Friday, June 30, 2017

सत्य कथामा आधारित एक कथा !



एक जना लङगडो मानिस धेरै जसो आफ्नै साथिहरुबाट आपमानित हुने गर्दथ्यो किनकी ऊ
प्रभुलाई बिश्वास गर्ने उहाँको साथीहरू अबिस्वासि थिए ।


एक दिन उसको साथीहरूले फेरि उसलाई पुरस्कार दिने इच्छा गर्दछन । उनिहरुले लङगडो मानिसलाई उनिहरुको अगाडि बोलाए अनि भने "जवान केटा यता आऊ यो जीपको साँचो लेउ र जाऊ अनि जीपलाई पार्कको अगाडि पार्क गर। "लङगडो मानिसले भन्यो,"साथीहरू म गाडी चलाउन सक्दिन, किनकी म लङगडो छु। तर साथीहरूले जवाफ दिए,"त्यसो भए ठिकै छ तेरो प्रभुलाई मद्धत माग हामिलाई देखाउ कि तिम्रो प्रभु अस्तित्वमा छ भनेर।"

तेसपछी लङगडो केटाले जीपको चाबी लियो अनि जीप भित्र पसेर प्रभुमा प्रार्थना गर्न थाल्छ।
जवान लङगडो केटोले जीपलाई साथीहरूले चाहेको र भनेअनुसारकै ठाउँमा पार्क गरिदिन्छ।
जब उनी जीपबाट बाहिर निस्केर आउछन तब सबै जना रोइरहेको देख्दछन । र साथीहरू सबै जनाले एकै चोटि भन्दछन,"हामी तिम्रो परमेस्वरको सेवा गर्न चहान्छौ।

***"परमेस्वरको महिमा होस!*
तर जवान लङगडो केटा छक्क पर्छ र सोध्यो के हुँदै थियो?
What Was Going On ?
त्यत्तिकैमा रोइरहेको साथीहरूले ढकन खोल्छ किनकि जीपको ब्रेकफेल भैसकेको हुँदछ ।
त्यस पछि जवान लङगडो केटाले जवाफ दिदछ,"हेर्नुस् यही हो मेरो प्रभु जसको म सेवा गर्छु उहाँ अचम्मको परमेस्वर हुनुहुन्छ ।
जस्ले अस्तित्वमा नहुने कुराहरुलाई जीवन दिन सक्नुहुन्छ।


तपाईं सोच्नुहुन्छ होला कुनै कुनैकुराहरु अझै पनि असम्भव नै छ तर प्रभुमा सबथोक सम्भव छ।(मत्ती 19:26) येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको
लागि सबै कुरा सम्भव छ।

Jesus looked at them and said, "With man this
is impossible, but with God all things are possible."

तपाईहरु जत्तिजनाले यो पढ्दैहुनुहुन्छ म प्रार्थना गर्दछु। परमप्रभुले तपाईहरुको जीवनमा आज नै अचम्म अनि उदेकको काम येशुको उच्च अनि पवित्र नाउमा गर्नुभएको होस्।

आमेन…✞
www.prerananepal.blogspot.com

Wednesday, June 28, 2017

सबैलाई आफुलाई झैँ प्रेम गरौं !

"प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ। प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ। परमेश्‍वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि पुत्रद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो।


 प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ। परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एउटाले अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ।


 उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको छ, र यसैकारणले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ। हामीले देखेका छौं, र गवाही दिन्‍छौं, कि पिताले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, त्‍यसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र त्‍योचाहिँ परमेश्‍वरमा। यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं।


  परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर त्‍यसमा रहनुहुन्‍छ। न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन। हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।


 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।" १ यूहन्ना    ४:७-२१ ( पवित्र बाइबल )
www.prerananepal.blogspot.com

Tuesday, June 27, 2017

के नोआको जल प्रलय विश्वव्यापी वा स्थानीय थियो ?



