Sunday, November 1, 2015

निरन्तर को बाइबल अध्ययन ले आफुमा परिवर्तन को महसुस गर्नुहोस !!

यहाँ फोटोमा तपाईं देख्दै हुनुहुन्छ । म र रेस्लर रोमन रिङ्ग लाई, मेरो बडि हेरि रोमनको बडि धेरै ज्याङ्गो यानिकी ठुलठुला छन । कारण थाहा छ तपाईहरुलाई ? आखिर हाम्रो शरीरमा नसाहरु उति नै छन, र हाम्रो सरिरको हड्डीहरु को संख्या पनि बराबर त्यही २०६ ओटा नै छन ।
तर फरक यति हो कि किन रोमन को बडि निकै सकृय र ठुलो देखिन्छ ? मेरो भने निष्क्रिय र सानो देखिन्छ ? किनकी रोमनले आफ्नो बडि ठूलो बनाउन को लागि डाइट गर्छन प्रत्येक दिन आफ्नो बडिको निम्ति समय समयमा सारिरिक ब्यायाम पनि गर्छन त्यसकारण उहाँको बडि सक्रिय र ठुला भएका छन ।
अर्को तिर म मेरो बडिको ख्याल राख्दिन समय समयमा ब्यायाम अनि प्रोटिन युक्त खानाहरु खादिन अन्ततः मेरो बडि निष्क्रिय र सानो भएको छ । आखिर हाम्रो शरीरमा नसा र मांसपेशी अनि हड्डीहरु भने बराबर नै छन तर जस्ले आफ्नो स्वास्थको ख्याल गरि दैनिक सरिरको ख्याल गर्छन तिनीहरु हेर्दै लोभ लाग्दा र सक्रिय देखिन्छन् र हुन्छन पनि ।
यहाँ मैले तपाईहरुलाई बताउन खोजेको प्रसङ्ग अर्कै छ कि परमेस्वरले पनि तपाईं र मलाई उहाँकै स्वरुपमा उहाँकै प्रतिरुपमा सृष्टि गर्नु भएको छ । तपाईं र मेरो सरिरमा उतिनै नसा मांसपेशी र हड्डिहरु अनि दिमाग छ । हामी अरु प्रभुका जनहरुलाई हेरेर यो त कत्ती बाइबल को बारे जान्ने छ मलाई त बाइबल को बारे केही आउदैन म केही जान्दिन भनेर आफैलाई आफ्नो आत्मबल कमजोरी नबनाउँ तर जसरी निरन्तरको को सारिरिक ब्यायामले रेस्लर खेलाडीहरुको शरीर सक्रिय र ठुलठुला हुन्छन । त्यसरी नै हामी पनि दैनिक बाइबल अध्ययन र खोज अनुसन्धान बाट अरु बाइबल बिदहरु जस्तै बन्न सक्छौं ।
तर हामिमा निरन्तर लगनशीलता भने हुन जरुरी छ । सबैले एकै पल्ट जानेर आएका छैनन । ती हाम्रा अग्रजहरु ले पनि धेरै बाइबल अध्ययन खोज अनुसन्धान बाट नै ती सब ज्ञान हाँसिल गरेका हुन । हामी पनि बाइबल पढौं सकेसम्म सेवा संगतिमा जाने कोसिस गरौं हाम्रो आत्मिक वृद्धिमा परिवर्तन आफै आउँछ । जस्तै निरन्तर को ब्यायाम ले शरीर मा परिवर्तन आउँछ ।
किन भने परमेस्वरले तपाईं र मलाई उतिनै सरिरको अंगहरु दिनुभएको छ । अब ती अंगहरुलाई कसरी चलाउने त ? त्यो तपाईं र मेरो जिम्मामा छ । त्यसकारण प्रभुको राज्यको खोज हामी निरन्तर गरौं आत्मिक युद्दको निरन्तर अभ्यास गरौं । निरन्तरको आत्मिक अभ्यासले हाम्रो आत्मिक जिवनमा अवस्थ परिवर्तन आउने छ । अनि पहिलाको जीवन भन्दा बिस्वास र निरन्तर बाइबल अध्ययन खोज अनुसन्धान पछिको जीवन मा पक्का हामी ठूलो परिवर्तन को अनुभव गर्नेछौं ।
जब हामी शरीरमा भन्दा बाहिर आत्मामा मन लगाउछौं नि तब हामिले अर्कै दु:ख अनि आनन्द को महसुस गर्छौं । किनकी हामी सारिरिक कुराको चिन्ता र फिकृले आफ्नो आत्मालाई भने पल पल तड्पाई रहेका हुन्छौं । परमेस्वरको बचनले भन्छ शरीरमा मन लगाउनु मृत्यु हो भने आत्मामा मन लगाउनु चाहिँ जीवन हो ।
अन्त्यमा : आउनुहो हामी धार्मिकताको खोजी गरौं जसरी निरन्तर को सारिरिक ब्यायाम ले हाम्रो सरिरको ढाँचा बदलिन्छ त्यसरी नै निरन्तरको बाइबल अध्ययन र ईस्वरको तिर्खाले हाम्रो आत्मिक जीवनलाई पल पल सृष्टि कर्ताको सामु लगिरहेको हुन्छ । साँगुरो बाटोमा डोर्याइरहेको हुन्छ । अनि हामी पनि आत्मिक जीवन प्रती उत्सुक र ज्ञानी बन्छौं ।धन्यवाद ! जयमसिह !!
( यो मेरो ब्याक्तिगत बिचार हो, भुल चुक माफ पाउँ )

No comments:

Post a Comment