Monday, February 29, 2016

हिन्दु धर्मको पृष्ठभूमि !!

 

आज हामी हिन्दु धर्मको उत्पत्ति र विस्तार कसरी भयो भन्ने बिषयमा चर्चा गर्ने छौं। त्यसो त धेरै नेपाली हिन्दुहरुले यो हाम्रो सनातन धर्म हो भनेर पनि भन्ने गरेका छन्। वास्तविकता के रहेछ, त्यो स्पष्ट रुपमा पुष्टि गर्ने कोसिस गर्नेछौं।

हिन्दु धर्मको सुरुवात भारतबाट भएको हो र यसले बहुईश्वरवादको अस्तित्वलाई स्वीकार गर्छ। हिन्दु धर्मको अनुयायीहरुले करिब तेत्तीस करोड देवी-देवताहरुको सेवा आराधना गर्ने गर्छन्। इसापूर्व पन्ध्रौँ शताब्दीतिर युरोपबाट आएका आर्यनहरुले भारतमाथि कब्जा गरेपछि हिन्दु धर्मको सुरुवात भयो। ती आर्यनहरु फारसी अर्थात अहिलेका इरानका बासिन्दाहरुका पुर्खा थिए। तिनीहरुले भारतमाथि आक्रमण गरे र त्यहाँका स्थानीय मूल बासिन्दाहरुलाई कब्जामा लिई दास बनाए। ती स्थानीय मानिसहरुमाथि शासन गर्न तिनीहरुले आफूलाई उच्च अनि स्वतन्त्र वर्गमा राखे।

तिनीहरुले मूर्तिहरुको सेवा गर्नुभन्दा पहिले सम्पूर्ण ब्रह्माण्डलाई एकतामा ल्याउने ब्रह्मा अर्थात आत्मा हो भन्ने दर्शनशास्त्रीय अवधारणाको विकास गरे। तर समय बित्दैजाँदा तिनीहरुले विभिन्न प्राकृतिक कुराहरुलाई ईश्वरको रुपमा स्वीकार गर्दै  ३,००० भन्दा बढी देवताहरुलाई पुज्न थाले; जस्तै: सूर्य, आकाश, पहाड, आँधी, वर्षा, हावा, आगो आदि। आफ्ना खाँचो पूरा गर्न र समस्या समाधान गर्न तिनीहरुले ती विभिन्न देवताहरु पुज्न बलिदानहरू चढाउन थाले। अन्तमा, इसापूर्व तेर्हौं शताब्दीतिर तिनीहरुले ब्रह्मावादको सिद्दान्त स्थापित गरे र त्यसैबाट हिन्दु धर्मको जग निर्माण भयो। बिस्तारै भारतमा मानव समाजको विकास हुन थाल्यो अनि ती स्वतन्त्र अनि उच्च वर्गका मानिसहरु तीन जातिहरुमा वर्गीकरण भए।
१. ब्राह्मण - पूजाहारी वर्गको उच्च जाति
२. क्षेत्री - राजनीति र सेना सम्हाल्ने ठूलो जाति
३. वैश्य - किशान र व्यापार वर्गको मध्यम जाति

यी तीन जातिका मानिसहरुले पहिलेदेखि बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई दास बनाएर सुद्र भन्ने तल्लो जातिमा राखे। अन्तमा तिनीहरुले दलित भन्ने अर्को अति सानो जात पनि बनाए र त्यस वर्गमा पर्ने मानिसहरुलाई अछुत भनि समाजमा तुच्छ वर्गमा राखियो। हिन्दु धर्ममा त्यसरी सुरु भएको जातीय प्रणालीले अहिलेको युगमा पनि निरन्तरता पाइरहेको छ। ब्राह्मणहरुले कर्म र संसार भन्ने नयाँ अवधारणाको आविष्कार गरे, र यसले मानिसको जीवन जन्म मृत्यु र पुनर्जन्मको चक्रमा घुमिरहन्छ भनेर बताउँछ। यो अवधारणाले जातीय प्रणालीलाई समर्थन गर्छ र यस वर्तमान जीवनमा मानिसले गर्ने काम अर्थात कर्मले अर्को जन्ममा ऊ कुन जातिमा जन्म लिनेछ भन्ने कुरा निर्धारण गर्छ भनि बताउँछ।

