Tuesday, November 24, 2015

म हुँ भन्ने अधिकार येसुलाई मात्र छ ! यदि तपाईं र मैले म हुँ भन्छौं भने हामी घमण्ड गर्दछौं ।

आजकल सामाजिक संजालमा होस या जुनसुकै ठाउँमा पनि धेरै भन्दा धेरै बिस्वासी जनहरुले परमेस्वरको सुसमाचार प्रचार कार्यमा लगनशीलता देखाएको हामी पाउदछौं । यो असाध्यै राम्रो कुरा हो । तर हामीले यो महान कार्यमा आफुले जानेको परमेस्वरको बारेमा एक ले अर्कालाई सिकाउदै अनि आफू पनि सिक्दै अगाडि बढ्नु पर्दछ । जब हामी आफ्नो ज्ञान को निम्ति म हुँ भन्दछौं भने हामी घमण्ड गर्दछौं ।


हामिलाई राम्रोसँग थाहा छ कि सैतान स्वर्गबाट फ्याकिनु भन्दा पहिला परमेस्वरको महिमा प्रसंशा गर्ने र परमेस्वरको सबैभन्दा नजिक को स्वर्गदुत थियो । तर त्यो स्वर्गदुत मा जब म हुँ भन्ने घमण्ड पस्यो तब त्यसले स्वर्ग बाट पाताल सम्मै फ्याकिनु पर्यो । किनकी उस्ले आफ्नो सुन्दरता को घमण्ड साथै म हुँ भन्न थाल्यो ।


यसैया १४:१२-१५ सम्म मा हामी पाउदछौं कि सैतान ले आफुलाई पटक म हुँ भनी आफुलाई परमेस्वर सामु घमण्डी प्रस्तुत गर्द छ ।
१, म स्वर्गमा उक्लने छु ।
२, म मेरो सिंहासन उच्च पार्नेछु ।
३, म उत्तरको पल्लो छेउसम्म सभामण्डलको पर्बतमा बिराजमान हुनेछु ।
४. म बादलको उचाई भन्दा माथी उक्लनेछु ।
म परमेस्वर जत्तिकै हुनेछु ।

हेर्नुहोस यसरी सैतानले म हुँ भनी आफुलाई परमेस्वर सामु घमण्ड गरेको पाउदछौं । यहि उस्को घमण्ड को कारण आखिरमा यसैया १४:१५ पद्य मा सैतान पातालको तल्लो छेउसम्मै होच्याईन्छ । यो कुरा ईजिकिएल २८:१२-१५, १७ पद्य मा पनि पाउदछौं ।


त्यसकारण हामिले आफुले आफैलाई नम्र बनाएर प्रभुको राज्यबिस्तारमा लागि पर्नु पर्दछ । किनकी हाम्रो बिस्वास काम द्वारा पनि सिद्द हुन जरुरी छ । ( याकुब २:२६ )। हामी कोहि पनि सर्बज्ञानी छैनौं हामिलाई ज्ञान दिनुहुने परमेस्वर नै हुनुहुन्छ । याकुब १:५ ले भन्दछ यदि तिमीहरु मध्ये कसैलाई बुद्दिको कमि छ भने उद्दार चित्त संग नझर्की दिनुहुने परमेस्वर संग त्यस्ले मागोस र त्यस्लाई सो दिइनेछ ।
अब उसो हामिले याकुब ४:१० अनुसार आफैलाई परमप्रभु को सामने विनम्र तुल्याऔं र उहाँले हामिलाई उच्च पार्नुहुने छ ।


सर्बसक्तिमान परमप्रभु परमेस्वरलाई मात्रै म हुँ भन्ने पुर्ण अधिकार छ । जब मिश्र देशमा ४०० बर्स सम्म करिब ६,००,००० इज्राएलीहरु दासत्वमा थिए तब परमेस्वरले मोसालाई ती ४०० बर्स सम्म मिश्र देशमा दासत्वमा परेका ६,००,००० इज्राएलीहरुलाई छुटाउन भनी पठाउन लागे त्यस बेला मोसाले परमेस्वर लाई सोध्छन हेर्नुहोस अब म इज्राएलीहरु कहाँ गएर तिनीहरुलाई भन्नेछु तिमीहरुका पिता पुर्खाका परमेस्वरले मलाई पठाउनुभएको हो, तब इज्राएलीहरुले उहाँको नाउँ के हो त ? भनि सोधे भने मैले तिनीहले सोधे भने मैले के जवाफ दिउ ?