 जलप्रलयसँग सम्बन्धित बाइबलको संदर्भले यो स्पष्ट गर्दछ कि यो विश्वव्यापी थियो। उत्पत्ति 7:11 भन्छ कि, "प्रलयबाट बाँच्नको निम्ति नोआ आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे।" उत्पत्ति 1:6-7 र 2:6 ले हामीलाई बताउद छ कि जल प्रलय आउनु भन्दा पहिलाको वातावरण आजको समयमा अनुभव गरिनु भन्दा धेरै भिन्नको थियो। यो र बाइबलको अन्य विवरणहरुको माथि आधारित भएर, यस तर्कलाई निकाल्नु यथाचित हुन्छ कि कुनै एउटा समयमा पृथ्वी पूर्ण रुपले पानीको एउटा छतले ढाकिएको थियो। हुन सक्छ कि यो छत कुनै प्रकारको एउटा भापको छत रहेको, वा हुन सक्छ कि छल्लाले बनेको हो, केहि सीमा सम्म शनिको बर्फवाला घेरा जस्तै निर्मित होला। यसको साथ, भूमिको तलको पानीको स्तर, भूमि माथि खोली दिनु (उत्पत्ति 2:6) परिणामस्वरूप विश्वव्यापी जल प्रलयको कारण बन्यो होला।

जल प्रलयको लागि सीमालाई प्रगट गर्नको लागि सबैभन्दा स्पष्ट वचन उत्पत्ति 7:19-23 मा पाइन्छ। पानीको सम्बन्धमा, "पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए। एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे। पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरू घरेलु पशुहरू, र जंङ्गली पशुहरू, पृथ्वीमाथि उड्ने सबै प्राणीहरू अनि सबै सजीव वस्तुहरू जो सुख्खा भूमिमा थिए मरे। यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नोआ र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे।"

यस उपरोक्त संदर्भमा, हामी न केवल यस शब्द "सबै" लाई पटक-पटक दोहोरएको पाउछौ, तर हामीले साथै नै "सारा धरती भरि जति पनि ठूलो पहाड़ थिए, सबै डुबे," "जल बीस हात भन्दा माथि बढियो र पहाड़ डुबे," र "जतिको नाकमा जीवनको श्वास थियो, सबै मरे," को पाइन्छ। यो विवरणले स्पष्ट वर्णन गर्छ कि पुरै पृथ्वी विश्वव्यापी जल प्रलयले ढाकिएको थियो। यसको साथै, यदि जल प्रलय स्थानीय हुँदो हो त, किन परमेश्वरले नोआलाई जहाज बनाउनको लागि भन्नु हुन्थ्यो यसको अपेक्षा उहाँले उसलाई र पशुहरुलाई कुनै अरु स्थान तर्फ जानको भन्नु हुन्थे न र? र किन उहाँले नोआलाई यति ठूलो जहाज बनाउनको लागि निर्देश गर्नु भयो जसमा यस पृथ्वीमा रहने सबै किसिमका जनावरहरुलाई रहनेको लागि पर्याप्त मात्रामा स्थान थियो? यदि जल प्रलय विश्वव्यापी न हुँदो हो त, फेरी त्यहाँ निर जहाज बनाउनुको कुनै आवश्यकता नै थिएन।

पत्रुसले पनि 2 पत्रुस 3:6-7 मा जल प्रलयको विश्वव्यापी हुनुको वर्णन गर्छन, त्यहाँ उनीले यस्तो भन्छन, "तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो। अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरू अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरू विनाश गरिनेछन्।" यी वचनहरुमा पत्रुसले आउने वाला न्यायको तुलना नोआको समयमा आएको "विश्वव्यापी" जल प्रलयसँग गर्छन र भन्छन कि त्यस समयको संसार जो अस्तित्वमा थियो त्यो पानीको प्रलयले भरिएको थियो। यसको अतिरिक्त, बाइबलको धेरै लेखकहरुले विश्वव्यापी जल प्रलयको इतिहासिक हुनुको स्वीकार गर्छन (यशैया 54:9; 1 पत्रुस 3:20; 2 पत्रुस 2:5; हिब्रू 11:7)। अन्तमा, प्रभु येशु ख्रीष्टले विश्वव्यापी जल प्रलयको हुनुमा विश्वास गर्नु भयो र उहाँले यसलाई उहाँको पुन आगमनको समय यस संसारको आउने वाला नाशको प्रतीकको रूपमा लिनु भयो (मत्ती 24:37-39; लूका 17:26-27)।

यसको साथै धेरै अतिरिक्त-बाइबल आधारित प्रमाण पनि छन् जसले विश्वव्यापी महाविपत्तिको तर्फ संकेत गर्दछ जस्तै कि विश्वव्यापी जल प्रलय। प्रत्येक महाद्वीपमा विशाल मात्रामा जीवाश्महरुको कब्रिस्तान पाइएको छ र यति विशाल मात्रामा कोइलाको भण्डार पाइयो जुन शीघ्रताको साथ वनस्पतिको मात्रालाई आफ्नो तल छोपी राख्न सक्छ। समुद्रीय जीवाश्म संसारको पहाड़ शिखरहरुको चारै तर्फ पाइयो। संसारको सबै भागको संस्कृतिहरुमा कुनै न कुनै तरिकाले जल प्रलयको कहानीहरु पाइन्छ। यो सबै सत्यता र अनेक अन्य विश्वव्यापी जल प्रलयको प्रमाण हो ।
www.prerananepal.blogspot.com

Sunday, June 25, 2017

त्रीएक परमेस्वरको सिद्धान्त !