इसापूर्व पाँचौ शताब्दीतिर जातीय प्रणालीको प्रतिकार गर्दै बौद्ध धर्मको प्रादुर्भाव भयो र ब्राह्मणहरुले बनाएको नीति-नियम र शासनलाई त्यसले संकटमा पार्न थाल्यो। त्यसको परिणामस्वरुप तत्कालिन ब्राह्मणहरुले स्थानीय मानिसहरुले मान्ने लोक धर्महरुलाई अंगाल्न थाले। सुरुमा अर्थात ती आर्यनहरु भारतको सिन्धु उपत्यकामा आई बसोबास गर्नुभन्दा पहिले त्यहाँका बासिन्दाहरुले देवीको आराधना गर्दथे र त्यति मात्र होइन, तिनीहरुले सर्प र विभिन्न आत्माहरुलाई पनि पुज्ने गर्दथे। ब्राह्मणवादको प्रभाव हुँदाहुँदै पनि त्यसलाई वास्ता नगरी तिनीहरुले आफ्नै स्थानीय लोक धर्महरु निरन्तर अभ्यास गरिरहे। केही समयपछि ब्राह्मणवाद र ती स्थानीय धर्महरुको मिश्रण भयो, अनि विष्णु र शिवजस्ता व्यक्तिहरु देवताको रुपमा प्रकट भए। तिनीहरू हिन्दु धर्मको सुरुवातमा देखा परेका थिएनन्। त्यसपछि हिन्दु धर्मको संरचना निर्माण भयो।

अहिले हिन्दु धर्मको जातीय प्रणाली भित्र करिब ६,४०० जातहरु छन्। यसमा अचम्म लाग्दो कुरा के छ भने यो जीवनमा कुनै पनि व्यक्ति एउटा जातबाट अर्को जातमा जान्न सक्दैन। तल्लो जातमा पर्ने मानिसहरुले दु:ख- कष्ट पाउनु स्वाभाविकै हो किनभने त्यो तिनीहरुले पूर्व जन्ममा गरेको कर्महरुको परिणाम हो भनि हिन्दुहरुले विचार गर्छन्। त्यसकारण अछुत र दलितहरुलाई दया र सहायता गर्न आवश्यक छैन किनभने तिनीहरु त्यसको लागि योग्य छैनन् भनि तिनीहरु भन्ने गर्छन्।

भारत नेपालको छिमेकि राष्ट्र भएको हुनाले त्यहाँको प्रभाव नेपालमा समेत सजिलै हुन थाल्यो। अझ व्यापारिक तथा विभिन्न सन्धिले गर्दा भारतको अगाडी नेपाल मौन रहन बाध्य हुन थाल्यो। अन्तत: ती आर्यनहरु खुल्ला सिमाना पार गरी नेपालमा पनि भित्रिन थाले, र यहाँका स्थानीय मानिसहरुका धर्महरुमाथि हस्तक्षेप गरी आफ्नो धर्म जबर्जस्ति लाड्न थालियो। फलस्वरूप तिनीहरुले भारतमा जस्तै नेपालमा पनि धार्मिक अधिकार कब्जा गर्न सफल भए। हिन्दु धर्ममा ६,४०० जातिहरुमध्ये अहिलेसम्म करिब १०० भन्दा बढी जातिहरुका माझमा येशू ख्रीष्टको संदेश अथवा स्वर्गीय सुसमाचार पुगिसकेको छ। र तिनीहरु प्राय: पहिलेदेखि बसोबास गर्ने स्थानीय बासिन्दाहरु पर्दछन्।

स्रोत: धर्महरूको सुरूवात

Wednesday, February 24, 2016

Bible Found FUSED To World Trade Center Steel Has an Incredible Message For The World !!