परमेस्वरले भन्नुभयो " म हुँ जो म हुँ । " फेरि उहाँले भन्नुभयो इज्राएलीहरुलाई तैले यसो भन्नू म हुँ भन्नेले तिमीहरु कहाँ मलाई पठाएको हो । यहाँ परमेस्वरले पहिलो पटक म हुँ भन्नुभएको थियो । त्यही म हुँ भन्ने परमेस्वर नै पछि तपाईं र मेरो पापको लेखी मर्नलाई यश संसारमा आउनुहुदा येसु ख्रीस्ट कहलाइनु भयो । र तिनै अब्राहम, इसाहक र याकुबका परमेस्वर आज तपाईं र मेरो पनि परमेस्वर उद्दार्कर्ता, मुक्तिदाता हुनुहुन्छ ।


अनि उहाँले फेरि यश संसारमा आउँदा पनि म हुँ भनी आफ्नो परिचय दिनुभयो । येसु ख्रीस्ट ले प्रष्ट रुपमा म नैं परमेस्वर हुँ भनी दाबी गर्नुभयो । यसैया, यर्मिया आगमबक्ताले गरेका आगमबाणिहरु एक एक गरि पूरा भए । अनि येसुले आफैंलाई ७ पटक सम्म म हुँ भनी परमेस्वर भएको प्रमाणित गर्नुभयो ।


१, युहन्ना ६:३५ ( जिवनको रोटि म हुँ ) ।
२, युहन्ना ८:१२ ( संसारको ज्योती म हुँ ) ।
३, युहन्ना १०:११ ( असल गोठालो म हुँ ) ।
४, युहन्ना १०:९ ( जिवनको ढोका म हुँ ) ।
५, युहन्ना ११:२५ ( पुनरुथ्थान र जीवन म हुँ ) ।
६, युहन्ना १४:६ ( बाटो, सत्य र जीवन म हुँ ) ।
७, युहन्ना १५:१ ( साँचो दाखको बोट म हुँ ) ।

यसरी येसु ख्रीस्ट ले परमेस्वर बाट पुर्ण अधिकार पाएर आफैलाई म हुँ भनी सत्य साबित गर्नुभयो । अनि हाम्रो सारा पापको निम्ति उहाँ क्रुस मा बलि हुनुभयो । अब उसो हामिले मोसालाई परमेस्वरले दिनुभएको ब्यावस्थामा अल्झिरहन आवस्यक छैन । हिब्रु ८:१३ अनुसार यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहरयाउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ भन्नुभयो ।

तर गलत अर्थ नलागोस कि येसु संसारमा ब्यावस्था भंग गर्नलाई आउनु भएन तर ब्यावस्था पूरा गर्नलाई आउनुभयो । मत्ती ५:१७
‘म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ।


किन भने ब्यावस्था मोसा बाट दिइयो, अनुग्रह र सत्यता चाहिँ येसु ख्रीस्ट बाट आयो । युहुन्ना १:१७ । त्यसै गरि गलाती ५:१८ । रोमि ३:२१ ले भन्दछ तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्।


अन्त्यमा अब हामिले कुरा बुझौं र सिक्ने सिक्ने कुरामा सधै एक अर्काको निम्ति प्रार्थना गर्दै अगाडि बढौं । प्रभुले हामिद्वारा यी नै कुरा चाहानुहुन्छ । १ पत्रुस ३:१५ तर तिमीहरुको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिनीहरु प्रत्येकलाई व्याख्या दिन संधै तैयार बस जसले तिमीहरुसंग भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ ।


अब हामी म हुँ भन्ने अहम भावना बाट अलग भएर एक ले अर्कोलाई संगतिमा प्रोत्साहित गर्दै अगाडि बढौं । हिब्रु १०:२५ अनुसार । किनकी हामिले बुझ्यौं म हुँ भन्ने अहम घमण्डले गर्दा परमेस्वरले सबैभन्दा आफ्नो ठूलो र नजिकैको स्वर्दुतलाई पत्ताल सम्मै फ्याँक्नुभएको थियो । र त्यसले सैतान को रुप धारण गरेको थियोे भने तपाईं र म आफ्नो ज्ञान को घमण्ड गर्ने को हौं र ? म हुँ भन्ने पुर्ण अधिकार येसु ख्रीस्ट जो परमेस्वरको पुत्र हुनुहुन्छ उहाँलाई मात्र छ । जो हुनुहुन्थ्यो, हुनुहुन्छ र रहिरहनुहुनेछ । हामी सबैलाई यो वचन बढाइ मा प्रभुले आशिष् दिनुभएको होस । आमेन । ( भुल चुक माफ पाउ तपाईहरुकै हितैसी आत्मिक मित्र #जोसन_लिम्बू )

No comments:

Post a Comment