Tri=3 त्री को अर्थ तीन हो ।
nity= unity निटि को अर्थ युनिटी अर्थात एकता भन्ने बुझिन्छ ! त्यसैले यी दुई शब्द जोड्दा त्रीनिटी बनेको हो ! त्रीनिटिको अर्थ तीन ब्याक्तीत्व एक परमेस्वर हो ।



1 पिता परमेस्वर
2 पुत्र परमेस्वर
3 पबित्र आत्मा परमेस्वर ।

यी तिनै ब्यक्तित्वको परमेस्वरमा बराबर अधिकार र शक्ति छ । साथै तह पनि बराबर छ । कुनै एक ब्याक्ती अर्को भन्दा ठूलो छैन तर बराबर छन । हामिलाई पिता परमेस्वर चाहिँ ठूलो लाग्नु स्वाभाविक हो तर उहाँका सबै ब्याक्तित्व बराबर  नै छन  । हरेक ब्याक्तिका आआफ्नै छुट्टाछुट्टै कामहरु छन ।


1, पिता (Father) = उहाँ योजनाकार (Planner) हुनुहुन्छ ।

2, पुत्र (Son) = उहाँ काम गर्ने हुनुहुन्छ ।

3, पबित्र आत्मा (Holy Spirit) = काम गर्नलाई शक्ति दिने हुनुहुन्छ ।

तीन जना परमेस्वर बराबर भए पनि एक अर्कामा आदर गर्दछन र भर पनि पर्दछन ।

4, जब आदमको पतन भयो त्यसपछि त्रीएक परमेस्वरको बैठक भयो र यश कुरामा सल्लाह गर्नुभयो कि हामी यसलाई कसरी बचाउने ? यहाँ संसारमा पुत्रलाई पठाउने उहाँहरुको निर्णय भयो र त्यही अनुरुप येशु ख्रीस्ट संसारमा आउनुभयो । त्यहाँ अध्यक्षको रुपमा परमेस्वरले काम गर्नुभयो !

5, यदि येशु ख्रीस्ट पुत्रको रुपमा आउनुभएको भए स्वर्गको भासा, परिवेश  बेग्लै खालको हुने थियो ।उदाहरण : मानौ कमिला संग कुरा गर्नुपर्छ भने त्यहाँ भएको चिजबिज थोक जस्तैः मेच, टेबुल, बेन्च इत्यादिले काम गर्न सक्दैनन अथवा गाई, गोरु, भैंसी इत्यादि पशुहरुले पनि काम गर्न सक्दैनन । त्यसका लागि एउटै उपाय छ कि कमिलासंग कुरा गर्न कमिला नै बन्नुपर्छ । अझ विशेष प्रकारको कमिला भएर होइन तर त्यही कमिला नै भएर जन्मनुपर्छ ।

6, यदि कमिला राजा भएर जन्मेको भए उनिहरुले स्वीकार गर्न गाह्रो हुने थियो । उनिहरुलाई मन खोलेर कुरा गर्न पनि गाह्रो हुने थियो । यहि कारणले उहाँ पनि साधारण जे हुनुपर्ने, जस्तो हुनुपर्ने त्यही भएर जन्मनुभएको थियो ।

7, उहाँ संसारमा यहुदी भएर आउनुभयो र यहुदीहरुको भेसभुसा, रहन- सहन चालचलन जे जस्तो छ त्यही प्रकारले काम गर्नुभयो । उहाँ यश संसारमा गरिब यहुदी भएर जन्मनुभयो । उत्पत्ति 3:15 मा उहाँ संसारमा आउनुभएको निर्णय यशप्रकार छ ।

