Monday, July 10, 2017

धरान पबित्र चर्चको ५० औं स्वर्ण जयन्ती !


धरान पबित्र चर्चको ५० औं स्वर्ण जयन्तीको उपलक्ष्यमा सम्पुर्ण ख्रीस्टियन जगतलाई मेरो न्यानो अभिवादन साथै जयमसिह ! धरान पबित्र चर्चका संस्थापक पुर्वको तारा स्वर्गीय प्रेरित डि. आर. थुलुङ्ग बाजेलाई लाखौं धन्यवाद सहित ख्रीस्टिय माल्यार्पण गर्दछु !


पण्डित बाजेलाई सुसमाचार !


ए पण्डित बाजे जाँउ हो धरान पबित्र चर्च
५० औं स्वर्ण जयन्ती हुँदैछ रे आज
कति बस्छौ सडकको पेटिमा
लाखौं भगवानको माझ


नहेर बाजे अझै अर्काको भबिस्य
टिप, चिना र जन्मकुण्डलिमा
बाटो, सत्य र जीवन येशु नै हुन
उद्दार र मुक्तिको प्रचार गरिन्छ रे मण्डलिमा


भागवत गिता, भबिस्यपुराण, रामायण र कुरान
बगाउन नखोज खोला र खोल्सिमा जन्मसिद्ध पाप
बिस्वास गर्नुपर्छ येशुमा
पाप क्षमा हुन्न लगाएर सात दिने पुराण


बताइदेउ तिम्रा सन्ततिलाई येशुको बारेमा
आउँदा पुस्ताले आशिष् पाउन
धर्म र कर्म त गरेकै हो जिवनमा केही फरक परेन
फराकिलो बाटो देखाइ दियो कुसंस्कृतिले
आखिर आत्मालाई स्वर्गीय पुल तारेन



संसारमा जिउनु भन्दा ख्रीस्टमा मर्नु उत्तम छ एक पाटोमा
बीउ पनि मरेर गाडिने गर्छ यहि माटोमा
मारिन्छन, सताइन्छन र हेपिन्छन ख्रीस्टमा बिस्वास गर्नेहरु
तिनै अमर रहन्छन, फैलिन्छन सारा सतावटमा पर्नेहरु



अब त जाग यता उता हेर र खोज सत्य कहाँ छ ?
जातीय र बर्गिय भिभेद छैन सत्य प्रकट छन जहाँ
ख्रीस्टमा अऔ पण्डित बाजे च्यातेर तिम्रा अस्त्र, बस्त्र र असत्यको शास्त्र
उद्दार र मुक्ती पाउनेछौ सित्तैमा
येशुलाई बिस्वास गर्छौ तबमात्र ।


धनराज लक्सम लिम्बू (जोसन)
धरान पबित्र चर्च !

No comments:

Post a Comment