Thursday, September 10, 2015

मेरो अनुरोध रक्तपिपासु सरकारलाई !!

मेरो अनुरोध रक्तपिपासु सरकारलाई !!
अब नेपाल एयर पोर्ट मा बिदेश बाट आउने नेपालिहरुको पसिन चुस्न रक्त पिपासुहरु आफ्नो मुख मिठ्याउदै छन अरे । बिरानो देश बाट रातदिन नभनी कमाएको पैसाले किनेर आफ्नै देश मा मोबाइल समेत भित्र्याउनलाई कर तिर्नु पर्ने रे ।
ए रक्त पिपासु हो कति चुस्छौ सोझासाझा जनताको रगत पसिना ? कुर्सीमा बसि बसि राज्यको ढिकुटी रित्यायौ अझै तिमिहरुको पेट भरिएन ? आफ्नै देश मा भित्रीने technology हरु पनि कर तिर्न परेपछी भुत्रो बन्छ देश ? यहाँ बिदेशी एयर पोर्टमा बिना अवरोध आफन्तको निम्ति लगेको सामानहरुको आफ्नै देश मा ढाड सेकिनेगरी भन्सार असुल्दा तिमीहरूलाई अलिकति पनि सरम लाग्दैन ?
यदि सक्छौ भने भारत र चीन को नाकामा कडाईका साथ भन्सार असुल गर सक्दैनौं भने ती गरिब जनताले आफ्नो सारा परिवार र आफन्तलाई छोडी सात समुन्द्र पारी गएर भोक भोकै जोडेको थोरै सामानको करले तिम्रो भुँडी भरिन्नन असक्षम सरकार !
याद रहोस रेमिट्यान्स ले चलेको हाम्रो देश तीन महिना मात्र बिदेश मा हुने नेपालिहरुले बन्द गरे भने तिम्रो हालत कस्तो होला ? त्यता पनि थोरै सोच्ने होकि ?
=== जोसन लिम्बू ===

No comments:

Post a Comment