यहि कारणले गर्दा उहाँ गरिब नागरिक, सर्बसाधारण नागरिक भएर क्रुसमा मर्नुभयो । जब आदमले पाप गर्यो, विशेष रुपमा त्रीएक परमेस्वरलाई ठूलो चोट पर्यो र एकदमै जघन्य अपराध, क्रोध खन्याइयो । यो क्रोधलाई सान्त पार्नको निम्ति येशु ख्रीस्ट आफैले आफैलाई क्रुसमा बलिदान दिनुभयो । किनकी कुनै पनि मानिसले यो क्रोधलाई सान्त पार्न सक्दैन थियो । यो कुरा उहाँलाई थाहा थियो त्यसैले उहाँ दिन र नम्र भएर यश संसारमा आएर क्रुसमा होच्याइनुभयो ।

Friday, June 16, 2017

एउटा यस्तो तस्विर जसलाई बुझ्न संसारलाई धेरै समय लाग्यो ।

 विश्लेषकहरु पनि यति दोधारमा परे कि जबसम्म चित्रकार स्वयंले यो तस्विर पछाडिको रहस्य खोलेनन् । कारण तँपाईं हामी सजिलै देख्छौं कि यो तस्विरको कलामा नग्नता छ , छाडापन छ । तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे ? जब यो तस्विरको वास्तविकता बुझ्नु हुनेछ तब पक्कै पनि तँपाईंहरुको आँखाबाट दुई थोपा आँसु तँपाईहरुलाई थाहै नदिई बग्नेछ ।

तलको तस्विर युरोपका एक प्रख्यात चित्रकार ( मोनरो ) ले बनाएका थिए । उक्त तस्विरमा यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायलयले सुनाएको थियो । जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने थियो । एक दिन उक्त बृद्धकी छोरीले न्यायलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । माग भए अनुसार न्यायलयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो । जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरिर , झोला सबैको खानतलासी हुन्थ्यो कारण झोला या शरिरमा कुनै खानेकुरा लुकाएर उनकी छोरीले आफ्नो बृद्ध बाबुलाई लगेर नदिउन् भन्ने थियो ।

उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन् । कैंयौं दिन , महिना बिते तर ति बृद्ध भोकले मरेनन् । यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । यसरी चियो गर्दा ति छोरीले आफ्नो दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो । फैसलामा उक्त देशको न्यायलयले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो । भनिन्छ माथीको तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो ।
www.prerananepal.blogspot.com

Sunday, June 4, 2017

पृथ्वीमा पहिलो भुकम्प कहिले गएको थियो ?

 पहिला हेर्यौ कि परमेश्वरको इच्छा बिरुद्ध जाने र उहाँ बिरुद्ध गनगन गर्ने मानिसहरुलाई भूकम्पले कसरी निलेको थियो । भुकम्प परमेश्वरले कसैलाई दण्ड दिनुपर्यो भने पठाउने गर्नुहुन्छ । जव परमेश्वर  रिसाउनुहुन्छ, उहाँले भूकम्प पठाएर सजायँ दिनुुहुन्छ । नूहको समयको जलप्रलय भूकम्पको कारण भएको थियो । उत्पत्ति ७ः११ । तर यी भूकम्पको बारे बुझ्नुपर्दा बिशेष तरिकाले बिचार गर्नुपर्छ । परमेश्वरले पृथ्वीलाई किन हल्लाउनुहुन्छ त ? बाइबल अनुुसार पृथ्वी मुनि अत्तलकुण्ड  छ । त्याहाँ प्रभुलाई बिश्वास नगरेका मानिसहरु जान्छन । अत्तलकुण्डलाई प्रकास २०ः १ र २ मा  अगाधँको खाँद (अगे्रजीमा बटमलेस पिट), हिब्रुमा नरक (सिओल) र ग्रीकमा हेडेस भनिएको छ । यो चाहिँ अबिश्वासीहरु बस्ने अस्थायी स्थान हो । एक हजार बर्षको राज्यपछि मात्र तिनीहरु नरमा  जानेछन । गेहेना चाहिँ अन्तिम नरक हो । जसलाई अन्नि कुण्ड पनि भनिन्छ । (प्रकास २०ः१४) । 

