Monday, May 22, 2017

नमस्कार !

नमस्कार, जब म कसैलाई नमस्कार गरिरहेको हुन्छु नि तब त्यो ब्याक्तीमा रहेको अलौकिक सक्तिलाई आदर गरिरहेको हुन्छु, अलौकिक भन्दा कतिसम्म अलौकिक ? यसको कुनै नाप तौल छैन !


जब कि हामिले एउटा हवाइजहाजलाई हेरेर सोच्ने गर्छौं कि ओहो ! यो कसरी र कस्ले बनायो होला ? यो बनाउने मान्छेको दिमागलाई त मान्नै पर्छ ! हो आज बैज्ञानिकहरुले विभिन्न रहस्यमय कुराहरु पत्ता लगाइरहेका छन ! र उनीहरूले यो कुरा नकारेका छैनन कि there is a God, who created us. त्यहाँ एउटा अलौकिक शक्ति छ जसले हामिलाई बनाउनुभयो । जुन अलौकिक सक्तिलाई हामी परमेस्वर भन्ने गर्दछौं ।


बैज्ञानिकहरुले जब परमेस्वर हुनुहुन्छ भनी proof गर्दा उनिहरुले the God of the Bible भनी भनेका थिए !
 #यशैया 44:24
 “परमप्रभु यसो भन्‍नुहुन्‍छ– तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्‍नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनायो, जसले एकलै आकाशलाई फैलायो, जसले आफै पृथ्‍वीलाई फिँजायो ।


यसलाई हेर्दा हामी थाहा पाउन सक्छौं कि परमेस्वर पहिलो कि बैज्ञानिक ? भनेर ! बैज्ञानिक को कुरा गर्नु पर्दा बल्ल १९२९ मा एड्रीन भबल भन्ने ब्याक्तिले पृथ्वीलाई शून्यमा अड्याएर राखिएको छ भन्ने कुरा पत्ता लगाएका थिए !


तर यसैया त येशु ख्रीस्ट पृथ्वीमा आउनु भन्दा ७०० बर्स अघि नै लेखिएको थियो ! २०१७+७००= २,७१७ बर्स अघि नै लेखिएको कुरा लाई बल्ल बैज्ञानिकहरुले पत्ता लगाइरहेका छन ! जुन अघि नै बनाइएको छ तर अझै गुप्त छन !


बैज्ञानिकहरुको खोज, अनुसन्धानलाई पनि नकार्न भने सकिन्न तर पनि उनिहरुलाई परमेस्वरको स्थानमा राख्न भने कदापी सकिन्न ! किनकी बैज्ञानिकहरुको पनि सृष्टिकर्ता हुनुहुन्छ ! यस्तो महान परमेस्वर जसले सबै कुरालाई समेटेर स्थिर गर्न सक्नुहुन्छ जसलाई धेरैजनाले गुरुत्वकर्सण बल भनी भन्दछन ! अनि त्यो सक्तिलाई हामी परमेस्वर भन्दछौं !


अनि त्यही परमेस्वरले तपाइँ र मलाई प्रेम गर्नुहुन्छ ! यो कुरा अति अचम्मित छ कि त्यत्रो ठूलो सर्बसक्तिमान परमेस्वरले हामिजस्तालाई प्रेम गर्नु भनेको आफैमा महान हो !

बाइबलमा एक ठाउँमा यसरी लेखिएको छ

कलस्सी 1:15-17
 उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ,

 किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌।

 उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌ ।


यस्तो महान परमेस्वरले आज तपाइँ र मलाई प्रेम गर्नुहुन्छ ! यो कुरा मलाई अति नै पन पर्छ कि एउटा महान सृष्टिकर्ताले म जस्तो एउटा अति नै सुक्ष्म Galaxy भित्रको मानिसलाई उहाँले महत्त्वपूर्ण ठान्नुहुन्छ ! बाइबल मा धेरै ठाउँमा लेखिएको छ जहाँ परमेस्वरले  भन्नुहुन्छ  I love you, I care about you.

अनि अर्को ठाउँमा येस्तो पनि लेखिएको छ कि म तँलाई तेरो आमाको गर्भमा हुनभन्दा अघि नै अर्थात पृथ्वी को सृष्टि अघिनै म चिन्दछु ! अथवा सृष्टि को अघि नै उहाँले मेरो बारेमा सोच्नुहुन्थ्यो । त्यसकारण आउनुहोस् एक पटक सोच्नुहोस को होला त्यो परमेस्वर ? कहाँ भेटिएला त उहाँलाई ? उहाँ भन्नुहुन्छ म तेरो छेउमै छु ! आमेन