In March of 2002, after the Islamic terrorists attacks on September 11, 2001, a firefighter in New York City found steel from the Twin Towers which had a single page from the Bible fused to it.
Amazingly, the Bible page was quite readable, and what it said is SHOCKING!
A passage from Jesus’ Sermon the Mount, from the Gospel of Matthew, was clearly readable:
“Retaliation.”
“Ye have heard that it hath been said, An eye for an eye, and a tooth for a tooth: But I say unto you, That ye resist not evil: but whosoever shall smite thee on thy right cheek, turn to him the other also.”
What an incredible passage to remember! Immediately after an Islamic terrorist attack that killed almost 3,000 citizens, Americans demanded revenge. But this passage reminds us that that’s not always the best reaction.
As the photographer explained, “This shredded, burned, and rubble-covered Bible came to me from the loving hands of a fireman who knew that I was the record keeper of ground zero.” And, “My astonishment at seeing the page that the Bible was open to made me realize that the Bible’s message survives throughout time, And in every era we interpret its teachings freshly, as the occasion demands.”
America is a Christian nation, and under President George W. Bush’s leadership we responded forcefully in the Islamic world. However, this is something to consider.
What do you think of this incredible Biblical passage infused on World Trade Center metal? Please leave us a comment (below) and tell us.

"हिन्दु धर्म" बारे !!

महात्मा गांधीले "हिन्दु" धर्म होइन यो त सँस्कृतीहरूको पुन्ज हो ।" भनेका रहेछन् ।

के हो "हिन्दु"?

ऐतिहासिक रुपमा "सिन्ध" नदी वरिपरि मानिस बस्थे । मुसलमानहरूको शब्द उच्चारण प्रवृत्तीमा शब्दको पहिलो अक्षर (Initial position) मा "स" आए त्यसलाई "ह" उच्चारण गर्दा रहेछन् । त्यही उच्चारण प्रवृत्ती नेपालको जुम्लामा पनि छ । जस्तै जुम्लामा अहिले पनि "सक्दिन"लाई "हक्दिन", "सल्ला गरौँ"लाई "हल्ला गरौँ", "सुब्बा साप"लाई "हुब्बा साप" भन्छन् ।

अर्थात सिन्ध नदी वा घाटीमा बसोबास गर्नेहरूलाई "सिन्धु" भनिन्थ्यो जसलाई मुसलमानहरूको उच्चारण अनुसार "हिन्दु" भने । अर्थात "हिन्दु" धर्म होईन । यो त पोखराको मानिसलाई "पोखरेली", पल्पाको मानिसलाई "पल्पाली", सिन्जाको मानिसलाई "सिन्जाली", स्याङजाको मानिसलाई "स्याङजाली", पहाडको मानिसलाई "पहाडे", डोटीको मानिसलाई "डोट्याली", लमजुङको मानिसलाई "लमजुङे", गोरखाको मानिसलाई "गोर्खाली" भनेजस्तो एउटा विशेषण मात्र हो ।

त्यसैले एउटा विशेषणमा "धर्म" जोडेर धर्म बन्छ र? तेसो हो भने त "गोर्खाली धर्म", "पाल्पाली धर्म" पनि भन्ने त? यो त मिल्दैन । अर्थात "हिन्दु धर्म" भन्ने कुरा मिल्दैन ।

"धर्म" त एउटा कुनै प्रणेताले सुरु गरेको हुनु पर्ने हुन्छ । जस्तै: कन्फ्युसियस धर्म कन्फ्युसियसले सुरु गरे, वुद्द धर्म वुद्धले सुरु गरे, मोहम्डन धर्म मोहमदले सुरु गरे, ख्रिश्चियन धर्म ख्राईष्टले सुरु गरे ।

"हिन्दु धर्म" कसले सुरु गरे? केही पत्तो छैन । बरु अहिले पछिल्लो चरणमा "हिन्दु धर्म" होइन यो उहिलेदेखि चलिआएकोले "सनातन धर्म" भन्न थालिएको छ । यो कुरा बरु केही तर्कसँगत लाग्छ । तेसैले भन्न मिल्ने कुरा "सनातन धर्म" हुन सक्छ, "हिन्दु धर्म" त भन्नै मिल्दैन ।

Monday, February 22, 2016

प्रेमबारे १२ ओटा प्रशिद्भ नाइहरू !!