अत्तलकुण्ड पृथ्वीको भित्री भागमा छ । यो पृथ्वीको सतहदेखि सातहजार किमी भित्र छ । त्याहा कोही पनि जान सक्दैन । बैज्ञानिकहरुमा अनुसार त्याहाको तापक्रम छ हजार दुईसय डिग्री सेल्सियस हुन्छ । मानिसहरुलाई नरकको चेतावनी दिन पनि उहाले भुकम्प पठाउनुहुन्छ । भूकम्पचाहिँ परमेश्वर रिसाउनुभएको संकेत पनि हो । (मत्ति २४ः ७) ।  जति जति ख्रीष्टको आगमन नजिकिदै जान्छ उति उति धेरै भूकम्पहरु जानेछन । यो संसार पाप र अधर्मले भरिएको छ । जसको कारण क्रोधित पनि बन्नुभएको छ । भूकम्प जाँदा पृथ्वीमुनिबाट लाभा र गन्धकहरु बहिर आउने गर्छन । त्यसको वरिपरि यो गन्हनाउने गर्छ । यसरी परमेश्वरले चेतावनी दिदैं हुुनुहुन्छ कि हेर तिमीहरुले यदि मलाई बिश्वास गरेनौ भने नरकमा यस्तै आगो र गन्धक भरिएको गन्हाउने ठाँउमा जानुपर्छ । यस्तै गन्धकले तिमीहरुलाई पर्खिरहेको छ । त्यसैले बिपत्तिले तिमीहरुलाई निल्नु अगाडि नै म काँहा आउँ । म तिमीहरुलाई नयाँ र अनन्त जीवन दिनेछु । मलाई बिश्वास गर्यौ भने शरीरको मृत्यु जुन  कारणले भएपनि तिमीहरुले फेरि नयाँ शरीर पाउँनेछौ । अर्थात साँचो उद्धार पाउने छौ । यो भूकम्पमा ज्यान गुमाए झै तिमीहरुले आफूूँलाई गुमाउने छैनौ । यी कुरा बुझ र होसियार रहो ।
यूएस जिओलोजिकल सर्भेको ठूल्ठुला भूकम्प गएको रेकर्ड हेरौ । १८९० देखि १८९९ सम्म एकपटक । १९०० देखि १९०९  सम्म एकपटक । १९२० देखि १९२९ सम्म दुईपटक । १९३० देखि १९३९ सम्म पाँचपटक । १८४० देखि १९४९ सम्म चारपटक । १९५० देखि १९५९ सम्म नौपटक । १९६० देखि १९६९ सम्म तेह्रपटक । १९७० देखि १९७९ सम्म छपन्न पटक । १९८० देखि १९८९ सम्म चौहत्तर पटक । १९९० देखि १९९५ सम्म एक सय पच्चिस पटक ।
सन् २००४ मा इन्डोनेसियामा ९.१ रेक्टर स्केलको भुकम्पपछि सुनामीले दुईलाख तिस हजार मानिसको ज्यान लियो । त्यस्तै सन् २०११ मा जापानमा ९ रेक्टरको भूकम्पले पन्ध्र हजार भन्दा बढीको र सोहि बर्ष हाइटीमा ७ रेक्टरको भूकम्पले दुईलाख तिस हजारको ज्यान लियो । यसरी नै सन् २००१ मा भारतको गुजरातमा ७.६ रेक्टरको भूकम्पले बिस हजारको, सन् २००५ मा पाकिस्तानमा ७.६ कै भूकप्कले ८७ हजारको र हालैको नेपालको भूकम्पले आठहजार भन्दा धेरैको ज्यान लिएको छ । अचम्म छ कि जिवित छदैं उद्धार पाउनुपर्ने मानिसलाई मरेपछिको ज्यानको उद्धार गर्न सास्ती पाएको हामीले हालै नेपालमा नै देख्यौ । यसरी मानिसलाई यसले परमेश्वरमा फर्कन व्यापक चेतावनी दिइरहेको छ ।

