Wednesday, October 7, 2015

गाइको मुत अमृत, मान्छेले छोएको पानी किन बीस ?

हिन्दु धर्म मा 4 किसिम का ब्याक्ती हरु हुन्छन जो बर्ण ब्याबस्था मा उल्लेख गरिएको छ ब्राह्मण क्षेत्री वैश्य र सुद्र अनि यो पनि भनिएको छ ब्राह्मण सिर बाट पैदा भएको क्षेत्री पाखुरा बाट वैश्य भुँडी बाट र सुद्र पाउ बाट अनि ती बर्ण हरु को बारेमा एसरी व्याख्या गरिएको छ
ब्राह्मण :-उच्च विचार, संस्कार र विवेकद्वारा माथि उठेकाहरु मात्र ब्राह्मण हुन् जसले एउटा शरीरका क्षेत्रीय, वैश्य र शुद्र भागहरुको विवेकपुर्ण निगरानी गर्दछ, र मोक्षको द्वार खोल्न सघाउंदछ त्यो ब्राह्मण हो । त्यसैले, ब्राह्मण सधैं सर्वोपरी छ ! ठूलो छ ! विवेकशील छ!
सुद्र:- धूर्त छ, फटाहा छ, ढोंगी- पाखण्डी छ र शुद्रहरु यौन र यौनिक क्रियाकलापमा हराऊंछन, निर्लिप्त भएर सकिन्छन ! भोगविलासमा निर्लिप्त छ भने त्यो शुद्र हो
वैश्य:-! भुंडिचिन्तामा लिर्लिप्त छ भने त्यो वैश्य हो ! शुद्रबाट अलि माथि उठेकाहरु बैश्यहरु हुन् जो भुंडि र पेट चिन्तामा आफुलाई सक्छन ! नस्ट गर्छन ! स्वाद र वासना उनीहरुका प्रिय बिषय हुन् !
क्षेत्री:- अहङ्कारले चुलिएको छभने त्यो क्षेत्रीय हो ! वैश्यबाट अलि माथि उठेकाहरु क्षेत्रियहरु हुन् ! जसले सधैं- सधैं अहङ्कारको विस्तारका लागि श्रम मात्र भन्दछन ! श्रम, श्रम, श्रम अनि श्रम ! सदा श्रमरत रहने क्षेत्रियपनि श्रमकै चंगुलमा त्यसै सकिञ्छन् !
अब प्रश्न यहाँ उठछ कि यहाँ ब्यख्या गरिए जस्तो नै छौ हामि एस्तो अबैज्ञनिक र तथ्यहिन अपमानित बिल्ला सुद्र भिरेर हिन्दु धर्मै कै वर्ण ब्याबस्था नियम मा बाधिएर बस्ने वा एसको बिकल्प खोज्ने सुधार तर्फ त यहाँ कसैको ध्यान।गएकै छैन र जानेवाला पनि छैन।वर्ण ब्याबस्था को खारेजी को कुरा कहि बाट उठाएको पाईदैन अब एत्रो भिभेद हुदा हुँदै एसरी अपमानित बिल्ला सुद्र भिराउदा भिराउदै हामी ले हिन्दु धर्म नै अनुसरण गर्ने हो?? या धर्म भित्र सुधार हुन पर्यो हैन भने । #हिन्दुत्व_त्यागौ_स्वतन्त्र_बनौ।

No comments:

Post a Comment