Thursday, January 5, 2017

आत्महत्या बारे बाइबलले के बताउँदछ ?

 हृदय तिनीहरु तिर जान्छ जसले तिनीहरुको आफ्नै जीवन आत्माहत्याद्धारा अन्त्य गर्ने विचार गरेका छन् । यदि अहिले त्यो तपाई हुनुहुन्छ भने , यसले नैराश्यता आशा विहान भावहरु जस्ता धेरै भावनात्मक कुराको वारेमा बोल्न सक्छ । सायद तपाई एकदमै गहिरो खाल्डोमा हुनुभएझै महशुस गर्नु भएको छ , र तपाई त्यहाँ एउटा आशाको किरण छ भनी शंका गर्नुहुन्छ जसले कुराहरु राम्रो हुन सक्छ । तपाई काहाँबाट आईरहनु भएको छ भनी बुझ्ने वा वास्ता गर्ने कोहिपनि भेटिदैन । जीवन जीउन लाएकको छैन र ……………वा छ ?

धेरै व्यक्ति वा बस्तुद्धारा कुनै समय वा अर्को समयमा कमजोर पार्ने खालका भावनाहरु अनुभव गछौं । जव म एउटा भावनात्मक खाल्डोमा थिए मेरो दिमागमा प्रश्नहरु आयो , “के यो कहिल्यै परमेश्वरको इच्छा हुन सक्छ , जसले मलाई बनाउनु भयो ? ” “ के मलाई सहायता गर्न परमेश्वर एकदमै सानो हुनुहुन्छ ?” “के मेरा समस्याहरु उँहाका लागि एकदमै ठूला छन् ?”

म तपाईलाई यो कुरा भन्न खुशी छु कि अहिले नै तपाईको जीवनमा परमेश्वर वास्तवमै साँचो परमेश्वर हुनुहुन्छ भनी केहि क्षणको निम्ति तपाई मानिलिनु हुन्छ भने , उहाँ साँच्चि नै कति ठूलो हुनुहुन्छ भनी उँहाले प्रमाणित गर्नु हुनेछ । “ किनकि परमेश्वरको निम्ति कुनै कुरा असंम्भव छैन्” ( लूका १:३७ ) ।सायद विगतका चोटका दागहरु प्रिणाम अत्याधिक परित्याग वा अस्वीकृतिको अर्थ हुन सक्छ । जसले आत्मदया,रीस ,तीतोपना , बदलाको बिचारहरु वा उपायहरु , स्वास्थ्यलाई हानी गर्ने डरहरु, आदि तिर डोर्याउन सक्छ , जुन चाँहि तपाईको केहि महत्वपुर्ण सम्बन्धहरु समस्याको कारण बन्छ । जे भएता पनि ,आत्महत्याले तपाईले माया गर्नु भएको कुरा जुन तपाई कहिल्यै हानी पुर्याउन चाहनु हुन्न, त्यसमा बरवादी निम्त्याउँ छ । भावनात्मक दागहरुलाई तिनीहरुको बाँकी जीवनमा बाँड्नु पर्छ ।

भएर तपाईलाई हगुवाई गर्नको निम्ति र उँहाको अचम्मको प्रकाशमा पूर्याउँनको निम्ति तपाईलाई पर्खिरहनु भएको छ ।उँहा तपाईको भरपर्दो आशा हुनुहुन्छ। उँहाको नाम येशू हो ।

यो येशू , परमेश्वरको पापरहित पुत्रले , तपाईको तिरस्कृत र अपमानको समयमा तपाईसंग घनिष्ट सम्बन्ध स्थापित गर्नु हुन्छ । अगमववता यशैयाले उँहाको बारेमा लेख्छन् , “ऊ उँहाको सामु कलिलो बोटजस्तो र सुख्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो ऊसित हामीलाई आकर्षा गर्ने न केही सुन्दरता नता महत्व नै थियो उसको अनुहारमा हामीलाई मनपर्नेकेहि थिएन । ऊ मानिसहरुबाट घृणित थियो र इन्कार गरियो अफसोचमा मानिस र कष्टसित परिचित । ऊ त्यो जस्तो थियो , जसलाई देखेर मानिसहरु आफ्ना मुख फर्काउँछन् । ऊ घृणित थियो , र हामीले उसलाई केही मोलको गनेनौ। निश्चय नै उसले हाम्रा निर्बलताहरु बोक्यो, र हाम्रा दुस्ख भोग्यो , तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काईएको , उँहाबाट पिटिएको र दुस्खमा परेको सम्झयों । तर ऊ त हाम्रा अपराधहरुका निम्ति छेडियो । हाम्रा अर्धमका मिम्ति ऊ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाती पर्यो ,र उसको कोर्राको चोटले दापी निको भयो । हामी सबै भेंडाकै बरालिएका छौं ।हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथी हामी सबैको अधर्म हालीदिनुभएको छ ।”( यशैमा ५३ :२-६) ।

मीत्र तपाईका सबै पापहरु क्षमा हुन् भन्नाको निम्ति येशूख्रीष्टले यी सबै कुराहरु सहनु भयो । तपाईको वरिपरि रहेका तपाईका जुनसुकै दोषका भारहरु तपाईले बोक्नु भएको भएतापनि,

