Tuesday, August 1, 2017

हिन्दु धर्मइतरका मानिसहरुलाई चेतना भया |


नेपालमा कुल जनसंख्याको  ८० % हिन्दु धर्माबलम्बीहरु भएकाले नेपालललाई हिन्दु राज्य र गाईलाइ राष्ट्रिय जनावर बनाउनु पर्छ भन्ने  माग नेपाली जनताको माग होइन | पहिलो कुरो त नेपालमा हिन्दुहरुको जनसंख्या ८० % प्रतिसत भनियो यो नै मिथ्या छ | यो किन मिथ्या तथ्यांक हो भने, नेपाल बहुजातीय, बहुधार्मिक र बहुसास्कृतिक मुलुक हो |

नेपालमा मंगोल,  खस, द्रविड, बैद्धिक आर्य र ककेसियन (मुस्लिम ) मुलका मानिसहरु बसोबास गर्दछन र यिनीहरुले मान्ने धर्म पनि पृथक छ | नेपालमा मानिने मुख्य  धर्महरु  - बौध धर्म , बोन धर्म ,कुल-मस्टो धर्म ,हिन्दु धर्म,  किरात धर्म, युमा धर्म, मुस्लिम धर्म, क्रिश्चियन धर्म, शिख धर्म, जैन धर्म आदि हुन्  | यस हिसाबले हेर्दा हिन्दु धर्म मान्ने जातीमा  बैदिक आर्य मात्र पर्दछ |

 जसको नेपालमा जनसंख्या कुल जनसंख्याको १२ प्रतिशत पहाडे बैद्धिक बाहुनहरुको छ भने तराई मधेशमा हिन्दु धर्म मान्ने मुख्य जाती यादब हो जसको जनसंख्या मदेशमा  ७ प्रतिशत  मात्र छ  | समग्रमा भन्ने हो भने नेपालमा हिन्दु धर्म मान्ने मानिसहरुको जनसंख्या अधिकतम ३० प्रतिशत मात्र छ |  बाकी ७० प्रतिशत जनसंख्या गैर हिन्दुको छ | कतिपयले खस जातिलाई पनि हिन्दु धर्माबलम्बी भनि ब्याख्या गरेको पाइन्छ तर यो सत्य होइन | खसहरुको धर्म भनेको कुल -मस्टो धर्म हो जसलाई प्राकृतिक धर्म पनि भनिन्छ |

हिन्दु  धर्मलाइ  त खस हरुले इसाको १२औ शताब्दी  बाट  मात्र जानअन्जनमा  अपनाएका थिए, त्यो पनि सबै खसहरुले होइन | यस्तो तथ्यांकलाइ मिथ्यांक बनाएर हिन्दु राज्यको माग गर्नेहरु र गाईलाइ नै राष्ट्रिय जनावर बनाउन लागिपर्नेहरु यो देशका सबभन्दा ठुला जातीबादी बिखन्डनकारी हुन् | सबिधानलाइ जनताको सबिधान बनाउने हो भने  संबिधानमा धर्म निरपेक्ष राज्यका सन्दर्भमा यसरी लेखिनु पर्छ -
" नेपाल धर्म निरपेक्ष राज्य हुनेछ, धर्म सापेक्ष राज्यको उदेश्य राखेर  दल वा संगठन खोल्न  वा  त्यस किसिमका साम्प्रदायिक क्रियाकलापलाई गैर कानुनी क्रियाकलाप मानिने छ र कानुन अनुसार त्यस किसिमका क्रियाकलापलाई  कारबाही गरिने छ ,धर्मका सन्दर्भमा राज्यले एक स्वत पत्र जारीगर्ने छ |

" ( याद रहोस मित्र राष्ट्र चीनमा धार्मिक स्वत पत्र मार्फत धर्मलाई ब्यबस्थित गरिएको छ | ) नेपाल धर्म निरपेक्ष राज्य हुनेछ भन्ने वाक्यले मात्र भने केहि हुनेवाल छैन, हिन्दु धर्मइतरका मानिसहरुलाई चेतना भया |

1 comment: