Monday, July 31, 2017

हिन्दु धर्मग्रन्थमा यौन चर्चा : ऋषि पराशर र सत्यवती मत्स्यगन्धाबीच खुला स्थानमा यौन क्रिडा !




जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय भने वर्जित छ । मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् ।
यौनका विषयमा कुरा गर्दा सहज मानिँदैन । अझ यौनलाई धर्मसँग जोड्ने गरिएको छ । यौन बारे कुरा गर्दा वा यौन सम्बन्ध राख्दा धर्म विरुद्ध हुने समेत कतिपय मानिस ठान्छन् । तर त्यही धर्मका पुराना ग्रन्थहरुमा यौन सम्बन्धबारे गरिएका कुरा धेरैलाई थाहा नहुन सक्छ ।


हिन्दुहरुको चर्चित हिन्दु धर्मग्रन्थ महाभारतको एक अध्यायमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाबीच खुला स्थानमा यौन क्रिडा चलिरहेको उल्लेख छ ।
त्यसैगरी महाभारतमै खुलेआम यौन सम्बन्धको चर्चा छ । यसमा उत्तमाका छोरा दीर्घतमाले मानिसहरुको अगाडी एक स्त्रीसँग यौन सम्बन्ध राखेको चर्चा गरिएको छ ।
अर्को एक धर्मग्रन्थमा महाराजा रञ्जीत सिंहको बारेमा चर्चा गर्दै भनिएको छ कि उनलाई अरुले देख्ने स्थानमा यौन सम्बन्ध राख्न मन पर्थ्यो ।


बैदिक कालमा मानिसहरु ‘घटकंचुकी’ नामको खेल खेल्थे । यो खेलमा संभ्रान्त पुरुष र महिलाबीच सार्वजनिक यौन क्रिडा हुन्थ्यो । सामूहिक यौन क्रिडा गरेर अरुलाई आनन्द दिने यो खेलमा हरेक पुरुषले हरेक महिलासँग यौन सम्बन्ध राखेपछि मात्र समाप्त हुने नियम हुन्थ्यो ।
ऋषि बसिष्ठकी छोरी शतरुपमाले आफ्ना पितालाई नै पति मानेर यौन सम्बन्ध राख्न तयार भएको समेत धर्मग्रन्थमा उल्लेख छ । बसिष्ठले पनि छोरीसँग यौन सम्बन्ध राख्थे ।
धर्म शास्त्रका अनुसार नारदको जन्म दक्षले आफ्नी छोरी आफ्ना पिता अर्थात छोरीका हजुरबुबालाई कन्यादान गरेपछि भएको थियो । उनी हजुरबुबा र नातिनीको सम्बन्धका उपज थिए ।


महाभारतमा कुनै पनि अविवाहित स्त्रीले यौन सम्बन्ध राख्ने इच्छा देखाएमा पुरुषले यौन सम्बन्ध राख्नु जायज हुने उल्लेख छ । स्त्रीको रहर पुरा गर्दा धर्म रक्षा हुने मानिएको छ ।
महाभारतमा लेखिएको छ कि अर्जुनसँग कुरा गर्दै उलुपीले कुनै पनि स्त्रीको यौन इच्छदा पुरा गर्नका लागि उसँग रात विताउन धर्म विपरित नहुने भनेको प्रसंग छ ।
ऋग्वेदमा भाइ र बहिनी रहेका यम र यमीकोबीचमा यौन सम्बन्ध राख्ने विषयमा भएको संवाद राखिएको छ । जव यमले बहिनीको इच्छा पुरा गर्न अनिच्छा देखाउँछन् त्यतिबेला यमीले आफ्नी बहिनीको इच्छा पुरा गर्न नसक्ने भाइको कुनै उपादेयता नरहेको भनेकी छिन् ।

 यो चर्चा ऋग्वेदको मंडल १०, सूक्त १०, स्तोत्र १ देखि १४ सम्म छ ।
महाभारतमा भनिएको छ कि जव अंगदेशमा कर्णको राज थियो त्यतिबेला महिला र बच्चाहरु यौन सम्बन्ध राख्नका लागि बेचिने गरेको उल्लेख गरिएको छ ।
यी सन्दर्भहरु विभिन्न श्रोतबाट लिइएको हो ।

Sunday, July 30, 2017

दाउद द्वारा केही सिकौं !


