Sunday, September 13, 2015

आखिरिमा क्रीस्चियनहरु नैं रहेछन आफन्त !!

कमल थापा र खुमबहादुर खड्का ज्यु के नेपाल मा हिन्दुराज्य को झ्याली पिटि राख्छौ । संसारकै सबैभन्दा छोटा ब्याक्ती चन्द्रबहादुर डांगी पराई देस मा देहावसान हुदा तिम्रो आफ्नो देस मा उहाँको लास ल्याउने सम्म औकात रहेन छ । 

गिनिज बुक मा नाम लेखाउन सफल अनि उहाँकै नाम द्वारा नेपाल लाई अर्को पल्ट विश्वसामु परिचीत गराउने ब्याक्ती को बिदेश मा मृत्यु हुंदा खै तिमीहरूले लास सम्म नेपाल झिकाउने प्रयास सम्म गर्न सकेनौं ।

आखिरिमा तिम्रो आखाको तारो क्रीस्चियनहरुले नै आफ्नो कर्तव्यलाई पालना गर्दै डांगिको सब नेपाल पठाउने तयारी गरिएको छन रे । कति महान छौ तिमिहरु जस्ले देश को भलो चिताउछ उनिहरु तिमिहरुको सत्रु बन्छन । जस्ले ब्रम्हलुट मच्चाउछन यो देशमा तिनीहरु नै तिमिहरुका मित्र कहलाईन्छन ।

यो देश मा केही नराम्रो घट्ना घट्यो कस्ले बढी चिन्ता ब्यक्त गर्छन ? क्रीस्चियनहरुले, यो देश को उन्नति प्रगतिको लागि, सुरक्षाको लागि सान्तीको लागि, देश बिकासको लागि अनि हर कुराको लागि कस्ले चासो बढी मात्रामा राख्छन ? क्रीस्चियनहरुले । तर आखिर किन ती देश को सुभ चिन्तकहरुलाई नै तिमिहरु बिदेशी को संज्ञा दिईरहेका छौ ?

क्रीस्चियन बिरोधिहरुलाई एउटा कुराको हेक्का रहोस नेपाल लाई मस्त निन्द्राबाट जगाउने पहिलो आस्थाबादी तिनै झुटा आरोप लगाईएका क्रीस्चियनहरु नैं हुन । यदि आज सम्म पनि यो देसमा क्रीस्चियनहरु नजागेका भए कमले र खुमे हरु पनि सुतिरहेका हुने थिए ।

तर बात्तीलाई बालेर कसैले टेबल मुनि राख्दैनन तर त्यस्ले उज्यालो देओस भनी साम्दान मै राखिन्छ । त्यसको मतलब क्रीस्चियनहरु ज्योति हुन जहिले उच्च मनोबल र उच्च सोचाइ अनि उच्च स्थान मै रहन्छन । जब नेपाल मा ज्योतिले काम गर्न थाल्यो तब अन्धकारका सक्तिहरु जुरमुराउन थाले कि उनिहरु यदि ज्योतिमा आए भने त उनीहरुको पाप कर्महरुको बास्तबिकता बाहिर आउने थियोे ।

आफ्नो पापमय स्वभावलाई ढाक छोप गर्न । क्रीस्चियनहरुलाई मुख्य अर्जुन दृष्टि लगाईयो । कि उनिहरु सत्य राम्रो काम गर्न चाहदैनन थिए । नेपालका जनतालाई अझै सयौं बर्ष सम्म शोषक शासन लाद्न खोजेका थिए । तर क्रीस्चियनहरुले ती सदियौं देखिका अन्धाहरुलाई आखा खोली दासत्वको बन्धनबाट छुटकारा गराईदिए ।

अन्त्यमा :- जे होस आज हाम्रो नेपाल लाई आफू छोटो बनेर बिस्वसामु परिचित गराउन सफल चन्द्रबहादुर डांगी यश संसारमा रहेनन । दु:खद कुरा आफ्नै राज्यले उहाँको मृतक शरीर लाई नेपाल झिकाउन असक्षम भयो । उनी कट्टर हिन्दु भएर पनि आखिरिमा बिरानो देश मा क्रीस्चियनहरुको सरण मा पुग्नु पर्यो लास बनेर ! आखिर किन त ? किनकी उहाँको धर्मका मानिसहरू स्वार्थी थिए । सुखमा साथ दिने जब गोजि रित्तिन्छ तब चन्द्रबहादुरका सनातनिहरु पनि पैसा संगै रित्तिएछन ।

क्रीस्चियन आस्था आत्माको मुक्ति को लागि हो कुनै स्वार्थ पुर्तिको लागि होईन । अमेरिकन क्रीस्चियनहरुलाई यो महान कर्तब्य पालन को निम्ति हार्दिक धन्यवाद ! चन्द्रबहादुर को आत्माले उद्दार नपाए पनि मृतक शरीरले उद्दार पाएको छ । मेरो ब्याक्तिगत तर्फबाट उहालाई हार्दिक श्रदान्जली अर्पण गर्न चाहान्छु । 

No comments:

Post a Comment