Saturday, November 21, 2015

"पबित्र बाइबल" बारे छोटो जानकारी !!

पबित्र बाइबल मा जम्मा दुई वटा नियमहरु छन ।
१/ नयाँ नियम ।
२/ पुरानो नियम ।
यी दुई नियमहरु गरि पबित्र बाइबल मा ६६ वटा पुस्तकहरू छन । ती मध्ये पुरानो करारमा ३९ वटा पुस्तकहरू छन, भने नयाँ करारमा २७ ओटा पुस्तकहरू समाबेश छन । पुरानो नियममा ९२९ वटा अध्यायहरु छन भने, नयाँ नियममा २६० वटा अध्यायहरु गरि पुरै बाइबल मा १,१८९ वटा अध्यायहरु रहेका छन । यसको शुचि यसप्रकार रहेको छ :-
पुरानो करार:-
पुस्तकहरु :- अध्यायहरु :- ====================== १, उत्पती ५० २, प्रस्थान ४० ३, लेवि २७ ४, गन्ती ३६ ५, ब्यावस्था ३४ ६, यहोसु २४ ७, न्यायकर्ता २१ ८, रुथ ४ ९, १ समुएल ३१ १०, २ समुएल २४ ११, १ राजा २२ १२, २ राजा २५ १३, १ इतिहास २९ १४, २ इतिहास ३६ १५, एज्रा १० १६, नहेम्याह १३ १७, एस्तर १० १८, अय्युब ४२ १९, भजनसंग्रह १५० २०, हितोपदेस ३१ २१, उपदेशक १२ २२, श्रेष्ठ गित ८ २३, यसैया ६६ २४, यर्मिया ५२ २५, बिलाप ५ २६, इजिकिएल ४८ २७, दानियल १२ २८, होसे १४ २९, योएल ३ ३०, आमोस ९ ३१, ओबदिया १ ३२, योना ४ ३३, मिका ७ ३४, नहुम ३ ३५, हबकुक ३ ३६, सपन्याह ३ ३७, हाग्गै २ ३८, जाकरिया १४ ३९, मलाकी ४ =================== जम्मा = ९२९
नयाँ करार :-
पुस्तकहरु :- अध्यायहरु :- ====================== १, मत्ती २८ २, मर्कुस १६ ३, लुका २४ ४, युहन्ना २१ ५, प्रेरित २८ ६, रोमि १६ ७, १ कोरिन्थी १६ ८, २ कोरिन्थी १३ ९, गलाती ६ १०, एफिसी ६ ११, फिलिप्पी ४ १२, कलस्सी ४ १३, १ थेस्लोनिकी ५ १४, २ थेस्लोनिकी ३ १५, १ तिमोथी ६ १६, २ तिमिथी ४ १७, तितस 3 १८, फिलेमोन १ १९, हिब्रु १३ २०, याकुब ५ २१, १ पत्रुस ५ २२, २ पत्रुस ३ २३, १ युहन्ना ५ २४, २ युहन्ना १ २५, ३ युहन्ना १ २६, यहुदा १ २७, प्रकाश २२ ======================= जम्मा = २६०
पुरानो करार + नयाँ करार
९२९ +२६० ====== जम्मा = १,१८९ अध्यायहरु पुरै बाइबलमा रहेका छन । भने :-
३५,६६,४८० वटा अक्षरहरु छन । ८,१०,६९७ वटा सब्दहरु छन । ३१,१७५ वटा पद्यहरु छन ।
#बाइबल मा सबैभन्दा लामो अध्याय भजनसंग्रह ११९ हो भने, सबैभन्दा छोटो वा बिचको अध्याय भजनसंग्रह ११७ हो ।
#बाइबल मा सबैभन्दा बिचमा पर्ने अध्याय भजनसंग्रह ११८ को ८ औं पद्य हो ।
#बाइबल मा ४६,६७२ पटक "र" को प्रयोग गरिएको छ ।
#बाइबल मा सबैभन्दा लामो पद्य एस्तर ८:९ हो ।
#बाइबल मा सबैभन्दा छोटो पद्य युहन्ना ११:३५ हो ।
* पुरानो करारमा " परमेस्वर " या यसको बराबर सब्द " यहोवा " ७,६९८ पटक लेखिएको छ । अथवा "परमेस्वर" १,८५३ पटक लेखिएको छ ।
#एस्तर को पुस्तकमा "परमेस्वर" शब्दको प्रयोग गरिएको छैन । तर सम्पुर्ण पुस्तकको अध्यायहरुमा बुद्दी , ज्ञान, पबित्रता र प्रेम उल्लेख गरिएको छ ।
तर सौभाग्य को कुरा आज हामिले आफ्नै सरल नेपाली भासामा बाइबललाई पढ्न पाएका छौँ । हामिले आफैलाई भाग्यमानी सम्झौं । कि बाइबल यो अवस्था सम्म आईपुग्न कति मानिसहरुले आफ्नो प्राण गुमाएका छन जेल चलान गरिएको छ, बनिबास भएका छन, अनएकौं दु:ख कस्ट भोगेका छन । तर तपाईं र मैले कुनै सतावट बिना नै बाइबल पढ्न पाइरहेका छौं
तपाईले कहिले सोच्नुभएको छ ? कि बाइबल पहिलो ३ भासामा लेखिएको थियोे । १, ग्रिक २, आरमाइक ३, हिब्रु
# पुरानो करार ग्रिक आरमाइक भासामा लेखिएको थियो भने,
# नयाँ करार हिब्रु भासामा लेखिएको थियोे ।
अनि पुरानो करार र नयाँ करार बिचको अवधी ४०० बर्स रहेको छ । जमा ४० जना लेखकहरु द्वारा लेखिएको बाइबल पूरा लेखिसक्नु लाई १६०० बर्स लागेको थियोे । बाइबल को लेखक हरु कोहि मछुवा कोहि गोठालो त कोहि डाक्टर आदि थिए । बाइबल पबित्र आत्माको सक्तिले मानिस द्वारा लेखिएको थियोे ।
अर्को कुरा ती तीन भासालाई अंग्रेजी मा अनुबाद गर्नलाई हिब्रु भासा पुरै अनि अंग्रेजी पनि पुरै, आरमाइक भासालाई अंग्रेजी मा अनुबाद गर्न आरमाइक र अंग्रेजी दुबै भासा जानेको त्यस्तै गरि हिब्रु भासालाई अंग्रेजी मा अनुबाद गर्न हिब्रु भासा र अंग्रेजी दुबै भासाको ज्ञान भएको मानिस हुन पर्थ्यो । अनि अंग्रेजी लाई नेपालिमा अनुबाद गर्न त्यो मानिसले अंग्रेजी र नेपाली भासा पुरै जानेको हुन पर्थ्यो । अनि बल्ल अंग्रेजी भासाको बाइबल लाई नेपालिमा अनुबाद गर्न सक्षम हुन्थ्यो ।
हेर्नुहोस, सोच्नुहोस बाइबल त्यति सजिलै हाम्रो हात सम्म आइपुगेको छैन । त्यसको लागि धेरै त्याग र तपस्या हाम्रो अग्रज हरुले गरेका छन । बाइबल लाई नस्ट गर्न खोज्नेहरु आफै पतन भएका छन । कतिले अन्त्यमा येसु सत्य हुन भनी पस्चताप गरेर मरेका छन । तर आज तपाइँ र मैले बिना सतावट नैं स्वतन्त्र रुपमा बाइबल अध्ययन गर्न पाईराखेका छौँ । प्रभुलाई धन्यवाद होस । यो सौभाग्य को निम्ति !!
अन्त्यमा - यि सब बाइबल को बिवरणहरु गुगल बाट मैले लिएको हुँ । हामी बिस्वासिहरुको बाइबल अध्ययन को उत्साहको निम्ति । आसा छ यहाँ बाट तपाईले केही ज्ञान प्राप्त गर्नु भएको छ । भुल चुक माफ पाउँ । जयमसिह !!

1 comment: