Friday, September 9, 2016

नेपाली मिडियाहरुले पनि माता र पिता मान्ने ईसाई रहेछन भनी खबर लेख्न थाले झुटाे शिक्षा बाट बचाै र बचाअाै" ।

नेपाली मिडियाहरुले पनि माता र पिता मान्ने ईसाई रहेछन भनी खबर लेख्न थाले झुटाे शिक्षा बाट बचाै र बचाअाै"

~पिता पुत्र, पवित्र आत्मा मन्नु हुने प्रभुको प्यारो जनहरुले जन्नै पर्ने र बुझ्नै पर्ने कुराहरु~
***#आखिर_बाइबलीय_सत्य_शिक्षा_के_हो***

1-#के_मुक्तिदाता_कोरियाबाट_आउनुहुन्छ_र?
त्यो पनि चस्मा लगाएर। अनि मुक्तिदाता येशू ख्रीष्ट जसले रोगीहरुलाई निको पर्नुभयो, अन्धाहरुलाई आँखाको ज्योति दिनुभयो। तर आङ साङ ह्वाङ (Ann Sang Hong) स्वयमको अँखा कमजोर भएको कारण चस्मा लगाउनु परेको थियो। र तालु पनि खुइलिएको थियो। जसको मृत्यु उच्च रक्तचापका कारण भयो। र अरुलाई मुक्ति दिन सक्नेले स्वयं आफ्नो शारीरिक रोगहरुबाट मुक्ति पाउन सकेनन्?

-बाइबल धर्मशास्त्रले यसरी भन्छ अब्राहाम, इशाहक, याकुब वा ईस्राएलको 12 कुलमध्ये यहुदाको कुलबाट येशू ख्रीष्ट आउनुहुन्छ। मुक्तिदाता यहुदीबाटै आउनुपर्छ जुन कुरा यशैया अगमवक्ताले प्रभु येशू ख्रीष्ट जन्मिनुभन्दा करिब ७ सय वर्ष अगाडि नै भविष्यवाणी गरेका थिए।-``हेर कन्या गर्ववती हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ' (यशैया 7:14) (मीका 5:2) (गलाती 4:4)
येशू समयको पुर्णतामा यस संसारमा आउनुभयो।
-तर आङ साङ ह्वाङ ( Ann sang hong) को जन्मको विषयमा काहाँ र कसले भविष्यवाणी गरेका छ? के आङ साङ ह्वाङ यहुदी हुन्? के आङ साङ ह्वाङका पिता पुर्खा यहुदी हुन्? कोरियामा इस्राएल जाति अथवा यहुदी जाति छैनन्। अनि आङ साङ ह्वाङ यहुदाको कुलबाट पनि आएको होइनन्। यी सबै कुराहरुका आधारमा उनका शिक्षाहरु र जिवनका चालहरु अति नै भ्रमात्मक र विवादास्पद छ्न्। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, परमेश्वरको मण्डली, (Word mission society, church of god) ख्रीष्ट विरोधी झुटो शिक्षा हो र आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो।

