Friday, September 11, 2015

बाइबललाई सन्तुलित तरिकाले अध्ययन गरौं !!

बाइबलमा लेखिएको छ यदि कसैले तिम्रो देब्रे गालामा चट्काउछ भने त्यसको लागि तिम्रो दाइने गाला पनि थापी देउ !
आजकल धेरै जसो सामाजिक संजालमा हामी देख्न सक्छौं जहाँ तहिं प्राय ख्रीस्टियन बिरोधी पोस्ट हरु पोस्ट भैराखेका छन । कतै झुटा आरोप त कतै डलरे कतै धर्म परिबर्तनकारी आदि ईत्यादी ।
वास्तवमा यी सबै कुरा हाम्रो लागि स्विकार्य छन । किनकी यी सब हाम्रो लागि गरिएनन भने सरासर बाइबल झोटो ठहरिन्छ । तर बाइबल मा जो लेखिएको छ त्यो नितान्त पूरा हुनै पर्छ ।
सोही अनुरुप म यहाँ एउटा काल्पनिक इसाईहरुलाई सन्देश मुलक कथा छोटकरीमा सुनाउन चाहान्छु :-
एका देश मा एउटा बिस्वासी थिएछ बिस्वास मा अलि कमजोरी थिएछन ती ब्याक्ती । अनि अलि सोझो सोझो टाइप को पनि उ संधै एक हप्तामा एक पल्ट चर्च अनिवार्य जाने गर्थ्यो रे । अनि उस्ले एक दिन चर्च मा पास्टर बाट वचन सुनेछ # कसैले तिम्रो देब्रे गाला चट्कायो भने तिम्रो दाइने गाला पनि थापी देउ #
त्यो मानिस वचन भने पालना गर्थ्यो । उस्का छिमेकीहरु भने उसलाई ख्रीस्टियन भनेर साह्रै घृणा गर्थे । एक दिनको कुरा हो त्यो बिस्वासी चर्च बाट आफ्नो घर फर्कने क्रममा बाटोमा एउटा छिमेकी संग केही कुरामा बादबिबाद पर्छन । त्यतिकैमा उनिहरु दुबै साह्रै रिसाउछन । तर बिस्वासी वचन अनुसार अरुलाई प्रेम गर्नु कसैले तिम्रो देब्रे गाला मा चट्काए दाइने गाला थापी दिनु भन्ने वचन बाट प्रभावित भएको कारण छिमेकी माथी हात उठाउदैनन ।
रिसको आबेग मा उस्को छिमेकीले भने उस्लाई एक गाला चट्काउछन तर उस्ले बाइबल को वचन सम्झिन्छन अनि अर्को गाला पनि थापी दिन्छन । छिमेकिको पालो अर्को गाला मा पनि तोरिको फुल देख्ने गरि चट्काउछन । अझै लात मार्छन ।
अन्त्यमा बिस्वासिको पालो त्यो छिमेकीलाई मरणासन्न हुने गरि कुटपिट गर्छन । र घर फर्कन्छन । अर्को हप्ता चर्चमा पास्टर एल्डर डिकन हरुले त्यो घट्ना बारे थाहा पाउँछन् । र उस्लाई सोधपुछ को लागि अगाडी बोलाईन्छ ।
तिमिले त्यो मानिसलाई किन मरणासन्न हुने गरि कुट्यौ ? जवाफमा उस्ले भन्छ :- बाइबल मा लेखिएको छ कसैले तिम्रो देब्रे गाला मा चट्काए तिमिले आफ्नो दाईने गाला पनि थापी देउ, तर त्यस पछि के गर्ने भन्ने बारेको कुरा बाइबल मा उल्लेख नभएको कारण मैले बसालें ।
आज कति हामी बिस्वासीहरुलाई पनि अरुले नराम्रो कुरा भन्दा झनक्कै रिस उठ्न सक्छ किनकी संसारमा हामी शरीरमा भएको कारण ! तर हामिले चाहिँ त्यो बिस्वासी जस्तो तरिकाले बाइबल लाई बुझ्नु हुन्न शरीरमा भएको कारण हामिलाई रिस उठ्छ तर प्रभुमा संधै प्रार्थना गर्दै अरु प्रती क्षमा गर्ने शक्ति माग्दै मित्रवत ब्यावहारमा रहन भरमग्दुर प्रयास गरौं ।
किनकी येसु भन्नुहुन्छ संसारका मानिसहरू संग एउटै जुवामा ननारिओ । तिमिहरु संसारमा तर्फका हुँदै होइनौं । मैले तिमिहरुलाई संसार बाट मूल्य चुकाएर छुटाएको छु । संसार संग एकै चालको नहोउ । शरीरमा मात्र होईन आत्मामा मन लगाउ ।
आज हामी आफुले आफैंलाई जांच्ने बेला आएको छ । के हामी अरुलाई क्षमा गर्न सक्छौं ? सारिरिक कुरामा मात्र सोच मग्न छौँ कि आत्मिक कुरासँग पनि सम्बन्धित छौँ ? बेला यहि हो साथिहरु, यो समय भनेको प्रसस्त अनुग्रह को समय हो यो बेला हामिले होस पुर्याईएन भने पछि नराम्ररी पछुताउनु पर्ला है ।
येसु प्रहिलो पल्ट आउनुभयो उद्दारकर्ता बनेर, दोस्रो पल्ट आउदैहुनुहुन्छ न्यायकर्ता बनेर । होसियार !!

No comments:

Post a Comment