१. कसैलाई प्रेम गर्नुको अर्थ उसलाई परमेश्वरले इच्छा गर्नुभएअनुसार हेर्नु हो ।

-फ्युडोर डोस्टोभस्की, दार्शनिक,पत्रकारसाथै लेखक

२. तपाईंले प्रेम नगरीकन सधैँ दिन सक्नुहुन्छ तर तपाईंले नदिईकन कहिल्यै प्रेम गर्न सक्नुहुन्न ।

-एमी कारमिखाएल, मिसनरीसाथै लेखिका

३. प्रेम गरिनु जीवनको दोस्रो ठुलो आशिष् हो भने प्रेम गर्नु पहिलो हो ।

-ज्याक हेल्स, पास्टर

४. साँचो प्रेमबाहेक कुनै पनि कुरोले घरभित्र सुरक्षाको वास्तविक अनुभूतिलाई ल्याउन सक्दैन ।

-बिल्ली ग्राहम, सुसमाचार प्रचारक

५. प्रेम कस्तो हुन्छ रु अरूलाई सहयोग गर्ने यसका हातहरू छन् । गरिबहरू र खाँचोमा परेकाहरूका निम्ति हतार गर्नेयसका पाउ छन् । दुर्दशा र आवश्यकताहरूलाई देख्ने यसका आँखा छन् । मानिसहरूका सुस्केरा र शोकलाई सुन्नेयसका कानहरू छन् । प्रेम यस्तै हुन्छ ।

-अगस्टिन, ईश्वरशास्त्री, दार्शनिकसाथै लेखक

६. जहाँ प्रेम हुन्छ त्यहाँ परमेश्वर हुनुहुन्छ ।

-हेन्री ड्रमोन्ड, सुसमाचार प्रचारकसाथै लेखक

७. जीवनको सर्वोत्तम प्रयोग प्रेम हो । प्रेमको सर्वोत्तम अभिव्यक्ति समय हो । प्रेम गर्ने सर्वोत्तम समय अहिले हो ।

-रिक वारेन, पास्टरसाथै लेखक

८. संसार खेलकुदको मैदान होइनस यो स्कुलको कोठा हो । जीवन बिदाको दिन होइनस तर यो शिक्षा हो । हामी सबैकालागि एउटा अनन्त पाठ यही हो कि हामीले कसरी अझै राम्ररी प्रेम गर्न सक्छौँ ।

-हेन्री ड्रमोन्ड, सुसमाचार प्रचारकसाथै लेखक

९. प्रेम एउटा मार्ग हो जसद्वारा मानव–जाति स्वार्थीपनाबाट सेवामा प्रवेश गर्दछ ।

ज्याक हेल्स, पास्टर


१०. तपाईंलाई घृणा गर्नेलाई तपाईंले प्रेम नगर्नुभएसम्म तपाईंले वास्तवमा कसैलाई प्रेम गर्नुहुनेछैन ।

-ज्याक हेल्स, पास्टर

११. प्रेमका साङ्लाहरू डरका साङ्लाहरूभन्दा बलिया हुन्छन् ।

-विलियम गर्नल, लेखक

१२. प्रेम तपाईंले अनुभूति गर्ने कुरो मात्र होइन यो त तपाईंले गर्ने कुरो हो ।

-डेभिड विल्कर्सन, सुसमाचार प्रचारकसाथै लेखक

अब नेपाली ख्रीस्टियन भजन तपाईंको मोबाइलमा !!

