Tuesday, November 22, 2016

यरुशलेम मन्दिरको पुर्वपट्टिको ढोका किन बन्द छ ?

धेरै पल्ट प्रभु येशू पुर्व पट्टिको ढोकाबाट भित्र जानुहुन्थ्यो र त्यहाँ भित्र रहेका सभाहरूमा शिक्षा दिनुहुन्थ्यो । पुर्व पट्टिको ढोकालाई येशूले धेरै जसो प्रयोग गर्नुहुन्थ्यो । मन्दिरको पुर्व उपत्यकालाई किर्दोन उपत्यका भनिन्छ । यरूसलेमको मन्दिरबाट गेतसमनी पहाड २ किलोमीटर टाढा छ र त्यहाँ बाट देख्न सकिन्छ । प्रभु येशू पुर्वको ढोकाबाट निस्केर किर्दोन उपत्यका हुँदै गेतसमनी जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो ।


यरुशलेम डाँडाको ठ्याक्कै पुर्वपट्टी जैतुन डाँडा छ, जहाँ प्रभुले जैतुन डाँडाको उपदेश दिनुभयो  । त्यस समयमा उहाँले प्रचार गर्नुभएको वचनको शिर्षक " अन्तको समयको चिन्ह " थियो, जुन मत्ती २४, २५ अध्यायमा पाउँदछौं ।  गालिलमा भएको डाँडाको उपदेश ख्रीस्टियन जिवनको बारेमा छन र यो मत्ती ५ अध्यायमा छ र यो इ. सं. २६ मा दिइएको हो । अर्को डाँडाको उपदेश हो जैतुन डाँडाको जुन इ. सं. ३० मा दिइएको थियो ।


क्रुसमा चढाइनुभन्दा तीन दिन अघि मंगलबारको दिन येशू आफ्ना चेलाहरूसंग जैतुन डाँडामा जानुभयो । उहाँले चेलाहरूलाई यरूशलेमको मन्दिरलाई हेर भन्नुभयो । उहाँले त्यतिबेला यरूशलेमको मन्दिर नाश गरिँदैछ भनेर भन्नू भयो ( मत्ती २३:३८ ) । यसको मतलब मन्दिर नस्ट हुन लागेको थियो । यो भविस्यबाणी ए. डि. ७० मा अर्थात ४० बर्ष पछि  पूरा भयो । परमेस्वरले जे जे भबिस्यबाणी गर्नुहुन्छ, त्यो अवस्य पूरा हुन्छ । मत्ति २३:३८ पद्दको शिक्षा उहाँले यरूशलेमको मन्दिरको दक्षिण पट्टिको चोकबाट दिनुभएको थियो । यो शिक्षा दिइसक्नुभएपछी उहाँ पुर्व पट्टिको ढोकाबाट निस्केर जैतुन डाँडामा आउनुभएको थियो ।



जब चेलाहरुले यो कुरा सुने तब उनिहरुले संसारको अन्त्य त्यही हो भनेर बिचार गरे । यरुशलेम मन्दिर भत्केपछी अब संसारको अन्त्य हुन्छ भनेर चेलाहरूले बिचार गरेका थिए । उनीहरुको कुरा सुनेपछि येशूले बिचार गर्नुभयो कि त्यही नैं अन्त्यको समयको बारेमा बताउने ठिक समय वा घडी हो ।  त्यसपछि उहाँले मत्ती २४ र २५ अध्यायमा अन्त्यको बारेमा चेलाहरुलाई बताउनुभयो । मत्ती २४ र २५ मा बताइएको शिक्षालाई जैतुन डाँडाको शिक्षा भनिन्छ !


जब येशु स्वर्गरोहण हुन लाग्नुभएको थियो उहाँ जैतुन डाँडामा आउनुभयो र उहाँले एउटा महान आज्ञा दिनुभयो । प्रेरित १:८ को आज्ञा दिइसक्नुभएपछी उहाँ जैतुन डाँडाबाट स्वर्गरोहण हुनुभयो ! जब येशु स्वर्गरोहण हुनै लाग्नुभएको थियो स्वर्ग दुतले चेलाहरुलाई भने उहाँ फेरि डाँडामा आउनुहुनेछ ( प्रेरित १:९-११ )



येशू ख्रीस्ट आउनुभन्दा ५०० बर्ष पहिले उहाँ जाकरिया संग बोल्नुभयो, " म फेरि आउनेछु जैतुन डाँडामा मेरो खुट्टाले टेक्नेछु " । त्यस दिन उहाँको खुट्टाले यरूशलेमको शामु पुर्वतिर भएको जैतुन डाँडामा टेक्नेछन । अनि पुर्वदेखी पस्चिमसम्मै जैतुन डाँडाको बिचमा धाँदो फाट्नेछ र त्यहाँ एउटा ठूलो खोल्सा बनिनेछ । आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ  ( जाकरिया १४:४ ) । करिब ५०० बर्ष अगाडी प्रभु येशू काकरिया आगमबक्ता संग बोल्नुभयो । ( इजकिएल ४३:१-५ ) । येशू ख्रीस्ट यरुशलेम मन्दिरको पुर्वपट्टिको ढोकाबाट पस्नुहुनेछ । प्रभुले इजकिएललाई यो पनि भन्नू भयो कि म पुर्व पट्टिको ढोकाबाट पस्न लाग्नेछु, तब अन्य जातिले मलाई रोक्नेछन ( इजकिएल ४४:१-३ ) ।



यरुशलेम पुर्वपट्टिको ढोकालाई ढुङ्गाले टालिनेछ । यो भबिस्यबाणी पूरा भएको छ कि आज इस्लामहरुले पुर्वपट्टिको ढोका सिमेन्ट लगाएर बन्द गरिदिएका छन । इस्लामहरुलाई इजकिएलको भबिस्यबाणी थाहा थियो र येशू फेरि जैतुन डाँडाबाट ओर्लेर पुर्वपट्टिको ढोकाबाट नपसुन भनेर ढोका बन्द गरिदिए । आजको दिनमा यो मन्दिरको पहाड मुसलमानहरुको अधिनमा छ । त्यो ढोका बन्द गर्ने अधिकार पनि उनिहरुलाई छ । पुरानो नियमको समयमा येशू ख्रीस्टले धेरै पटक यो ढोकाको प्रयोग गर्नुभएको छ र मुस्लिमलाई यो कुरा थाहा छ । यसकारण उनिहरुले यो ढोका बन्द गरेका छन ।


यो प्रभुको अनुमतिमा नै गरिएको हो । आज पनि यरुशलेमको सबै ढोकाहरु खुल्ला छन तर पुर्वपट्टिको ढोका मात्रै बन्द गरिएको छ । पुर्वपट्टिको ढोका प्रभु येशूको ढोका हो र उहाँले त्यो ढोका पुरानो र नयाँ नियम दुबै समयमा प्रयोग गर्नुभएको थियो । तर अहिले त्यो ढोका मुसलमान द्वारा बन्द गरिएको छ । जब येशु ख्रीस्ट दोस्रो पटक यश संसारमा आउनुहुन्छ तब त्यही ढोका प्रयोग गर्नुहुनेछ ।

No comments:

Post a Comment