि सबैको बराबर हुनु पर्छ।। यी सब लागू हिन्दु शास्त्र अनुसारको हुन ।

अब अझै हिन्दुको वकालत गरेर सदियौ सम्म तल्लो जात मै दबिएर बस्नु उत्प्रेरित गराउनुहुन्छ ? कि येसु ख्रीस्ट मा सबै सम्मान हुन चाहानुहुन्छ ? इसाई आस्थामा सबै जातजाती समान हुन । हाम्रो सृष्टिकर्ता उनै परमप्रभु परमेस्वर नै हुनुहुन्छ ।

 नेपालमा दिनानुदिन हाम्रै अगाडि आफ्नो चेलिबेटीहरुको बलात्कार पछि हत्या हुदैछ । नपुंसक सरकारले एउटा नारिको सुरक्षा गर्न नसकेर आज हाम्रो देसमा महिलाहरू गर्वदेखि नैं असुरक्षित छन । सरकारले गर्भपतन गराउन पाउने ब्यावस्था गर्नुको उदेश्य बेस्याबृद्दिलाई बढावा दिनु हो ।

अनि आज इसाईहरुले उद्दार मुक्ती र नयाँ जीवन को सुसमाचार बाड्दा फटाहा को संज्ञा दिएर जेल हाल्नु कतिको असान्दर्भिक र अमानबिय कार्य होला ? के इसाईहरुले हाम्रो देसको भलो हुने काम गरेका छैनन ? स्कुल, बाटोघाटो देखि लिएर देश बिकाशको विभिन्न अंगहरुमा उनीहरुको योगदान छैनन ? किन नेपालीको मिडियाहरु पनि इसाईहरुले गरेको महान कार्यहरुको पर्दाफास गर्दैनन ? के यो हिन्दुत्वको उपज हो ?


स्मरण रहोस आजसम्म नेपालमा यतिको ख्रीस्टियनहरु नफैलिएको भए हरेक क्षेत्रमा मानिसहरू सक्षम हुने थिएनन् । ख्रीस्टियनहरु बोल्न भन्दा काम बढी गर्दछन तर उनीहरुको काम जतिसुकै सराहनीय किन नहोस जहिले हरेक देशको मुख्य निकायहरू बाट नैं दबाइएको हुन्छ । यदि कसैले धर्मको प्रचार गर्न नपाउने हो भने नेपालको राजधानी लगायत देसको विभिन्न मुख्य सहरहरूमा रहेका ठुलठुला हिन्दु मठमन्दिरहरु भत्काइयोस । गाडी भरी लेखिएका हिन्दु भगवानको स्लोकहरु मेटियोस ।


हैन भने हिन्दुहरु जति ख्रीस्टियनहरुले कदापी आफ्नो धर्म प्रचार गरेका छैनन यो इतिहास र बर्तमन दिउँसो 12 बजेको घाम जत्तिकै छर्लङ्ग हाम्रै वरिपरि छन । यहाँ ख्रीस्टियनहरुको मुक्तिको चंगाईको अनन्त नयाँ जिवनको र आफ्नो आस्थाको बिसयलाई धर्म संग जोडेर गलत ब्याख्या गरि झुटो आरोप लगाइदैछ । कस्ले भन्यो ख्रीस्टिययन #धर्म हो भनेर ? हामी भन्छौं उद्दार र मुक्ती पाउन येसुमा बिश्वास गर्नुहोस्, अब भन्नुहोस् यो कसरी धर्म हुन सक्छ ?? के यो त आस्था अथवा बिश्वास होइन र ?????


