Thursday, January 5, 2017

मुक्तिदाताको विषयमा धर्मशास्त्रहरुले के भन्छ त ?


हिन्दु धर्मशास्त्र बाट:-
=============
भविष्यपुराण:-प्रतिसर्गपर्व ३:३२:-इसाह मसीह इतिच ममनाम प्रतिष्ठितम,इसाह पुत्र कुमारि गर्व जन्म सम्भव ,इसाह मसिह धर्म सुर्य रागबे संस्कृतिम:

 गरुडपुरण ७:९,१०,१३ मा अझ धेरै उल्लेख गरिएको छ

कुरान धर्मशास्त्र:-
===========
सुर-अलकरिम ६६:१२
सुर-अलअम्बिया २१:९१:-अल्लाहले आफ्नो रुवा(आत्मा)पठाएर एउटा कन्य मरियम गर्भवति गराउनु भयो र त्यहि कन्य मरियमले समयको अनुकुलतामा एउटा इसाह मसिह लाई जन्म गराइन र त्यहि इसाह मसिह अल्लाह को दर्जा बराबर भयो र जगतको अन्तिम तय त्यहि ईसाह मसिहले गर्छ।

बौद्ध धर्मशास्त्र:-
==========
बौद्ध सास्त्र २७; त्रिरिपिटक २७ को २३ पृष्ठमा:-त्यहाँ वुद्धले भनेका छन; मैले बडो कष्ट गरेर शरिरलाई रियाएर तपस्या गरि निर्माण प्राप्त गरे र ज्योतिको दर्शन प्राप्त गरे र ज्योति दिने म होइन ,म ज्योतिको पथ प्रदर्शक मात्र हुँ।ज्योतिको बारे भन्ने हो भने पुर्ण प्रमात्माले पठाएको पुत्रबाहेक कसैले पनि त्यो ज्योति दिन सक्दैन।त्यो पुत्र चाहिँ हत्केला र कोखामा छेडेको र मुहारमा चोटै चोटको डाम हुनेछ।

पबित्र बाइबल:-
=========
यसैया ७:१४ यसैकारण परमप्रभु आफैले एउटा चिन्ह दिनुहुनेछ।हेर, कन्या गर्भवती हुनेछ,र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ।

सबै धर्मशास्त्रले मागेको पुत्र को बारे चाहिँ सुसमाचार को पुस्तक पबित्र बाइबल मत्ती १:१८-२५,लुका २:१-१९ ,

तर येशू स्वयमले धर्मशास्त्र को बारे के भन्नू भयो भने (यूहन्ना ५:३९-४०) "तिमिहरु धर्मशास्त्रमा खोजी गर्दछौं ,किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरु ठान्छौ,मेरो विषयमा गवाहि दिने तिनै धर्मशास्त्र हुन्,तापनि तिमिहरु जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छो !

नोट:-प्रभु येशू चाहिँ यो संसार को मुक्तिदाता भएर आउनु भएको हो तर मानिसहरु चाहिँ उहाँलाई स्वीकार गर्नदेखि हिच्काकिच्याउछन्।तर जतिले चाहिँ उहाँमा विश्वास गर्छ त्यसले मुक्ति पाउँछ र परमेश्वरको सन्तान हुन्छ।यदि तपाईले अझ सम्म पनि येशुमा विश्वास गर्नु भएको छैन भने अबेर नगर्नु होस किनकि उहाँको आगमन चाँडै हुदैछ।

No comments:

Post a Comment