Tuesday, January 3, 2017

ब्राह्मणबादले हाम्रो देश नेपालमा ल्याएको बिकृती-बिसंगती र कुसंस्कारहरु !


१) गाई गोरु,कुकुर,सर्प,बिच्छी ,काग,ढुङ्गा आदि प्रकृतिका थोक हरूलाई भगवान भनी पुज्ने अनि मान्छे लाई चाहिँ जातीय बिभाजन गरि छुवाछूत गरि घृणा गर्ने ।

२) बाउ आमा बाचुन्जेल घृणा गर्ने पालन पोषण नगर्ने अनि मरे पछि बाउ आमा ले पाउछन् भनी हिन्दु पण्डित लाई लाखौं को दिनु पर्ने।

३) बाल बिवाहा,बहुबिवाह,दाइजो प्रथा, जातिभेद,लिंग भेद,देउकी प्रथा ,छाउपडी
प्रथा,समाज मा लाद्ने ।

४) गाई लाई आमा गोरु लाई बाउ भन्ने अनि आफ्नो जन्म दिने बाउ आमा लाई बृद्दा आश्रम मा लगेर फ्याक्ने।

५)भारतीय नाङ्गो जोगि लाई पशुपती मा बोलाएर शिव भगवान भन्दै लिंग ढोगी पुज्ने अनि शिव जि को प्रसाद भन्दै युवाहरूलाई गाँजा खुवाएर कुलतमा फसाउने।

६) छोराले मात्र बाउ आमाको क्रिया काज गर्न मिल्ने छोरी लाई सन्तान को रुप मा नस्विकार्ने हिन्दु पण्डित को सल्लाह र शिक्षा को आधार मा छोरी लाई गर्भ मै मार्ने ।

७) दूध दिउन्जेल गाईलाई पाल्ने अनि बुढी भए पछि अनि थारो भए सडक मा छाड्ने अनि मरे भने अरुजाती ले गौ हत्या गरे, भन्दै दोस दिएर आतंक फैलाउने।

८)  धर्म को नाम मा देश को ढुकुटी रित्याउने।
९) गरिब बिधुवा लाई अनुहार नराम्रो भएकोलाई बोक्सी को आरोप लगाई हत्या गर्ने।

१०) भगवान खुसी पार्न गरिब को बच्चालाई अपहरण गरि काटेर बलि दिने।जस्तै नबल परासी को नरबली काण्ड हामी सबै लाई थाहा छ।

११) बाहुन लाई ईश्वरको रुप र अरु जाती लाई सैतान ,असुद्द र अछुत हो भनेर कुसंस्कार लाद्ने।

१२)  अरु धर्म को चरम अपमान, घृणा र आलोचना गरि धार्मिक युद्ध को लागि उक्साउने।

१३) आफ्नो इच्छा अनुसार आस्था परिवर्तन गरि अर्को धर्म मान्ने लाई रोक लागाउने र खेदो सतावट गर्ने

१४) ब्रामणबादीहरु गाईको मासु खानेलाई कारबाही गर्छु भन्नेले ठुला होटेलहरु बन्द गर्नु पर्दछ त्यहाँ बिदेशी पर्यटकको निम्ति र नेपालकै ठुला ठालु भन्नेहरुको लागि कसरी गाई र गोरुको मासु दिइन्छ अनि छालाको झोला,जुत्ता,चप्पल पसल बन्द गर्नु पर्दछ !

१५) अनि गाईलाई आमा भन्नेले गोरुलाई बुवा भन्न सक्नु पर्दछ अनि मात्र त्यसले सत्य बोलेको हुन्छ।पशु जसले मानिसको आँशु,हासो,खुशी,दु:ख,पिडा,तथा समस्या परेको बेला केहि बुझ्न र गर्न सक्दैन त्यसलाई आमाको संज्ञा दिएर आफ्नो जन्म दिने आमालाई के को संज्ञा दिने ?

