Monday, October 26, 2015

सबैले भन्छन पापी ख्रीस्टियनहरु !!

अध्यारोमा हिड्नेहरुलाई ज्योतिमा हिंड्न सिकायौ
फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु पाप कर्मलाई छोडायौ, धार्मिकताको बाटोमा डोर्यायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
उद्दार नपाइ तड्पिरहेका आत्माहरुलाई सुसमाचार सुनायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु कुप्रथा र जातिय प्रथाले सदियौं देखि दबाइएकाहरुलाई माथी उठ्न सिकायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
परमेस्वर संग तोडिएको नातालाई पुनस्थापना गरायौ
फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु संसारको बन्धनले बाँधिएकाहरुलाई आत्मिक रहस्य खुलाई दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
आँखा नदेख्नेहरुलाई येसुको नाउँमा आँखा खोली दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु बैराहरुलाई येसुको नाउँमा कान खोली दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
लङ्गडाहरुलाई येसुको नाउँमा हिड्न प्रार्थना गरि चंगाइ गरायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु अनाथहरुको निम्ति अनाथ आश्रम खोली दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
अनपढ र पिछडिएकाहरुलाई स्कुल को स्थापना गरिदियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु देशमा दिगो सान्तिको निम्ति भोकभोकै उपबास प्रार्थना गर्छौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
पिन्जडा भित्रको चरी झैं जीवन जिईरहेकाहरुलाई खुल्ला आकाशमा उड्न सिकायौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु ढुङ्गा अनि मुडाहरुमा ईश्वर खोज्नेहरुलाई सत्य परमेस्वर चिनाइ दियौ फेरि तिमिलाई नैं भन्छन पापी ख्रीस्टियनहरु
#JoshanLimbu

No comments:

Post a Comment