2-#मुक्ति_कसरी_पाउने_त? #निस्तार_चाड_मानेर?
-(एफिसी 2:8,9 पद) अनुसार हामीले मुक्ति परमेश्वरको अनुग्रहबाट र हाम्रो विश्वासद्रारा पाउँछौ र यो परमेश्वरको वरदान हो। तर हाम्रो कर्मद्रारा होइन। (प्रेरित 16 को 31 र 4 को 12 पद) अनुसार हामीले विश्वासद्रारा नै मुक्ति पाउदछौ। आज्ञापालन चाडपर्व, विश्राम दिन मानेर, धर्मकर्म गरेर वा निस्तार चाडले अथवा विभिन्न विधि-विधानले होइन। निस्तार चाड त केवल युहन्ना 6 को 4 पद) अनुसार यहुदीहरुले मान्ने चाड हो। हामीहरुले यो निस्तार चाड मन्नु आवश्यक छैन।  किनभने (गलाती 4 को 10,11) र (कलस्सी 2 को 14,16 पद) अनुसार सबैप्रकारको रितिथितिहरु येशू ख्रीष्टले रद्द गर्नु भएको छ। र नयाँ करारमा कतैपनि निस्तार चाडद्वारा, विश्राम दिनद्रारा मुक्ति  र पाप क्षमा पाउने कुरा लेखेकै छैन। यदि चाडपर्व मानेर उद्घार पाउने भए हाम्रो प्रभु येशू ख्रीष्ट हाम्रो पापको निम्ति किन क्रुसमा मर्नुपर्थ्यो?(हिब्रु 9:12)।
अनन्त जीवन प्राप्त गर्ने कुरा र पाप क्षमा पाउने कुरा विश्वासद्रारा मात्रै पाउन सकिन्छ। साथै हामीहरुले Dec 25 लाई बडा दिन ख्रीष्टमसको रुपमा मानिअएका छौं। जुन कुरालाई आधार बनाई बाइबलमा कतैपनि ख्रीष्टमस मान्नुपर्छ भनी लेखिएको छैन, त्यसैले ख्रीष्टमस मान्नु मुर्तिपुजा हो भनेर उनीहरु भन्छन्, तर उनीहरु चाहिँ (छाङ गिल जा र आङ साङ ह्वाङको जन्मदिनलाई भव्यताका साथ मान्दछ्न् र पुजा गर्दछ्न्। जुनकुरा अत्यन्तै विरोधाभाश छ।

-हामीले (युहन्ना 4:14, 4:36, 5:24,  6:40, 6:47)-(प्रेरित 16:31)  (मर्कुस 16:16) (रोमी 10:9,10) पद अनुसार विश्वासद्रारा मुक्ति पाउँदछौ। त्यसैकारणले गर्दा मुक्ति पाउनको निम्ति निस्तार चाड आवश्यक छैन, र यस्तै कुराले गर्दा यो झुटो शिक्षा हो। र आङ साङ ह्वाङ(Ann Sang Hong) का अनुयायीहरुले निस्तार चाड नमान्नेहरु झुटा विश्वासीहरु हुन्, भनी सिकाउँछ्न् साथ साथै निस्तार चाड नमानी मुक्ति पाउन सकिँन्दैन पनि भान्छ्न्। जुन कुरा बाइबल विरुद्धको कुरा हो। त्यसैकारणले गर्दा उनिहरुले भन्दै आएको सियोन चर्च, परमेश्वरको मण्डली, (Word mission society, church of god) ख्रीष्ट विरोधी झुटो शिक्षा हो र आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो।

3-#विवाह_र_मृत्युबारे:
किनकि मृतकहरुको पुनस्र्त्थानमा मानिसहरुले विवाह गर्दैनन्, न विवाह गरिदिन्छ्न्, तर तिनीहरु स्वर्गका स्वर्गदुत जस्ता हुन्छन्। (मत्ती 22:30)
-यदि (आङ साङ ह्वाङ) फेरी आउनुभएको येशू ख्रीष्ट भए उहाँले किन विवाह गर्नुभयो? पुनस्र्त्थान भएकाहरुलाई विवाहको आवश्यकता पर्दैन। जुन कुरा प्रभु येशू ख्रीष्ट अफैंले नै संसारमा रहँदा भन्नू भयो। तर (आङ साङ ह्वाङ Ann Sang Hong) ले त विवाह पनि गर्‍यो, जुन कुरा बाइबलसँग पटक्कै मिल्दैन। उसको शरीर चाहिँ पुनस्र्त्थान भएपछिको शरीर जस्तो हुनु पर्ने थियो। तर उसले आफ्नो पहिलो श्रीमती (ह्वाङ वन सुन Hwang Won Sun) सँग विवाह गर्‍यो र विवाह विच्छेद पनि गर्‍यो, साथ साथै श्रीमान् (किम जे हुन Kim Jea Hoon) र श्रीमती (छाङ गिल जा Jang Gil Ga) को पनि विवाह विच्छेद गराई दियो। र पछि आफ्नै श्रीमती बानायो। जुन कुराको विरुद्धमा प्रभु येशूले मत्ती 19 को 6 पद) म यसरी भन्नुभएको थियो #यसकारण_परमेश्वरले_जसलाई_एक_साथ_जोड्नु_भएको_छ। #त्यसलाई_कुनै_मानिसले_नछुट्याओस्।