माथिको आँकडा अनुसार हरेक दश बर्षम ठूला भूकप्पहरु गएका छन । पछिल्लो समय यी ठूला भुकम्पहरुको सख्या झन झन बढिरहेकोले के देखाउँछ भने येसू ख्रीष्ट्रको आगमन नजिकिदै गएको छ । यसले प्रसव बेदना सुरु भैसकेको अनुभव गराइरहेको छ । प्राय जसो मुसलमान देशहरुमा धेरै भूकम्प आएका छन । टर्की देश पहिलो शदाव्दीमा सुसमाचार सुनाईएको र प्रकासको पुस्तक अनुसार सातैबटा मण्डली भएको देश हो । तर आज त्याहाका मानिसहरुले प्रभुलाई बिश्वास गरेका छैनन । दोश्रो भूकम्प बढी आएको देश इटली हो । त्याहा पनि परमेश्वरले धेरै अनुग्रह देखाउनुभएको ठाँउ हो । तर यी मुस्लिम देश भए । उनीहरुले बिश्वासीहरुलाई सताउने काम गरे । १९९० मा टान्जिन शहमा ठूलो भूकम्प आउँदा पाचलाख भन्दा धेरै मानिस मरे तर उनीहरुले यो कुरा गोप्य राख्ने प्रयास गरे पनि पछि सबैलाई थाहा भयो । जापान पनि धेरै भूकप्प जाने देशमा पहिलोमा आउँछ । त्याहाँ धेरै मानिस देवीदेवता मान्ने मानिसहरु छन । ख्रीष्टियनहरु त एक प्रतिशतको हाराहारी मात्र छन । इण्डोनेशिया पनि ख्रीष्टियनलाई धेरै नै सताउने देश हो । यसरी हामी प्राय यस्तै प्रभुलाई सताउने र बिश्वास नगर्ने देशहरुमा बढी भूकम्प आएको देख्छौ । यो त वास्तवमा सुरुवात मात्र हो । येसूको आगमनपूर्व अझ धेरेै र ठूला भुकम्पहरु जानेछन । भूकम्पबिद्हरुको अनुमान पनि यस्तै छ ।
उत्पत्तिको पुस्तक अनुसार परमेश्वरले पृथ्वीमा पानी र जमिनको भाग छुट्उनुभयो । पानीको भागले सूर्यकोे प्रकास सोस्छ र तापक्रम नियन्त्रण गर्छ । त्यसकारण त्यस समयको बातावरण मानिसको लागि एकदमै राम्रो थियो । बैज्ञानिकका अनुसार त्यस समय अदनको बगैचाको तापक्रम १८ डिग्री थियो । जुन मानिसको लागि साह्रै उपयुक्त मानिन्छ । जव तापक्रम एउटै हुन्छ हुरी बतास चल्दैन । तापक्रम फरक फरक भए मात्रै हुरी बतास चल्दछ । यसरी अदनको तापक्रम एउटै भएकोले हावा चलेन, बादल लाग्यो, पानी परेन । उत्पत्ति २ः ४ र ५ । त्यसकारण शायद परमेश्वरले बिचार गर्नुभयो कि यो पानीको सतहलाई हटाउँछु र जलप्रलयको लागि प्रयोग गर्छु । त्यसकारण परमेश्वरले भुकम्प पठाउनुभयो । उत्पत्ति ७ः११ । भूकम्पले पृथ्वीलाई हल्लाएपछि पृथ्वी फुटेर भित्रका लाभाहरु निस्के ।  अनि अगाधका मूलहरु पनि फुटेर निस्के । लाभाका धूलो खरानी जस्ता रसायनिक पदार्थहरु निस्केर आकासमा भएको पानीको बादलसँग मिले फलस्वरुप पानी गह्रौ भएर बर्षाको रुपमा झर्न थाल्यो । पानी यति धेरै पर्यो कि पृथ्वीलाई नै ढाक्यो  । यसरी प्रलयपूर्वको पानीको सतह सबै हरायो । पृथ्वीको बातावरणमा यति धैरै परिवर्तन आयो कि एक हजार बर्ष बाँच्न सक्ने मानिस केवल एक सय बिस बर्ष मात्र बाँच्न सक्ने भयो । त्यसपछि पृथ्वीको तापक्रम एउटै भएर रहेन । बतास घुम्न चल्न थाल्यो । फलस्वरुप फरक फरक रितुहरु पनि सृष्टि भए । उत्पत्ति ८ः२ । यसप्रकारले पृथ्वीमा भएको यही पहिलो भूकम्पले व्यापक परिवर्तन ल्यायो । अहिलेसम्म पनि परमेश्वरले भुकम्पलाई आफ्नो क्रोध र सजायँ दिने चिन्हको रुपमा रहिरहन दिनुभएको छ । यति मात्र होइन यो अन्त्यको दिन अर्थात उहाँ फेरि फर्केर आउने समयको सकेत पनि हो । उहाँले अत्तलकुण्ड भित्र (कैदी भएका) र बाहिर सम्पूर्ण ब्रम्हाण्डमा राज्य गर्नुहुन्छ । भजन ६८ः१८, एफिसी ४ः ८ देखि १० । सबै कुरा उहाँको शक्ति, अधिन र नियन्त्रणमा छन ।