Wednesday, December 30, 2015

येसु ख्रीस्ट संसारमा आउने बारे पहिलो भबिस्यबाणी उत्पत्ति 3:15 !!

महान प्रभु येसु ख्रीस्टको पहिलो भबिस्यबाणी गरिएको उत्पत्तिको पुस्तक उत्पत्ति 3:15 पद्य भएको कुरा आज मैले विभिन्न खोज अध्ययन बाट पत्ता लगाउन सकें । केही दिन अघि मलाई एक जना साथिले येसुको पहिलो भबिस्यबाणी बाइबल को कुन पुस्तकमा गरिएको छ ? भनी सोध्नुभयो मैले यसैया को पुस्तक भनें कि मलाई थाहा रहेनछ । लामो समयको प्रार्थना अध्ययन र खोज द्वारा आज मलाई यो कुरा प्रष्ट भयो कि उत्पति 3:15 पद्य पुरै बाइबल को मेरुदण्ड पो रहेछ । गहिरिएर यसलाई अध्ययन गर्ने हो भने पूरा बाइबल को अस्तित्व नैं यो पद्यमा अडिग रहेछ । हाम्रो महान परमेस्वरले उत्पत्ति मै आफ्नो पुत्रलाई दिने कुरा सांकेतिक रुपमा 3:15 गरिसक्नुभएको रहेछ । तर हामिले बाइबल को बचनहरुलाई गहिरिएर अध्ययन नगरेको कारण सुक्ष्म कुराहरु भने बुझिरहेको हुदैनौं रहेछ । आज ख्रीस्टमस को बारे या येसुको बारे मानिसहरूले असङ्ख्यौं लेख रचनाहरु गरेका छन तर अझैसम्म अपुरो नै छन ती लेख रचनाहरु किनकी परमेस्वर अदित्तिय हुनुहुन्छ । ( म तँ र त्यस स्त्रीमाझशत्रुता सृष्टि गर्नेछु।तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनिशत्रुता सृष्टि गर्नेछुजसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।” ) उत्पत्ति 3:15 यो पद्यमा त्यो स्त्री भन्नाले कन्ने मरियम सर्प सैतान भनेर बताइएको हामी बुझ्न सक्छौं भने स्त्री को सन्तान हामी र सर्प सैतानको बिचमा सत्रुता अनि हामिले सैतान को टाउकोमा कुल्चिनु भन्नाले येसु यश संसारमा आउनु भयो हाम्रो सारा पापको खातिर क्रुसमा बलि हुनुभयो त्यो सैतानको सिर कुच्याउनु हो अनि आफैलाई फेरि जिवित पारेर मृत्युलाइ सधैको निम्ति जित्नुभयो ताकी अब उसो उहामा बिस्वास मात्र गर्नेहरुले पनि मर्नु पर्दैन । यहाँ मर्नु पर्दैन भन्नाले आत्मिक कुराको चर्चा गरिएको छ । त्यसकारण आउनुहोस् आज नै कत्ती पनि ढिला नगरी येसुलाई बिस्वास गर्नुहोस र अनन्त जिवनको भागिदार बन्नुहोस । त्यो परमेस्वर तपाईं र मेरो निम्ति संसारमा आएर हाम्रो सारा पाप क्षमा को निम्ति एक पल्ट क्रुस मा मरि सक्नुभएको छ, र र हामिलाई अनन्त जीवन दिन तेस्रो दिनमा बौरी उठिसक्नु भएको छ । अब उसो हामिले कुनै धर्म कर्म गरेर मुक्तिको बाटो खोजिरहन पर्ने जरुरी छैन । मात्र येसु ख्रीस्टलाई आफ्नो ब्याक्तिगत जीवन को मुक्तिदाता हुनुहुन्छ भनी आफ्नो हृदयमा बिस्वास गरे हुन्छ । परमेस्वरले तपाईं र मलाई प्रेम गर्नुहुन्छ । उहाँ हाम्रो ढोका मै बसेर ढोका ढक्ढक्याइ रहनुभएको छ । त्यो ढोका तपाईंको घरको नभएर तपाईंको हृदय को हो । यसरी सृष्टिको सुरुवातमै सर्बसक्तिमान हाम्रो परमेस्वरले हामी प्रती गर्नुभएको प्रतिज्ञालाई ढिलो नगरी पूरा गर्नुभयो । किन कि उहाँ बिस्वास योग्य परमेस्वर हुनुहुन्छ । अन्त्यमा उत्पत्ति 3:15 ले सारा कुराको अस्तित्व बोकेको छ, यो बाइबल को मेरुदण्डको रुपमा रहेकोे छ भन्दा पनि फरक नपर्ला । यो छोटो लेख बाट केही कुरा बुझ्ने अवसर पाउनुभएको छ भन्ने बिश्वास को साथ भुल चुक माफी चाहान्छु । ( जोसन लिम्बू )

No comments:

Post a Comment