Sunday, June 4, 2017

पृथ्वीमा पहिलो भुकम्प कहिले गएको थियो ?

 पहिला हेर्यौ कि परमेश्वरको इच्छा बिरुद्ध जाने र उहाँ बिरुद्ध गनगन गर्ने मानिसहरुलाई भूकम्पले कसरी निलेको थियो । भुकम्प परमेश्वरले कसैलाई दण्ड दिनुपर्यो भने पठाउने गर्नुहुन्छ । जव परमेश्वर  रिसाउनुहुन्छ, उहाँले भूकम्प पठाएर सजायँ दिनुुहुन्छ । नूहको समयको जलप्रलय भूकम्पको कारण भएको थियो । उत्पत्ति ७ः११ । तर यी भूकम्पको बारे बुझ्नुपर्दा बिशेष तरिकाले बिचार गर्नुपर्छ । परमेश्वरले पृथ्वीलाई किन हल्लाउनुहुन्छ त ? बाइबल अनुुसार पृथ्वी मुनि अत्तलकुण्ड  छ । त्याहाँ प्रभुलाई बिश्वास नगरेका मानिसहरु जान्छन । अत्तलकुण्डलाई प्रकास २०ः १ र २ मा  अगाधँको खाँद (अगे्रजीमा बटमलेस पिट), हिब्रुमा नरक (सिओल) र ग्रीकमा हेडेस भनिएको छ । यो चाहिँ अबिश्वासीहरु बस्ने अस्थायी स्थान हो । एक हजार बर्षको राज्यपछि मात्र तिनीहरु नरमा  जानेछन । गेहेना चाहिँ अन्तिम नरक हो । जसलाई अन्नि कुण्ड पनि भनिन्छ । (प्रकास २०ः१४) । 

अत्तलकुण्ड पृथ्वीको भित्री भागमा छ । यो पृथ्वीको सतहदेखि सातहजार किमी भित्र छ । त्याहा कोही पनि जान सक्दैन । बैज्ञानिकहरुमा अनुसार त्याहाको तापक्रम छ हजार दुईसय डिग्री सेल्सियस हुन्छ । मानिसहरुलाई नरकको चेतावनी दिन पनि उहाले भुकम्प पठाउनुहुन्छ । भूकम्पचाहिँ परमेश्वर रिसाउनुभएको संकेत पनि हो । (मत्ति २४ः ७) ।  जति जति ख्रीष्टको आगमन नजिकिदै जान्छ उति उति धेरै भूकम्पहरु जानेछन । यो संसार पाप र अधर्मले भरिएको छ । जसको कारण क्रोधित पनि बन्नुभएको छ । भूकम्प जाँदा पृथ्वीमुनिबाट लाभा र गन्धकहरु बहिर आउने गर्छन । त्यसको वरिपरि यो गन्हनाउने गर्छ । यसरी परमेश्वरले चेतावनी दिदैं हुुनुहुन्छ कि हेर तिमीहरुले यदि मलाई बिश्वास गरेनौ भने नरकमा यस्तै आगो र गन्धक भरिएको गन्हाउने ठाँउमा जानुपर्छ । यस्तै गन्धकले तिमीहरुलाई पर्खिरहेको छ । त्यसैले बिपत्तिले तिमीहरुलाई निल्नु अगाडि नै म काँहा आउँ । म तिमीहरुलाई नयाँ र अनन्त जीवन दिनेछु । मलाई बिश्वास गर्यौ भने शरीरको मृत्यु जुन  कारणले भएपनि तिमीहरुले फेरि नयाँ शरीर पाउँनेछौ । अर्थात साँचो उद्धार पाउने छौ । यो भूकम्पमा ज्यान गुमाए झै तिमीहरुले आफूूँलाई गुमाउने छैनौ । यी कुरा बुझ र होसियार रहो ।
यूएस जिओलोजिकल सर्भेको ठूल्ठुला भूकम्प गएको रेकर्ड हेरौ । १८९० देखि १८९९ सम्म एकपटक । १९०० देखि १९०९  सम्म एकपटक । १९२० देखि १९२९ सम्म दुईपटक । १९३० देखि १९३९ सम्म पाँचपटक । १८४० देखि १९४९ सम्म चारपटक । १९५० देखि १९५९ सम्म नौपटक । १९६० देखि १९६९ सम्म तेह्रपटक । १९७० देखि १९७९ सम्म छपन्न पटक । १९८० देखि १९८९ सम्म चौहत्तर पटक । १९९० देखि १९९५ सम्म एक सय पच्चिस पटक ।
सन् २००४ मा इन्डोनेसियामा ९.१ रेक्टर स्केलको भुकम्पपछि सुनामीले दुईलाख तिस हजार मानिसको ज्यान लियो । त्यस्तै सन् २०११ मा जापानमा ९ रेक्टरको भूकम्पले पन्ध्र हजार भन्दा बढीको र सोहि बर्ष हाइटीमा ७ रेक्टरको भूकम्पले दुईलाख तिस हजारको ज्यान लियो । यसरी नै सन् २००१ मा भारतको गुजरातमा ७.६ रेक्टरको भूकम्पले बिस हजारको, सन् २००५ मा पाकिस्तानमा ७.६ कै भूकप्कले ८७ हजारको र हालैको नेपालको भूकम्पले आठहजार भन्दा धेरैको ज्यान लिएको छ । अचम्म छ कि जिवित छदैं उद्धार पाउनुपर्ने मानिसलाई मरेपछिको ज्यानको उद्धार गर्न सास्ती पाएको हामीले हालै नेपालमा नै देख्यौ । यसरी मानिसलाई यसले परमेश्वरमा फर्कन व्यापक चेतावनी दिइरहेको छ ।