एन्ड्रोइड फोन तथा ट्याब्लेटहरूमा सजिलै ख्रीष्टिय भजनहरू पढ्न मिल्ने सुबिधासहितको “एन्ड्रोइड एप” सार्वजनिक भएको छ । Zero Inc Pvt. Ltd. सँगको सहकार्यमा Youth Circle समुहले तयार गरेको यो एप एन्ड्रोइड डिभाइस हुनेहरूले Google Play Store बाट सजिलै इन्स्टल गर्न सक्नेछन् । Google Play Store मा Nepali Khristiya Bhajan सर्च गरेर अथवा सिधै यस समाचारको अन्तमा उल्लिखित लिंकमा गएर यो एप इन्स्टल गर्न सकिनेछ ।

यस एपले नेपालीभाषी ख्रीष्टियनहरूलाई ठुलो सघाउ पुर्याउने विश्वास निर्माताहरूको छ । निर्माता समूहले सबै विश्वासीहरूलाई यो एप इन्स्टल गर्न, सल्लाह सुझावहरू दिन तथा थाहा नभएका अन्य मानिसहरूलाई पनि यसको परिचय गराइदिन आह्वान गरेको छ ।

यो एप इन्स्टल गरेपछि गीतहरू डाउनलोड हुनको निम्ति केहि समय अनलाइन रहनुपर्ने भए पनि पछि भने इन्टरनेटको आवश्यकता पर्नेछैन । यस एपको iOS Version पनि छिट्टै निकाल्ने तयारीमा रहेको निर्माता समुहले यसमा निरन्तर थप सुविधाहरू थप्दै जाने बताएको छ ।

यस एपसम्बन्धी सल्लाह, सुझाव दिनका निम्ति यस इमेल apps@youthcircle.org मा सम्पर्क गर्न सक्नुहुन्छ । थप जानकारीहरू प्राप्त गर्नका निम्ति यस लिंकमा जान सक्नुहुन्छ:http://bhajan.youthcircle.org/

एप इन्स्टल गर्ने लिंक यसप्रकार छ :

https://play.google.com/store/apps/details?id=com.zeroinc.khristiyabhajan

Saturday, February 20, 2016

हाम्रो प्रेम सेलाएर गएकै हो ?

केही दिन अघि काठ्माण्डौ रंगशाला मा प्रभुको सेवक चेत ब. खरेल द्वारा येसुख्रीस्टको नाउँमा मानिसहरुले चंगाई पाएका समाचार पढ्न पाइयो । म पनि राम्ररी चिन्दछु उहालाई । यो बिसयलाई लिएर केही ब्याक्ती बिस्वासिहरुले आफ्नो फेसबुक वालमा बिरोधाभाष लेख पढ्न पाईयो । कुरा सहि पनि हो चेत ब. खरेल को फोटो धेरै प्रचार गरियो सहर सहर गल्ली गल्ली मा भन्ने । तर जे भएनी चंगाईकर्ता येसु हुनुहुन्छ ।
चेत ब. खरेल मार्फल त्यो सक्तिसाली काम प्रभुले गर्नुभएको हो । तर एति हजार उपस्थित हुने हल्ल थियो करिब 2 हजार उपस्थित भए भन्दै आफ्नै बिश्वास को खिल्ली उडाएको लेख पढ्न पाउँदा आफुले अरुलाई सिकाउन खोज्ने आफै चाहिँ नियम उल्लंघन गर्ने जस्तो मलाई लाग्यो । किनकि बाइबल ले भन्दछ अरुको न्याय नगर अनि तिम्रो पनि गरिने छैन ।
त्यसकारण अरुको खिल्ली उडाउने काम बन्द गरेर आफुले आफ्नै परिवर्तन गर्न तिर पो लाग्ने हो कि ? आफू ठिक छौँ भने अरुको किन खैरो खन्ने ? यी सबै खराव कामको लेखा प्रभु संग छ । गल्ती सबैको हुन सक्छ तर त्यो गल्ती लाई संबंधित मान्छेलाई भेटेरै पनि त यो कार्य गलत छ भन्न सक्छौं नि हैन र ? तं एस्तो उस्तो भनेर सामाजिक संजाल तिरै पोस्ट गर्नु अलि गैर जिम्मेवारी काम होला । यो मेरो नितान्त ब्याक्तिगत बिचार हो यश द्वारा कसैको दिल मा चोट पुगे म क्षमा चाहान्छु । ( यो संबंधित लेख पोस्ट गर्ने मानिस को नाम उल्लेख गर्न चाहिन )
#जोसन_लिम्बू

Friday, February 12, 2016

ख्रीस्टियनहरु पनि मर्छन र ?