ख्रीस्टियनहरुको आस्था प्रती अन्य धर्मलवम्बिहरुको गलत बुझाइले गर्दा नै आज हाम्रो देशमा धर्मिक द्वन्द्व मच्चिने सम्भावना छ । यो विषयमा देश का मुख्य निकायमा रहेका प्रमुख पदाधिकारीहरुको विशेष ध्यानाकर्षण हुन जरुरी छ । कि ख्रीस्टियनहरु नेपाली हुन, नेपालीको नागरिक हुन, उनीहरुको पनि अन्य धर्मलवम्बिहरु सरह बाँच्न पाउने अधिकार सुरक्षीत छ ।


अन्त्यमा : हामी ख्रीस्टियनहरु धर्मको नभएर मुक्ती र उद्दारको प्रचार गर्दछौं । कसैलाई जबर्जस्ति आफ्नो धर्म परिवर्तन गर्न प्रेरित गर्दैनौं । हामीलाई थाहा छ आजको यो युग मा हामी कोहि अज्ञानी छैनौं । र कसैले जबर्जस्ति गर्दैमा उसैको कुरामा लागिपरिहाल्ने हाम्रो कमजोर मनस्थिति छैन । किन र कसरी ख्रीस्टियन आस्था मानिसहरूले अंगाली रहेछन ? त्यो सबैले आआफ्नो धर्म मा भएको कमि कमजोरीहरुलाई केलाएर हेरौं । भुल चुक माफी चाहान्छु ।

#जोसन_लिम्बू

Wednesday, June 8, 2016

हिस्टेरिया प्रश्नोत्तर !


--------------
1. के हिस्टेरिया (Conversion Disorder) वा Mass Hysteria (धेरै लाई एकै पटक हुने हिस्टेरिया) महिलामा मात्र हुन्छ?
2. के हिस्टेरिया यौन इच्छा दबाएका कारणले हुन्छ?
3. Mass Hysteria सबैलाई एकै पटक कसरी हुन्छ त?
4. यो मन, मनोविज्ञान वा दिमागको कुरा हो भने किन त्यस्तो शारीरिक समस्या देखियो त?
5. कसरी हिस्टेरिया (Conversion Disorder) हुन्छ त?
6. अन्य कुन कुन बेलामा हिस्टेरिया देखिन्छ?
7. के बिबाह गरिदियो भने, वा धामी झाँक्री गराउदा निको हुन्छ?
8. हिस्टेरिया (conversion disorder) को उपचार कसरी गर्ने?
9. के हिस्टेरियाको लागि औषधि हुन्छ?
10. साथीभाई वा घर परिवारले यस्तो अबस्थामा के गर्ने?
------------------------
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
--------------------------
1. के हिस्टेरिया (Conversion Disorder) वा Mass Hysteria (धेरै लाई एकै पटक हुने) महिलामा मात्र हुन्छ?
-- हिस्टेरिया पुरुष र महिला दुवैमा हुन्छ । Mass hysteria भने पुरुषमा भन्दा महिलामा धेरै हुने गरेको देखिएको छ l
--September 1988 मा San Diego Military Barack USA मा १००० जना पुरुष Military लाई एकै पटक Mass Hysteria भएको थियो।
--May 2001 East Delhi मा भएको Mass Hysteria मा धेरै जसो पुरुषहरुलाई नै भएको थियो,
--May 21, 1979, Boston USA मा, २२४ जनामा भएको Mass Hysteria मा, केटाहरु पनि धेरै परेका थिए l
--मेरो आफ्नै practice मा पनि धेरै conversion disorder (हिस्टेरिया) को case हरुको उपचार गर्ने मौका पाएको छु। पुरुष र महिलाको संख्या बराबर नै पाएको छु। मेरो पहिलो हिस्टेरिया (conversion disorder) १२ बर्षे केटो थियो l

2. के हिस्टेरिया यौन इच्छा दबाएका कारणले हुन्छ?
-- पहिले पहिले पश्चिमा मुलुकहरुमा पनि यौन इच्छा दबाएका कारणले भएको हो भनेर मानिन्थ्यो। तर, 1960’s देखि पश्चिमा मुलुकहरुमा यौन सम्बन्धको लागि विबाह नै गर्नु पर्ने चलन प्राय पूर्ण रुपमा हराएपछि पनि धेरै महिलाहरुमा हिस्टेरिया देखियो। यसपछि यौन इच्छा दबाएका कारणले हो भनेर भन्न छाडियो।
-- अस्ति भर्खरको उदाहरण:: LEROY HIGH SCHOOL, New York मा 2012 मा, १५ देखि १९ बर्ष सम्मका, १२ जना केटीहरु र एक जना केटालाई Mass Hysteria भएको थियो। तिनीहरु मध्य अधिकाम्श 'सेक्सुअल्ली एकटिभ' थिए। सबैलाई Psychotherapy (Talk Therapy), Physical Therapy, Occupational Therapy अन्य Therapy का माध्यम बाट सफल उपचार गरियो। कसैलाई १ महिनामा निको भो। कसैलाई १ बर्ष जति लाग्यो।

