Tuesday, August 8, 2017

आज अगस्ट ८ तारीख रबि महाराजको जन्मदिन !

सत्यताको खोजीमा भौतारी हिँडेका हिन्दु गुरुको नातेदारले एक दिन घरमा नयाँ करार (बाइबलको दोस्रो भाग) लिएर आयो । हिन्दु धर्मशास्त्रसँगै हिन्दु समुदायको कट्टर ब्राम्हण परिवारमा हुर्केका ती गुरुले नयाँ करारको पठनसाथै अन्य मानिसहरूको साक्षीबाट येशूको दाबीबारे सिके, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन” (यूहन्ना १४:६) ।

ब्रम्हाको खोजी गर्दै हिँडेका गुरुले अन्तत: येशूलाई पाए । तिनले घुँडा टेके र आफ्ना सबै पापको क्षमाको निम्ति येशू ख्रीष्टलाई बिन्ती गरे । प्रभु येशू तिनको जीवनमा आउनुभयो र तिनको दृष्टिकोणमा आमूल परिवर्तन ल्याइदिनुभयो । तिनी ख्रीष्टको एक प्रसिद्ध सुसमाचार प्रचारक कहलाइए । तिनको नाउँ हो— रबी महाराज ।

रबी महाराज भारतका सुसमाचार प्रचारकसाथै इस्टवेस्ट गस्पल मिनिस्ट्रजका संस्थापक हुन् । ख्रीष्टियान भएपछि सत्यताको खोजीबारे तिनले आफ्नो कथालाई गुरुको मृत्यु नामक पुस्तकमा प्रकाशित गरे । १९७७ मा छापिएको यो पुस्तक ६० ओटाभन्दा बढी भाषामा अनुवाद भइसकेको छ । सर्वश्रेष्ठ प्रचारक बिल्ली ग्राहमसँगै काम गरेका महाराजले हजारौँ मण्डली, कलेजसाथै सभागृहमा प्रचार गरिसकेका छन् । ख्रीष्टको सुसमाचारको सन्देश लिएर तिनी १०० ओटाभन्दा बेसी मुलुक पुगिसकेका छन् ।

८ अगस्त १९४७ मा जन्मेका रबी महाराज आज ७० वर्ष पुरा भई ७१ लागेका छन् । सत्यता पत्ता लगाउने यी खोजकर्तालाई तपाईं जन्मदिनको शुभकामना दिन सक्नुहुन्छ ।
www.prerananepal.blogspot.com

No comments:

Post a Comment