दाउदले शाउलको ज्यान छोडिदिए
परमप्रभुको अभिषिक्त जनमाथि हात उठाउनु पाप हो ।

१ शमुएल २४:१-२२

बल्ल बल्ल आफ्नो शत्रु माथि बदला लिन पाएको मौकालाई कसले छोड्छ ? मानिसहरु त आफ्नो शत्रुसँग बदला लिने मौका पर्खिरहेका हुन्छन् । तर दाउदले त्यस्तो मौका कहिल्यै खोजेनन् । पाएको मौकालाई प्रयोग गर्नु पनि उनले अपराध ठाने । त्यसैले आफ्नै प्राण लिन खोज्ने शत्रुले पनि दाउदको प्रशंसा गरे र भने, “तिमी म भन्दा धर्मी मानिस रहेछौ । …अब मलाई यो थाहा भयो कि तिमी निश्चय नै राजा हुनेछौ । इस्राएलका राज्यले तिम्रो शासनमा उन्नती गर्नेछ (१७-२० पद) ।”

शत्रुको ब्यवहार देख्दा हामीलाई अवस्य रिस उठ्छ । तर के हामी शत्रुमाथि बदला लिएर आफै पतित हुने ? कि परमेश्वरलाई आफ्नो काम गर्न दिने ? पावल लेख्दछन्, “प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनभने, लेखिएको छ, ‘बदला लिने काम मेरो हो, म नै बदला लिनेछु’ परमप्रभु भन्नुहुन्छ । बरु, ‘तिम्रो शत्रु भोकाएको छ भने त्यस्लाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ (रोमी १२:१९-२०) ।'” ब्यवस्था ३२:३५ र हितोपदेश २५:२१-२२ को यस वचनलाई दाउदले बुझेका थिए । त्यसै अनुसार उनले काम गरे र धर्मी ठहरिए । हाम्रा शत्रुहरुका आँखामा धर्मी ठहरिन आज हामीले कस्तो ब्यवहार गर्नुपर्ला ? धेरै विश्वासीहरुले यो कुरा बिचार  गर्दैनन् । उनिहरु आफ्ना शत्रुहरुसित झगडा गर्छन् र बदनाम हुन्छन् । हामी त्यस्ता नहोउँ ।

तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ। यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ । यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ । (हितोपदेश २५:२१-२२)
प्रार्थना: प्रभु येशू, मेरा शत्रुहरुसित झगडा गर्ने होइन तर तिनिहरुलाई क्षमा दिएर मित्रवत व्यवहार गर्न सिकाउनुहोस् ।

Monday, July 17, 2017

जयमसिह ! नै किन ?

