Tuesday, September 15, 2015

चर्च मा बम पड्काउने अयोग्य नेपालिलाई मेरो खुल्ला पत्र !!

आदरणीय बम बर्सक मित्र यो तपाइँको महान कार्यको घोर निन्दा छ मेरो ब्याक्तिगत तर्फबाट ! झापाको दमकमा भएको चर्चमा बम आक्रमण ले हामी सिंगो नेपाली इसाईहरुको ध्यानाकर्षण भएको छ । किन र कस्ले यो दुष्ट काम गर्यो त्यो संबंधित ब्याक्तिलाई नैं थाहा होला । बरु आउनुहोस हामी संगै बसेर छलफल गरौं तपाईहरुलाई चित्त नबुझेको कुरा के छ हामी संग ? संगै बसेर त्यसको समाधान को निकास निकालौं । आज तपाईले बम पड्काउनु हुन्छ भोलि म पड्काउला आखिर हामी सबै नेपाली हौं । बरु आउनुहोस् कांधमा कांध मिलाएर देस बिकास मा लागौ । चर्च भवनमा बम पड्काउदै मा ख्रीस्टियनहरु आतंकित हुंदैनन । त्यो पाटो समस्याको समाधान होईन । नेपाल मा जजसले जुन जुन धर्म माने पनि आखिर त्यो नेपाली नै हैन र ? उसलाई उस्को इच्छा अनुसारको आस्था अंगाल्न देउ अर्काको इच्छा बिपरित थर्काएर धम्क्याएर यदि यो आस्था मान भन्नू हुन्छ भने त्यो त सरासर ईस्वर नजर मा गलत ठहरिन्छ । एक ले अर्कोलाई सहयोग गरेर अगाडि बढ्नुको साटो अरुलाई आतंकित पार्नु बुद्दिमानु होइन । तपाई ले आफुले आफैलाई महान होनहार सम्झनु भएको होला तर ती सब मानबिय काम नभएर दानबिय काम गरिराख्नु भएको छ । यदि तपाईलाई नेपाली ख्रीस्टियनहरु माथी चित्त नबुझेको खण्डमा बुद्धिमान रुपमा आउनुहोस नेपाली ख्रीस्टियनहरुको यो क्रीयाकलाप मन परेन भन्नुहोस न हामी सकेसम्म अरुलाई असर गर्ने खालको कार्य गर्दैनौं । तर नेपाली ख्रीस्टियनहरुका भौतिक संरचनाहरुलाई क्षति गरेर आफैलाई बेकुफ साबित नगर्नुहोस् । अन्त्यमा हामी सबै भासा, धर्मी अनि संस्कृतिका नेपालमा बसोबास गर्ने काला गोरा नेप्टा चेप्टा सबै नेपाली हौं । हामी संग नेपाली पन छ । हामी एक अर्कामा मिलेर बस्न जान्दछौं । एकले अर्कोलाई सम्मान गर्न सिकेका छौं । त्यसकारण गैर इसाईहरु तपाईहरु चर्चमा बम नपड्काउनुहोस यदि सक्नुहुन्छ तपाईहरु संग नेपाली इसाईहरु संग बैचारिक तर्क गर्ने बौद्धिक क्षमता छ जस्तो आफैलाई लागेको छ भने आउनुहोस खुल्लमखुला मैदानमा आफ्नो बिचार, तर्क पड्काउनुहोस । हामी तपाईको जवाफ दिन तत्पर छौं आतुर छौं । जय धर्मनिरपेक्ष नेपाल जय नेपाली !!

No comments:

Post a Comment