Wednesday, August 16, 2017

परमेस्वरको राज्यलाई कस्ले रोक्न, छेक्न सक्छ ?

 विश्व इतिहास साक्षी छ -
बाइबललाई बिराेध गर्ने ब्यक्ति, समाज, राष्ट्रकाे के हालत भयाे भनेर ???
काेहि बिराेधीहरू अाफै नाश भएर गए र काेहि बाइबल सत्य हाे भनी अन्तमा स्विकार गरे।

- राेमि साम्राज्य, जसले AD 30 देखि AD 312 सम्म क्रीस्चियनहरूलाई सखापै पार्ने काेशिस गर्‍यो । कतिलाई मार्‍यो र कति बाइबलहरू जलाएर नाश गर्‍यो तर पनि क्रीस्चियनहरु स्थिर रहे र अन्तमा राेमिहरूले नै त्यसलाई अाफ्नाे राष्ट्रिय धर्म बनाए।
- युरोपका कम्युनिस्ट देशहरूमा पनि एक समय क्रीस्चियनहरूलाई घाेर सताईन्थ्याे तर अाज त्यहीँ कम्युनिस्ट देशहरू नै क्रीस्चियन देशहरूमा परिणत भएका छन।
 - हाम्रै एशिया महादेशकाे South Korea देशलाई नै लिउ, एक समय भाेकमरि, कम्युनिस्ट शासनले लादिएकाे देश अाज कहाँ पुगिसक्याे ?


अाज दक्षिण काेरियाले लाखौं विदेशी कामदारहरू भित्र्याउँछ।
नेपाल देखि पनि अाज हजारौं कामदारहरू बर्सेनि त्यहाँ जान्छन् ।
अाज दक्षिण काेरिया अामेरिका पछिकाे सबैभन्दा धेरै क्रीस्चियन मेशनरीहरू संसार भरि पठाउने देश बनेको छ।

- हाम्रै छिमेकी देश चिनमा अझैपनि क्रीस्चियन विश्वासीहरूलाई स्वतन्त्रता छैन। त्यहाँ भुमिगत मण्डलीहरू थुप्रै छन्। त्यहाँ विश्वासीहरूलाई जति चरम सतावत छ त्यतिनै विश्वासीहररू पनि बढ्दैछन्।
पछिल्लो सर्वेक्षण अनुसार अमेरिकामा जति क्रीस्चियनहरूकाे संख्या छ, त्याे भन्दा धेरै संख्या त चिनमा छ।
त्यहि क्रीस्चियनहरूलाई सताउने देशलाई परमेश्वरले बाइबल छाप्ने काम दिनु भएको छ र विश्वकाे सबैभन्दा ठुलाे बाइबल छाप्ने कारखाना चिनमा नै छ, जहाँ 1 सेकेन्डमा 1 बाइबल छापिन्छ र याे बाइबल विश्व भरि पठाईन्छ।

- फ्रान्स देशका भाेल्टायरले पनि यी 12 जना मछुवाले स्थापना गरेको क्रीस्चियन धर्मलाई अब 50 साल पछि कसैले नमान्ने धर्म बनाउने छु भनी कम्मर कसेका थिए। तर अन्तमा अाफै नाश भएर गए तर बाइबल र क्रीस्चियन मत अाज सम्म पनि स्थिर छ। तर अाज भाेल्टायर काे त्यहि घर नै लाखौं बाईबल छाप्ने ठाउँ(जेनेभा बाइबल साेसाइटि) भएकाे छ र त्यहाँ बाट दुनियाँ भरि बाइबल बितरण हुन्छ।
- चालर्स डार्विन जसले बिकासवाद काे खाेजि गरे र परमेश्वर नै छैनन भने तर उनले पनि अन्तमा अाफ्नाे भुल स्विकार गरि बिकासवादलाई रद्द गरिदिए र येशु ख्रीष्टलाई अाफ्नाे प्रभु र मुक्तिदाता भनि स्विकार गरे।
- हालै मा इराक र सिरिया देशहरू जहाँ मुसलमानहरू द्वारा क्रीस्चियनहरूलाई सटावत भईरहेकाे छ, त्यहि नै जिहदिस्तका लिडरहरू नै येशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनी स्विकार गर्दै छन।

