Tuesday, July 4, 2017

'वास्तवमा 666 भनेको के हो ?

www.prerananepal.blogspot.com

आउनुहोस, आज यस विषयमा केही कुराहरू म तपाईंहरुको बीचमा सेयर गर्न चाहन्छु,
कृपया तपाईंहरुले पनि सक्दो सेयर गरिदिनु होला जानकारीको लागि तपाईंको एक सेयरले कुनै विश्वासी शैतानको यो छापबाट बाच्नसक्छन, ल आउनुहोस सुरु गरौ, यो 666 भनेको शैतानको छाप हो बाइबलमा हामीलाई प्रकाशको पुस्तकमा भनेको छ यो छाप लाउनेहरु परमेश्वरको राज्यमा जान सक्दैनन् भनेर भनेको छ यो प्रकाश १३ अध्यायमा तपाईंहरु हेर्नसक्नु हुन्छ, यो तीनवटा 666 चाहिँ शैतानको रुप हो मतलव त्यसको अनुहार हो, अब यो पृथ्वीमा हुदा जसले ख्रीष्ट येशुलाई पाएको छैन तिनिहरु निश्चय पनि यो छाप लाउछन्, ,तर हामी विश्वासीहरुले यो छाप लाउनु हुदैन कारण हामी शैतानको होइनौ ख्रीष्ट येशुको हौ। हामीमा त पवित्र आत्माको छाप लगैएको छ र लागिएको हुनुपर्छ अब हामीले बुझ्नुपर्ने कुराचाहि के हो भने हामी होसियार हुनुपर्छ कारण शैतानले हामीलाई झुकाउनु सक्छ, बाइबलमा हामीले हेर्छौ भने उत्पत्तिको पुस्तकमा शैतानले आदम र हव्वालाई छल गरेको कुरा हामी पाउछौ। त्यस्तै आजपनि धेरैजनालाई शैतानले छल गरेको छ अब यो 666 को छापमा पनि शैतानले धेरैजनालाई छल गर्छ र गरीसकेको छ र अहिले यस्ताखालको मण्डली पनि आएको छन जुन मण्डलीका विश्वासीले चाहिँ 666 को छाप लाउनैपर्ने अनि यी मण्डलीहरुले यो 666 को छापलाई के भन्छन् भने येशुको नाउँलाई नै हामीले छाप लगैएको हो भनेर भन्छन् अब अहिले यो छाप सुरु भैसकेको छ यसको सिम्पलचाहि हामी कहाँबाट पाउछ भने, मानिसहरुको अऊलाबाट दुनियाँमा धेरै किसिमको फेसन आउँछ, र डिजाइन आउँछ, विभिन्न स्टाईल आउँछ र त्यो स्टाईलमध्ये अहिले बढी मात्र चलिरहेको स्टाईल हो फोटो खिच्ने मानिसहरुमा अहिले यो फेसबुकले गर्दा आफ्नो फोटो खिच्न बोहुत आतुर गर्छन,

www.prerananepal.blogspot.com

हो यो फोटो खिच्ने क्रम आज धेरैजनाले शैतानको रुपलाई उचाल्दै छन् मानिसहरुले आज यो दुईवटा अऊला देखाएर धेरैजनाले फोटो खिच्छन तर उनीहरूलाई यसको अर्थ भने थाहा छैनन् यो दुईवटा अऊला देखाउनुको मतलव चाहिँ शैतानको दुईवटा सिङलाई उचाल्नु हो अथवा देखाउनु हो र यो तीनवटा अऊला देखाएर फोटो खिच्नुचाहि शैतानको रुपलाई देखाउनु हो अथवा 666 को छापको सख्त हो तपाईंहरु हेर्दै जानुहोस। जसरी मानिसहरु अहिले यो दुईवटा अऊला र तीनवटालाई देखाएर फोटो खिच्नेलाई एकप्रकार स्टाईल हो भनेर खिच्दै छन त्यसरी नै एकदिन शैतानको यो छापलाई एउटा स्टाईल हो भनेर प्रयोग गर्छन् हामीले बुझ्नुपर्ने मुख्य कुरा नराम्रो खराब कुराहरू जति पनि छन त्यसको पिता भनेको सैतान हो जति पनि असल कुराहरुचाहिँ परमेश्वरको हो त्यसैले हामी कुनचाहिँ बाटोमा हिड्दै छौ खराब कि असल यदि हामीले हाम्रो जीवनमा असल कुराहरूलाई बाँस गर्न दिइएको छैनौ भने हामीलाई शैतानले छल गर्न केही समय पनि लाग्दैन बाइबलले हामीलाई भन्छन् तिमीहरू यो ससारका ढाचामा नचल भनेर यो किन भनेको थाहा छ हाम्रो फाइदाको लागि भनेको ससारका मानिसहरुमा सबै शैतानका खराब कुराहरू हुन्छन् उनीहरूको बोली खराब हुन्छ, उनीहरूको सोचाइ खराब हुन्छ, उनीहरूको हरेक थोक खराबहुन्छ भने, के उनीहरूले गरेको कुराहरू हामी पनि गर्ने त? उनीहरूको जस्तै चालमा हामी पनि चल्ने त? आज धेरैजना विश्वासीहरु चलिरहेको पनि छन, आज ससारमा धेरै नयाँ कुराहरू आएको छन, अनि यसको पछाडि धेरैजना कुदिरहेका छन तर राम्रो नराम्रो के हो केही नबुझी मानिसहरु फसिरहेको छन दिनदिनै ससार खुला हुदै जादै छ धेरैजना दिदि बहिनीहरुलाई ससारका नयाँ कुराहरूले नाङ्गादै छ र दाजु भाइहरुलाई विभिन्न किसिमको बन्धनमा फसिरहेका छन त्यसले हामी बाइबलअनुसारको जीवन जिउदैनौ भने हामीलाई छल गर्न शैतानले सजिलोसग सक्छ। त्यसैले हामीले हाम्रो जीवन यो पारामा र ससारको ढाचामा चलाउने होइन, तर परमेश्वरको वचनको ढाँचामा चलाउनुपर्छ हाम्रो जीवन हामीले जिउने होइन, हाम्रो जीवनमा येशुलाई जिउनु दिनुपर्छ तपाईंहरु सबैले यो पढेर अरुलाई पनि सेयर गरिदिनु होला जतिसक्दो धेरैजनालाई सेयर गरिदिनु होला !

www.prerananepal.blogspot.com


No comments:

Post a Comment