याद राख्नोस् कि तपाईले नम्रतापुर्बक पश्चताप गर्नु ( तपाईको पापहरुबाट परमेश्वरतिर फर्किनु ) भयो भने उँहाले तपाईलाई क्षमा दिनु हुनेछ । । “ संङ्गटको दिनमा मलाई पुकार , र म तलाई छुट्याने छु ।, र तैले मेरो महिमा गर्नेछस् ।” (भजनसंग्रह ५०:१५) । तपाईले गर्नु भएको कुनै पनि कुराहरु क्षमा दिन येशूको निम्ति एकदमै खराब हुदैन । बाइबलमा भएका उँहाका चुनिएका सेवकहरु मध्ये केहिले एकदमै नराम्रा पापहरु गरेका छन् , जस्तै, हत्या (मोशा), व्यभिचार (राजा दारुह), र शारीरिक र भावनात्मक शोषण ( प्रेरित पावल ) । त्यसो भएतापनि , तिनिहरुले परमेशवरमा क्षमादान र एउटा भरशीको जीवन माग प्राप्त गरे । “मेरो सबै अधर्मबाट मलाई पुर्णरुपमा छोईदिनुहोस् , र मेरो पापबाट मलाई शुद्ध गरिदिनुस् ।” (भजनसंग्रह ५१:२) । “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको ट, हेर,नयाँ आएको छ ।” (२ कोरिन्थी ५:१७) ।

किन तपाईले आत्मा हत्या गर्नु हुदैन ?मीत्र टुटेको (भत्किएको) कुरा मरम्मत गर्न परमेशवर तयार हुनुहुन्छ अर्थात , तपाईसंग भएको जीवन , जुन तपाई आत्माहत्याद्धारा नष्ट गर्न चाहनु हुनछ । यशैमा अगमववताले लेखेका छन् ।

परमप्रभु परमेश्वरको आत्मा ममाथि छ ,किनभने गरिबहरुलाई सुसमाचार सुनाउनका निम्ति परमेश्वरले मलाई अभिषेक गर्नुभएको छ मन भाँचिएकाहरुको हृदयलाई बाँध्न , कैदमा परेकाहरुलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरुलाई सान्त्वना दिन ,र सियोनमा विलाप गर्नेहरुलाई खराबीको सट्टा सुन्दरताको मुकुट र शोकको सट्टा आनन्दको तेल लगाईदिन , निरास मनको सट्टा प्रशंसाको पोसाक पहिर्राई दिन । उँहाका गौरवको प्रदशंन होस् भनेर परमेश्वरले नै रोज्नुभएको धार्मिकताका फलाँटहरु तिनिहरु कहलाईनेछन् । (यशैया ६१:१-३ )।

येशू कहाँ आउँनोस् ,र उँहालाई तपाईको आनन्द र उपयोगिता पूनस्थापित गर्न दिनोस्,जब येशू कहाँ आउँनोस् ,र उँहालाई तपाईको आनन्द र उपयोगिता पूनस्थापित गर्न दिनोस्,जब तपाईको जीवन एउटा नयाँ शुरु गर्नको निम्ति तपाई उँहामा भरोसा गर्नुहुन्छ । “तपाईको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस् , र मलाई समाल्नर् इच्छुक आत्मा दिनुस् । हे परमप्रभु , मेरा ओठ खोलिदिनुहोस् , र मेरो जिब्रोले तपाईको प्रंशंसाको घोषणा गर्नेछ । किनकि तपाई बलिमा प्रसन्न हुनुहुन्न, नत्रता म बलि चढाउने थिएँ ।होमबलिमा तपाई खुशी हुनुहुन्न । तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो । हे परमेश्वर, तोडिएको हृदयलाई तपाई तिरस्कार गर्नु हुन्न ।” (भजनसंग्रह ५१:१२,१५-१७) ।

जिब्रो के तपाई परमेश्वरलाई तपाईको मुक्तिदाता र गोठालो भनि स्वीकार गर्नुहुन्छ -उँहाले तपाईका विचारहरु र कदमहरुमा अनुवाई गर्नुहुनेछ , एक दिन एउटा समयमा , उँहाको वचन बाइबलद्धारा । “ म तलाई शिक्षा दिनेछु , तँ कुन मार्गमा हिँडनुपर्नेसो तलाई सिकाउनेछु । म तलाई पर्रार्मश दिनेछु र तमाथि नजर राख्नेछु ।” (भजनसंग्रह ३२ :८) । “तिमीहरुका समयका लागि उँहा पक्का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्य भण्डार हुनुहुनेछ । परमप्रभुको भए मान्नु नै यस भण्डारको साँचो हो ।”(यशैया ३३:६) । ख्रीष्टमा , तिमीले अझ संर्घष् गर्नुपर्नेछतर अब तिमीसंग आशा छ । उँहा एउटा “ मीत्र हुनुहुन्छ जो दाज्यू - भाईभन्दा नजीक टाँसिनुहुन्छ ” । (हितोपदेश १८:२४) । तपाईको निर्णयको समयमा प्रभू येशूको अनुग्रह तपाईसंग रहोस् ।

यदि तपाई येशू ख्रीष्टलाई तपाईको मुक्तिदाता भनि विस्वास गर्न चाहनु हुन्छ भने, तपाईको हृदयमा यि शब्दहरु परमेश्वरलाई भन्नोस् । “परमेश्वर मेरो जीवनमा मलाई तपाईको खाँचो छ । मैले गरेका सबै कुराकोनिम्ति मलाई क्षमा दिनुहोस् । म मेरो विश्वास येशू ख्रीष्टमा राख्छु र उँहा मेरो मुक्तिदाता हुनुहुन्छ भनी विस्वास गर्छु । कृपया मलाई धुनुहोस् , निको पार्नोस् र मेरो जीवनमा आनन्दले भर्नोस् । मेरो निम्ति प्रेमको लागि र मेरो पाप क्षमाको निम्ति येशूको मृत्यूको लागि धन्यवाद ।

No comments:

Post a Comment