Monday, September 21, 2015

यो जित कस्को ?

2072 साल असोज 3 गते आधा नेपालीहरु खुशी अनि आधा नेपालिहरु दुखित पनि छौँ । सात दसक पश्चात् विभिन्न आरोह, अवरोहहरु पार गर्दै । अन्ततः 2072 सालमा नेपालिहरुले आफ्नो देशको संविधान लेख्न सफल भए । संविधान बन्ने निश्चित भएपछी कति एकात्मक सोच भएकाहरुले धमिलो पानीमा माचा मार्ने काम पनि नगरेका होइनन् ।
हामी संविधान को आगमनमा खुशी संगै दुखी पनि छौँ । अधिकांश नेपालिहरुको चाहाना अनुसारको धर्मनिरपेक्ष रास्ट्र नेपाल घोषणा भए पनि त्यहाँ गैर हिन्दुहरुलाई लौरी भनेर सांप थमाईएको छ । 2063 सालको जनअन्दोलन ले स्थापित गरेको धर्मनिरपेक्ष लाई कमल थापा जस्ता एकात्मक हिन्दु बादिको स्वार्थिय आन्दोलन ले गर्दा अधिकांश जनताको मर्यादा बिपरित धर्मनिरपेक्ष को ब्याख्या गरियो । जुन गैर हिन्दुहरुको लागि रोटि को रुपमा ढुङ्गा दिए सरह हो ।
आखिर यो देश मा बसोबास गर्ने हामी जुनसुकै धर्म संस्कृतिका मानिसहरु हौं हामी संग नेपाली नागरिकता छ । हामी नेपाली हौं, हामी सबैलाई नेपालको माया छ । त्यसकारण देस को धर्म हुनुहुन्न भन्ने जनताको धारणा हो । देश को धर्म भनेको जनताको सेवा हो । प्रत्येक जनताले उस्को आफ्नो इच्छा अनुसारको धर्म आस्था अंगाल्न पाउनु पर्छ । त्यो उस्को नैसर्गिक अधिकार हो । उस्को स्वतन्त्रता हो, अर्काको आस्था माथी कुठाराघात गर्नु भनेको महा पाप हो ।
आफ्नै देस नेपाल मा हामी इसाईहरु यति सम्म दबिनु पर्दा अवस्थ हामी दुखित छौं । देशको हरेक समस्यामा, बिकासका कार्य मा शैक्षिक क्षेत्रमा हर कुरामा इसाईहरुको योगदान रहेको छ । तर नेपाली मिडियाहरु पनि यति संकोच सोचाइ भएकाहरु छन कि जब इसाईहरुले गरेका महान कार्यहरू को समाचार सम्प्रेषण हुदैन ।
अनि हरेक क्षेत्रहरूमा जति सहयोग समर्थन रहे पनि आखिरमा विशेष गरेर हिन्दुहरुको नजरमा आखाको तारो बन्न पुग्छन । अनि उनिहरु यो कुरा भुल्छन कि इसाईहरु नेपाली हुन उनिहरुले पनि नेपाल सरकारलाई कर कर तिरेका छन । हरेक नेपालमा आईपरेको समस्याहरुमा उनिहरु पनि लागि परेका छन । देसको शैक्षिक क्षेत्रमा इसाईहरुको महत्त्वपूर्ण योगदा रहेको छ । तेस्तै अन्य थुप्रै पाटाहरुमा इसाईहरुले देशलाई सहयोग पुर्याउदै आईरहेका छन ।
तर आज आएर इसाईहरुलाई डलरको आरोप लगाउने हिन्दुहरुको नाइके कमल ज्यु ले पनि इसाईबाटै मोटो रकम असुलेर हिन्दुराज्य को एजेन्डा त्यागेका हुन भन्ने समाचार छ्याप्छ्याप्ती पढ्न पाईन्छ । यदि सत्य हो भने कमल ज्यु ले पैसामा धर्म बेचेका हुन । होईन भने मेरो ब्याक्तिगत तर्फ बाट कमल ज्यु लाई मुरि मुरि धन्यवाद छ । आखिरिमा आएर हिन्दुराज्य को एजेन्डामा अडिग नरही धर्मनिरपेक्षको व्याख्यालाई बिगारेर भए पनि, जनतालाई उल्लुको पात्र बनाएर भए पनि धर्मनिरपेक्ष रास्ट्र नेपाल को लागि तपाईको महान, अमुल्य हस्ताक्षर गर्नु भएको लागि ।
आज हाम्रो देशले धर्म निरपेक्ष लेखिएको संविधान पाएको छ । यसको व्याख्या बिगारिए पनि धर्म स्वतन्त्रता हुनुपर्छ । आफ्नु इच्छा अनुसारको आस्था अंगाल्न पाउनु पर्छ । कसैले कसैको आस्था माथी प्रहार गर्न हुन्न । किनकी आस्था मानिसको ईस्वर संग जोडिएको सम्बन्ध हो । उस्लाई जुन आस्था सत्य लाग्छ उस्ले संवत: त्यो आस्था अंगाल्न खुल्ला हुनु पर्छ । हिन्दुहरुको आरोप इसाई प्रती धर्म परिवर्तनकारी हो । कुनै कालखण्डमा सबैले आस्था बदलेका थिए । यहाँ इसाईहरु पनि इसाई आस्था छोडेर अरु आस्था अंगाल्न गएका छन ।