- एक समय हाम्रो देश नेपालमा 100 बर्ष पहिले क्रीस्चियनहरूकाे संख्या शून्य जस्तै थियाे र राजाकाे शासनकालमा क्रीस्चियनहरूलाई घाेर सताईन्थ्याे या मारिन्थ्याे, जेलमा हालिन्थ्याे र देश निकाला सम्म पनि गरिन्थ्यो।
सुसमाचार सुन्नेलाई 6 बर्ष जेल सजाय र सुसमाचार सुनाउने वालालाई 16 बर्ष जेल र जरिवानाकाे सजाय पनि थियाे।  अाजकाे स्थिति - राजतन्त्रकाे पतन भईसक्याे र अाज नेपालमा लाखौं क्रीस्चियन विश्वासीहरू छन् र अझै बढ्ने क्रम जारि छ!
पछिल्लो एक सर्वेक्षण अनुसार नेपाल देश संसारकै सबैभन्दा धरै क्रीस्चियनहरू संख्या बढ्ने देश भएको छ!

* मित्र यस्तै उदाहरण दिने हाे भने अाज ठेलि का ठेलि पुस्तकहरू बन्नेछन।

* के बाइबल असत्य र येशु ख्रीष्ट पागल भएरै नै यी परिवर्तन भईरहेका छन ???
 एक छिन विचार गरेर साेच्ने प्रयास गर्नुहाेला !

राेकेर राेकिँदैन, नदीको प्रवाहलाई
छेकेर छेकिँदैन, सुर्यको प्रकाशलाई
थुनेर थुनिँदैन, हावाकाे गतिलाई
यस्तै छ यस्तै नै हाे
प्रभुको राज्य, प्रभुको काम

राेमि शासकले राेक्न खाेजे, यहुदी जातीले छेक्न खाेज्याे
न सके राेक्न, न सके छेक्न
फैलिनु पर्थ्याे, फैलिदै अायाे
प्रभुको राज्य, प्रभुको काम

त्यसैले सर्वशक्तिमान परमेश्वर भन्नू हुन्छ -
“म हुँ जो म हुँ।” (प्रस्थान 3:14)

अघि-अघिका पुराना कुराहरूलाई सम्‍झ। म परमेश्‍वर हुँ, र अरू कोही छैनँ। म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन।
आदिदेखि अन्‍तसम्‍मको, र प्राचीन समयदेखि हुन आउनेसम्‍मको जानकारी म दिन्‍छु। म भन्‍छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु। (यशैया 46:9-10)

पृथ्‍वीका सबै मानिसहरू व्‍यर्थका गनिन्‍छन्‌।  स्‍वर्गका शक्तिहरूलाई र पृथ्‍वीका मानिसहरूलाई  उहाँले चाहेअनुसार गर्नुहुन्‍छ।  कसैले पनि उहाँको हात रोक्‍न सक्‍दैन,  वा “तपाईंले के गर्नुभयो” भनी कसैले पनि सोध्‍न सक्‍दैन? (दानिएल 4:35)

हे परमप्रभु, महानता, शक्ति, महिमा,  गौरव र ऐश्‍वर्य तपाईंकै हुन्‌,  किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌।  हे परमप्रभु, राज्‍य तपाईंकै हो,  अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ।
धन र मान तपाईंबाट नै आउँछन्‌।  तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ।  पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्‌,  सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌।
अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं,  र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं। (१ इतिहास 29:11-13)

 तब तिमीहरू परमेश्‍वरलाई कससित तुलना गर्नेछौ? अथवा केको प्रतिरूपसित उहाँको तुलना गर्नेछौ?
उहाँ पृथ्‍वीको परिधिभन्‍दा माथि विराजमान हुनुहुन्‍छ, र पृथ्‍वीका मानिसहरूचाहिँ फटेङ्‌ग्राजस्‍तै छन्‌। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्‍छ, अनि त्‍यसमा वास गर्नलाई पालझैँ त्‍यो फैलाउनुहुन्‍छ।
उहाँले राजकुमारहरूलाई बेकामका बनाइदिनुहुन्‍छ, र पृथ्‍वीका शासकहरूलाई रद्द तुल्‍याउनुहुन्‍छ। (यशैया 40:18,22,23)

The Sovereignty Of GOD.
परमेश्वर अधिराज्य गर्नुहुन्छ !?

No comments:

Post a Comment