3. Mass Hysteria सबैलाई एकै पटक कसरी हुन्छ त?
-- यसरी नै, यहि कारणले मात्र हुन्छ भन्ने कुरा अझै पत्ता लगाउन सकिएको छैन l यो अनुसन्धानको क्रममै छ l यदि तपाईंलाई mass hysteria भएको छ र तपाईंबाट hysteria सुरु भएको होइन भने कि त तपाईंले त्यस्तो हिस्टेरिया भएको देखेको हुनु पर्छ वा कसै बाट सुन्नु पर्ने हुन्छ l अर्थात कसैमा हिस्टेरिया भएको कुरा आँखाले नदेखिकन वा कानले नसुनिकन mass hysteria हुन सम्भव छैन l  mass hysteria हुनको लागि एउटै कोठामा वा नजिकै हुन जरुरी छैन तर एउटै खाले रहन सहन र भावनात्मक सम्बन्ध (emotional support system) हुन भने जरुरी छ l कक्षा वा कुनै ग्रुपमा यदि धेरै प्रख्यात वा चर्चित वा सबैको आँखा जाने व्यक्तिमा हिस्टेरिया सुरु भयो भने अरुमा हिस्टेरिया हुने सम्भावना धेरै हुन्छ l

4. यो emotion वा दिमागको कुरा हो भने किन त्यस्तो शारीरिक समस्या देखियो त?
-- हाम्रो शरीरले गर्ने प्राय सम्पूर्ण कार्य (खोक्ने, निल्ने, भोक, तिर्खा, लठ्ठिने, हिंड्दा शरीर अन्तुलन राख्ने, शरीर चलाउने, रिसाउने, चिच्याउने, डर लाग्ने, डर नलाग्ने, सुन्ने, जवाफ दिने, आवाज निकाल्ने आदि ) दिमागले गर्छ l र दिमागको काममा emotion (भावनाको), stress को निकै असर हुन्छ l अचानक झट्ट हतासिंदा, आत्तिंदा वा तर्सिंदा हामी छिटो छिटो सास फेर्छौं l त्यसो गर्दा शरीरमा carbon dioxide को मात्रा कम हुन्छ जसले हात खुट्टा गल्ने, झम झम पोल्ने, शरीर घुमाए जस्तो हुने हुन्छ l Hysteria मा पनि यस्तै खाले समस्या देखिन्छ l यस्तो बेलामा प्लास्टिकको वा paper को सानो झोला मुखमा राखेर १ मिनेट जति सास फेर्दा पनि लक्षण निकै कमि हुन्छ l

