Friday, June 18, 2021

हिन्दु धर्मग्रन्थहरुले पनि बाइबल को पुर्णतालाई बताइरहेका छन !

 रक्षा बन्धनको अर्को मन्त्रले भन्छ–

यनवद्ध वलिराजा दान इन्द्रोमहावल तेनताम् प्रतिविन्दामी रक्षामा चलमा चल ।

भावार्थ– यन अथवा त्यो परमेश्वर नै बलिराजा हो जसले आफैलाई बलि दिन्छ, र त्यही बलिराजाद्धारा मात्र कोही रक्षामा जान्छ, अर्थात अमर जीवन पाउँछ । तर रक्षामा नजाने व्यक्ति हरेक साल पापको धागो मै बाधिरहेका हुन्छन् ।

स्कन्ध पूराण केदार खण्डको माघ माहात्म्य (स्वथानी ब्रतकथा) पहिलो अध्यायले भन्छ,–

यम ब्रम्हा बरुरुद्र रेन्दमरुतै स्तेवन्तु देव्यैसबै

वेदै सागंपिदै उपनिषदै गायन्ती यम सामगा

ध्याना पश्चित् पसेन मनुषा पश्यन्तीयम यगिनो

तेस्यम ती पसेन सुरसुरगणा देवाय तस्मै नमह ।। 

अर्थात ब्रम्हा बिष्णु महेश्वर तेत्तिसकोटी देव देवगण देवीहरु सबैले उनै पूर्ण परमात्मा परमेश्वरको बारेमा गाईरहेका छन्, तर प्राप्त गर्न सकिरहेका छैनन, सधैभरि गाईरहेका छन् ।

माघमा महिनाको स्वथानी ब्रतकथामा ३३ कोटी भगवान र जालन्धरको बिचमा लडाई भएको वृतान्त पाईन्छ । जालन्धरकी पत्नी विष्णु भगवानकी आराधिका हुन्छिन । आफ्नो पतिव्रताको शक्तिले उनी प्रत्येक पल्ट विजय गरेर आउदछन् । देवताहरुले हरेक पल्ट हार खाएपछि विष्णुलाई गुहार माग्न जान्छन् । आफ्नै भक्त वृन्दालाई छल गरेर विष्णु जालन्धरको रुप धारण गरी पतिव्रता वृन्दाको सत्यहरण गर्दै भोगविलास गर्दछन् । त्यसै समयमा जालन्धरको शिरकाटिएर विष्णुरुपि जालन्धर र वृन्दाको अगाडि खस्तछ त्यो देखी वृन्दाले विष्णुलाई ४ वटा श्राप दिन्छिन् । १. ढुङ्गो हुन परोस् । २. घाँस हुनु परोस् । ३. झार हुनु परोस् । ४. कल्पवृक्ष हुनु परोस् । अब यी श्रापित (पापका) बस्तुहरु पूजा गरेर मुक्ति मिल्ला त ? यसकारण बिष्णु र उनका मतियार देवताहरु अनन्तका सत्य परमेश्वर भए छली, श्रापित र सत्यहरण गर्ने चरित्रहीन हुने थिए र ? यसको समाधान उपनिषदले दिन्छ । ब्रम्ह बिद्या उपनिषद २९ पद–

ब्रम्हबिद्या परोक्षामी सर्वज्ञानम् मरुत्तमम्, त्रैउत्पति लयम चैव ब्रम्हा बिष्णु महेश्वर ।। 

भावार्थ– त्रैउत्पते अर्थात चर्तुमुखी ब्रम्ह बिष्णु महेश्वर पनि सृष्टि गरिएका व्यक्ति हुन् र यिनीहरुको पनि एकदिन लय हुनेछ, अर्थात नाश भएर जानेछन् ।

म्ह उपनिषद ५२ पदले पनि यही कुरा बताउँछ, कि ब्रम्ह बिष्णु र महेश्वर, यिनीहरु पूर्ण परमात्मा होइनन् । यिनीहरु सृष्टि गरिएका प्राणी हुन् र एकदिन नास भएर जानेछन् । हेर्नूहोस्–

यथा ब्रम्हा बिष्णुश्च रुद्रश्च सर्वभूत जायत

नाशमेवानु धावन्ती शालीनारेव वारवम् ।। 

उदाहरणको लागि– बृहद अरन्यक उपनिषदका अनुसार आदिमा जलभित्र भएको सुनको अण्डबाट बिष्णुको सृष्टि भएको हो । हरि ओम् हिरण्य गर्भ गर्भस्य... बिष्णु बिष्णु बिष्णु..... भारत खण्डे... जम्मु द्धिपे... आदि आदि ......।


(ग) पापको बन्धनबाट कसरी छुटकारा पाउने ?

