Thursday, July 6, 2017

संसार_नैं_यस्तै_छ_लाग्छ_कस्तो_कस्तो !!

संसार नैं यस्तै छ रंगिचंगी भेषमा
नैतिकतालाई मान्दैनन कुनै यो देशमा
केटि हेर्दा केटा जस्तो केटा केटि जस्तो
संसार नैं येस्तै छ लाग्छ कस्तो कस्तो

सारा संसार रंगिन भो आआफ्नै कलियुगमा
सत्य बुझ्न खोज्ने मानिस भेटिएन यो जुगमा
असत्यले नेटो काट्यो सत्य भागे जस्तो
संसार नैं यस्तै छ लाग्छ कस्तो कस्तो

चौतर्फी छ हल्ला सधै हत्या अनि बलात्कारको
सत्यलाई लत्याएर असत्यकै लागेछ लर्को
मानवरुपि चोला आज पसुसरी गिरे जस्तो
संसार नैं येस्तै छ लाग्छ कस्तो कस्तो

जीवन छ थाहा छैन गन्तव्य कहाँ सम्म हो
अन्धकार मै जीवन बित्यो उजेली कहाँ हो
सांचो मुक्ति कहाँ मिल्छ थाहै नभए जस्तो
संसार नैं येस्तै छ लाग्छ कस्तो कस्तो

सधैं ब्यस्त छ संसार आकृति को पुजापाठमा
आत्माको त मोल छैन मरे शरीर पोल्यो आरेघाटमा
सृष्टिलाई पुज्दा पुज्दै सृष्टिकर्तालाई नै भुले जस्तो
संसार नैं येस्तै छ लाग्छ कस्तो कस्तो

No comments:

Post a Comment