जुन कुरा हाम्रो प्रभु येशू ख्रीष्ट आफैले मनाही गर्नु भयो त्यसको विरुद्धमा आङ साङ  ह्वाङ र उसका धेरैजसो चेलाहरुले पनि विवाह विच्छेद गरेको प्रशस्त मात्रामा पाउन सक्छौ। र यो कुराको गवाही कोरियाकै धेरैजना मिस्नेरी दाजुभाइहरुले दिनुहुन्छ। आफैलाई परमेश्वर भन्ने तर स्वभाव र आचरण चाहिँ समाजमा पनि नसुहाँउदो गने?
-1918 जुन 13 मा जन्मेका ह्वाङको 1985 फेब्रुअरी 25 मा कोरियाको बुसान भन्ने ठाउँको एउटा रेष्टुरेण्टमा खाना खाँदै गर्दा उक्त रक्तचापको कारण 67 वर्षको उमेरमा मृत्यु भयो। यदि उ परमेश्वर भएको भए यस्तो किसिमको मृत्यु आउनु असम्भव थियो। र अर्को कुरा बौरी उठेको मानिसको पनि फेरी अर्को पटक मृत्यु हुन्छ र?
यदि हुन्छ भने हामी अनन्तको राज्यमा प्रवेश गर्ने आशामा जिउँदैछौ, के उसो भए हामी पनि बौरी उठेपछि फेरी मर्छौ त?
बाइबलले स्पष्ट भन्दछ: एकचोटी मानिस बौरी उठिसकेपछि फेरी ऊ कहिल्यै मर्दैन। त्यसैकारणले गर्दा उनिहरुले भन्दै आएको सियोन चर्च, (wrold mission  society, church of God) ख्रीष्ट विरोधी झुटो शिक्षा हो र (आङ साङ ह्वाङ) झुटो ख्रीष्ट हो।

4-#येशूको_दोस्रो_आगमन_कसरी_हुन्छ?
-येशू जसरी जानुभयो त्यसरी संसारमा फेरि आउनुहुनेछ। (प्रेरित 1:10,11)।
प्रधान स्वर्गदुतको आवाज र परमेश्वरको तुरहीको स्वरसँग स्वर्गबाट ओर्लनु हुनेछ र ख्रीष्टमा मरेकाहरु पहिले बौरी उठ्नेछ्न्। साथ साथै हामी पनि आकाशमा उठाई लगिने छौं (1 थेसलोनिकी 4:16,17)।उहाँ बादलको साथ आउने कुरा पवित्र बाइबलमा स्पष्ट लेखिएको छ। हरेक अँखाले उहाँलाई देख्नेछ्न् (प्रकाश 1:7)
-(तर आङ साङ ह्वाङ Ann Sang Hong) शरीरमा आमाको कोखबाट संसारमा अएको हो। बादलको साथमा होइन। अनि कसैले पनि उ बादलको साथमा आएको देखेका छैन्। कोरियाको मान्छेले पनि उ बादलमा आएको देखेको छैन। र उ बदलको साथमा नआएको नै गवाही दिन्छन्। अझै हाँसो लाग्दो कुरा त उसको जन्म हुँदा कोही पनि मृतकबाट जिवित भई बौरी उठेनन्।

पुरानो करारको मुख्य शिक्षा चाहिँ मुक्तिदाता संसारमा आउनुहुन्छ भन्ने हो, जुन कुरा येशू आएपछि पूरा भयो। (गलाती 4:4) र यसको साथै नयाँ करारको मुख्य शिक्षा मृतकबाट बौरी उठ्नु भएको येशू तुरहीको आवाजमा बादलको साथमा फेरी यस संसारमा आउनुहुन्छ भन्ने हो। (1 थेसलोनिकी 4:16,17) (प्रकाश 1:7) जुन कुराको पर्खाईमा हामी छौं।
तर आङ साङ ह्वाङको शिक्षा मन्नेहरुले येशूको दोस्रो आगमन भइसक्यो, त्यो येशू (आङ साङ ह्वाङ Ann Sang Hong) नै हुनुहुन्छ भनेर सिकाउछ्न्, साथै उहाँ फेरी आउनुहुनेछ, भनेर सिकाउदछ्न्। के येशूको फेरी दोस्रो तेस्रो आगमन हुन्छ र?
यो बाइबलसँग मिल्दै नमिल्ने कुरा हो। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, (Church Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)।