१६) आफुलाई जन्म दिने आमा जस्तो पशु हुन्छ र ? आज सम्म गाईलाई आमा भन्नेले कुन गाईको कति पुस्ताको सम्झना गरेका छन् ?
 हामीलाई जन्म दिने आमाको त बुवा,आमा देखि पुस्तौ सम्मको बंशावली छन तर गाईको कसलाई बुवा,आमा छोरा छोरी भन्ने हामी सबैलाई थाहा छ आफुले जन्माएको बाछा नै ठुलो भए पछि गाईको पति हुन सक्छ।आफ्नो जन्म दिने आमाले संसार छोड्दा जसरी छोरा छोरी रुन्छन गाई गोरु मर्दा किन रुदैनन?

१७)यी सबै ब्रामणबादीहरुले सोझा सिधा नेपालीलाई ठगेर खाने बाटो मात्र हो ! मरेका बुवा आमाले मर्त्यलोकमा चर्को घाम लाग्छ त्यसैले उनीहरुको लागि छाता दान गर्नु पर्दछ भनेर दान गरेको छाता आफु ओढेर हिड्नेहरुले सोझा सिधा नेपालीको आँखामा छारो हालेर आफु धार्मिक अगुवा बनि टोपलेका हुन !गाईको सिंगमा सुनले मोहोरेर,खुरमा चाँदीले मोहोरेर,गौचरन दिएमा स्वर्ग जान पाउछन भन्नेअन्धविश्वासको भ्रम फिजाएर सोझा नेपालीबाट,दूध दिने गाई,सुन,चाँदी र जग्गा लूटी रहेका छन।

१८) धर्मको खोक्रो आडम्बर देखाएर
कुम्ल्याउने काम मात्र गरेका छन !
गाईलाई आमा भन्ने नेपाल र भारत बाहेक अन्य देश छैन ! किन कि गाई पशु हो जनाबर हो भनेर अन्य देशहरुले राम्ररी बुझेका छन यो सारा संसारमा परमेश्वरले सृष्टि गर्नु भएको सबै पशु पंक्षीहरुको कुनै न कुनै विशेषता रहेको हुन्छ ! तिनीहरु मानिस र प्रकृतिको लागि उपयोगी बस्तुहरु हुन् !

१९) गाईको दुध मानिसले पिउछन त्यो फाईदा जनक छ त्यस्तै भैसीको पनि बाख्राको पनि ! आफूलाई उच्च जात भन्न रुचाउने ठुलै अन्धकारका जमातले गाईलाई आमा भन्न सिकाएका हुन् ! जनाबर जसमा मानबता नै हुदैन त्यसलाई जन्मदिने पबित्र ममतामयी आमा को संज्ञा दिनु जस्तो मूर्खता अरु केहि हुन सक्दैन।

२०) गाईलाई आमाको रुपमा सेवा र सत्कार गर्न चाहने ब्रामणलाई अब हरेक मंगोल,मुस्लिम,इशाईहरु तथा गाईलाई आमाको रूपमा अस्वीकार गर्ने पशुको रूपमा स्वीकार गर्नेहरुले दूध दिन छोडेका,थारो गाई,बूढी गाई अब सबै तिनिहरुलाई दिनु पर्ने भएको छ अनि कसरी आफ्नो आमाको स्याहार सुसार गर्छन् सबैले हेर्नु पर्छ।

२१)चौरी गाईको रगत खादा रोग निको हुन्छ भनेर लुकीछिपी जिउदै चौरी गाईको शारीरमा चुपी रोपेर रगत पिउनेहरु पनि यिनिहरु नै अगाडी देखिन्छन्। चौरी गाईको रगत पिउने? गाईको पिसाब पीईने ? तर गोरु लाई चुटेर जोत्न पर्ने त्यसैले चौरी गाई र जोत्ने गोरुको पनि न्याय गरियोस् बाउको दर्जा दिईंयोस् र गाइलाई जत्तिकै सम्मान गरियोस्।

फेसबुकबाट साभार*

No comments:

Post a Comment