Friday, August 4, 2017

मेरो आमा साह्रै झुट बोल्छिन !


जब म  सानो थिए , म अबेरसम्म सुतेर उठ्दा पनि  उनि भन्ने गर्थिन ,  बाबु अझै निन्द्रा पुरा भाको छैन  अनि फेरी थोरै हुर्किए , अनि उनि मलाइ उठाउन बारम्बार चिच्याउथिन , सात बजेकोलाई आठ बजेको भन्थिन  हरेक दिन उनि कराउथिन , बाबु न्वाउँ बाबु न्वाउँ त् , म जहिले नसुनेको झैँ गर्थे  म बिरामी हुदा सधै भन्ने गर्थिन , बाबु तलाई केहि भाको छैन , कुन चाहि बोक्सिको नजर लाग्यो भनेर जहिले मेरो बिरामी हुनुको कारण अरु माथि थोप्थिन  " मेरी आमा  साह्रै  झुट बोल्छिन। "


सानोमा जब स्कुल जानु पर्थ्यो  अनि थोरै थोरै जाडो भंएको हुन्थ्यो  म स्वेटर नरुचाउने मान्छेलाई  उनि जबर्जस्ति बाबु निकै जाडो छ  स्वेटर लगाई हाल भन्ने गर्थिन  जाडो हुन्थेन तर बिरामी नपरोस भनेर  निकै जाडो छ भनि झुट बोल्थिन  म जहिले पेट भरि खाना खाएको हुन्थे  तर पनि उनि ल बाबु थोरै अरु खा   तेरो पेट अझै भरिएको छैन भनि झुट बोल्थिन " मेरी आमा साह्रै झुट बोल्छिन। "

जब म कतै दुई चार दिनलाई  घुम्न जानु पर्ने हुन्थ्यो स्कुलबाट  मैले भयो पर्दैन भन्दा पनि  जादा उनि जहिले ब्यागमा दुइटा रोटि छ भनेर  टिफिन राख्दिन्थिन, सारै झुट बोल्छिन त्यो टिफिनमा दस रोटि हुन्थ्यो थाहा त्यो उनले साथीहरु संग बादी चुंडी खान्छ भन्ने सोच्थिन,  जब म परदेश जाँदा गहभरी आँसु बनाएर आफ्नो ख्याल राखेस भन्दै, एउटा तावल किनिदिएकी दिन्थिन, परदेश बाट फोन गर्दा बिरामी भए नि ठिकै छु भन्छिन, " मेरी आमा साह्रै झुट बोल्छिन। "


सारा समाज लाइ मेरो उपलब्धि बढाएर चढाएर भन्ने गर्थिन  मलाइ लाज लाग्थ्यो सुन्दा  मेरो सबै कमजोरी उनि लुकाएर राख्थिन र सबै राम्रो कुरा मात्र अरुलाई भन्थिन उनको लागि दुनियाको सबै भन्दा सुन्दर केटा म नै हुन्थे ,  जबकि मलाइ थाहा  छ म सुन्दर छैन र म रिस्सौदै भन्थे , म सुन्दर छैन , राम्रो छ भन्न पर्दैन फेरी उनि मेरो कपाल सुन्सुम्याउदै भन्थिन
धत् लाटा त् त् मेरो  राजा छोरो होस् , सुन्दर छस  " मेरी आमा सारै झुट बोल्छिन। "


 कहिले काही जब म आफ्नो कोठामा छरिएर तित्तर बित्तर भएका सामानहरु ढल्याउथे उनि सारै खुसि हुन्थिन मानौ जस्तै मैले कुनै उपकार गर्दै छु ,कहिले काही जब उनि बिरामी हुन्थिन म महसुस गर्न सक्थे कि उनीलाई घर दैलो गर्न गाह्रो भाको छ
र म नजिकदै लारे पारामा भन्ने गर्थे  आमा अस्पताल जाउं तिमि बिरामी छ्यौ यसो भन्दा उनि एकदमै सजक हुदै झुट बोल्थिन केहि भाको छैन बाबु जा तं  भित्र गएर पढ  " मेरी आमा सारै झुट बोल्छिन। "

No comments:

Post a Comment