5-#अन्तिम_दिनको_बारे_के_भन्छन्_त_उनीहरु:
येशू कहिले कहाँ र कसरी कुनबेला आउने विषयमा उहाँ आफैंलाई नै थाहा नभएको कुरा बताउनु भएको छ। (मत्ती 24:36) (प्रेरित 1:7) सो कुरा पितालाई बाहेक कसैलाई थाहा छैन।
तर उनीहरुले विभिन्न समय नै तोकेर उहाँको आगमन हुन्छ भनी दावी गर्छन्। -1985 फेब्रुअरी 25 म (आङ साङ ह्वाङ Ann Song Hong को मृत्यु भयो, तीन वर्षपछि उनका चेलाहरुले 1988 मा संसार ध्वष्त हुन्छ भनेर मानिसहरूलाई त्रसित पारे, तर संसारमा केहीपनि भएन। त्यसरी नै 1999 मा पनि घोषणा गरे। साथ साथै हामीलाई थाहा भए अनुसार नै यस्ता धेरै मितिहरुमा संसारभरी हल्ला फैलाए। 2012 मा पनि धेरैलाई त्रसित बनाई, ललाई, फकाई आफ्नो धन सम्पत्ति परमेश्वरका मण्डलीमा ल्याउनु पर्छ भनी भ्रमात्मक शिक्षा सिकाई मानिसहरुलाई लुटे। र अहिले 2016 आउँदासम्म पनि संसार ध्वष्त भएन। तर उनीहरुले परमेश्वरको वचनलाई मोडी गलत शिक्षा दिई रहेका छन्। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, (Church Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)।

6-#अनि_को_हुन्_ती_माता_जसलाई_उनीहरु_पुज्छ्न्?(#छाङ_गिल_जा)

-छाङ गिल जा नामक महिला कोरिया (korea) मा जन्मेकी थिइन्, उनको जन्म 1943 डिसेम्बर 29 मा भएको  थियो। उनको श्रीमान् किंङ जे होन ( Kim Jea Hoon) थिए। उनीहरु आङ साङ ह्वाङले स्थापना गरेको (Wrold Mission Society, Church Of God) मा अगुवाको  रूपमा सेवा गर्दै आएका थिए। पछि (आङ साङ ह्वाङ Ann Song Hong) ले नै (किम जे होन र छाङ गिल जा को सम्बन्ध विच्छेद गराएका थिए।
र सम्बन्ध विच्छेद पछि यिनै महिला यरुशलेम माताको रूपमा विश्व माझ प्रचलित भएकी छिन्। तिनी बाइबलीय आधारमा (गलाती 4 को 26 म) लेखिएको आमा भन्ने कुरालाई दाबी गरेर (छाङ गिल जा) आफू यरुशलेम माता हुन् भनी अरुसँग स्वीकार गराउन चाहन्छिन्। वास्तवमा यो माथिको यरुशलेम भनेको रुपक दृष्टान्तमा बताएको हामी ख्रीष्टीयनहरु हौं (गलाती 4:24)।