5. कसरी हिस्टेरिया (Conversion Disorder) हुन्छ त?
--पहिलो कुरा के बुझ्न जरुरी छ भने व्यक्तिले जानी जानी चाहेर यस्तो गरेको होइन। सबै व्यक्तिलाई एकै किसिमले Hysteria (conversion disorder) लाग्दैन। यो समस्या case by case हेर्नु पर्छ।
-- एउटा उदाहरण:: कुनै बिध्यार्थीलाई परीक्षा आउनु अगाडी ठाडो भएर उभिन नसक्ने, आँखा धमिलो हुने वा नदेख्ने, शरीरको एक वा दुवै हर नचल्ने, वा seizure जस्तो थरथर काँप्ने हुने समस्या भयो भने र त्यस्तो कुनै शारीरिक रोगका कारण भएको होइन भने त्यो पनि conversion disorder (Hysteria) हो।
--अधिकाम्श cases मा हिस्टेरिया (conversion disorder) यही कारणले भएको हो भन्न निकै गार्रो हुन्छ। अहिले सम्मको अध्यनले देखाए अनुसार, व्यक्तिको subconscious र unconscious दिमागमा भएको कुराहरु physical expression को रुपमा देखा पर्दा Hysteria को रुपमा देखिएको हो। यसलाई physical manifestation of subconscious or unconscious psychological conflict भनिन्छ।
-- बुझ्ने भाषामा भन्नु पर्दा:: तपाईले जे कुरा सोंचेर गर्नुहुन्छ त्यो काम तपाइको Conscious दिमागले काम गर्ने प्रयास गर्छ। जस्तै तपाईंले यो लेख पढिरहनु भएको छ। यो सब तपाईंको Conscious दिमागको मेहनत हो। तपाईले यो लेख पढ्न शुरु गरे देखि अहिले सम्म तपाईका वरिपरि के के भए? कस्ता कस्ता आवाज निस्किए? कोठाको गन्ध कस्तो थियो त्यो सबै कुराहरु तपाईंको Conscious दिमागलाई ख्याल गर्ने फुर्सद हुँदैन l त्यसैगरी तपाईं जन्मे देखि अहिले सम्ममा जिबनमा कति घटनाहरु भए तपाई सबै घटना सम्झन पनि सक्नुहुन्न र फेरी कुनै कुरा बिर्सन पनि सक्नु हुन्न। तपाईंले यदी नयाँ पुस्तक वा नयाँ eraser को गन्ध शुग्न पुग्नुभो भने अतितका स्कूले समयका राम्रा वा नराम्रा दिनहरु झट्ट सम्झहनुहुन्छ होला। यदी त्येस्तो भएको छ भने त्यो Subconscious दिमागमा बसेको कुरा Conscious दिमागमा आएको हो। अर्को हुन्छ unconscious दिमाग। यस unconscious दिमागमा हामीले थाहा नपाईकन हाम्रो दिमागले हाम्रो जिबन कालमा घटेका घटनाहरु वा ब्यक्त गर्न नपाएर गुम्सिएर बसेको भावनाहरु लगाएत धेरै कुराहरु लुकाएर राखेको हुन्छ। जब ती लुकेर बसेको कुराहरु (जो हामीलाई पनि थाहा हुँदैन के लुकेर बसेको छ भन्ने ) अकस्मात बाहिर आउन खोज्छ त्यसले शरीरको नियमित प्रक्रिया तोड्दै अनौठो रुप लिएर हिस्टेरिया को रुपमा आइदिन्छ।
-- यो unconscious दिमागले ( र कहिले काँही subconscious दिमागले पनि) हामीलाई थाहा नदिई हाम्रा वरिपरिका मानिसको नक्कल गरिदिन्छ र Mass Hysteria को रुपमा देखा पर्छ भन्ठानिएको छ  ।
-- Unconscious दिमागको उदाहरण: मेरो एक जना ५० बर्षे महिला बिरामी जसलाई लामो समयसम्म आत्तिने समस्या (Anxiety D/O NOS) रहेछ। मैले त्यो महिलाको सम्पूर्ण History लिन खोज्दा उसलाई आँफु १२ बर्ष भन्दा पहिलाको कुनै पनि memory नभएको थाहा पाएँ। त्यसपछि उसलाई Psychotherapist संग one to one therapy session मा appointment मिलाईदिएँ। प्रत्येक हप्ता एक घण्टा करिब दुई महिनासम्म therapy गर्दा उसको memory loss को जड फेला पर्र्यो। उनी सानो हुँदा आफ्नो सौतानेबाबु बाट अपहरित भएकी रहेछिन्। सानो उमेरमा भएको त्यो पिडादाई घटना उसको unconscious दिमागले छेकेर राखेको रहेछ। त्यहि क्रममा उसको त्यो घटना र त्यस भन्दा अगाडी सबै कुराको memory loss भएछ।

