Monday, October 12, 2015

यो प्रसस्त अनुग्रह को समयलाई भरपुर उपयोग गरौं !!

आदरणीय प्रभुका जनहरुमा मेरो जयमसिह साथै विनम्र अनुरोध छ !
हामी कतातिर लम्किरहेछौं ? यो समय भनेको आफैंले आफैंलाई जांच्ने समय हो जस्तो लाग्छ मलाई ! त्यसकारण कसैको पोस्ट मा कमेन्ट गर्नुपरे हामी सकेसम्म सभ्य भासामा प्रतिबाद गरौं । हामी संग त्यो ज्ञान हुनुपर्छ, कि अरुको सिको गर्ने होइन ।
अरुले गरेको गल्ती देखाउनु राम्रो कुरा हो ताकी त्यो ब्याक्तिले फेरि अर्को गल्ती गरेर पाप मा नफर्कोस । तर गल्ती देखाउने तरिका पुर्याइएन भने त्यहाँ समस्या उत्पन्न हुन्छ । तपाईं हामी जस्तै बुझ्ने हुन्नन सबै त्यसकारण हामी जति सक्दो अरु भन्दा सानो भएर तेसो होइन एसो पो त भन्ने तिर लाग्नु जरुरी छ ।
अर्को कुरा हामी मध्ये कतिले नानाथरीका संसारिक मोज मस्तिका ब्याभिचारी जन्य पेजहरुको लाईक गरेर यो अमुल्य प्रभुको अनुग्रह को समयलाई बर्बाद गरिरहेका छौं । मैले कतिपय साथिहरुले त्यस्ता किसिमको पेजहरु लाईक गरेको भेट्टाएको छु । तर अब उप्रान्त त्यसो होईन प्रभुको राज्य बिस्तार को निम्ति रातदिन डटेर लेख्ने प्रभुको जनहरुको सुसमाचारिय पेजहरु लाई लाइक र सेयर गरौं, जसले कसैको तड्पिरहेको आत्मालाई अनन्त जीवन को बाटो तिर डोर्याउन हमेसा प्रयासरत छन ।
हामी जान्दछौं फसल पाकिसकेको छ । अब यो पाकेको फसललाई काटेर फल ढिकुटी मा र काम नलाग्ने डांठलाई मालिकले आगोमा जलाउने बेला आउदैछ । संसारको हालचाल ले प्रष्ट पार्दैछ कि हामी आखिरी दिनमा हिडिरहेका छौं । त्यसकारण शरीरमा भन्दा आत्मामा मन लगाउने बेला आएको छ । एकले अर्कोलाई सम्यमता पुर्बक सम्झाउदै बिश्वासमा दरिलो पार्दै अघि बढाउं । प्रभुमा प्रोत्साहन दिऔं ।
एउटा बिस्वासिले नबुझेको बाइबल को कुरालाई होशियारपूर्वक बुझाउं ताकी उ बिश्वास बाट पछि नहटोस तर अझ आफ्नो बिश्वासमा दरिलो भएर प्रभुको राज्य बिस्तारमा एउटा खुड्किलो बन्न सकोस् । प्रत्येक कुराको सृष्टि गर्नुको कुनै उदेस्य हुन्छ, बिना उदेश्य कुनै कुराको पनि सृष्टि गरिंदैन । तेस्तै प्रभुले तपाईं र मलाई सृष्टि गर्नुको मुख्य उदेश्य उहाको राज्य बिस्तार गर्न हराएको आफ्नो भेडाहरुलाई खोजेर उहाँको जिम्मा लगाउनु हो ।
आज के हामी आफ्नै खुसिले संसारिक अभिलाषा पूरा गर्न मात्रै लागिपरेका छौँ कि आत्मिक संसार को कल्पना संगै त्यो सुन्दर स्वर्गीय स्थानको लागि पनि दौड धुप गरिरहेका छौं ? प्रस्न गम्भीर छ । तपाइँ र मैले येसुलाई बिश्वास गर्दैमा अनि पानीको बप्तिस्मा लिदैमा मात्र हामी स्वर्गमा स्थान प्राप्त गर्न सक्दैनौं । तर उहाँको आज्ञा को पनि पुर्ण रुपमा पालना गर्न जरुरी छ । (मत्ती ७:२१)
अन्त्यमा संसारिक थोकलाई भन्दा आत्मिक कुराहरुलाई प्राथमिकता मा राखौं । कि यश संसारमा हामी पाहुना जस्तो मात्र हौं । हामी मानव भनेको आत्मिक प्राणी हौं जस्ले हामिलाई प्राण र आत्मा दिनुभयो उहाँलाई एक दिन हामिले आफुले गरेको कामको लेखा सहित आफ्नो प्राण र आत्मा फिर्ता गर्नुछ । हामिले गरेको प्रत्येक राम्रा नराम्रा कामहरुको एक एक लेखा उहाले राख्नुभएको छ । जो राजाहरुको महाराजा प्रभुहरुको महा प्रभु सिंहासनमा बिराजमान हुनुहुन्छ । उहाँ ले जे प्रतिज्ञा तपाइँ र मेरो लागि गर्नुभएको छ त्यो पूरा गर्नुहुने नैं छ । यसैया ४६:१०
( यो मेरो ब्याक्तिगत पेज मा मेरो ब्याक्तिगत बिचार तपाइँहरु समक्ष पेस गरेको छु । म बाट गल्ती त्रुटी भए क्षमा चाहान्छु । )
जोसन लिम्बू

No comments:

Post a Comment