यस खण्डमा व्यवस्थामुनी रहेकाहरुका सन्तान हागारका सन्तान, तर व्यवस्थाको अधीनमा होइन अनुग्रहको अधीनमा, सु समाचारको अधिनमा रहेका हामीहरु साराका सन्तानहरु हौं।
जो प्रतिज्ञाका वा व्यवस्थामाथि भएका हामीहरु हौं, जुन कुरालाई मोडेर ( छाङ गिल जाले) माता हुँ भनी दावी गर्दछिन्, र अफैलाई (आङ साङ ह्वाङको दुलही हुँ भनी दाबी गर्दछिन्, उनको छोराछोरीहरु पनि कोरियामा नै छ्न् के उसो भए उनका छोराछोरीहरु मात्रै परमेश्वरका सन्तानहरु हुन त? हामी को हौं त उसो भए?
र उनका छोराछोरीहरुले ख्रीष्टलाई मुक्तिदाता भनी विश्वास पनि गरेका छैनन्। उनीहरु अख्रीष्टियानहरु हुन्। माता परमेश्वर भनेर चिनिने छाङ गिल जा को सन्तान नै मुर्तिपुजकहरु हुन्।
के उसो भए उनी मात्रै दुलही हुन् त? हामी दुलही होइनौं?
हामी दुलही होइनौं भने के थुमासँग हाम्रो विवाह हुँदैन?
छाङ गिल जा सँग मात्रै हुन्छ? यो सोच गलत कुरा हो जुन बाइबल विरुद्ध छ। प्रकाशित वाक्य अनुसार मण्डलीलाई दुलहीको रुपमा बताइएको छ। तर यो कुरालाई छाङ गिल जा ले म नै दुलही हुँ भनी दावी गर्छिन्। (प्रकाश 21:9)।
नेपालमा परिचित भएकी छाङ गिल जा चाहिँ (आङ साङ ह्वाङ) को तेस्रो श्रीमती हुन्। आङ साङ ह्वाङको अरु दुईजना श्रीमतीहरु छ्न्। उनीहरुले पनि हामी माता हौं भनी दावी गर्छन, जसमध्ये ह्वाङको पहिलो श्रीमती (ओम सी अन) को पनि दल छ। तर त्यति सक्रिय  छैन। ह्वाङको तीन श्रीमती मध्ये छाङ गिल जा अति सक्रिय देखिन्छ। उनका अनुयायीहरुले (छाङ गिल जा)लाई पवित्र आत्माको रूपमा मान्छ्न्। र बाइबलमा कतैपनि उत्पत्तिदेखि प्रकशसम्म पवित्र आत्मालाई श्रीमान श्रीमतीको रूपमा बताएको छैन।
त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, (Church Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)।

7-#प्रकाशको_पुस्तक 7 र 14 #अध्यायमा_बताएको 1 #लाख 44 #हजार_को_हुन्_त?
-प्रकाश 7:4 मा बताएको यो 1 लाख ४४ हजार को संख्या उनीहरुले उनीहरुको दल भनी सिकाउछ्न्। र 1 लाख 44 हजारभित्र प्रवेश हुनको लागि विभिन्न प्रकारका झुठा प्रलोभन र साथसाथै हुँदै नभएका आशा देखाएर, ख्रीष्टमा रहेका मानिसहरुलाई बहकाएर उनीहरुको अनुयायी बनाउनदछ्न्। र केही समयसम्म आर्थिक सहायता गर्ने र कतिलाई कोरिया पठाई उनीहरुको अगुवा बनाउने गर्दछ्न्। तर #प्रकाश 7 को 4 मा बताएको 1 लाख 44 हजारको संख्या यहुदीहरुको थियो। तब मैले मोहोर लगाएकाहरुको संख्या सुने। तिनीहरु 1 लाख 44 हजार थिए, र तिनीहरु इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए)। यो संख्याभित्र ह्वाङको दल समाबेश भएको लेखिएको छैन। यो संख्या यहुदीहरुको हो, तर उनीहरु ह्वाङको दलले मात्रै मुक्ति पाउछ भन्दछ्न्। तर कोरियामा मात्रै 2 3 लाखभन्दा बढी उनका दलहरू भइसकेका छ्न्।
नेपालको चाहिँ  कुन दल हो? सत्य शिक्षालाई मोडी भ्रमात्मक कुराहरु फैलाउदै हिडिरहेका छन्।
( प्रकाश 14:1) मा बताएको 1 लाख 44 हजारको अर्थ चाँही पुर्णताको संख्या भन्ने बुझिन्छ। यो कुनै ह्वाङको दल पनि होइन, यहोवाका साक्षी, मुनको दल, फेद होमको पनि होइन। यो पुर्णताको संख्या मात्रै हो। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको (सियोन चर्च, परमेश्वरको मण्डली, Wrold Mission Society, Chuch Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)

#पिटर_बि_के ज्यु को फेसबुक वालबाट साभार !!

No comments:

Post a Comment