6. अन्य कुन कुन बेलामा hysteria देखिन्छ?
-- देवी लाग्नु, र गीत लाग्नु पनि एक किसिमको hysteria हो। (तर कोहि Psychotic Disorder भएकाले पनि यस्तो गर्छन्)

7. के बिबाह गरिदियो भने, वा धामी झाँक्री गराउदा निको हुन्छ?
-- हिस्टेरिया (conversion disorder) कुनै उपचार नगरे पनि पछि गएर आफैं निको हुन सक्छ। यदी केटा वा केटीलाई बिबाह गरेर वा धामी झाँक्री गरेर आफ्नो समस्या निको हुन्छ भन्ने भित्रै देखि विश्वास छ र, ऊ त्यसैमा विश्वास गर्छ, आफ्नो भावना ब्यक्त (emotion expression) त्यहि मार्फत हुन सक्छ जस्तो लाग्यो भने उसलाई psychologically सन्चो भएको महसुस हुन सक्छ। तर वास्तविक रुपमा सन्चो भएको होइन। यसो गर्दा पछि गएर झन् समस्या आउछ।
-- अरुको करकापमा, बिबाह धामी झाक्री वा अन्य कृयाकलाप गरिन्छ भने त्यो व्यतिको समस्या जिउको तिऊ रहन्छ। हिस्टेरिया (conversion disorder) पुन देखा पर्छ। पछि फर्किएर आउने hysteria को रुप पहिलेको भन्दा फरक पनि हुन सक्छ। कुनै medical कारण बिना कसैको हात झम झम्याउने, शरीरको एक भाग नचलेको जस्तो हुने, ढाड दुखेको जस्तो हुने, मुटुमा सिल्का हानेको जस्तो हुने, बेला बेलामा बेहोस हुने देखि धेरै घटनाहरु जिन्दगी भर भैरहन्छ। र यस्ता व्यक्तिहरु पछि गएर घर परिवार र समाजको डरले खुलस्त आफ्नो मनमा लागेका कुराहरु पनि भन्न सक्दैनन् र समस्याहरु झन् जटिल बन्दै जान्छ।

8. हिस्टेरिया (conversion disorder) को उपचार कसरी गर्ने?
-- यो समस्या (प्राय सम्पूर्णलाई) कुनै उपचार नै नगरे पनि आँफै तत्कालका बाहिर देखिने लक्षणहरु कम हुँदै जान्छन् l उपचार गराउंदा अलि छिटो मुक्ति पाइन्छ र उक्त व्यक्ति, परिवार र समाजमा कम तनाब हुन्छ l
-- सबै व्यक्तिको सोचाई, expression style, psychological resistance, coping mechanism, मनको कुरा व्यक्त गर्ने इच्छा, घर-परिवार-समाज-साथीभाई संग घुलमिल हुने बानी एउटै हुँदैन त्यस कारण एउटालाई गरिने उपचार अर्को व्यक्तिलाई कहिल्यै मिल्दैन।
-- हिस्टेरिया (conversion disorder) को जस्तो लझण देखिने बित्तिकै, Medical Doctor (खासगरी जो संग infectious disease र environmental toxins को बारेमा expertise छ), Neurologist र Psychiatrist को एकै पटक सम्पर्क गर्नु पर्छ।
--Medical Doctor ले कुनै virus, bacteria, fungus (जमिनमा वा घरमा पाइने हानिकारक ढुसी), बाताबरणमा (घर भित्र, जमिनमा, हावामा, वा पानीको श्रोतमा) हुने अरु कुनै toxins हरुले गर्दा त्यस्ता लझण देखा परेको हो की होइन भनेर अनुसन्धान गर्छ।
--Neurologist ले दिमागका neurological systems हरु राम्रो संग चलेको छ की छैन भनेर अध्यन गर्छ।
--Psychiatrist ले व्यक्तिको पूर्व वा तत्कालिक दैनिक जीवनका घटनाहरुले प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा केही असर गरको छ की छैन? व्यक्तिको psychological coping mechanism कस्तो छ? उसले पाउनु पर्ने मानसिक तथा भौतिक सहयोग (emotional and physical assistance) पाएको छ कि छैन भनेर अध्यन गर्छ।
-- यदि Medical कारण नभईकन ती लझणहरु Hysteria (conversion disorder) नै हो भन्ने निर्णय भयो भने, Physical Therapy (शरीरका अंगहरु राम्रो संग नचल्ने भएको छ भने), Occupational Therapy (दैनिक गरिने काम कुराहरु गर्न सकेको छैन भने), र Talk Therapy (अनिबार्य रुपमा) (जहाँ व्यक्तिको भित्रि आवाज सुन्ने प्रयास गरिन्छ, मनमा लागेको कुरा दिल खोलेर भन्न प्रेरित गरिन्छ, थाहा नपाईकन subconscious र unconscious दिमागमा बसेका कुराहरु खोतल्ने प्रयास गरिन्छ) को प्रयोग सन्चो नहुदा सम्म निरन्तर प्रयोग गर्नु पर्छ।
-- कसै कसैलाई Hypnotize गरेर कुराहरु खोतल्न पर्ने हुन्छ।
-- कसै कसैलाई EMDR (Eye Movement Desensitization and Reprocessing) को उपचार गर्नु पर्छ।
-- कसैलाई (खासगरी जो खेलकुदमा वा नेतृत्वको भूमिकामा पहिले रहेको भए) समस्याको जड आँफै पत्ता लगाउन, र आफ्नो Therapist आँफै बन्न प्रेरित गर्नु पर्छ। Therapist, Psychiatrist वा घर परिवारले उसले चालेको कदमलाई उत्साहित भएर समर्थन गर्दै जानु पर्छ। Dependent हुन दिनु हुदैन।