माथिको आँकडा अनुसार हरेक दश बर्षम ठूला भूकप्पहरु गएका छन । पछिल्लो समय यी ठूला भुकम्पहरुको सख्या झन झन बढिरहेकोले के देखाउँछ भने येसू ख्रीष्ट्रको आगमन नजिकिदै गएको छ । यसले प्रसव बेदना सुरु भैसकेको अनुभव गराइरहेको छ । प्राय जसो मुसलमान देशहरुमा धेरै भूकम्प आएका छन । टर्की देश पहिलो शदाव्दीमा सुसमाचार सुनाईएको र प्रकासको पुस्तक अनुसार सातैबटा मण्डली भएको देश हो । तर आज त्याहाका मानिसहरुले प्रभुलाई बिश्वास गरेका छैनन । दोश्रो भूकम्प बढी आएको देश इटली हो । त्याहा पनि परमेश्वरले धेरै अनुग्रह देखाउनुभएको ठाँउ हो । तर यी मुस्लिम देश भए । उनीहरुले बिश्वासीहरुलाई सताउने काम गरे । १९९० मा टान्जिन शहमा ठूलो भूकम्प आउँदा पाचलाख भन्दा धेरै मानिस मरे तर उनीहरुले यो कुरा गोप्य राख्ने प्रयास गरे पनि पछि सबैलाई थाहा भयो । जापान पनि धेरै भूकप्प जाने देशमा पहिलोमा आउँछ । त्याहाँ धेरै मानिस देवीदेवता मान्ने मानिसहरु छन । ख्रीष्टियनहरु त एक प्रतिशतको हाराहारी मात्र छन । इण्डोनेशिया पनि ख्रीष्टियनलाई धेरै नै सताउने देश हो । यसरी हामी प्राय यस्तै प्रभुलाई सताउने र बिश्वास नगर्ने देशहरुमा बढी भूकम्प आएको देख्छौ । यो त वास्तवमा सुरुवात मात्र हो । येसूको आगमनपूर्व अझ धेरेै र ठूला भुकम्पहरु जानेछन । भूकम्पबिद्हरुको अनुमान पनि यस्तै छ ।
उत्पत्तिको पुस्तक अनुसार परमेश्वरले पृथ्वीमा पानी र जमिनको भाग छुट्उनुभयो । पानीको भागले सूर्यकोे प्रकास सोस्छ र तापक्रम नियन्त्रण गर्छ । त्यसकारण त्यस समयको बातावरण मानिसको लागि एकदमै राम्रो थियो । बैज्ञानिकका अनुसार त्यस समय अदनको बगैचाको तापक्रम १८ डिग्री थियो । जुन मानिसको लागि साह्रै उपयुक्त मानिन्छ । जव तापक्रम एउटै हुन्छ हुरी बतास चल्दैन । तापक्रम फरक फरक भए मात्रै हुरी बतास चल्दछ । यसरी अदनको तापक्रम एउटै भएकोले हावा चलेन, बादल लाग्यो, पानी परेन । उत्पत्ति २ः ४ र ५ । त्यसकारण शायद परमेश्वरले बिचार गर्नुभयो कि यो पानीको सतहलाई हटाउँछु र जलप्रलयको लागि प्रयोग गर्छु । त्यसकारण परमेश्वरले भुकम्प पठाउनुभयो । उत्पत्ति ७ः११ । भूकम्पले पृथ्वीलाई हल्लाएपछि पृथ्वी फुटेर भित्रका लाभाहरु निस्के ।  अनि अगाधका मूलहरु पनि फुटेर निस्के । लाभाका धूलो खरानी जस्ता रसायनिक पदार्थहरु निस्केर आकासमा भएको पानीको बादलसँग मिले फलस्वरुप पानी गह्रौ भएर बर्षाको रुपमा झर्न थाल्यो । पानी यति धेरै पर्यो कि पृथ्वीलाई नै ढाक्यो  । यसरी प्रलयपूर्वको पानीको सतह सबै हरायो । पृथ्वीको बातावरणमा यति धैरै परिवर्तन आयो कि एक हजार बर्ष बाँच्न सक्ने मानिस केवल एक सय बिस बर्ष मात्र बाँच्न सक्ने भयो । त्यसपछि पृथ्वीको तापक्रम एउटै भएर रहेन । बतास घुम्न चल्न थाल्यो । फलस्वरुप फरक फरक रितुहरु पनि सृष्टि भए । उत्पत्ति ८ः२ । यसप्रकारले पृथ्वीमा भएको यही पहिलो भूकम्पले व्यापक परिवर्तन ल्यायो । अहिलेसम्म पनि परमेश्वरले भुकम्पलाई आफ्नो क्रोध र सजायँ दिने चिन्हको रुपमा रहिरहन दिनुभएको छ । यति मात्र होइन यो अन्त्यको दिन अर्थात उहाँ फेरि फर्केर आउने समयको सकेत पनि हो । उहाँले अत्तलकुण्ड भित्र (कैदी भएका) र बाहिर सम्पूर्ण ब्रम्हाण्डमा राज्य गर्नुहुन्छ । भजन ६८ः१८, एफिसी ४ः ८ देखि १० । सबै कुरा उहाँको शक्ति, अधिन र नियन्त्रणमा छन ।

No comments:

Post a Comment