Monday, February 22, 2016

प्रेमबारे १२ ओटा प्रशिद्भ नाइहरू !!

१. कसैलाई प्रेम गर्नुको अर्थ उसलाई परमेश्वरले इच्छा गर्नुभएअनुसार हेर्नु हो ।

-फ्युडोर डोस्टोभस्की, दार्शनिक,पत्रकारसाथै लेखक

२. तपाईंले प्रेम नगरीकन सधैँ दिन सक्नुहुन्छ तर तपाईंले नदिईकन कहिल्यै प्रेम गर्न सक्नुहुन्न ।

-एमी कारमिखाएल, मिसनरीसाथै लेखिका

३. प्रेम गरिनु जीवनको दोस्रो ठुलो आशिष् हो भने प्रेम गर्नु पहिलो हो ।

-ज्याक हेल्स, पास्टर

४. साँचो प्रेमबाहेक कुनै पनि कुरोले घरभित्र सुरक्षाको वास्तविक अनुभूतिलाई ल्याउन सक्दैन ।

-बिल्ली ग्राहम, सुसमाचार प्रचारक

५. प्रेम कस्तो हुन्छ रु अरूलाई सहयोग गर्ने यसका हातहरू छन् । गरिबहरू र खाँचोमा परेकाहरूका निम्ति हतार गर्नेयसका पाउ छन् । दुर्दशा र आवश्यकताहरूलाई देख्ने यसका आँखा छन् । मानिसहरूका सुस्केरा र शोकलाई सुन्नेयसका कानहरू छन् । प्रेम यस्तै हुन्छ ।

-अगस्टिन, ईश्वरशास्त्री, दार्शनिकसाथै लेखक

६. जहाँ प्रेम हुन्छ त्यहाँ परमेश्वर हुनुहुन्छ ।

-हेन्री ड्रमोन्ड, सुसमाचार प्रचारकसाथै लेखक

७. जीवनको सर्वोत्तम प्रयोग प्रेम हो । प्रेमको सर्वोत्तम अभिव्यक्ति समय हो । प्रेम गर्ने सर्वोत्तम समय अहिले हो ।

-रिक वारेन, पास्टरसाथै लेखक

८. संसार खेलकुदको मैदान होइनस यो स्कुलको कोठा हो । जीवन बिदाको दिन होइनस तर यो शिक्षा हो । हामी सबैकालागि एउटा अनन्त पाठ यही हो कि हामीले कसरी अझै राम्ररी प्रेम गर्न सक्छौँ ।

-हेन्री ड्रमोन्ड, सुसमाचार प्रचारकसाथै लेखक

९. प्रेम एउटा मार्ग हो जसद्वारा मानव–जाति स्वार्थीपनाबाट सेवामा प्रवेश गर्दछ ।

ज्याक हेल्स, पास्टर


१०. तपाईंलाई घृणा गर्नेलाई तपाईंले प्रेम नगर्नुभएसम्म तपाईंले वास्तवमा कसैलाई प्रेम गर्नुहुनेछैन ।

-ज्याक हेल्स, पास्टर

११. प्रेमका साङ्लाहरू डरका साङ्लाहरूभन्दा बलिया हुन्छन् ।

-विलियम गर्नल, लेखक

१२. प्रेम तपाईंले अनुभूति गर्ने कुरो मात्र होइन यो त तपाईंले गर्ने कुरो हो ।

-डेभिड विल्कर्सन, सुसमाचार प्रचारकसाथै लेखक

No comments:

Post a Comment