Wednesday, December 21, 2016

निस्तार चाडको विषयमा माताबादिहरू के बताउँछन ?

निस्तार चाडको सम्बन्धमा
उनीहरू दावी गर्छन् कि हिब्रु क्यालेन्डर अनुसार निसान महिनाको चौधौं दिन (लेवी २३:५) मा निस्तार चाड नमनाउने कसैले पनि उद्धार मुक्ति प्राप्त गर्दैनन् । तर पुरानो नियममा उल्लेखित यस चाड यहुदीहरूको निम्ति मात्रै हो भनेर पुरानो नियमका साथसाथै नयाँ नियमले पनि स्पष्ट बताँउदछ (यूहन्ना ६:४) ।
निस्तार चाड नमान्दासम्म मुक्ति पाउन असम्भव छ भन्ने उनीहरूको तर्क सम्पूर्ण हिसावले अबाइबलिय छ । ख्रीष्ट येशूले क्रूसको अति दर्दनाक पीडा सहेर उहाँमाथि विश्वास गर्नेहरूलाई कसैले हरण गर्न नसक्ने उद्धार-मुक्तिको प्रबन्ध गरिसक्नुभएको छ भनेर धर्मशास्त्रका विभिन्न खण्डहरूमा उल्लेख गरिएको छ ।

अब हामीहरू बाइबलबाट केहि यस्ता खण्डहरू हेर्नेछौं, जुन खण्डहरूले बताँउदछन् कि येशूले क्रूसको मृत्युद्वारा सबै पुराना बिधिबिधानहरू रद्द तुल्याउनुभएको कारण उहाँमाथि विश्वास गर्ने हरेकले निस्तार चाड बिना नै पनि उद्धारमुक्ति प्राप्त गर्न सक्दछन् ।
प्रेरित १६:३१
अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईंले उद्धार पाउनुहुनेछ– तपाईं र तपाईंका परिवारले ।”
झ्यालखानाको हाकिमले पावल र सिलाससँग उद्धार पाउने उपायबारे सोध्दा उनीहरूले निस्तार चाड मान्नुस् अनि उद्धार पाउनुहुनेछ भनेर भन्दैनन् तर प्रभु येशूमा विश्वास गर्न सल्लाह दिन्छन् । यदि माता मान्नेहरूले दावी गरेजस्तै उद्धार मुक्ति प्राप्त गर्नलाई निस्तार चाड मान्नु अनिवार्य नै भएको भए पवित्र आत्माको प्रेरणाद्वारा बाइबल लेख्ने महान अबशर प्राप्त गरेका पावलले त्यसै अनुरुपको सल्लाह दिंदैनथे र? तल उल्लेखित खण्डहरू पनि हेर्नुहोलाः
गलाती ४:१०-११/कलस्सी२:१४-१६/हिब्रु ९:१२/एफिसी २:८-९/यूहन्ना ५:२४/यूहन्ना ६:४०/यूहन्ना ६:४७ यसरी हामी प्रष्ट हुन सक्दछौं कि मुक्ति पाउनलाई निस्तार चाड मान्नैपर्ने उनीहरूको दाबी इश्वरीय दाबी होइन ।


१) प्रभुको मृत्युको सम्झनाको भोज अर्थात प्रभु भोजमा बर्षमा एकपटक सहभागी हुने कि पटक पटक?
उनीहरुले दावी गर्छन्ः पुरानो नियमको आधारमा बर्षमा एकपटक हिब्रु क्यालेन्डर अनुसार निसान महिनाको १४ औं दिनमा मात्र प्रभुको मृत्युको सम्झनामा रोटी भाँच्ने र कचौराबाट पिउने काम गरिनुपर्छ, पटक पटक सहभागी हुनुहुंदैन ।
तर बाइबल धर्मशास्त्रको १ कोरिन्थी ११:२५ मा यसरी लेखिएको छ: ................जहिले जहिले तिमीहरु यो पिंउछौ मेरो सम्झनामा यो अक्सर गर ।
यो अक्सर शब्दको अर्थ बिश्वबिख्यात विक्सनेरीले “प्रायः” वा “धेरैजसो” भनेर लगाएको छ । यसबाट हामी प्रष्ट हुन सक्दछौं कि बर्षमा एकपटक मात्रै सहभागी हुनपर्ने भन्ने उनीहरुको दावी बाइबल बिपरित छ ।


२) प्रकाश २२:१७ मा उल्लेखित “दुलही” ले कसलाई जनाँउछ ?
उनीहरु दावी गर्दछन् कि प्रकाश २२:१७ मा भएको “दुलही” ले परमेश्वरको श्रीमतीलाई जनाँउछ । यो पनि दावी गर्दछन् परमेश्वरकी श्रीमती अहिले कोरियामा जीवित रहेकी झाङग गिल जाह हुन्, जो ख्रीष्ट भनिएका आङ सान होंगकी अबैधानिक श्रीमती थिइन् ।
तर बाइबलले स्पष्ट अर्थमा बताँउछ की ख्रीष्टकी दुलही चाँहि कोहि एक महिला नभएर मण्डली हो ।      पढ्नुहोसः २ कोरिन्थी ११:२-४

३) क्रिसमस वा इष्टर मान्न मिल्ने की नमिल्ने ?
उनीहरुले भन्छन्ः क्रिसमस वा इष्टर मान्नु बाइबल बिपरित छ, यो मान्नु मूर्तिपूजा गर्नुजस्तै हो ।           मर्कुस ९:३८–४० लाई छलफल गर्ने हो भने हामी बुझ्न सक्दछौं की येशूको शिक्षाको बिरोध नगर्ने कुराहरूलाई येशूले कहिल्यै पनि रोक्नुहुन्न । त्यसप्रकारका कुराहरूलाई उहाँले सहजै स्वीकार गर्नुहुन्छ । येशूले अह्राउदै नअह्राउनुभएको ब्यक्तिले येशूको नाममा भुत धपाँउदा उहाँले त्यसलाई नरोक्न भन्नुभयो किनकि त्यस कामबाट पनि प्रभुको नै महिमा हुनेवाला थियो । त्यसरी नै  बाइबलमा स्पष्ट नलेखिएकै भए पनि सारा मानवलाई पापमुक्त गराउने परमेश्वरको अद्भुत र प्रेमपूर्ण योजनाको सम्झनामा हामीहरु उहाँकै महिमाको निम्ति क्रिसमस वा इष्टर मनाउछौं । हामीले मुक्ति पाउनको निम्ति नभएर परमेश्वरको महिमाको निम्ति मात्रै यी उत्सवहरू मनाँउछौ । मुक्ति पाउने आधार क्रिसमस वा इष्टर मान्नु नभएर हाम्रो विश्वास र परमेश्वरको अनुग्रह हो भन्ने कुरामा पनि हामी स्पष्ट छौं ।
#जगदिश_पोख्रेल

No comments:

Post a Comment