नेपालमा मात्र नभएर बिस्वमा हेर्ने हो भने किन दिन दिनै मानिसहरू इसाई पट्टि आकर्सित हुँदै छन ? के आफ्नो बाबू आमाले मानी आएका धर्महरु गलत थिए ? के इसाई भए बापत तिनीहरुले सांच्चिकै डलर पाए ? यी सब प्रस्नको उत्तर तिनै नेपालका गरिब इसाईहरु बाट पाउन सक्छौं । छोटो समयमै यति धेरै मानिसहरुले इसाई आस्था अंगाल्नुको पछि केही रहस्य अनि सत्री हुनु पर्छ । र यति धेरैले आफ्नो परम्परा देखि मान्दै आएका धर्म लाई सजिलै त्यागेर किन इसाई भए ? त्यहाँ पनि खोजिको बिसय हुनु पर्छ ।
एउटा हिन्दु संस्कारमा जन्मेको मानिस आफ्नो मृत्यु पर्यन्त आफ्नो धर्म को बारे अनबिज्ञ हुन्छ कि धर्म के हो ? धर्म के का लागि गरिन्छ ? आफ्नो बेद के हो ? भगववान को हुन ? ढुङ्गामा भगवान बाँस गर्छन ? ओडार बनजंगल वर पिपल आदि ईत्यादिमा पुजेर मुक्ती मिल्ला ? यी सबै कुरा आफ्नो परिवार वा गुरुहरुले उनिहरुलाई सिकाउदैनन । मन्दिर जाने मुर्तीलाई प्रसाद चढाउने आदि काम मात्र थाहा छ तर सत्य ईस्वर को हुन कहाँ बाँस गर्छन त्यो बारे अनबिज्ञ छन । यदि आफ्नो धर्मको रक्षा गर्ने हो भने आफ्नो धर्मशास्त्र को बारे बताउनु पर्यो । इसाईहरु जस्तै धर्मग्रन्थ पढ्न खुल्ला पाउनु पर्यो । अनि बल्ल बुझ्छन सत्य के हो ?
इसाईहरु प्रत्येक पल आफ्नो धर्मशास्त्र को अध्ययन गर्छन हप्ताको एक पल्ट बाइबल को बारे सिक्न धार्मिकताको बारे जान्न चर्च जान्छन प्रर्थना गर्न सिक्छन । तिनिहरुलाई धार्मिकताको तालिम खुल्ला रुपमा दिईन्छ । अन्धबिस्वासका कुरा बाट मुक्त गराईन्छ । धेरै इसाईहरु हिन्दु बाट नै इसाई बनेका हुन । त्यसकारण इसाईहरुलाई आरोप लाउनु भन्दा पहिला हिन्दु धर्मका मानिसहरुले आफू भित्रको गल्ती कमजोरीहरु खोज्नु नै बुद्दिमानी हुन्छ ।
अन्त्यमा: आधा खुसी आधा दु:ख संगै आएको नेपालको 2072 को संविधानलाई हामी सबैले स्विकारौं । हिन्दु मित्रहरु पनि दुखमनाउ नगर्नुहोस धर्मनिरपेक्ष हुदैना हिन्दु धर्मको अन्त्य हुन्छ भन्ने मानसिक चिन्ता बाट मुक्त हुनुहोस । आज उप्रन्त सबै भासा, धर्मी, जातीजातिका मानिहरु एकै ठाउँमा अटाउने छौं कसैको आस्था माथी अर्कोले धावा बोल्ने छैनौं । धर्म निरपेक्ष रास्ट्र नेपाल हुनुमा गैर हिन्दुहरुको मात्र जित हो भन्ने होईन । यो जित नेपाल मा बसोबास गर्ने आम नेपालिहरुको इच्छा, आकांक्षा हो । समग्रमा भन्नू पर्दा सबै नेपाली को जित हो चाहाना हो ।
हामी नेपाली हौं । हामी संग एक अर्कामा मिलेर बस्ने नेपाली पन छ । फरक फरक बिचारहरुलाई फरक फरक ढङ्गले सधुपयोग गरेर नै भोलि हामी सुन्दर नेपालको निर्माण गर्न सक्छौं । अब सानो तिनो असमझदारीहरुलाई सम्झौताले चिर्दै एक अर्कामा हातेमालो गर्दै नयाँ संविधानलाई कार्यनयन गर्दै तराई, पहाडी अनि हिमाली, आखिर हामी सबै नेपाली भन्दै देस बिकासमा जुटौं । जो जित हामी सबैको हो ।
जय धर्मनिरपेक्ष रास्ट्र नेपाल ।।

No comments:

Post a Comment