केही दिन अघि मेरो चर्च को प्रभुमा अतिनै आदरणीय मिलनसार एल्डर याम ब. राई र उहाँको श्रीमती धनु राईको इटहरी हलगडामा सवारी दुर्घटनामा परि ज्यान गयो । अनि उहाँहरुको आत्माको चिर सान्तिको कामना सहित हार्दिक श्रदान्जली को पोस्ट मेरो फेसबुक पेज mission impossible मा पोस्ट गरें । अनि एक जना साथिले कमेन्ट मा लेख्नुभएको रहेछ के ख्रीस्टियनहरु पनि मर्छन र ? विशेष आजको यो छोटो लेख उहाँको लागि लेख्दै छु । पहिलो कुरा बाइबल ले भन्दछ सबै मानिशरुले पाप गरेका छन र पमेस्वरको महिमा सम्म पुग्न चुकेका छन । अनि पापको ज्याला मृत्यु हो । रोमि 3:23/ रोमि 6:23 ।
यहाँ सबैभन्दा पहिला हाम्रो सृष्टिको सुरुको पुर्खाहरु आदम र हव्वाले परमेस्वरको आज्ञा उल्लंघन गरेको कारण मानिसमा मृत्यु आयो । त्यस कारण हामिहरु मर्नै पर्दछ चाहे हाम्रो मृत्यु जुनसुकै प्रकारए होस त्यो उहाँकै हातमा छ ।


 तर यहाँ हामिले खास बुझ्नुपर्ने कुरा के छ भने हामी सधैको निम्ति मर्दैनौ तर आत्मामा जिवित हुदछौं । जब पापको कारण मृत्युले हामिमा बाँस गर्यो तर हाम्रो परमेस्वर एति महान हुनुहुन्छ कि उहाले फेरि दोस्रो जीवन दिनुहुन्छ त्यो हो आत्मिक जीवन । हामिलाई अचम्म लाग्न सक्छ के हो आत्मिक जीवन कहाँ छ त्यो ? कसरी प्राप्त गर्ने ? बाइबल मा परमेस्वरले प्रस्टै भन्नुहुन्छ । परमेस्वरले संसारलाई येस्तो प्रेम गर्नु भयो कि उहाले आफ्नो एक मात्र पुत्रलाई संसारको निम्ति दिनुभयो ताकी उहाँ माथी बिश्वास गर्ने कोहि पनि नास नहोस तर त्यस्ले अनन्त जीवन पाओस् । युहुन्ना 3:16 ।
अब उसो हामी जजस्ले येसुलाई आफ्नो हृदय द्वारा बिश्वास गरेका छौँ हामी मरे पनि हाम्रो आत्मा उहाँ द्वारा सुरक्षित गरिने छ । किन कि उहाले मृत्युलाई जितेर बौरी उठ्नुभएको छ । उहाँ भन्नुहुन्छ मृत्यु र पत्तालका साँचाहरु मशीत छन । 1 कोरिन्थी 15: 51-57 । अनि उहाँलाई बिस्वास गर्नेहरु मरेका होइनन् विश्राम लिइरहेका हुन भनी बाइबल ले भन्दछ । यसैया 57:1-2 । किनकी तिनिहरु उठाईलगिन्छन ।


ख्रीस्टियनहरु मर्दैनन भनेर कस्ले भन्यो ? ख्रीस्टियन आस्थाको बारेमा अलिकति पनि नबुझी कुरा गर्न मिल्छ ? तपाईं अबिस्वासिहरुलाई पनि परमेस्वरले त्यति नै प्रेम गर्नुहुन्छ उहाँ तपाईंको पर्खाइमा हुनुहुन्छ जब उहाँलाई तपाईं बिश्वास गर्नुहुन्छ तब उहाँ तपाईंको हृदय मा आएर बास गर्नुहुन्छ । हर समय उहाले तपाईलाई पर्खिरहनुभएको छ । प्रकाश 3:20 । यो विषयमा बहस गर्दा बर्सौं लाग्न सक्छ तर म अति छोटकरीमा लेख्न प्रत्यनरत छु ।
 