नेपालि भाषी इशाई दाजुभाई तथा दिदीबहिनीहरुले एक अर्कामा अभिबादन गर्ने क्रममा "जय मसीह" भन्ने शब्दलाई प्रयोग गर्दछौ।"जय मसीह" भनेर अभिबादन गर्ने कामको शुरुवात कस्ले,कहाँबाट र कहिले गरिएको हो भन्ने यथार्थ विबरण थाहा नभए पनि "जय" र "मसीह" यी दूई शब्दहरु पबित्र बाइबलमा उल्लेखित शब्दहरु हुन।
तर,
प्रायः इशाईहरुले "मसीह"को "ह" शब्दलाई हटाएर "जय मसी","जय मिसी","जय मोसी"जस्ता शब्दहरु प्रयोग गरेर एक अर्कामा अभिबादन आदान प्रदान गरेको पाउछौ।
लेखेर एक अर्कालाई म्यासेज गर्दा अभिबादन गर्ने क्रममा रोमन टाइपिंङ्गमा पनि jmc,JMC तथा "जय मसी" जस्ता शब्दहरु प्रयोग गरिएको पाउछौ।
यसरी म्यासेज गर्नु हुनेले "जय मसीह"/"Jaya Masiha" नै भनेको हो तर Shortcut(छोटकारी)मा "जय मसीह" भन्न खोजेको हो भन्ने अभिब्यक्ति दिनु हुन्छ।
हो हामीले भन्न खोजेको त "जय मसीह"नै हो तर के तपाई र हामीले "मसीह" को नाम लाई एक सेकेण्ड समय दिएर उहाँको आदर गर्दै "जय मसीह"/"Jaya Masiha नै लेख्न सकिदैन र ? अबश्य सकिन्छ। यसरी "जय मसीह"/"Jaya Masiha" लेख्दा हाम्रो "मसीह"को आदर र सम्मान हुन्छ।

JMC को अर्थ (Jaya Masiha/जय मसीह) नै हो भन्नेहरुले,
JMC/jmc को अर्थ यस्तो पनि हुन्छ भन्ने बुझ्नु आबश्यक छ।
J= जड्याहा
M= मतवाला
C= ख्रीष्टियन
 
उदाहरणको लागि,
यदि कोही ब्याक्तिको नाम "जगत" छ भने "जगत"को अर्थ हुन्छ:- १)गतिशील संसार,विश्व,ब्रह्माण्ड,२) लोक ,दुनिया,३) कुनै पनि जाति वा प्राणीको कार्यक्षेत्र वा समष्टिबोधक शब्द(प्राणिजगत,सौर्यजगत,नारीजगत इत्यादि)
अब हामीले "जगत"नाउँ बाट "त"हटायौ भने "जग" हुन्छ। अनि "जग"को अर्थ हुन्छ:-घर,कटेरो,पुल,कुनै भबन,चौतारो आदिको जमिनमुनिको गारो लगाउने ठाउँ,घरेडीको फेद,चर आदि।
"जगत" र "जग" को अर्थ फरक हुन्छ।

जसरी "जगत" नाउँ भएको एक जना मानिसको नाउँबाट हामीले "त" हटाउदा "जग" हुन्छ र "जग" को अर्थ अर्को हुन्छ।
त्यसरी नै,
हाम्रो "मसीह"को अर्थ र "मसीह" बाट "ह" हटाएर हेर्दा के हुन्छ त्यों बुझौ।
"मसीह" को अर्थ=अभिषिक्त जन,अभिषेक गरिएको ब्याक्ति(जो हाम्रो ख्रीष्ट येशू हुनुहुन्छ)
अब "मसीह" बाट हामीले "ह" हटायौ भने "मसी" मात्र हुन्छ।
"मसी" को अर्थ= कलम भित्र भरेर वा कलमले चोपेर लेख्ने कालो,नीलो,रातो,हरियो रङ आदि।

त्यसैले हामीले कलममा प्रयोग हुने "मसी" को जय भन्ने र लेख्ने होइन।हाम्रो मुक्तिदाता उद्धारकर्ता जीबनदाता "मसीह" को जय भन्नु  र लेख्नु पर्दछ।अर्थात "जय मसी" होइन "जय मसीह" भन्नु र लेख्नु पर्दछ।

पबित्र बाइबलमा "जय"भन्ने शब्द बिशेष गरी भजनसंग्रहको पुस्तकको धेरै अध्यायहरुमा पाइन्छ। "जय" शब्दको अर्थ बिजय,सफलता,तारीफ़,उच्च,आदर योग्य,सम्मान योग्य,प्रशंसा योग्य आदि जस्ता हुन्छन।