हामीले देख्यौ कि देवीेदेवताहरु समेत पापमै रहेछन् । उनीहरुले पनि उनै सत्य परमात्मा मिलनको खोजी गरिरहेका रहेछन् । तर पाउन सकिरहेका रहेनछन् । अब, उनीहरुमा बिश्वास, भक्ति र पूजा गरेर कसले उद्धार पाउला ?

तर पनि पापको बन्धनबाट छुटकारा पाउन मानिसको ज्ञान र बुद्धिद्धारा बिभिन्न किसिममा बाटोहरु सुझाईएको छ । जस्तै कर्म मार्ग, ज्ञान मार्ग, योग मार्ग र भक्ति मार्ग ।

कर्मको अर्थ धेरै प्रकारको छ । यसमा व्यक्तिगत कर्म वा कार्यहरु पर्दछन् । ती कर्महरु हुन्-

 १. सात्विक (सत् / सत्य) कर्म, 

 २. राजषी (अहम/Pride) कर्म, 

 ३. तमाषिक (दुष्ट) कर्म ।

यसलाई त्रिगुण, कर्मसमय वा कर्मचक्र पनि भनिन्छ । यसै चक्रलाई फेरि कर्मयोग, निष्काम कर्म या कर्महरु पनि भन्ने गरिन्छ । व्यक्तिगत कर्मको पनि बर्गहरु छन् :

१. सन्चित कर्म : सन्चित कर्म भनेको त्यो कर्म हो जुन पूर्वजन्मद्धारा प्राप्त हुन्छ । यस पूर्नजन्म चक्रमा आत्मा स्वत समावेस हुन्छ ।

२. क्रियामन कर्म : यसमा असल या दुष्ट कामहरु पर्दछन् जुन आत्माको लागि (भविष्यको लागि) जम्मा भएको हुन्छ।

३. प्रराव्ध कर्म : यो कर्मले आत्माको गन्तव्य तोक्दछ ।

यी कुराबाट यही बुझिन्छ कि जन्म चक्र भनेको बिगत वा बर्तमान जन्ममा गरिएको असल वा खराव कामको फल हो । यो शिक्षा अनुसार त कोही पनि यसबाट मुक्त हुन सक्दैन । किनभने कसैले पनि पूर्वजन्म र अहिलेको समय कति असल र कति दुष्ट काम गर्यो भनेर जाच्न र सच्याउनै सक्दैन । तसर्थ उसको भविष्यमा अन्योलको छाप लागेको हुन्छ । किनकि यो उसको नियन्त्रणमा हुदैन । त्यसकारण पुर्नजम्मको चक्रमा घुमेर वा कर्मले मुक्ति दिन सक्दैन ।

एकपटक दूध दुहेपछि फेरी त्यो दूधलाई कचौडामा भर्न नमिले जस्तै, दूधबाट नौनी निकालेपछि फेरि त्यो नौनीलाई दूधमा मिसाउन नमिले जस्तै, झरेको फूलबाट फेरि फूल बन्न नसके जस्तै कुनै पुरुष वा महिला एकपटक पृथ्वीमा जन्मेपछि पटकपटक कसरी फेरि संसारमा जन्मिन सक्छ र ?


(घ) धर्म  र कर्मबाट मुक्ति छैन

ब्राम्हणहरुको अन्तिम मन्त्र यस्तो हुन्छ,–

कायेन वाचा मन सिन्द्रयर वा वद्धत मनावा प्रकृति स्वभावत् 

करोमि यद्धत् सकलम् परस्मै नरयण यति समर्पयत् ।।

भावार्थ– काया भनेको यो फोहोर मैला, शरीर शुद्धताका लागि परमेश्वर (येन) भन्नुहुन्छ, जसरी तिम्रो मन, हृदय, विचार शुद्धिको लागि तिम्रो ज्ञान र वुद्धि व्यर्थै हुन्छन् । त्यसरी नै कुनै पनि प्राकृतिक सृष्टिभित्र भएका थोकले शुद्ध गर्न सकिंदैन । तर कोही एक सिद्ध हुनुहुन्छ जो शरीर मानिस र ईश्वरको संयुक्तरुप मिलेर बनिएको हुन्छ । उहाँद्धारा नै तिमीले मोक्ष पाउछौं । उहासँग गएर आफ्नो मुक्तिलाई लिएर ढुक्क होऊ, (यो मन्त्र पढ्दा कुशको क्रूसमा पूजा पनि गरिन्छ)। यो मन्त्रले भन्न खोजे अनुसार त्यस्तो मुक्तिदिने हिन्दूधर्मशास्त्रले मानेका ३३ कोटी देवता मध्ये (स्वर्गबाट झारिएका एक तिहाई स्वर्गदूत हुन् कि?) कोही पनि देखिएका छैनन् । तर वाइवल पवित्र शास्त्रमा येशू ख्रीष्ट नामले चिनिनु भएको व्यक्ति मात्र यस्तो प्रकारको व्यक्ति देखिनुहुन्छ ।   साभार