9. के हिस्टेरिया को लागि औषधि हुन्छ?
-- हिस्टेरिया कै लागि भनेर कुनै पनि औषधि हुँदैन। तर व्यक्तिको समस्या अनुसार supportive therapy को रुपमा औषधि दिन सकिन्छ। जस्तै, यदी कोहिले टाउको भित्तामा ठोकेको छ वा आफ्नै हात टोकेको छ भने त्यस्ता व्यक्तिलाई केही समयको लागि लठ्याउने औषधि दिएर राख्न सकिन्छ। त्यसैगरी, यदी कोहि दिनको १५-१६ घण्टा भन्दा बढी जिऊ हल्लाएर शरीरलाई दुख दिएर बसेको छ भने निन्द्रा लगाउने औषधि दिन सकिन्छ।

10. साथीभाई वा घर परिवारले यस्तो अबस्थामा के गर्ने?
-- यस्तो व्यक्तिलाई घर परिवारको सबै भन्दा मन मिल्ने व्यक्ति जोसंग उसले निर्धक्क भएर कुरा गर्न सक्छ उसैसंग लामो समय बिताउन दिनुपर्छ। अनेकथरी प्रश्न गरी राख्नु हुँदैन । प्रश्न सोध्ने जिम्मा Psychiatrist वा Psychotherapist लाई दिनु पर्छ।
-- हिस्टेरिया (conversion disorder) भएको अबस्थामा यस्ता व्यक्तिलाई मनमा भयंकर अन्योल, डर, र पिडा हुन्छ। “के भएको होला? किन भएको होला? मलाई नै किन? मैले के पाप गरेँ र ?" भन्ने जस्ता कुरा दिमागमा खेल्छ।
-- स्कूल पढ्ने बिद्यार्थी भएको भए:: यदी कक्षाका साथीहरु हाँसो ठट्टामा उडाउने र बच्चा-बच्चीको जस्तो व्यवहार गर्ने खालका छन् भने केही समयको लागि स्कूल नजानुनै बेश हुन्छ। जुन ठाउँमा आफ्नो भावना प्रकट गर्न पाईदैन र झन् हास्यको पात्र बनिन्छ त्यस्तो ठाउँमा जाँदा समस्या बल्झिन्छ।

------------------------
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
------------------------