"मसीह"शब्द हिब्रू शब्द हो।जसको अर्थ हुन्छ,अभिषिक्त जन अर्थात अभिषेक गरिएको ब्याक्ति।नेपाली बाइबलमा हामी यूहन्नाको पुस्तकमा यो शब्द पाउछौ।

मसीह=हिब्रू भाषामा
ख्रीष्ट=ग्रीक भाषामा
येशू=नेपाली भाषामा
जीसस=अंग्रेजी भाषामा
इशा=अरबी र संस्कृती भाषामा

  यी सबै नाउँको अर्थ अभिषिक्त जन अर्थात अभिषेक गरिएको ब्यक्ति भन्ने हुन्छ।उहाँ पबित्र आत्मा द्वारा कन्या मरियमको गर्भबाट जन्मनु भई सारा संसारको पापको प्रायश्चित स्वरुप निर्दोष थुमा भएर बलिदान हुनुहुने परमेश्वरको पुत्र हुनुहुन्छ।उहाँ सृष्टिकर्ता,जीबनदाता,मुक्तिदाता,उद्धारकर्ता हुनुहुन्छ।

पबित्र बाइबलबाट "जय" र "मसीह शब्द" प्रयोग भएको केहि बचनहरु तपाईहरु समक्ष राख्न चाहन्छु।

➡ पबित्र बाइबलमा"जय" शब्दको प्रयोग भएका केहि बचनहरु:-
भजनसंग्रह ६६:१
===========
 हे सारा पृथ्‍वी,आनन्‍दसाथ परमेश्‍वरको "जयजय"गर।
===========
 हे सारा पृथ्‍वी,आनन्‍दसँग परमप्रभुको जयजयकार गर,भजनद्वारा उहाँको "जय"घोषणा गर।
भजनसंग्रह ११७:१
============
 हे सबै जाति-जातिका मानिस हो,परमप्रभुको स्‍तुति गर। हे सबै जन हो,उहाँको जयजयकार गर।

➡ पवित्र बाइबलमा "मसीह" शब्द उल्लेखित बचनहरु:-
यूहन्ना १:४०-४१
==========
   यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए।
   तिनले पहिले आफ्‍ना भाइ सिमोनलाई भेट्टाए,र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो,ख्रीष्‍ट) भेट्टाएका छौं।”
यूहन्ना ४:२५-२६
==========
   त्‍यस स्‍त्रीले उहाँलाई भनी,“म जान्‍दछु, कि मसीह आउनुहुन्‍छ (जसलाई ख्रीष्‍ट भनिन्‍छ),र जब उहाँ आउनुहुन्‍छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।”
  येशूले तिनलाई भन्‍नुभयो,“तिमीसँग बोल्‍ने,म उही हुँ।”

त्यसैले हामी "मसीह" लाई बिश्वास गर्नेहरुले "मसीह"को जय भनेका छौ की मसी/मोसी/मिसी/ को जय भनेका छौ ? यो गम्भीर कुरा हो।
"जय मसीह" भन्दा मुक्ति,उद्धार,अनन्त जीबन पाउने र स्वर्ग जाने तर "जय मसी/जय मोसी/जय मिसी,Jmc" भन्दा नर्क जाने होर ? भन्ने कुरा तपाईको मनमा उठेको छ भने प्रियहरु हामी सबैलाई मुक्ति दिनु हुने,उद्धार गर्नु हुने र अनन्त जीबन दिनु हुने उहाँ "मसीह"हुनुहुन्छ।उहाँ कुनै काजगमा लेख्न प्रयोग हुने कलम र डटपेनको "मसी" हुनुहुन्न।त्यसैले गलत शब्दको प्रयोग गरेर उहाँको नाउँको अनादर गर्ने होइन सही बाइबलिय शब्द प्रयोग गरेर उहाँको नाउँको आदर,सम्मान,इज्जत,महिमा र प्रशंसा गरौ।

उहाँको नाउँलाई पबित्र बाइबलमा जसरी प्रयोग गरिएको छ त्यसरी नै हामीले प्रयोग गर्नु पर्छ चाहे बोल्दा होस वा लेख्दा। यो,उहाँ(मसीह) का मण्डलीको कर्तब्य हो।
www.prerananepal.blogspot.com

Thursday, July 13, 2017

"The Temple"


- The first temple was made by king Solomon in 957 BC and it was destroyed by babylonian armies in 586 BC.

