Sunday, August 6, 2017

यहोसापातले मोआब र अम्मोनिमाथी बिजय प्राप्त गरेका थिए ।


 हामी इसाईहरुको ईतिहासलाई हेर्ने हो भने कहिले हामीले युद्द गरेर हाम्रो सुसमाचार फैलाएको छैनौं बरु उल्टै हामी माथी ठुलठुला आपतबिपतहरु आईलागे कतिले प्रभुको नाउँमा आफ्नो प्राण त्याग गरे तर कहिले अरुको बिरुद्धमा हतियार उठाएनन ।  ईराकमा पचासौं हजार इसाइहरुलाई मारियो isis द्वारा त्यहाँ इसाईहरुको निम्ति दुई ओटा बिकल्प दिईएको थियो बच्नलाई कि त मुस्लिम बन्नु पर्ने कि त मर्न तयार हुनुपर्ने तर एक जना इसाइ पनि मुस्लिम बनेनन तर प्रभुमा बिश्वास गरेको खातिर उनिहरु आफ्नो बिश्वासबाट रत्तिभर पनि पछि हटेनन बरु मर्न तयार भए । यो हाम्रो लागि ज्वलन्त उदाहरण हो ।

आज नेपालमा पनि इसाईमाथी लगाईएका सबै आरोपहरु आफैमा असत्य र मनगडन्ते छन । यी आरोपले हामिलाई केही खालो सार्नेवाला छैन । हिजो राजतन्त्र हुंदा हाम्रा अग्रजहरुलाई पनि नसताईएको हैन तर त्यो अवस्था मा पनि उहांहरुले लुकि लुकि जंगल जंगल प्रार्थाना गरेर आज हामी यो अवस्था सम्म आईपुगेका छौं । बाइबल को इतिहासकै कुरा गर्ने हो भने पनि बाइबललाई निमिट्यान्न पार्न कति बाइबल कारखाना जलाईयो बाइबल को बिरुद्धमा कति बैज्ञानिकहरुले लेख लेखे तर कति बैज्ञानिकहरुले अन्त्यमा येसुलाई बिश्वास गरि आफ्नो सम्पुर्ण जीवन उहाकै सेवाकाइमा नै बिताएको ईतिहास हामी पढ्न पाउछौं ।

 नेपालमा अहिले चलिरहेको हिन्दुराज्य र धर्मनिरपेक्ष को सवालमा पनि हामी इसाईहरुले आन्दोलन मा नैं होमिनु पर्छ भन्ने छैन हामी हाम्रो ठाउँ बाट दबाब सिर्जना गर्न सक्छौं हामी हतारिनु भनेको हामिलाई नै घाटा निम्त्याउनु हो हिजो राजतन्त्र हुंदा पनि हामीले सुसमाचार सुनाइराखेका थियौं । येसु सत्यहुन भन्ने थाहा पाउनेहरुले आफ्नो ज्यान खुकुरी को धार मा राखेर पनि बिश्वास को जीवन जिईरहेका थियौं । भने आज हिन्दुराज्य नैं घोषणा भए पनि हामिलाई आपती छैन । आखिर हाम्रो काम सुसमाचार सुनाउने हो हामी सुनाई रहन्छौं । अर्को कुरा यदि तपाईं पास्टर हुनुहुन्छ भने तपाईं कसरी आफ्नो मण्डलिको परिवारलाई सडकमा आन्दोलनको लागि लिएर जानूहुन्छ ? अनि ढुङ्गा हानाहान मा सहभागी गराउनु हुन्छ ? के हामिलाई बाइबल ले यस्तै काम गर्न सिकाउछ र ? के यो प्रभुको नजरमा असल होला ? अवस्य होईन  ।

त्यसकारण हामी बाइबल मा हेरौं यहोसापातले कसरी मोआबी र अम्मोनिहरुको हजारौं मानिसहरुलाई परास्त गरेका थिए । कि प्रभु यहोसापात को पक्षमा हुनुहुन्थ्यो, मोआबी र अम्मोनिहरु युद्ध गर्न आए तर यहोसापात ले सबै यहुदा र यरुस्लेमको मानिसहरुलाई भने हे यहुदा र यरुस्लेम का मानिस हो मेरो कुरा सुन परमप्रभु तिमिहरुका परमेस्वरको बिश्वासमा तिमिहरु स्थिर भैरहो र उहांके तिमिहरुलाई थामिराख्नुहुनेछ । उहाँको आगम्बक्ताहरु माथी बिश्वास गर र तिमिहरुको फलिफाप हुनेछ । ( 2 इतिहास 20:20--23)

 त्यसपछी मोआबी र अम्मोनिहरुले यहोसापात को विरुद्ध युद्द गर्न थाले तर योहोसापात को मानिसहरु भने हतियार को साट्टो प्रसंसा र महिमाको साथ प्रभुको स्तुति गान गाउन थाले तब परमप्रभुले मोआबी र अम्मोनिहरुलाई अल्मल्याईदिनुभयो र तिनिहरुलाई परास्त गर्नुभयो । मोआबी र अम्मोनिहरु सेईरका मानिसहरुको बिरुद्धमा निनिहरुलाई खत्तम गर्न उठे जब तिनिहरुले सेईरका मानिसहरुलाई नास गरिसके तब तिनिहरु एक आपसमै अन्धाधुन्ध एक अर्कामै आक्रमण गर्न थाले  । जब यहुदा उजाड स्थान मा राखेको धरहरा मा आएर सत्रुको सैन्यदललाई हेरे तब त्यहाँ अमोनिहरु एक पनि जिवित रहेका थिएनन ।

त्यसपछी यहुदाका मानिसहरु यहोसापातलाई अघि लाएर बिजयको गित गाउदै आफ्नो सहर फर्के । यहाँ बाट हामिले पाठ सिक्न जरुरि छ कि यदि प्रभु हाम्रो साथमा हुनुहुन्छ भने कसैले हामिलाई केही गर्न सक्दैनन अन्त्यमा तिनिहरी नै आफै पतन भएर जानेछन । किनकी जहिले सत्यकै जित हुने गर्छ । हाम्रो लडाइँ भनेको मानिसको बिरुद्ध होइन तर स्वर्ग र पृथ्वीमा भएका दुस्ट्याईंको बिरुद्ध मा हो तर रगत र मासुको विरुद्ध मा होइन । इसाईहरु आत्मिक युद्ध लड्ने लडाकुहरु हुन संसारिक सासकहरुको सेनाहरुको विरुद्ध हैन ।

त्यसकारण अब हामी इसाईहरुले आन्दोलन को बाटो होइन प्रार्थना को बाटो अवलम्बन गरौं । एक ले अर्कोलाई नम्रता पुर्बक सम्झाउदै सत्यतातिर डोर्‍याउने कोसिस गरौं । हामी प्रतिको खेदो र सतावट लाई भलाईले जितौं ।

No comments:

Post a Comment