 
 आज सम्म संसारमा भएको जति पनि धर्महरु छन ती धर्मका प्रबक्ताहरुले कहिँ कहिले पनि मानिसलाई मुक्तिको बारेमा स्पस्ट र भर पर्दो बिश्वास दिएका छैनन । कि मानिसले आत्माको मुक्ति पाउन के गर्नुपर्छ ? मानिस आत्मिक प्राणी हो मरे पछि हाम्रो आत्मा कहाँ जान्छ ? किनकी हाम्रो आत्मा मरणसिल होईन । मानिस मरे पछि कस्ले देखेको छ कहाँ जान्छ भनी आफैंले मूर्ख प्रस्न नगर्नुहोस् । तपाईलाई सृष्टि गर्नुहुने कोहि एक ईस्वर हुनुहुन्छ । उहाँ को हुनुहुन्छ ? के तपाईले उहाँको बारेमा कहिले एकान्तमा सोच्नुभएको छ ? यदि छैन भने ढिला नगरी आजै अहिले बाट सोच्न सुरु गर्नुहोस । येसु मात्रै त्यस्तो अदित्तिय ब्याक्ती हुन जो स्वयं परमेस्वर हुनुहुन्छ । उहाँले मात्रै तपाईं र मलाई स्वर्ग लाने बाचा गर्नुभएको छ । तिमिहरुले मलाई बिश्वास मात्रै गर म स्वयं तिमिहरुलाई लिन पृथ्वीमा आउछु भन्नुभएको छ । तर अरु धर्मको प्रबक्ताहरुले खाली यो यो काम गर अनि स्वर्ग जान सक्छौ कि भनी भनेका छन किनकी उनिहरु आफ्नो बासस्थान स्वर्ग होईन । तर स्वर्ग र पृथ्वी मैले बनाएं भनी दाबी गर्नुहुने हाम्रो परमेस्वर मात्रै हुनुहुन्छ । ख्रीस्टियन बिश्वास हाम्रो सारिरिक मृत्यु पछिको आत्मिक जीवन संग संबंधित छ । आज हाम्रो गलत बुझाईले गर्दा मानिस मानिस बिच बिश्वास मा ठूलो फाटो आएको छ । हामिले ख्रीस्टियन बिश्वास को बिरोध गर्नुभन्दा पहिला त्यस्को गहिरिएर एक पल्ट अध्ययन गरे अवस्य जीवन ले परिवर्तनको बाटो पक्रने थियो । संसारको दुष्ट बाटो त्यागेर परमेस्वर तिर फर्क भनी उहाँ हामिलाई भन्नुहुन्छ जो फर्कन्छ उस्ले परमेस्वरबाट क्षमा पाउदछ । यसैया 55:7 । अन्त्यमा म के भन्न चाहान्छु भने हामी बिस्वासी अबिस्वासी सबै एक दिन मर्नु पर्छ तर फरक यति हो बिस्वासिहरु येसु ख्रीस्ट द्वारा उठाईलगिन्छन अबिस्वासिहरु छोडिन्छन । जो उठाई लगिन्छन तिनीहरु येसुको साथमा सदासर्बदा अनन्त परमधाम स्वर्गमा रहन्छन ।
 
 
 प्रकाश 21:4 / प्रकाश 22:4-5 अनि जो छोडिन्छन तिनीहरु अनन्तको मृत्यु मा प्रबेस गर्नेछन जहाँ अनन्त पीडा र दाह्रा किटाई हुनेछ त्यो दोस्रो मृत्यु हो । मति 25:41 आउनुहोस् तपाईं पनि येसुलाई बिश्वास गरि अनन्त जीवन को भागिदार बन्नुहोस । हामी सबै मर्दछौ तर मृत्यु पश्चात् आफ्नो काम र बिश्वास अनुसार अनन्त जीवन अथवा अनन्त मृत्युका भागिदार बन्दछौं । भुल चुक माफ पाउं ।
 
 #जोसन_लिम्बू ।