- The second temple was made by under the leadership of Ezra and Nehemiah in 516 BC and had destroyed by Roman empire Titus's armies in 70 AD.

- The third temple will be made soon in future. This is a prime csuse of conflict  between jews and palestines too.


www.prerananepal.blogspot.com

Monday, July 10, 2017

धरान पबित्र चर्चको ५० औं स्वर्ण जयन्ती !


धरान पबित्र चर्चको ५० औं स्वर्ण जयन्तीको उपलक्ष्यमा सम्पुर्ण ख्रीस्टियन जगतलाई मेरो न्यानो अभिवादन साथै जयमसिह ! धरान पबित्र चर्चका संस्थापक पुर्वको तारा स्वर्गीय प्रेरित डि. आर. थुलुङ्ग बाजेलाई लाखौं धन्यवाद सहित ख्रीस्टिय माल्यार्पण गर्दछु !


पण्डित बाजेलाई सुसमाचार !


ए पण्डित बाजे जाँउ हो धरान पबित्र चर्च
५० औं स्वर्ण जयन्ती हुँदैछ रे आज
कति बस्छौ सडकको पेटिमा
लाखौं भगवानको माझ


नहेर बाजे अझै अर्काको भबिस्य
टिप, चिना र जन्मकुण्डलिमा
बाटो, सत्य र जीवन येशु नै हुन
उद्दार र मुक्तिको प्रचार गरिन्छ रे मण्डलिमा


भागवत गिता, भबिस्यपुराण, रामायण र कुरान
बगाउन नखोज खोला र खोल्सिमा जन्मसिद्ध पाप
बिस्वास गर्नुपर्छ येशुमा
पाप क्षमा हुन्न लगाएर सात दिने पुराण


बताइदेउ तिम्रा सन्ततिलाई येशुको बारेमा
आउँदा पुस्ताले आशिष् पाउन
धर्म र कर्म त गरेकै हो जिवनमा केही फरक परेन
फराकिलो बाटो देखाइ दियो कुसंस्कृतिले
आखिर आत्मालाई स्वर्गीय पुल तारेन



संसारमा जिउनु भन्दा ख्रीस्टमा मर्नु उत्तम छ एक पाटोमा
बीउ पनि मरेर गाडिने गर्छ यहि माटोमा
मारिन्छन, सताइन्छन र हेपिन्छन ख्रीस्टमा बिस्वास गर्नेहरु
तिनै अमर रहन्छन, फैलिन्छन सारा सतावटमा पर्नेहरु



अब त जाग यता उता हेर र खोज सत्य कहाँ छ ?
जातीय र बर्गिय भिभेद छैन सत्य प्रकट छन जहाँ
ख्रीस्टमा अऔ पण्डित बाजे च्यातेर तिम्रा अस्त्र, बस्त्र र असत्यको शास्त्र
उद्दार र मुक्ती पाउनेछौ सित्तैमा
येशुलाई बिस्वास गर्छौ तबमात्र ।


धनराज लक्सम लिम्बू (जोसन)
धरान पबित्र चर्च !

Thursday, July 6, 2017

संसार_नैं_यस्तै_छ_लाग्छ_कस्तो_कस्तो !!

संसार नैं यस्तै छ रंगिचंगी भेषमा
नैतिकतालाई मान्दैनन कुनै यो देशमा
केटि हेर्दा केटा जस्तो केटा केटि जस्तो
संसार नैं येस्तै छ लाग्छ कस्तो कस्तो

सारा संसार रंगिन भो आआफ्नै कलियुगमा
सत्य बुझ्न खोज्ने मानिस भेटिएन यो जुगमा
असत्यले नेटो काट्यो सत्य भागे जस्तो
संसार नैं यस्तै छ लाग्छ कस्तो कस्तो

चौतर्फी छ हल्ला सधै हत्या अनि बलात्कारको
सत्यलाई लत्याएर असत्यकै लागेछ लर्को
मानवरुपि चोला आज पसुसरी गिरे जस्तो
संसार नैं येस्तै छ लाग्छ कस्तो कस्तो

जीवन छ थाहा छैन गन्तव्य कहाँ सम्म हो
अन्धकार मै जीवन बित्यो उजेली कहाँ हो
सांचो मुक्ति कहाँ मिल्छ थाहै नभए जस्तो
संसार नैं येस्तै छ लाग्छ कस्तो कस्तो

सधैं ब्यस्त छ संसार आकृति को पुजापाठमा
आत्माको त मोल छैन मरे शरीर पोल्यो आरेघाटमा
सृष्टिलाई पुज्दा पुज्दै सृष्टिकर्तालाई नै भुले जस्तो
संसार नैं येस्तै छ लाग्छ कस्तो कस्तो

Tuesday, July 4, 2017

'वास्तवमा 666 भनेको के हो ?

www.prerananepal.blogspot.com

आउनुहोस, आज यस विषयमा केही कुराहरू म तपाईंहरुको बीचमा सेयर गर्न चाहन्छु,
कृपया तपाईंहरुले पनि सक्दो सेयर गरिदिनु होला जानकारीको लागि तपाईंको एक सेयरले कुनै विश्वासी शैतानको यो छापबाट बाच्नसक्छन, ल आउनुहोस सुरु गरौ, यो 666 भनेको शैतानको छाप हो बाइबलमा हामीलाई प्रकाशको पुस्तकमा भनेको छ यो छाप लाउनेहरु परमेश्वरको राज्यमा जान सक्दैनन् भनेर भनेको छ यो प्रकाश १३ अध्यायमा तपाईंहरु हेर्नसक्नु हुन्छ, यो तीनवटा 666 चाहिँ शैतानको रुप हो मतलव त्यसको अनुहार हो, अब यो पृथ्वीमा हुदा जसले ख्रीष्ट येशुलाई पाएको छैन तिनिहरु निश्चय पनि यो छाप लाउछन्, ,तर हामी विश्वासीहरुले यो छाप लाउनु हुदैन कारण हामी शैतानको होइनौ ख्रीष्ट येशुको हौ। हामीमा त पवित्र आत्माको छाप लगैएको छ र लागिएको हुनुपर्छ अब हामीले बुझ्नुपर्ने कुराचाहि के हो भने हामी होसियार हुनुपर्छ कारण शैतानले हामीलाई झुकाउनु सक्छ, बाइबलमा हामीले हेर्छौ भने उत्पत्तिको पुस्तकमा शैतानले आदम र हव्वालाई छल गरेको कुरा हामी पाउछौ। त्यस्तै आजपनि धेरैजनालाई शैतानले छल गरेको छ अब यो 666 को छापमा पनि शैतानले धेरैजनालाई छल गर्छ र गरीसकेको छ र अहिले यस्ताखालको मण्डली पनि आएको छन जुन मण्डलीका विश्वासीले चाहिँ 666 को छाप लाउनैपर्ने अनि यी मण्डलीहरुले यो 666 को छापलाई के भन्छन् भने येशुको नाउँलाई नै हामीले छाप लगैएको हो भनेर भन्छन् अब अहिले यो छाप सुरु भैसकेको छ यसको सिम्पलचाहि हामी कहाँबाट पाउछ भने, मानिसहरुको अऊलाबाट दुनियाँमा धेरै किसिमको फेसन आउँछ, र डिजाइन आउँछ, विभिन्न स्टाईल आउँछ र त्यो स्टाईलमध्ये अहिले बढी मात्र चलिरहेको स्टाईल हो फोटो खिच्ने मानिसहरुमा अहिले यो फेसबुकले गर्दा आफ्नो फोटो खिच्न बोहुत आतुर गर्छन,

www.prerananepal.blogspot.com

हो यो फोटो खिच्ने क्रम आज धेरैजनाले शैतानको रुपलाई उचाल्दै छन् मानिसहरुले आज यो दुईवटा अऊला देखाएर धेरैजनाले फोटो खिच्छन तर उनीहरूलाई यसको अर्थ भने थाहा छैनन् यो दुईवटा अऊला देखाउनुको मतलव चाहिँ शैतानको दुईवटा सिङलाई उचाल्नु हो अथवा देखाउनु हो र यो तीनवटा अऊला देखाएर फोटो खिच्नुचाहि शैतानको रुपलाई देखाउनु हो अथवा 666 को छापको सख्त हो तपाईंहरु हेर्दै जानुहोस। जसरी मानिसहरु अहिले यो दुईवटा अऊला र तीनवटालाई देखाएर फोटो खिच्नेलाई एकप्रकार स्टाईल हो भनेर खिच्दै छन त्यसरी नै एकदिन शैतानको यो छापलाई एउटा स्टाईल हो भनेर प्रयोग गर्छन् हामीले बुझ्नुपर्ने मुख्य कुरा नराम्रो खराब कुराहरू जति पनि छन त्यसको पिता भनेको सैतान हो जति पनि असल कुराहरुचाहिँ परमेश्वरको हो त्यसैले हामी कुनचाहिँ बाटोमा हिड्दै छौ खराब कि असल यदि हामीले हाम्रो जीवनमा असल कुराहरूलाई बाँस गर्न दिइएको छैनौ भने हामीलाई शैतानले छल गर्न केही समय पनि लाग्दैन बाइबलले हामीलाई भन्छन् तिमीहरू यो ससारका ढाचामा नचल भनेर यो किन भनेको थाहा छ हाम्रो फाइदाको लागि भनेको ससारका मानिसहरुमा सबै शैतानका खराब कुराहरू हुन्छन् उनीहरूको बोली खराब हुन्छ, उनीहरूको सोचाइ खराब हुन्छ, उनीहरूको हरेक थोक खराबहुन्छ भने, के उनीहरूले गरेको कुराहरू हामी पनि गर्ने त? उनीहरूको जस्तै चालमा हामी पनि चल्ने त? आज धेरैजना विश्वासीहरु चलिरहेको पनि छन, आज ससारमा धेरै नयाँ कुराहरू आएको छन, अनि यसको पछाडि धेरैजना कुदिरहेका छन तर राम्रो नराम्रो के हो केही नबुझी मानिसहरु फसिरहेको छन दिनदिनै ससार खुला हुदै जादै छ धेरैजना दिदि बहिनीहरुलाई ससारका नयाँ कुराहरूले नाङ्गादै छ र दाजु भाइहरुलाई विभिन्न किसिमको बन्धनमा फसिरहेका छन त्यसले हामी बाइबलअनुसारको जीवन जिउदैनौ भने हामीलाई छल गर्न शैतानले सजिलोसग सक्छ। त्यसैले हामीले हाम्रो जीवन यो पारामा र ससारको ढाचामा चलाउने होइन, तर परमेश्वरको वचनको ढाँचामा चलाउनुपर्छ हाम्रो जीवन हामीले जिउने होइन, हाम्रो जीवनमा येशुलाई जिउनु दिनुपर्छ तपाईंहरु सबैले यो पढेर अरुलाई पनि सेयर गरिदिनु होला जतिसक्दो धेरैजनालाई सेयर गरिदिनु होला !

www.prerananepal.blogspot.com